• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आफ्नै हत्याका योजनाकारलाई पनि सम्मान गर्थे गान्धी

64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  ०९:२५
1140x725

जनवरी ३० अर्थात् आजको दिन विश्व इातिहासमा क्रुर एवम् विभत्स दिनका रूपमा दर्ज छ। सन् १९४८ जनवरी ३० तारिखका दिन साँझ ५.१७ (भारतीय समय) मा महात्मा गान्धीको अकल्पनीय हत्या भएको थियो। जीवनको अन्तिम अवस्था ‘हे राम, हे राम’ मात्र भनेका गान्धीलाई मुस्लिम धर्मावलम्बीको पक्षपोषण गरेको आरोप लागेको थियो। उनको हत्यासँग जोडिएका सवालमा भारतमा अहिलेसम्म राजनीति हुँदै अएको छ। 

‘गान्धी हत्या समयको माग हो’ भनी हत्याराको पक्षपोषण गर्ने शक्ति (दल) भारतीय जनता पार्टी अहिले सत्तामा छ। हत्यारा नाथुराम गोड्से थिए भने योजनाकार सावित भए वीर सावरकार। सावरकारलाई मरणोपरान्त भए पनि सर्वोच्च पुरस्कार भारत रत्नले विभुषित गरिनुपर्छ भन्ने सासंद भाजपालाई समर्थन गर्छन्। तर अन्तर्राष्ट्रिय छवि धुमिल हुने डरले सरकारले उक्त प्रस्ताव अनुमोदन गर्न सकिरहेको छैन। भारतका राष्ट्रपिता गान्धी मान्ने वा नमान्ने भन्ने सवालमा अहिले पनि भारतमा विवाद छ। भारतको राष्ट्रिय राजनीति त्यही ‘पेरिफेरी’ मा केन्द्रित छ। 

वीर सावरकार

विपक्षी दल कांग्रेसलगायत गान्धीलाई राष्ट्रपिताको सम्मान गरिनुमा मात्र गर्व गर्छन्। तर सत्तापक्ष भाजपाइतर भने गान्धी हत्याका योजनाकार वीर सावरकर उच्च सम्मानित हुनपर्छ भन्ने तर्क गर्दै आएको छ। हालै महाराष्ट्रको विधानसभामा सावरकरलाई उच्च सम्मान दिने वा नदिने भन्ने बारेमा ठूलै विवाद नै चलेको थियो।

भारतको राजनीतिको केन्द्रमा अहिले पनि गान्धी छन्। उनका आदर्श र चिन्तनका विषय अंगीकार गर्ने वा वीर सावरकरले लिएको धार्मिक मार्गलाई अपनाउने भन्नेमा भारतीय संसद्माा बहस चल्ने गर्छ। त्यसैले गान्धीबारे राजनीति हुँदै आएको छ। जब भारतमा राजनीतिक संकट आइपर्छ, त्यतिबेला सरकार र विपक्षी दल दुवैले आ-आफ्नै पक्षले गान्धीका अभिव्यक्ति उद्धृत गरेर आफूहरु सही मार्गमा रहेको दाबी गर्दै आएका छन्। भारतको विकास र राजनीतिको केन्द्रमा अझै पनि गान्धी छन्।

नाथुराम गोड्से

गान्धी जीवित छैनन् तर उनको छाप जनजनमा अझै छ। त्यसैले गान्धी भारतको राजनीतिमा अदृश्य शक्ति हुन्। त्यसैले भारतमा निर्वाचनका बेला गान्धीबारे बहस हुन्छ। त्यसका अतिरिक्त उनको जन्म दिन २ अक्टुबर र उनको पुण्यतिथि ३० जनवरीको अवसर पारेर चर्चा र बहस हुने गरेको छ। 

यो वर्ष गान्धीको १ सय ५०औं जन्म वर्ष हो। त्यसैले वर्षभर रचनात्मक काम गरेर गान्धीलाई सम्झने योजना सरकारले बनाएको पनि छ। तर योजना कार्यान्वयनबारे मूल्यांकन छैन। 

भारत स्वतन्त्र बनाउन त्यत्रो भूमिका निर्वाह गरेका गान्धीको हत्या किन गरियो? कसले गर्‍यो? कति पटकको प्रयासमा गरिएको थियो भन्ने बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ। गान्धीको जीवनमा २४ वर्ष व्यतीत गरेका स्व।नारायणभाइ देसाईंका अनुसार छैटौं प्रयासमा गान्धीको हत्या प्रयास सफल भएको हो। देसाईं गान्धीका स्वकीय सचिव महादेव देसाईंका पुत्र हुन्। उनले पनि सन् १९४२ देखि १९४८ गान्धीको सचिवालयमा काम गरेका थिए।

जीवनका अन्तिम कालखण्डमा गान्धी कथावाचक बनेर गान्धीलाई आधुनिक विश्वसमक्ष चिनाउन देसाईं सक्रिय थिए। नेपालमा पनि उनले गान्धीबारे प्रवचन गरेका थिए। गान्धीको जीवनगाथा उनले कथाका माध्यमबाट अभिव्यक्त गरेका थिए। सन् २०१५ मार्चमा नेपालमा भएको उक्त कथाको संयोजक भएको नाताले देसाईंलाई सुन्ने अवसर यो स्तम्भकारले समेत प्राप्त गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2
हत्यापछि

