• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

'म जुरी हुँदा जसले अवार्डको लबिङ गर्‍यो, पछि मसँगै उसले पनि अवार्ड पायो'

साउदीबाट फर्कंदा हिरो बन्ने रहर थियो तर निर्देशक भएछु
64x64
नेपाल लाइभ शुक्रबार, पुस ११, २०७६  १३:२०
1140x725

काठमाडाैं- टेम्पो महिला चालकको कथामा ‘बुलबुल’ निर्देशन गरेपछि फिल्म क्षेत्रमा विनोद पौडेलको मान बढेको छ। फिल्मलाई लिएर गम्भीर हुने निर्देशकको सूचीमा उनको नाम पनि आउँछ। यसअघि उनले लेखेको फिल्म ‘साँघुरो’ले पनि प्रशंसा पाएको थियो।

अस्कर फिल्म कलेजका प्रिन्सिपलसमेत रहेका विनोद अहिले खरो निर्देशकका रुपमा परिचित छन्। फिल्म क्षेत्रमा देखिएका विकृति र समस्यामाथि उनी धक नमानी टिप्पणी गर्छन्। अहिले शरणार्थीको कथामा नयाँ फिल्मको तयारी गरिरहेका उनीसँग नेपाल लाइभका लागि अनिल यादवले गरेको कुराकानीः

अमेरिका आऊ-जाऊ बढेको छ। खास कारण के हो?
नयाँ फिल्मका लागि स्क्रिप्ट तयार गर्दैछु। पछिल्लो पल्ट दुई महिना बसेर आएँ। स्क्रिप्टको पहिलो ड्राफ्ट सकेँ। त्योभन्दा अघि दुई पल्ट रिसर्चका लागि पुगेको थिएँ। नेपालबाट पुनर्वास भएर त्यहाँ पुगेका भुटानी शरणार्थीको कथा फिल्ममार्फत भन्न खोज्दैछु। त्यसैले त्यहाँ बस्ने शरणार्थीसँग सम्बन्ध विस्तार र उनीहरुको जीवनशैलीबारे अध्ययन गर्न तीन पल्टको भ्रमणले पूरै सघायो।

बन्न लागेकाे फिल्मको नाम के हो?
‘एक्रोन इन्टरनेसनल’। यो ‘वर्किङ टाइटल’ हो। यो ठाउँको नाम हो। विभिन्न देशबाट स्थानान्तरण भएका मानिसहरु त्यहाँ आएर बस्ने भएकाले त्यो ठाउँको नाम ‘इन्टरनेसनल’ भनिएको रहेछ। 

तपाईंको यो फिल्म त ‘एसियन प्रोजेक्ट मार्केट’मा पिचिङका लागि छनोट पनि भएको थियो, लगानीकर्ता भेटिए त?
हो, फिल्म ‘ट्रिटमेन्ट’का भरमा छनोट भएको थियो। विश्वभरका ६० देशबाट प्राप्त ३८४ वटा  स्क्रिप्टबाट २९ वटा छनोट भएका थिए। जसमध्ये मेरो यो फिल्म पनि परेको थियो। यसरी छनोट भएपछि अब कोरियामा ठूल्ठूला फिल्म निर्माण कम्पनीहरुसँग भेटघाटको मौका मिल्छ। त्यहाँ फिल्मका सेल्स एजेन्ट, वितरक, निर्माताहरु हुन्छन्।

तीमध्ये १० जनासँग ‘वान टु वान’ मिटिङ गर्ने मौका मिल्छ। १० मध्ये कसैले स्क्रिप्ट मनपरायो भने लगानी गर्छन्। कसैले लगानी गरेन भने पनि कम्तीमा अन्तर्राष्ट्रियस्तरमा फिल्मले ‘नोटिस्ड’ हुने मौका त पायो, यो पनि उपलब्धि नै ठान्नेछु। 

