• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली सरकारका दुई वर्ष : ‘देखिने-सुनिने’ नेपाललाई जोगिने चुनौती

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २, २०७६  १२:४०
1140x725

काठमाडौं– शक्तिशाली ओली सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफूहरु आएपछिको उपलब्धि सुनाउनु पर्दा हम्मेसा दोहोर्‍याइ रहन्छन्, 'नेपाल देखिने र सुनिने अवस्थामा आइपुग्यो।'

दुई तिहाइ नजिकको शक्तिशाली नेकपा सरकारको कुर्चीमा केपी शर्मा ओली आएको फागुन ३ गते दुई वर्ष पुग्दैछ।

यो दुई वर्षमा ओली सरकारमाथि घरेलु मामिलामा जति विदेश मामिलामा आलोचना भएन। तर आलोचना नै नभएको भने होइन। तर यो कुरा स्वीकार गर्न मन्त्री ज्ञवाली सहमत छैनन्। 

पहिलो, विभिन्न स्वार्थ बोक्ने शक्ति राष्ट्रले आफ्नो स्वार्थ सिद्धिका लागि पनि नेपालतिर नजर लगाउनु परेको छ र केही सुनिदिएजस्तो गरिदिनुपरेको छ।

दोस्रो, स्थायित्व दिने भन्दै आएको बलियो सरकारले गर्नुपर्ने स्वभाविक प्रयास यो सरकारले गरेको छ, जसको केही सकारात्मक असर देखिनु स्वभाविक हो। 

विदेश सम्बन्धमा ओली सरकारका गुण/दोषको चर्चा केही  सकरात्मक कुराबाट गरौं।

देखिने, सुनिने प्रयास
दशक लामो सशस्त्र द्वन्द्व र लामो राजनीतिक संक्रणका बेला नेपाल घरेलु मुद्दा व्यवस्थापनमै अल्झिरह्यो। योबीचमा बाहिरतिर हेर्ने न त प्रयास भए, न त त्यसका लागि परिस्थिति नै सहज बन्यो। नेपाल दुई दशक गुमनाम जस्तै बन्यो।

‘गुमेको पहिचान र प्रतिष्ठा’को पुर्नस्थापनामा यो सरकारले प्रयास गरिरहेको मान्न कुनै हिच्चकिचाहाट मान्नु पर्दैन। नेपालको परराष्ट्र सम्बन्धमा दुई छिमेकीको हिस्सा निकै अथपूर्ण छ। सन् २०१४ मा सरकारमा आएयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार पकट नेपाल भ्रमणमा आइसकेका छन्। यद्यपि निकै लामो भ्रमणको अन्तरलाई चिर्दै नेपाल आएका मोदीकै कार्यकालमा नेपालले भारतको नाकाबन्दी झेल्नुपर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

नाकाबन्दीपछि र ओली दोस्रोपल्ट सरकारमा आएपछि पनि मोदी एक पटक नेपाल आइसकेका छन्। २३ वर्षपछि उत्तरी छिमेकी चीनका राष्ट्रपतिको भ्रमण सम्पन्न भएको छ । 

प्रधानमन्त्री ओलीले पनि आफ्नो दुई वर्षे कार्यकालमा पनि पटक–पटक भारतको र एक पटक चीनको भम्रण गरिसकेका छन्।

नाकाबन्दीको पृष्ठभूमिमा पहिलो पटक सरकारको नेतृत्व लिएका ओलीले चीनसँगको महत्वपूर्ण सम्बन्धको सुरुवात त्यही बेलै गरिसकेका थिए। दोस्रो कार्याकालमा सन्तोषप्रद सम्बन्ध रहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गणतन्त्रयताका कुनै राष्ट्रपतिलाई राजकीय निमन्त्रणा नगरेको चीनले यो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजकीय आतिथ्य प्रदान गर्‍यो। भण्डारीकै भ्रमणका बेला यातायात तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि)मा हस्ताक्षर भयो। यसले दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारमा निकै महत्वपूर्ण भूमिका खेल्नेमा कुनै शंका छैन। 