देसाईंका अनुसार ५ पटकसम्म सावरकरले परिचालन गरेका मानिसको प्रयास विफल भएको थियो। गान्धीका हत्यारा नाथुराम गोड्सेले सन् १९३४ मा सावरकरले एक पत्रिकामा ‘गान्धीको कौन जिने देगा’ भन्ने लेखमार्फत चेतावनी दिएका थिए। त्यसपछि गान्धीले आफ्नो आयु श्रीकृष्णले १ सय २५ वर्ष आफ्नो आयु बताएका थिए। तर उनी त्यति बाँच्न सफल भएनन्। 

पटकपटक आफ्नो हत्या योजना सावकर र गोड्सेले बनाएको विषयमा गान्धी जानकार थिए। तर गान्धीले उनीहरूलाई कहिल्यै घृणाका पात्र बनाएनन्। सधै सम्मान गरिरहे। सावरकरले लेख लेखेपछि पनि गान्धीले तिम्रो असन्तुष्टिमा केमा हो? आऊ छलफल गरौं भन्ने आग्रह गरेका थिए। तर उनी आएनन्। हत्याका लागि विभिन्न प्रयास जारी राखेका थिए। 

त्यसो त गान्धी हत्याको प्रयास दक्षिण अफ्रिकामा समेत भएको थियो। तर पनि उनले कहिल्यै सुरक्षाको प्रत्याभूति नै गरेनन्। स्वतन्त्रताका लागि जीवनभर लडेका गान्धी स्वतन्त्र भारतमा १ सय ६८ दिन मात्र बाँचे। हत्याका बखत उनलाई लगाईएको आरोप थियो, गान्धीले भारत र पाकिस्तान विभाजन हुँदा पाकिस्तानको पक्ष लिएका थिए। विभाजनका बखत पाकिस्तानलाई दिने भनिएको ५५ करोड रुपैयाँ भारतले दिन ढिलो गरिरहँदा उनले पाकिस्तान सरकारका प्रधानमन्त्री सुहारवर्दीलाई आग्रह गरेका थिए। त्यसले उनी हिन्दूविरोधी सावित बन्न पुगे। अन्त्य पनि त्यही आरोपमा भयो। 

सन् १९३४ मा पुनाको एक सम्मान समारोहमा पनि गान्धी हत्याको प्रयास गरिएको थियो। तर गान्धी बँच्न सफल भए। दोस्रो पटक सन् १९४४ जुलाई २२ मा गोड्सेले नै आगाखान प्यालेसमा छुरा प्रहार गरेका थिए। तेस्रो प्रयास  सन् १९४४ मै सेवाग्राम आश्रममा भएको थियो। दोस्रो प्रयास भएको केही दिनमा फेरि अर्का पात्र माधवराव सदाशिव गोलकरले त्यसरी नै छुरा प्रहारको प्रयास गर्दा समातिएका थिए। सन् १९४६ जुन ३० मा गान्धी हत्याको चौथो प्रयास भयो। सोही समूहले प्रयास गरे पनि सफल हुन सकेको थिएन। 

पाचौं प्रयास सन् १९४८ जनवरी २० तारिख थियो। दिल्लीस्थित विडला भवनको गान्धीको प्रार्थना सभामा सुतली बम प्रहार गरिएको थियो। त्यसदिन मदनलाल पहवा नामक बमवाहक युवक पक्राउ पनि परेका थिए। पहवाको साविती बयानबाट गान्धीको हत्याका योजनाकार सावरकर नै भएको पुष्टि गरिसकेको छ। छैटौं प्रयास ३० जनवरी १९४८ का दिन गोड्से गान्धीको हत्या गर्न सफल भए। साँझको प्रार्थनामा गइरहेका बेला गान्धीको छातीमा तीन गोली हानी गोड्सेले गान्धीको हत्या गरेका थिए। 

गान्धी हत्यापछि संसद्माए जवाफ दिँदै गृहमन्त्री बल्ल्भभाइ पटेलले भनेका थिए- त्यो दिन म आफैं त्यहाँ उपस्थित थिएँ। वापुजी (गान्धी) को सुरक्षा व्यवस्था कडा बनाउनु पर्योन भन्दा आग्रह गर्दा इन्कार गरिदिनु भएको थियो। वहाँलाई मृत्युको कुनै भय नै थिएन। अरु जस्तो असामान्य व्यक्ति भएको भए सुरक्षा व्यवस्था मिलाउन सरकार अग्रसर हुने थियो। तर वहाँजस्तो असामान्य व्यक्तिले अस्वीकार गर्दागर्दै म एउटा सामान्य मन्त्री वहाँको भनाइलाई कसरी इन्कार गर्न सक्थे र? मैले वहाँलाई जति नजिकबाट चिनेको थिएँ, शायद, तपाई प्रश्नकर्ताले पनि त्यति नजिकबाट चिन्नुभएको थिएन। वहाँको भनाइलाई इन्कार गर्दा हुन सक्ने परिणाम मेरा लागि झनै भयानक रहन्थ्यो।

सरकारले गान्धीको सुरक्षा गर्न नसकेको स्वीकार गर्दै मन्त्री पटेलले सदनसमक्ष क्षमायाचना गरेका थिए। गान्धीको हत्याबारेमा याचना गरेका ९अनुयायी० पात्र पटेलको ‘स्टाचु’ गुजरातमा बनाएर ‘युनिटी अफ लिबर्टी’ नाम दिएर सम्मानित पात्र बनाएको वर्तमान सरकारले गान्धीलाई राष्ट्रपिता शब्दबाट पुकार गरे पनि व्यवहारमा पुकार्न नसकेको स्वयम् गान्धीका पनाती तुषार गान्धीको आरोप छ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्