‘बुलबुल’पछि अब शरणार्थीकै कथा किन?
यो यात्राको कथा हो। एउटा मान्छे बाध्यताले एक ठाउँबाट अर्को ठाउँ पुगिसकेपछिको अवस्था मैले भन्न खोजिरहेको हो। भुटानी शरणार्थीहरुको तेस्राे देश पुनर्वास भइसकेपछिको जीवन देखाउन खोजिरहेको हो। मैले बिबिसीमा एउटा आर्टिकल पढेपछि यो विषयमाथि फिल्म बनाउने इच्छा जागेको हो। इरानी फिल्ममेकर अब्बास किरोस्तमी भन्नुहुन्थ्यो, ‘एउटा ठाउँमा हुर्किएको रुखलाई फेरि अर्को ठाउँमा लगेर गोड्यो भने त्यसले दिने फल कस्तो हुन्छ?’ पक्कै उस्तै त हुँदैन।

हो, मान्छे पनि कताकता त्यस्तै हुने रहेछ। एउटा स‌ंस्कृति, एउटा रहनसहन र भाषामा बाँचिरहेको मान्छे अचानक अर्को देशमा पुग्नुपर्दा निम्तने पहिचानको संकट बडो पीडादायी हुन्छ। हो, त्यही पीडा म फिल्ममार्फत देखाउन चाहन्छु। डेढ वर्ष भयो म यो फिल्मका लागि लागिपरेको। 

यो फिल्मकाे काम गरिरहँदा पक्कै पनि नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको अवस्थालाई पनि नजिकबाट नियाल्ने अवसर मिल्यो होला। कस्तो पाउनुभयो उनीहरुकाे अवस्था?
समस्या मात्रै पनि छैन, राम्रा कुरा पनि छन्। अनागरिक भएको मान्छेले नागरिकता पाएको छ। नेपाल र भुटान दुवै देशले स्वीकार नगरे पनि कम्तीमा अमेरिकाले स्वीकार गरेर नागरिकता दिएको छ। उनीहरुले स्वास्थ्यदेखि शिक्षा हरेक कुरामा सुविधा पाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

तर, सँगसँगै अर्को दुःखलाग्दो विषय के हो भने यो २१औं शताब्दीमा कुनै पनि देशको सरकारले त्यो देशमा बसिरहेको नागरिकलाई अचानक ‘तँ हाम्रो देशको नागरिक होइन, तँ अन्तैबाट आएको हो’ भनेर धपाइदियो भने त्यतिबेला कस्तो भावना उत्पन्न हुन्छ होला! याे एकदमै डरलाग्दो हुने रहेछ। त्यो भावना मान्छेकाे मनमा नमिठो गरी गढेर बसेको हुने रहेछ। जीवनमा मान्छेलाई सुखमात्रै भएर पुग्दैन रहेछ, मनमा कतै न कतै पहिचान र संस्कृतिको संकट त सधैं भइरहँदो रहेछ। 

शरणार्थीमाथि बनेका कुनै पनि फिल्म नेपालमा चलेका छैनन्, बजारले रुचाएको छैन। यस्तो विषयमा हात हालेर चुनौती मोलिरहेजस्तो लाग्दैन? 
मेकरले कहिल्यै पनि यो विषय मैले उठान गरे भने बजारले रुचाउँछ/रुचाउँदैन भनेर सोच्नु हुँदैन। जे विषयले तपाईंलाई छुन्छ। जुन विषय तपाईंलाई दर्शक सामु भन्नुपर्छ भन्ने लाग्छ, त्यसमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। 

तपाईंका लागि फिल्म के हो?
सिनेमा मेरा लागि साधना हो। सिनेमालाई मैले कहिल्यै पनि व्यापारिक दृष्टिकोणबाट हेरिनँ। नाफा कमाउने हिसाबले हेरिनँ। भलै, पैसा चाहिन्छ, फाइदा खोजिन्छ। तैपनि सिनेमा बनाउँदा बजारबाट निर्देशित हुनुपर्छ भन्ने कुरामा म फिटिक्कै विश्वास गर्दिनँ। सिनेमा बनाउँदै गर्दा यदि त्यहाँ पैसाको गन्ध मिसियो भने ढुक्क हुनुस्, त्यो सिनेमा पक्का बिग्रिन्छ। 

अमिताभ बच्चनको ठूलो फ्यान थिएँ। मेरो हाइट पनि उहाँको जस्तो अग्लो। त्यसैले होला, आजको दिनमा पनि टिभीमा अमिताभ देखिनासाथ ममीले जिस्काउनु हुन्छ, ‘ऊ तेरो दाइ आयो’।

