• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ड्राइ-फ्रुटका फाइदा

64x64
नेपाल लाइभ बुधबार, पुस ९, २०७६  ०८:३०
1140x725

काठमाडौं- साधरणतया सुक्खा खानेकुरा (ड्राइ फ्रुट) का रुपमा चिनिने ‘नट्स एन्ड ओएल सिड्स’ नेपालमा पहिलादेखि नै प्रयोग गरिँदै आइएको खानेकुरा हो। पूजा, ब्रतवन्धदेखि लिएर विभिन्न चाडपर्वमा चिनारीका रूपमा धेरै प्रकारका ‘नट्स’ हामीले प्रयोग गर्दै आएका छौं। धार्मिक महत्व, स्वादमा मीठो र स्वास्थ्यको हिसाबले पनि एकदमै उपयोगी भए पनि आजभोलि विभिन्न कारणले नट्सको सेवनमा द्विविधा रहेको पाइन्छ। ‘लो क्यालोरी’, ‘लो फ्याट’ जस्ता पोषण बजारमा आएका नयाँ शब्दले गर्दा चिल्लो पदार्थले भरिपूर्ण नट्सको सेवनमा शंका पैदा हुनु स्वभाविक पनि छ। 

तर ,सबैले थाहा पाउनुपर्ने कुरा के हो भने, चिल्लो पदार्थ दुई प्रकारका हुन्छन्- स्वस्थ चिल्लो पदार्थ (ओमेगा-६ र ओमेगा-३) र अस्वस्थ चिल्लो पदार्थ (संतृप्त)। नट्समा स्वस्थ चिल्लो पदार्थ (४९-७४ प्रतिशत), प्रोटिन ( ९-२० प्रतिशत) र विभिन्न खनिज पदार्थ (क्याल्सियम, आइरन, पोटासियम, जिंक, सेलेनियम, म्यान्गनिज, म्याग्नेसियम, कप्पर) प्रशस्त मात्रामा पाइन्छ। यससँगै नट्समा फाइबर, भिटामिन-इ, बि र एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यस्ता पोषक तत्वको मानव शरीरमा आफ्नै महत्व छ। 

तसर्थ, नट्स (बदाम, हाडे बदाम, पिस्ता, काजु, कट्टुस, ओखर, छोकडा, किसमिस, फर्र्सीको बियाँ, आलस, तिल आदि) स्वास्थ्यका हिसाबले एकदमै लाभवर्धक खानेकुरा हो। नट्समा प्राकृतिक रुपमा चिल्लो पदार्थ धेरै भए पनि कट्टुसमा भने चिल्लो कम हुनुका साथै रगतमा चिनीको मात्रा बढाउने सुगर पनि कम हुन्छ।

सबै प्रकारका नट्स विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन्। प्रत्येकको आ-आफ्नै विशेषता हुन्छ।

कुन नट्समा के पाइन्छ?

Ncell 2
Ncell 2
nimb
nimb
  • हाडे बदामः प्रोटिन, क्याल्सियम, भिटामिन-इ 
  • काजुः आइरन, जिंक 
  • कट्टुसः फाइबर, भिटामिन-सी, 
  • हेजल नट्सः पोटासियम, फोलेट, भिटामिन-इ, फाइबर 
  • पिस्ताः प्रोटिन, पोटासियम, एन्टिअक्सिडेन्ट 
  • सल्लाको दाना (पाइन नट्स): भिटामिन-इ र आर्जिनिन 
  • ओखरः ओमेगा-३ र एन्टिअक्सिडेन्ट 

यसरी विभिन्न पोषक तत्व पाइने नट्सले हाम्रो शरीरमा दैनिक रूपमा चाहिने आवश्यक भिटामिन र खनिज पदार्थको परिपूर्ति त गर्छ नै साथै विभिन्न रोग लाग्न नदिन र रोगहरुको उपचारका क्रममा पनि मद्दत गर्छ। 

उच्च रक्तचापः विभिन्न पोषकतत्वले भरिपूर्ण नट्समा प्राकृतिक रूपमै सोडियम कम हुन्छ र पोटासियम धेरै हुन्छ। यो गुणले गर्दा उच्च रक्तचाप भएका बिरामीका लागि नट्स उपयोगी छ। बजारमा पाइने नुनिलो बदाम वा यस्तै नट्सको साटो नुन, तेल प्रयोग नगरिएको अर्थात् प्रशोधन नगरिएको नट्स खानु स्वास्थ्यवर्धक हुन्छ।

मुटु रोगः विभिन्न अध्ययनले नट्सले मुटु रोग र मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्ने देखाएका छन्। यसमा पर्याप्त मात्रामा स्वस्थ चिल्लो पदार्थ र न्यून मात्रामा संतृप्त (अस्वस्थ चिल्लो) चिल्लो पदार्थ हुने भएकाले र फाइबर पनि हुने भएकाले स्वस्थ मुटुका लागि राम्रो मानिन्छ। त्यसैगरी, यसमा हुने आर्जिनिन भन्ने तत्वले रक्तनलीमा हुने अवरोध कम गरेर रगत प्रवाह सहज बनाउन मद्दत गर्छ। एन्टिअक्सिडेन्ट, विभिन्न भिटामिन र मिनेरलले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।

Xtrem
Xtrem

मधुमेहः विभिन्न अध्ययनले नट्सको प्रयोगले टाइप-२ मधुमेह लाग्न नदिने देखाएका छन्। यसमा हुने स्वस्थ चिल्लो पदार्थ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने गुणले चिनीरोग नियन्त्रणमा सहयोग पुर्‍याउँछ। यसले चिनीरोग सँगसँगै देखापर्ने मुटु रोग र रक्तचापलाई पनि नियन्त्रण गर्छ।

तर, दिनमा कति मात्रामा नट्स खाने भन्ने कुरा सबैले हेक्का राख्न जरुरी छ। दिनको २५-३० ग्राम (१५-२० हाडे बदाम, ९ वटा ओखरको गुदी आदि) बराबरको नट्स खाँदा तौल वृद्धिमा असर नगर्ने बरु तौल नियन्त्रणमा मद्दत गर्ने विभिन्न अध्ययनले देखाएको छ। आवश्यकभन्दा धेरै मात्रामा नट्सको सेवन गरेमा तौल बड्नुको साथै अन्य रोग लाग्ने जोखिम पनि बढ्छ। 

तसर्थ, तौल नियन्त्रण प्रक्रियामा बिस्कुट, दुनोट, चकलेट, चिप्स आदिको सट्टा दैनिक २५-३० ग्राम नट्स  खानु फाइदाजनक हुन्छ। साथै, मुटु रोग र मधुमेह रोगमा सहयोग पुर्‍याउन पनि सोही मात्रामा नट्स सेवन गर्नुपर्छ। अथवा आहारविद् (डाइटिसियन) को सल्लाहमा आफ्नो तौल, उचाइ र उमेरअनुसार क्यालोरी मिलाएर नट्सको सेवन गर्नु प्रभावकारी हुन्छ। नट्सलाई छुट्टै पनि खान सकिन्छ भने खाजाहरुसँग मिलाएर वा पकाएर पनि खान सकिन्छ।

यति धेरै फाइदा भए पनि, नट्सलाई शरीरमा एलर्जी गराउन सक्ने मुख्य खानेकुराका रूपमा वर्गीकरण गरिएको छ। हरेक व्यक्तिले नट्सको सेवन गर्दा आफूलाई शरीरमा केही असर गरिरहेको छ या छैन भनी ध्यान दिनु आवश्यक छ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्