• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
आफ्नै हत्याका योजनाकारलाई पनि सम्मान गर्थे गान्धी
64x64
नेपाल लाइभ बिहीबार, माघ १६, २०७६  ०९:२५
1140x725

जनवरी ३० अर्थात् आजको दिन विश्व इातिहासमा क्रुर एवम् विभत्स दिनका रूपमा दर्ज छ। सन् १९४८ जनवरी ३० तारिखका दिन साँझ ५.१७ (भारतीय समय) मा महात्मा गान्धीको अकल्पनीय हत्या भएको थियो। जीवनको अन्तिम अवस्था ‘हे राम, हे राम’ मात्र भनेका गान्धीलाई मुस्लिम धर्मावलम्बीको पक्षपोषण गरेको आरोप लागेको थियो। उनको हत्यासँग जोडिएका सवालमा भारतमा अहिलेसम्म राजनीति हुँदै अएको छ। 

‘गान्धी हत्या समयको माग हो’ भनी हत्याराको पक्षपोषण गर्ने शक्ति (दल) भारतीय जनता पार्टी अहिले सत्तामा छ। हत्यारा नाथुराम गोड्से थिए भने योजनाकार सावित भए वीर सावरकार। सावरकारलाई मरणोपरान्त भए पनि सर्वोच्च पुरस्कार भारत रत्नले विभुषित गरिनुपर्छ भन्ने सासंद भाजपालाई समर्थन गर्छन्। तर अन्तर्राष्ट्रिय छवि धुमिल हुने डरले सरकारले उक्त प्रस्ताव अनुमोदन गर्न सकिरहेको छैन। भारतका राष्ट्रपिता गान्धी मान्ने वा नमान्ने भन्ने सवालमा अहिले पनि भारतमा विवाद छ। भारतको राष्ट्रिय राजनीति त्यही ‘पेरिफेरी’ मा केन्द्रित छ। 

वीर सावरकार

विपक्षी दल कांग्रेसलगायत गान्धीलाई राष्ट्रपिताको सम्मान गरिनुमा मात्र गर्व गर्छन्। तर सत्तापक्ष भाजपाइतर भने गान्धी हत्याका योजनाकार वीर सावरकर उच्च सम्मानित हुनपर्छ भन्ने तर्क गर्दै आएको छ। हालै महाराष्ट्रको विधानसभामा सावरकरलाई उच्च सम्मान दिने वा नदिने भन्ने बारेमा ठूलै विवाद नै चलेको थियो।

भारतको राजनीतिको केन्द्रमा अहिले पनि गान्धी छन्। उनका आदर्श र चिन्तनका विषय अंगीकार गर्ने वा वीर सावरकरले लिएको धार्मिक मार्गलाई अपनाउने भन्नेमा भारतीय संसद्माा बहस चल्ने गर्छ। त्यसैले गान्धीबारे राजनीति हुँदै आएको छ। जब भारतमा राजनीतिक संकट आइपर्छ, त्यतिबेला सरकार र विपक्षी दल दुवैले आ-आफ्नै पक्षले गान्धीका अभिव्यक्ति उद्धृत गरेर आफूहरु सही मार्गमा रहेको दाबी गर्दै आएका छन्। भारतको विकास र राजनीतिको केन्द्रमा अझै पनि गान्धी छन्।

नाथुराम गोड्से

गान्धी जीवित छैनन् तर उनको छाप जनजनमा अझै छ। त्यसैले गान्धी भारतको राजनीतिमा अदृश्य शक्ति हुन्। त्यसैले भारतमा निर्वाचनका बेला गान्धीबारे बहस हुन्छ। त्यसका अतिरिक्त उनको जन्म दिन २ अक्टुबर र उनको पुण्यतिथि ३० जनवरीको अवसर पारेर चर्चा र बहस हुने गरेको छ। 

यो वर्ष गान्धीको १ सय ५०औं जन्म वर्ष हो। त्यसैले वर्षभर रचनात्मक काम गरेर गान्धीलाई सम्झने योजना सरकारले बनाएको पनि छ। तर योजना कार्यान्वयनबारे मूल्यांकन छैन। 

भारत स्वतन्त्र बनाउन त्यत्रो भूमिका निर्वाह गरेका गान्धीको हत्या किन गरियो? कसले गर्‍यो? कति पटकको प्रयासमा गरिएको थियो भन्ने बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ। गान्धीको जीवनमा २४ वर्ष व्यतीत गरेका स्व।नारायणभाइ देसाईंका अनुसार छैटौं प्रयासमा गान्धीको हत्या प्रयास सफल भएको हो। देसाईं गान्धीका स्वकीय सचिव महादेव देसाईंका पुत्र हुन्। उनले पनि सन् १९४२ देखि १९४८ गान्धीको सचिवालयमा काम गरेका थिए।

जीवनका अन्तिम कालखण्डमा गान्धी कथावाचक बनेर गान्धीलाई आधुनिक विश्वसमक्ष चिनाउन देसाईं सक्रिय थिए। नेपालमा पनि उनले गान्धीबारे प्रवचन गरेका थिए। गान्धीको जीवनगाथा उनले कथाका माध्यमबाट अभिव्यक्त गरेका थिए। सन् २०१५ मार्चमा नेपालमा भएको उक्त कथाको संयोजक भएको नाताले देसाईंलाई सुन्ने अवसर यो स्तम्भकारले समेत प्राप्त गरेको थियो। 

हत्यापछि

देसाईंका अनुसार ५ पटकसम्म सावरकरले परिचालन गरेका मानिसको प्रयास विफल भएको थियो। गान्धीका हत्यारा नाथुराम गोड्सेले सन् १९३४ मा सावरकरले एक पत्रिकामा ‘गान्धीको कौन जिने देगा’ भन्ने लेखमार्फत चेतावनी दिएका थिए। त्यसपछि गान्धीले आफ्नो आयु श्रीकृष्णले १ सय २५ वर्ष आफ्नो आयु बताएका थिए। तर उनी त्यति बाँच्न सफल भएनन्। 