अहिलेसम्म रिलिज भएका तपाईंका सबै फिल्म हेर्दा लाग्छ, तपाईं भुइँमान्छेका कथा भन्न बढी रुचाउनु हुन्छ। तपाईंले लेख्नु भएको ‘साँघुरो’ र निर्देशन गर्नु भएको ‘बुलबुल’ दुवै यसका उदाहरण हुन्?
सही हो। मलाई लाग्छ, सर्जकले जीवन भन्ने हो। जीवनभन्दा बाहिर गएर सर्जक प्रस्तुत हुनै सक्दैन। मैले मेरो जीवनमा जे कुरा देख्या छु, जे कुरा भोग्या छु, त्यहीँबाट कथाहरु भन्ने हो। र, यसरी भन्दा कथाप्रति इमान्दार पनि हुन सकिन्छ भन्ने मलाई लाग्छ। आफूले नदेखेको र नभोगेको कथामा बनावटी कुरा बढी आउने सम्भावना हुन्छ। त्यसरी भनिएका कथाहरु हेर्दा सुन्दर देखिन्छन् तर त्यहाँ जीवन हुँदैन। 

समीक्षात्मक र व्यापारिक दुवै हिसाबले ‘बुलबुल’ सफल देखियो। तर, त्यसपछि पनि तपाईं फिल्म निर्माणका लागि निर्माताकाे खोजीमा हिँड्नुभयो। अरु मेकरबाट फिल्म निर्देशनको अफर आएन र?
तीन वटा फिल्मबाट अप्रत्यक्ष अफर आएका थिए। स्क्रिप्ट र कलाकार उनीहरुले नै तय गरिसकेको अवस्थामा अफर आएको थियो। म त्यसरी त काम गर्नै सक्दिनँ। तयार भइसकेको स्क्रिप्ट र कलाकार छनोट भइसकेको अवस्थामा म काम गर्न सक्दिनँ। यसरी काम गर्दा निर्देशकलाई आफ्नो सिर्जनात्मक भूमिका प्रयोग गर्न कठिन हुन्छजस्तो मलाई लाग्छ।  

तपाईंको पारिवरिक पृष्ठभूमि त फिल्म होइन। कसरी आइपुग्नु भयो यो क्षेत्रमा?
म गुजरातमा जन्मिएको हो। बाआमा उतै हुनुहुन्थ्यो। पछि आफ्नै देश फर्किने निर्णय भएपछि सबै नेपाल आयौँ। भारतमा बसेको भएर होला म बलिउडबाट बढी प्रभावित थिएँ।

अमिताभ बच्चनको ठूलो फ्यान थिएँ। मेरो हाइट पनि उहाँको जस्तो अग्लो। त्यसैले होला, आजको दिनमा पनि टिभीमा अमिताभ देखिनासाथ ममीले जिस्काउनु हुन्छ, ‘ऊ तेरो दाइ आयो’। मेरो सात वर्षको छोराले पनि ‘तपाईं अमिताभको फ्यान’ भन्दै जिस्काउँछ। 

फिल्ममा प्रवेश कसरी भयो?
बलिउड सिनेमा हेरेर हुर्कँदै गर्दा नै हिरो बन्छु भन्ने भूत मेरो दिमागमा चढिसकेको थियो। गुजरातबाट नेपाल आएपछि आफ्नै गाउँ कपिलवस्तुतिर गइयो। बाबा बित्नुभयो। बाबा बितेपछि परिवार सम्हाल्नुपर्ने बाध्यता आइलाग्यो। पैसा कमाउन साउदी अरब गएँ। चार वर्षजति अरबमा दुःख गरियो। स्टोर किपर भनेर लिएर लगिएको थियो, पछि अमेरिकन कम्पनीमा काम गर्ने मौका मिल्यो। धेरै दुःख गरियो। तैपनि ५-६ महिनासम्म तलब नपाउने अवस्थाको सामना गर्नुपर्‍यो। साह्रै मन पिरोल्थ्यो। गहिरिएर हेर्नुभयो भने ‘बुलबुल’मा मैले मेरो जीवनका भोगाइहरु धेरै ठाउँ समावेश गरेको छु।

