पानीजहाज स्टेसन बनाउन वनको जग्गा प्रयोग गर्न सरकारको स्वीकृति

यी हुन् बैठककका १६ निर्णय [सूचीसहित]
नेपाल लाइभ | २०७६ फागुन १ बिहीबार | Thursday, February 13, 2020 १६:०३:०० मा प्रकाशित

काठमाडौं- नारायणी नदीमा संचालन गर्न लागिएको पानीजहाज (क्रुज)का लागि स्टेसन (पोर्ट) निर्माण गर्न सरकारले राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ। 

माघ २७ र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। 

यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक सहमति प्रदान गरेको छ। 

यस्तै कर्जा सूचनासम्बन्धी विधेयक तर्जुमा गर्न समेत मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ। 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णहरू