• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन १८, २०८३ Mon, Aug 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्री ओलीले तोड्न सक्लान् महाकाली सिँचाइमा भारतको अड्को?

64x64
नेपाल लाइभ बिहीबार, चैत २२, २०७४  ००:३२
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणमा नयाँ सन्धि-सम्झौता गर्ने भन्दा पनि पुराना सन्धि सम्झौताअनुसारका काममा के-कति प्रगति भए भन्नेबारे जोड दिने बताएका छन्। चैत २० को व्यवस्थापिका संसद् बैठकमा गरेको विशेष सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै पुराना सन्धि सम्झौताको कार्यान्वयनलाई आफूले ध्यानमा राखेर भारतीय पक्षसँग कुरा गर्ने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले संसद्‌मा दिएको जानकारी अनुसार आसन्न भारत भ्रमणमा उनले भारतीय पक्षले गरेका प्रतिबद्धता र सम्झौताका काममा किन प्रगति भएनन् भनेर प्रश्न गर्नेछन्। त्यसो त यसअघिका प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा क्रममा भन्ने गरेको कुरा पनि यही थियो कि, 'देशलाई हित नहुने र शिर झुकाउने गरी कुनै सम्झौता गर्दिनँ। पुराना सन्धि-सम्झौता कार्यान्यवनमा जोड दिन्छु।'

प्रधानमन्त्री ओलीको भ्रमणपछि भारतले प्रतिबद्धता गरेर पूरा नगरेका कामहरु अघि बढ्लान् कि भन्ने आशा पलाउनु स्वभाविक छ, किनभने उनी स्थिर भनिएको नेपाल सरकारको शक्तिशाली प्रधानमन्त्री हुन्। उनले भारतसँग लिने अडान र गर्ने निर्णयले केही फरक त ल्याउला भन्ने जनमानसमा अपेक्षा छ। तर, हालसम्मका व्यवहारमा त्यस्तो देखिएको छैन। त्यसमध्ये एक ज्वलन्त उदाहरण हो, महाकाली सिँचाइ आयोजना, जुन भारतले आफ्नो काम नगरिदिँदा हल न चलको अवस्थामा छ।

महाकाली सिँचाइ आयोजना, तेस्रो चरण २०५२ साल (सन् १९९६) को एकीकृत महाकाली नदी शारदा ब्यारेज, टनकपुर ब्यारेज तथा पञ्चेश्वर आयोजना सम्बन्धी सन्धि अनुसार सुरु भएको आयोजना हो। सो सन्धि अनुसार भारतको टनकपुर ब्यारेजबाट नेपालले वर्षायाममा २८ दशमलब ३५ घनमिटर प्रतिसकेन्ड (१००० क्युसेक) तथा हिउँदमा ८ दशमलब ५ घनमिटर प्रतिसकेन्ड (३०० क्युसेक) तथा दोधरा-चाँदनी क्षेत्रमा १० घनमिटर प्रतिसकेन्ड (३५० क्युसेक) सिँचाइका लागि पानी प्राप्त गर्ने प्रावधान छ।

यसैगरी, हाल सञ्चालनमा रहेको बनबासा ब्यारेज बन्द भयो भने सोबाट नेपाललाई प्राप्त भइरहेको पानी पनि टनकपुर ब्यारेजबाटै प्राप्त हुने प्रावधान छ। सोही प्रावधान अनुसार आर्थिक वर्ष २०६३/०६४ देखि सुरु भएको यस आयोजनाको टनकपुर मूलनहर भारतको टनकपुर ब्यारेजको पूर्वपट्टीबाट निस्केर कञ्चनपुरको त्रिभुवनबस्ती क्षेत्र तथा कैलालीको मालाखेती क्षेत्रसम्म पुग्ने प्रस्ताव गरिएको छ।

आयोजना सम्पन्न हुँदा कञ्चनपुर र कैलालीको करिब ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुन्छ। 