त्यसपछि आफैं फिल्म गर्ने सोच आयो। ‘मिस यु’ भन्ने फिल्म लेखेको थिएँ। कर्मा शाक्य र सौगात मल्ललाई अभिनय गराउने सोचेर फिल्म लेखेको थिएँ। निर्माताले उनीहरु हिरो नै होइनन् भनिदिए। सौगातलाई ‘डकुमेन्ट्री हिरो’ भन्न थाले। सौगातको सट्टा अरु हिरोको नाम लिन थाले। त्यसमै झगडा पर्‍यो।

म अरबबाट नेपाल फर्क‌ंदा मेरो डायरीभरि सिनेमा नै थियो। नेपालबाट सिधैँ मुम्बई गएर एक्टर बन्छु भन्ने लक्ष्य बोकिसकेको थिएँ। त्यसैले डायरीभरि बलिउडका चर्चित फिल्म मेकरहरु महेश भट्ट, करण जौहर लगायत थुप्रैको फोन नम्बर म्यागजिनबाट बटुल्दै टिपेको थिएँ। 

त्यसो भए फर्किएपछि जानु भयो त मुम्बई?
अहँ, गइनँ। यहाँ आएपछि निर शाहको अस्कर फिल्म कलेजमा ब्याचलर जोइन गरेँ। 

हिरो बन्ने रहेर अचानक फिल्म निर्देशनमा कसरी टुंगियो?
फिल्मको स्क्रिप्ट लेख्छु होला भन्ने त मैले जिन्दगीमा कहिल्यै कल्पनासम्म गरेको थिइनँ। जीवनमा अप्रत्यासित कुराहरु धेरै घट्ने रहेछन्। मेरो लाइफमा धेरैपल्ट यस्तो भएको छ। त्यसैले म सिनेमामा काम गर्दा तर्क त्यति खोज्दिनँ। म त सिर्जनामा धेरै तर्कहरु राख्नुहुँदैन भन्छु।

जीवन कहिल्यै योजनाअनुसार चल्दैन। त्यतिबेला म ह्यान्डसम नै थिएँ (मुस्कुराउँदै)। जिमसिम पनि गरिन्थ्यो। सिनेमा अलिअलि बुझ्दै गएपछि हिरो होइन, एक्टर बन्छु भन्ने सोच आयो। अस्करबाट ब्याचलर गरेपछि, केही लाजैलाग्दो फिल्म पनि गरेँ। दुई वटा फिल्म गर्दागर्दै छोडेँ। विराज भट्टको ‘डर’ फिल्म थियो क्यार! चित्तै बुझेन अनि सुटिङ स्थलबाटै फिल्म छोडेर हिँडे। लाग्यो, यस्तै फिल्म गर्नु छ भने त मैले किन फिल्म पढ्नुपर्‍यो र? 

त्यसपछि के भयो?
त्यसपछि आफैं फिल्म गर्ने सोच आयो। ‘मिस यु’ भन्ने फिल्म लेखेको थिएँ। कर्मा शाक्य र सौगात मल्ललाई अभिनय गराउने सोचेर फिल्म लेखेको थिएँ। निर्माताले उनीहरु हिरो नै होइनन् भनिदिए। सौगातलाई ‘डकुमेन्ट्री हिरो’ भन्न थाले। कर्मासम्मलाई स्वीकार्न तयार।

सौगातको सट्टा अरु हिरोको नाम लिन थाले। त्यसमै झगडा पर्‍यो। त्यसपछि स्क्रिप्ट निर्माताकै अगाडि फालेर हिँडे। अहिलेसम्म खर्च गरेको पैसा पनि दिनुपर्दैन भनेर फिल्मको च्याप्टर त्यही क्लोज गरेर म हिँडिदिएँ। पछि सुनिल थापा दाइहरु त्यही प्रोजेक्टलाई अगाडि बढाऔँ भनेर आउनुभएको थियो। तर, त्यो पनि भएन।