पटकपटक आफ्नो हत्या योजना सावकर र गोड्सेले बनाएको विषयमा गान्धी जानकार थिए। तर गान्धीले उनीहरूलाई कहिल्यै घृणाका पात्र बनाएनन्। सधै सम्मान गरिरहे। सावरकरले लेख लेखेपछि पनि गान्धीले तिम्रो असन्तुष्टिमा केमा हो? आऊ छलफल गरौं भन्ने आग्रह गरेका थिए। तर उनी आएनन्। हत्याका लागि विभिन्न प्रयास जारी राखेका थिए। 

त्यसो त गान्धी हत्याको प्रयास दक्षिण अफ्रिकामा समेत भएको थियो। तर पनि उनले कहिल्यै सुरक्षाको प्रत्याभूति नै गरेनन्। स्वतन्त्रताका लागि जीवनभर लडेका गान्धी स्वतन्त्र भारतमा १ सय ६८ दिन मात्र बाँचे। हत्याका बखत उनलाई लगाईएको आरोप थियो, गान्धीले भारत र पाकिस्तान विभाजन हुँदा पाकिस्तानको पक्ष लिएका थिए। विभाजनका बखत पाकिस्तानलाई दिने भनिएको ५५ करोड रुपैयाँ भारतले दिन ढिलो गरिरहँदा उनले पाकिस्तान सरकारका प्रधानमन्त्री सुहारवर्दीलाई आग्रह गरेका थिए। त्यसले उनी हिन्दूविरोधी सावित बन्न पुगे। अन्त्य पनि त्यही आरोपमा भयो। 

सन् १९३४ मा पुनाको एक सम्मान समारोहमा पनि गान्धी हत्याको प्रयास गरिएको थियो। तर गान्धी बँच्न सफल भए। दोस्रो पटक सन् १९४४ जुलाई २२ मा गोड्सेले नै आगाखान प्यालेसमा छुरा प्रहार गरेका थिए। तेस्रो प्रयास  सन् १९४४ मै सेवाग्राम आश्रममा भएको थियो। दोस्रो प्रयास भएको केही दिनमा फेरि अर्का पात्र माधवराव सदाशिव गोलकरले त्यसरी नै छुरा प्रहारको प्रयास गर्दा समातिएका थिए। सन् १९४६ जुन ३० मा गान्धी हत्याको चौथो प्रयास भयो। सोही समूहले प्रयास गरे पनि सफल हुन सकेको थिएन। 

पाचौं प्रयास सन् १९४८ जनवरी २० तारिख थियो। दिल्लीस्थित विडला भवनको गान्धीको प्रार्थना सभामा सुतली बम प्रहार गरिएको थियो। त्यसदिन मदनलाल पहवा नामक बमवाहक युवक पक्राउ पनि परेका थिए। पहवाको साविती बयानबाट गान्धीको हत्याका योजनाकार सावरकर नै भएको पुष्टि गरिसकेको छ। छैटौं प्रयास ३० जनवरी १९४८ का दिन गोड्से गान्धीको हत्या गर्न सफल भए। साँझको प्रार्थनामा गइरहेका बेला गान्धीको छातीमा तीन गोली हानी गोड्सेले गान्धीको हत्या गरेका थिए। 

गान्धी हत्यापछि संसद्माए जवाफ दिँदै गृहमन्त्री बल्ल्भभाइ पटेलले भनेका थिए- त्यो दिन म आफैं त्यहाँ उपस्थित थिएँ। वापुजी (गान्धी) को सुरक्षा व्यवस्था कडा बनाउनु पर्योन भन्दा आग्रह गर्दा इन्कार गरिदिनु भएको थियो। वहाँलाई मृत्युको कुनै भय नै थिएन। अरु जस्तो असामान्य व्यक्ति भएको भए सुरक्षा व्यवस्था मिलाउन सरकार अग्रसर हुने थियो। तर वहाँजस्तो असामान्य व्यक्तिले अस्वीकार गर्दागर्दै म एउटा सामान्य मन्त्री वहाँको भनाइलाई कसरी इन्कार गर्न सक्थे र? मैले वहाँलाई जति नजिकबाट चिनेको थिएँ, शायद, तपाई प्रश्नकर्ताले पनि त्यति नजिकबाट चिन्नुभएको थिएन। वहाँको भनाइलाई इन्कार गर्दा हुन सक्ने परिणाम मेरा लागि झनै भयानक रहन्थ्यो।

सरकारले गान्धीको सुरक्षा गर्न नसकेको स्वीकार गर्दै मन्त्री पटेलले सदनसमक्ष क्षमायाचना गरेका थिए। गान्धीको हत्याबारेमा याचना गरेका ९अनुयायी० पात्र पटेलको ‘स्टाचु’ गुजरातमा बनाएर ‘युनिटी अफ लिबर्टी’ नाम दिएर सम्मानित पात्र बनाएको वर्तमान सरकारले गान्धीलाई राष्ट्रपिता शब्दबाट पुकार गरे पनि व्यवहारमा पुकार्न नसकेको स्वयम् गान्धीका पनाती तुषार गान्धीको आरोप छ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह शुक्रबार, असार २०, २०८२
मुलुक सुहाउँदो कानुन बनाउनुपर्छ :  प्रभु साह शुक्रबार, असार २०, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे शुक्रबार, असार २०, २०८२
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला शुक्रबार, असार २०, २०८२
तालिवान सरकारलाई रुसले मान्यता दियो शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्