नेपालले चीनको समुद्रसम्मको नेपाल फैलावटले वैधानिकता पाएको दाबी गरिएको छ। नेपालले अब चीनका तियान्जेन, सेनजेन, लियानयुंगाङ र झाङजियाङ गरी चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्नेछ। त्यस्तै लान्जाओ, ल्हासा, र सिगात्से जस्ता सुख्खा बन्दरगाह प्रयोग गर्न सक्नेछ। यसका तात्कालीन र रणनीतिक फाइदा छन्। 

भारतसँगको मात्रै परिर्निभताको चक्र तोड्न यसले सघाउने छ। ‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटर्वक’ अन्तर्गत चीन र नेपाललाई रेल र राम्रा सडक  सञ्जालले जोड्ने कुराहरु पनि भइरहेको छ। 

सम्बन्धलाई विविधिकरण गर्ने र यसलाई छिमेकमै मात्र सिमित नराख्ने प्रयास पनि भएका छन्।

प्रधानमन्त्री ओलीले दुई दशकपछि प्राधानमन्त्रीको हैसियतमा बेलायत र फ्रान्सको भ्रमण गरेका छन्। परराष्ट्र मन्त्रीको १७ वर्षपछि अमेरिका र १४ वर्षपछि रुस भ्रमण भएको छ । 

डाभोस फोरम, एसिया सोसाइटी, अक्सफोर्ड युनिभर्सिटी, होची मिन्ह युनिभर्सिटी, राष्ट्र संघीय विश्वविद्यालयजस्ता विश्वप्रसिद्ध फोरमहरूमा नेपालका कुरा राख्ने कोसिस भएको छ। सार्कलाई सक्रिय बनाउन नसकिएको भए पनि बिम्स्टेक सम्मेलनको आयोजना भएको छ। 

थप १२ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध विकास गरेर १ सय ६८ देशहरूसँग पुगेको छ। प्रभावकारी नभए पनि थप १५ वटा मुलुकहरूसँग दुईपक्षीय परामर्शका संयन्त्र स्थापना भएका छन्।

यो बीचमा परराष्ट्र मन्त्रालयले केही सकारात्मक पहल पनि गरेको छ।

परराष्ट्रनीतिबारे राष्ट्रिय संवाद भएको छ, जसले विदेश नीतिमा एक धारणा बनाउन सहयोग पुर्‍याउने छ। विश्वस्तरको नयाँ फोरम, ‘सगरमाथा संवाद’को पनि सुरुवात हुँदै छ। ‘क्लाइमेट चेन्ज माउण्टेन एण्ड फ्यूचर अफ ह्यूमानिटी’ भन्ने शीर्षक आउने अप्रिल २ देखि ४ सम्म काठमाडौंमा उक्त संवाद हुँदै छ। यो सफलतापूर्वक सम्पन्न भएमा बाहिरी दुनियाँमा नेपालको सकरात्मक छवि बन्ने छ। 

प्रभावकारी कति बन्ला भन्नेमा शंका गर्न सकिन्छ तर दुनियाँभरि छरिएका नेपालीहरूको ज्ञान नेपालको हितमा प्रयोग गर्ने प्रयास स्वरुप ‘ब्रेनगेन सेन्टर’ स्थापना गरिनु सकरात्मक हो। 

जोगिने चुनौती
भूराजनीतिक अवस्थितिले नेपालको जति महत्व बढेको छ, त्यति नै चुनौती थपिएका छन्। मूल्य, मान्यतामा आधारित भन्दा पनि व्यापारिक स्वार्थमा विश्व राजनीति अल्झिएकाले  कति बेला कस्तो  चुनौती आउँछन् भन्ने एकिन नै गर्न नसकिने अवस्था अहिले छ। 

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) स्वीकार गर्ने÷नगर्ने भन्ने विवाद अहिले नेपालमा तिब्र बनेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीं (नेकपा)मा अहिले यही विषयको ध्रविकरण बनेको छ। एउटा पक्ष स्वीकार गर्नु पर्ने र अर्को पक्ष यही अवस्थामा स्वीकार गर्न नहुने नेकपाभित्रको मतकै कारण सरकारले यसलाई संसद्बा‍ट अनुमोदन गराउन अघि लैजान सकेको छैन्। 