त्यसपछि यो देशमा केही पनि नहुनेरहेछ भन्ने लाग्यो। चरम निराशा लाग्यो। त्यही निराशा बोकेर युके गएँ- एमबिए गर्न। एमबिए सकेपछि त्यतै मार्केटिङ एक्जक्युटिभका रुपमा काम गरेँ। तर, मनमा कता-कता फिल्मको भूतले छोडेको थिएन। त्यता पनि सधैं फिल्म नै हेरेर बसिन्थ्यो। नेपाल फर्किएँ।

फर्किएपछि सुकुम्बासीको यौन मनोविज्ञानमाथि ‘साँघुरो’ भन्ने फिल्म लेखेँ। फिल्मले राम्रै समीक्षा पायो। युकेको च्यानल फोरमा छनोट समेत भयो। फिल्मप्रति अलिकति भएपनि ऊर्जा बढ्यो। यता नेपाल आएपछि अस्कर कलेजबाट पनि टिचरका रुपमा अफर आयो। त्यतिबेला कलेज एकदमै समस्यामा थियो।

पछि कलेज पनि आफै‌ं चलाउने जिम्मेवारी पाइयो। ‘ट्राइ गरौँ न’ भनेर जिम्मा लिएको, राम्रै चल्यो। कलेज चलाउन थालेपछि सिनेमाप्रति प्रेम झन् बढ्न थाल्यो। विद्यार्थीसँग जोडिँदै गइयो। कलेज सपनैसपनाले भरिएको ठाउँ रहेछ। हरेक विद्यार्थीका सपना मलाई आफ्ना लाग्न थाले। 

‘साँघुरो’ र ‘बुलबुल’ले फिल्मको लगानी उठाए?
‘बुलबुल’बाट लगानी त उठ्यो तर फाइदामा गएन। ‘साँघुरो’ त पूरै घाटामा गएको थियो। मेकरलाई पूरै निराश बनाएको थियो।

‘साँघुरो’ फ्लप भएपछि कसरी ‘बुलबुल’ बनाउने आँट आयो। बजारमा जस्ता फिल्म चलिरहेका थिए, यो त त्योभन्दा बिल्कुल फरक थियो?
फलोनो फिल्म चल्या छ, म पनि त्यस्तै बनाउँछु भनेर कसैले फिल्म बनाउँछ भने त्यो व्यापारी हो, सर्जक होइन। ‘साँघुरो’, ‘बुलबुल’लाई कतिले यो फिल्म नै होइन पनि भने। आज पनि कतिले भन्छन्। यद्यपि यी दुवै फिल्मले ‘फिल्म यस्तो पनि हुन्छ है’ भनेर प्रमाणित गर्‍यो भन्ने मलाई लाग्छ। 

सधैं ‘लभरगर्ल’को भूमिकामा छाइरहेकी स्वस्तिमा खड्कामा तपाईंले कसरी महिला टेम्पो चालकको चरित्र पाउनुभयो? फिल्ममा लिनुअघि सोच्नु भएन?
मैले स्वस्तिमाको ‘लभ लभ लभ’ फिल्म हेरेको थिएँ। फिल्म खासै मनपरेको थिएन, तर यो केटीले केही गर्न सक्छ भन्ने चाहिँ एउटा सिनले फिल गराएको थियो। फिल्ममा लिइसकेपछि ‘छक्कापन्जा’ हेरेँ। मैले उसलाई भनेको पनि छु, सुरुमै ‘छक्कापन्जा’ हेरेको भए सायद म उसलाई फिल्ममा लिने थिइनँ होला।

जब स्वस्तिमाले ‘बुलबुल’को स्क्रिप्ट पढ्यो, त्यसपछि उसले मलाई भन्यो, ‘मलाई स्क्रिप्ट भयंकर मनपर्‍यो। तर, यस्तो ‘च्यालेन्जिङ क्यारेक्टर’ मैले गर्न सक्छु होला र? मलाई त तपाईंले भयंकर रिस्क लिन खोज्नुभयो जस्तो लाग्यो।’

 जवाफमा मैले उसलाई भनेँ, ‘तिमीले जुन कुरा अहिले भन्याैं, त्यो कुरालाई टेकेर म भन्छु, तिमीले काम गर्न सक्छौँ। किनकी तिमीले म खतरा एक्टर होइन भन्ने कुरालाई अहिले स्वीकार गर्‍यौँ। तिमीले मैले गर्न सक्दिनँ भन्यौँ, त्यो भनेको मैले तिमीलाई गराउन सक्छु भन्ने हो।

