काठमाडौं- गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै होचो व्यक्तिको रुपमा नाम लेखाएका नेपालका खगेन्द्र थापामगरको निधन भएको छ।
मगरको शुक्रबार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए।
उनलाई निमोनिया र मुटुको समस्या देखिएपछि बिहीबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना गरिएको थियो।
उनको जन्म विसं २०४९ असोज १८ मा बाग्लुङको धुल्लुबासकोटमा भएको थियो।
उनी ६७ दशमलव ८ सेन्टिमिटर अग्ला थिए। अहिले विश्वकै सबैभन्दा होचो व्यक्तिका रुपमा फिलिपिन्सका जुनरे बालाविङ रहेका छन्। उनी ५९ दशमवल ९३ सेन्टिमिटरका छन्।
यस्ता थिए खगेन्द्र:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।