विवाद समाधानका लागि एमसिसीको अध्ययन गरेर सुझाव दिन गठित नेकपा कार्यदल पनि आफूलाई उपलब्ध १० दिनमा निष्कर्षमा पुग्न असफल भएको छ। चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा नेपालले स्वीकार गरिसकेको छ भने अर्कोतिर अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्ट्राटेजी (आइपिएस)सँग कसरी डिल गर्ने भन्ने चुनौती नेपाललाई थपिएको छ। 

यही बेलामा धेरै भन्दा धेरै कूटनीतिक परिवक्ता चाहिने भए पनि त्यस्तो देखिदैन। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले भेनेजुएलाबारे अमेरिकी भूमिकालाई लिएर टिप्पणी गरेका कारण त कहिले अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्ट्राटेजीबारे चीनसँग गरेको संवादका कारण विवादमा आउने गरेका छन्। 

दुई ठूला शक्तिको बीचमा रहेको र अन्य शक्तिराष्ट्रको चासो पनि नेपालमा तानिन थालेका कारण सबैदेश सँग ‘रणनीतिक सन्तुलन’ कायम राखिराख्ने चुनौती नेपालसँग छ। 

बढ्दो चुनौतीसँग जुध्न कूटनीतिक परिपक्वता र परराष्ट्र मन्त्रालयको सामथ्र्य विस्तार नेपालका लागि निकै आवश्यक छ। तर, यी दुईटै विषयमा ओली सरकार बनेको दुई वर्ष पुगिसक्दा पनि गम्भिर पहल हुन सकेको छैन्। 

छिमेकीहरुबाट पनि नेपाललाई अप्ठ्यारोमा पार्ने काम भइरहेको छ। भारत सरकारले २ नोभेम्वर २०१९ मा नेपाली भूभाग आफ्नोमा पारेर नयाँ राजनीतिक प्रकाशित गरेपछि कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणको मुद्दा पुनः सतहमा आएको छ। 

सरकारले सो नक्सामा असहमति व्यक्त गर्दै तुरुन्त सच्याउन भारत सरकारलाई पत्राचार गरे पनि यस विषयमा भारतसँग औपचारिक वार्ता हुन सकेको छैन। कालापानी र सुस्ता क्षेत्रको विवाद परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट टुंग्याउने भनिएको भए पनि त्यसको बैठक एक पकट पनि बसेको छैन। साढे  तीन महिना बितिसक्दा पनि परराष्ट्रमन्त्रीले विषयमा महसुस हुने गरि कूटनीतिक पहल लिएका छैनन्। 

यस्ता विवादका बेला विभिन्न तहमा कूटनीतिक वार्ता गर्ने प्रचलन हुन्छ। ‘ट्याक वान’, ‘ट्रयाक टू’ विधि अपनाएर भारतलाई यो विषयमा संवाद गर्ने अवस्थामा ल्याउन ‘कन्भिन्स’ गर्न देखाउनुपर्ने जति सक्रियता विभागीय मन्त्रीका हैसियतले परराष्ट्रमन्त्रीले देखाउन सकेका छैनन्। 

सन् १९५० को नेपाल–भारतबीचको शान्ति तथा मैत्री असमान सन्धि पुनरवलोकन गर्न गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले प्रतिवेदन तयार पारे पनि मोदीले यसलाई अहिलेसम्म बुझ्न मानेका छैनन्। यसमा पनि नेपालको कूटनीतिक पहल प्रभावकारी हुन सकेको छैन्। 

यी विषय हुँदाहुँदै पनि आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउने विषय जत्तिको ठूलो विषय नेपालका लागि अर्को हुनै सक्दैन।

‘राष्ट्रवादको छवि’ बनाएर सत्तासम्म आइपुगेका ओली सरकारका लागि कालापानी मुद्दा ‘लिटमस टेस्ट’ जस्तै हुने छ।

बाँकी कार्यकालमा कालापानीका मुद्दामा देखाउने गाम्भीर्यता र पहलले ओली सरकारको मुल्यांकनमा निकै महत्वपूर्ण स्थान राख्ने छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युवराज सम्राको शतकले नेपाललाई दियो २५७ रनको लक्ष्य
तातोपानी नाका तीन दिन खुल्ने
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आर्थिक अभावका कारण दसैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्। बडादसैंको शुभकाम... शनिबार, असोज ३१, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
युवराज सम्राको शतकले नेपाललाई दियो २५७ रनको लक्ष्य शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्