सुरुमा ‘बुलबुल’ मैले होइन, साथी जोयस पान्डेले निर्देशन गर्ने कुरा थियो। ऊ भर्खर अमेरिकाबाट आएको थियो। उसले स्वस्तिमा र निश्चललाई लिएर बजारमा चल्ने खालको फिल्म गर्ने सोचेको रहेछ।

त्यसपछि जब उसले फिल्ममा काम गर्न थाल्यो गज्जब गर्‍यो। महिला टेम्पो चालकको व्यवहार, गतिविधि सबै पछ्याउन थाल्यो।  कहिल्यै ‘म स्टार हो’, ‘ट्रफी जितेको हिरोइन हो’ भन्ने हिसाबले प्रस्तुत भएन। जब कोही पनि एक्टर जिरोमा झरेर काम गर्छ, त्यसपछि उसमा मैले जान्या छु भन्ने कुरा हट्छ। जान्या छु भन्ने कुरा हटेपछि उसले नयाँ कुरा गर्न सक्छ। 

यो फिल्म गर्नुअघि मैले स्वस्तिमालाई सुरुमै भनेको थिएँ, ‘यो फिल्मबाट तिम्रो जन्म नयाँ स्वस्तिमाको रुपमा हुनेछ।’ भयो पनि त्यस्तै। यो फिल्मबाट उसको पहिचान नै बदलियो। नेसनल अवार्ड समेत जित्यो।  

सुरुमा त यो फिल्ममा ‘चोपेन्द्र’को क्यारेक्टरका लागि निश्चल बस्नेतलाई लिने कुरा थियो रे, निर्देशन पनि अर्कैले गर्ने कुरा थियो भन्ने सुनियो। कसरी यो सब परिवर्तन भयो?
सुरुमा ‘बुलबुल’ मैले होइन, साथी जोयस पान्डेले निर्देशन गर्ने कुरा थियो। ऊ भर्खर अमेरिकाबाट आएको थियो। उसले स्वस्तिमा र निश्चललाई लिएर बजारमा चल्ने खालको फिल्म गर्ने सोचेको रहेछ। मैले चाहिँ फिल्मको स्क्रिप्ट लेख्ने कुरा थियो।

मैले लेखेको ‘चोपेन्द्र’को क्यारेक्टर निश्चलतिर ढल्किन सक्दैनथ्यो। तर, जोयसले जिद्धी गरेपछि मै निश्चलको क्यारेक्टरमा थोरै चेन्ज गर्न तयार भइसकेको थिएँ। तर तीन/चार महिना बितिसक्दा पनि निश्चल काम गर्न तयार देखिएनन्। त्यसपछि विपिन कार्कीलाई अफर गरियो। समय अभावले उसले पनि गरेन।

यता जोयस स्टार नै लिने सोचमा थियो। निश्चल र विपिन दुवै फाइनल नभएपछि ऊ आत्तियो। मैले त्यसको फाइदा उठाएँ। भनेँ- ‘त्यसो भए तिमी अर्को फिल्म गर, म यो गर्छु किनभने मैले त स्टार खोजिरहेको छैन।’ त्यसपछि मैले फिल्म निर्देशन गरेँ, ऊ फिल्मको निर्माता भयो।

अब फिल्म अवार्डको कुरा गरौँ। यो साल तपाईंले ‘बुलबुल’बाट उत्कृष्ट निर्देशकका रुपमा नेसनल अवार्ड पनि पाउनुभयो। तर, तपाईंभन्दा कमजोर ठहरिएको फिल्मले ‘बेस्ट फिल्म’को अवार्ड पायो। चित्त बुझ्यो? 
म अलि सफ्ट नेचरको छु। प्याच्च बोलिहाल्न जान्दिनँ। कार्यक्रममा गइसकेपछि अवार्ड नथापी फर्किन पनि सकिनँ। यद्यपि मलाई त्यहाँ फोटो खिच्न पनि मन लागेको थिएन। स्वस्तिमाको करले एउटा फोटो चाहिँ खिचेको थिएँ। मैले अवार्ड थाप्दा परिवार सबै खुसी थिएँ। त्यसैले फेसबुकमा समेत फोटो राखेँ। तर, साँच्चैभन्दा मनदेखि खुसी थिइनँ।