तर, भारतीय पक्षले सन्धिमा भएअनुसार र प्रतिबद्धता गरेअनुसारको काम नगरिदिँदा नेपालले महाकालीबाट पाउने पानी अहिलेसम्म थोपै पाएको छैन।

महाकाली सिँचाइ अयोजनाका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामी भन्छन्, 'टनकपुर ब्यारेजबाट निर्माण गर्नुपर्ने हेडरेगुलेटर र उक्त ब्यारेजबाट नेपालको सिमाना ब्रह्मदेवसम्मको करिब १२ सय मिटर मूलनहर भारतले निर्माण गरिदिनुपर्ने कुरा सन्धिमै उल्लेख छ। तर, भारतीय पक्षबाट हुनुपर्ने काम अहिलेसम्म भएको छैन।' 

nimb
nimb
Ncell 2
Ncell 2

धामीका अनुसार दोधरा-चाँदनीको सिँचाइ सम्बन्धमा पनि भारतीय पक्षले ‘दोधरा-चाँदनीका लागि भने पञ्चेश्वर आयोजना बनेपछि मात्र सिँचाइ दिने हो‘ भन्ने जिकिर गरी हालसम्म हलो अड्काएको अड्कायै छ। जबकि, पञ्चेश्वर आयोजना कहिले बन्छ भन्ने कुरा सम्झौता गर्ने दुवै देश नेपाल र भारतलाई नै थाहा छैन।

इन्जिनियर धामीले भने, 'भारतले हेडरेगुलेटर र ब्यारेजबाट नेपालको सिमानासम्म मूल नहर नबनाइदिएसम्म नेपालले पानी पाउँदैन। जब कि हामीले आफ्नै लगानीमा नेपाल-भारत सिमानादेखि १३ किलोमिटर लामो टनकपुर मूलनहरको निर्माण कार्य सम्पन्न गरिसकेका छौं।' 

महाकाली सिँचाइ अन्तर्गत नेपालतर्फ बनेको मूलनहर


हालसम्म नेपालले नहर निर्माणका लागि करिब २ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। यदि भारतले बनाइदिनुपर्ने हेडरेगुलेटर र मूलनहर बनाइदिएन भने हाम्रो लगानी बालुवामा पानी जस्तो हुने इन्जिनियर धामी बताउँछन्। उनका अनुसार भारतले चाहने र निर्माण गर्ने हो भने १ वर्षमै महाकालीको पानीले नेपालका भूभाग सिँचाइ गर्न सकिन्छ।

टनकपुरबाट पाउने पानी सन्धि भएकै दिनदेखि नेपालले पाउने हक सन्धिमा स्थापित भए पनि २२ वर्ष बितिसक्दा समेत नेपालले उक्त पानी प्रयोग गर्ने बाटो पाएको छैन। अर्थात् भारतले नेपाललाई विश्वास नगरेर वा हेपेर आफ्नो जिम्मेवारी पूरा नगर्नु र भारतलाई नेपाली पक्षले आफ्नो प्रतिबद्धता पूरा गर भन्न नसक्नु दुवैतर्फको कमजोरी हो।

यदि, प्रधानमन्त्री ओलीले भारतीय पक्षलाई उसका प्रतिबद्धता सम्झाउने क्रममा 'महाकालीको नहर किन बनाएनौ?' भनेर प्रश्न गर्न सक्छन् र 'आफ्नो प्रतिबद्धता पूरा गर' भनेर हाँक दिन सक्छन् भने महाकालीको पानी ल्याउन आफ्नो क्षेत्रमा नेपालले गरेको लगानीले सार्थकता पाउनेछ।

महाकाली सिँचाइ आयोजनामा भारतका तर्फबाट अड्किएको हलो अड्किरहन्छ कि खुला हुन्छ, त्यो भने प्रधानमन्त्री ओलीको भ्रमणपछि देखिने विषय हो।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०७४  ००:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग सोमबार, साउन १८, २०८३
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान सोमबार, साउन १८, २०८३
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्