जतिसुकै ठूलो कुरा गरे पनि अवार्डका लागि धेरैले लबिङ गर्नुभएको थियो। यो साल तीन वर्षको नेसनल अवार्ड एकैपल्ट बाँडिएको थियो। दुःखको कुरा त के भने जसले म जुरी हुँदा अवार्डका लागि ‘लबिङ’ गरेको थियो, उसैले मसँगै स्टेजमा अवार्ड थाप्यो।

तर, हामी नेसनल अवार्ड त्यस्तो फिल्मलाई दिने हो जसले बजारमा रिस्क मोलेर भए पनि आफ्नो समाज, संस्कृति र मनोविज्ञानलाई फिल्ममार्फत भन्न खोजेको छ भन्ने कुरामा प्रतिबद्ध थियौँ। जसले बजार पछ्याएर पैसा कमाइरहेको छ, त्यसलाई केको प्रोत्साहन?

जुरी हुँदा अवार्डका लागि निर्माताहरुले कत्तिको दबाब दिने रहेछन्?
प्रेसर आउँदो रहेछ। जतिसुकै ठूलो कुरा गरे पनि अवार्डका लागि धेरैले लबिङ गर्नुभएको थियो। यो साल तीन वर्षको नेसनल अवार्ड एकैपल्ट बाँडिएको थियो। दुःखको कुरा त के भने जसले म जुरी हुँदा अवार्डका लागि ‘लबिङ’ गरेको थियो, उसैले मसँगै स्टेजमा अवार्ड थाप्यो।

म जुरी रहेका बेला एउटा निजी फिल्म अवार्ड पनि उसले लबिङ गरेको थियो। तर, त्यहाँ चाहिँ मैले रोक्न सकिनँ, त्यसैले उसले अवार्ड पाएको थियो। 

अवार्डमा हुने यस्तो चलखेल देखेपछि पनि तपाईंलाई नेसनल अवार्डमा सहभागी हुन मन लाग्यो?
खासमा मलाई अवार्डमा फिल्म पठाउन मनै थिएन। निष्पक्ष हुँदैन भन्ने विश्वासले। तर, त्यसो गर्दा फिल्ममा संलग्न अरुलाई अन्याय होला, स्वस्तिमा लगायत अरु दाबेदार अवार्ड पाउनबाट वञ्चित होलान् भन्ने महसुस भएपछि पठाएको हो। हुन त मेरै साथी दीपेन्द्र लामाको फिल्म ‘गोपी’ले उत्कृष्ट फिल्मको अवार्ड पायो।

मैले यो फिल्म प्रिमियरमा हेरेकै बेला दीपेन्द्रलाई ‘तिमीले यो के गरेको?’ भनेर गाली गरेको थिएँ। मैले भनेको थिएँ, ‘यो त फिल्म नै बनाएनाैं तिमीले।’ यसका लेखक सामिप्यराज तिमिल्सिनालाई पनि मैले त्यही भनेको थिएँ। सामिप्य आफैं पनि निराश सुनिएको थियो।

मलाई विश्वास छ, दुवै मेरो टिप्पणीबाट रिसाएनन्। ‘गोपी’लाई लिएर मेरो त्यतिबेलै गुनासो थियो भनेपछि फिल्मलाई लिएर त नहुने कुरै भएन। 

तपाईंलाई अवार्डका जुरी निर शाहले त ‘भल्गर भाषा’ राखेकाले अवार्ड दिन नसकेको भन्नुभयो रे?
हो। निर शाहले अवार्डकै दिन ‘विनोदजी बेस्ट फिल्म तपाईंकै थियो, तर तपाईंले त्यो भल्गर भाषा नराखिदिएको भए, किन राख्या त्यस्तो चिज? त्यो नराखी बन्दैन फिल्म?’ भनेर टीप्पणी गर्नुभएको थियो।

उहाँकै कलेजमा मैले पढेको। उहाँ मेरो गुरु। त्यसैले जवाफमा मैले केही भनिनँ। सायद यो कुरा मैले मिडियामा पनि भन्न हुन्थेन होला। मैले त्यतिबेला उहाँलाई ‘आर्टमा पनि भल्गर भन्ने चिज हुन्छ र?’ भनेको थिएँ। उहाँको कुरा सुनेर चित्त चाहिँ दुखेको थियो। जबर्जस्ती थोपरिएको चिज पो भल्गर हुन्छ, चलचित्रमा स्वभाविक ढंगले आइरहेको दृश्य कसरी भल्गर? अझ मेरो फिल्म त पिजी सर्टिफिकेट पाएर सेन्सर भएर म्युट लगाएर रिलिज भएको थियो।

सेन्सर पास भएको फिल्म कसरी भल्गर हुन्छ? नियमसंगत कुरा गर्दा उहाँको त्यो तर्क पनि मिलेको थिएन। सेन्सर बोर्डले नै कैँची लगाएर हेर्न मिल्ने बनाएर रिलिज गर्न दिएपछि त्यो कसरी भल्गर हुन्छ?

सरकारले ‘बुलबुल’को त ट्रेलरमै सेन्सर गर्न खोजेको थियो, होइन?
हो। त्यो शब्द गलत भयो, अश्लिल भयो युट्युबबाट निकाल्नु भनेर सरकारबाट पत्राचार नै भएको थियो। रणकलाले बोल्ने ‘जाँठी’ शब्द सरकारलाई पचाउन गाह्रो भएको थियो। ट्रेलरले समाजमा विकृति फैलाएको आरोप लगाइएको थियो।  मैले चाहेको भए यो विषयलाई लिएर बबन्डर मचाउन सक्थेँ। फिल्मको हाइप झन् बढ्थ्यो होला। तर, त्यसो गरिनँ। तर, सरकारको नियन्त्रणमुखी चरित्र देख्दा अचम्म लाग्यो। युट्युब पनि कन्टोल गर्न खोज्ने? अभिव्यक्ति स्वतन्त्रा भनेको यही हो? प्रनेस गौतमलाई युट्युबमा फिल्म समीक्षा गरेकै भरमा थुनिदिए। उसले फिल्म मन परेन भन्न पनि नपाउने?

रणकलाले बोल्ने ‘जाँठी’ शब्द सरकारलाई पचाउन गाह्रो भएको थियो। ट्रेलरले समाजमा विकृति फैलाएको आरोप लगाइएको थियो।  मैले चाहेको भए यो विषयलाई लिएर बबन्डर मचाउन सक्थेँ।

त्यसो गर्दा हिरासतमा राख्नु सबैभन्दा ठूलो अपमान हो। त्यतिबेला प्रनेस व्यंग्यात्मक हिसाबले प्रस्तुत हुँदा समीक्षामार्फत् महिलालाई उडाएको कुरा भइरहेको थियो। त्यसो भने त अहिले बनेका सबै कमेडी फिल्मले सबैभन्दा बढी महिलालाई नै उडाइरहेका छन्। ती फिल्म बनाउने निर्देशकलाई अब लगेर थुन्ने त?

अहिलेको नेपाली फिल्मको ट्रेन्डलाई कसरी नियालिरहनुभएको छ?
अहिले नेपाली फिल्मको ट्रेन्ड दुःखलाग्दो छ। एउटा-दुइटा फिल्म चल्दैमा बजार राम्रो भन्न मिल्दैन। कस्तो फिल्म चल्यो भन्नेले पनि नेपाली सिनेमा कतातिर जाँदैछ भन्ने बाटो तय गर्छ। कलात्मकताको अभ्यास नभई सतही ढंगले निर्माण गरिएको फिल्म चलिदियो भने त नेपाली फिल्मको सुखद भविष्यका लागि यो हानिकारक छ।

अहिले फिल्म क्षेत्र डगमगाएको अवस्था छ। मान्छेहरु साउथ इन्डियन र हलिउड फिल्म हेरिरहेका छन् जसले खास सिनेमा बोलिरहेको छैन। जताततै सिनेमा निर्माणभन्दा पनि कर्पोरेट लेभलको बिजनेस भइरहेको छ। कहाँ के चल्छ, त्यही चलाउने नियत हावी छ। कला भन्ने चिज गौण छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्