• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २७, २०७६  ००:००
1140x725

काठमाडाैं- ओभनमा केहीबेरमै पिज्जा तयार हुन्छ। वासिङ मेसिनले फटाफट लुगा धोइदिन्छ। इलेक्ट्रिक जगमा निमेषभरमै पानी उम्लिहाल्छ। मोबाइल फोनमा वाइफाई अन गर्नासाथ सारा संसार मुठ्ठीमै आउँछ।

जमाना प्रविधिको छ। भाइरले ख्यातिको यो जमानामा अर्को खुसीको खबर छ, अब टेलिभिजन सेटबाटै हाम्रा भाग्य विधाता ‘राजनेता’को उदय हुँदैछ। न त कुनै संघर्ष, न त कुनै क्रान्ति। न त कुनै त्याग, न त कुनै बलिदान। न कोही सहीद हुनुपर्ने, न कोही बेपत्ता हुनुपर्ने। घरै बसीबसी एसएमएस भोटिङ गर्नुस् र जसले बढी मनोरञ्जनात्मक प्रस्तुति दिन्छ, उसैलाई देशको बागडोर सुम्पनुहोस्। अब उसैले हाम्रो र देशको मुहार फेर्नेछ।

हजुर, हाम्रा लोकप्रिय सेलीब्रेटी उही रवि लामीछानेको ‘अपार करुणा’, अब हाम्रा दुःखका दिन सकिँदैछन्। रविले सञ्चालन गर्न लागेको रियालीटी शो ‘द लिडर’ले जन्माउँदै छ, नेपालमा अहिलेसम्म नजन्मिएको राजनेता। 'किप द बिग हयान्ड' नेपालमा खुल्दैछ, राजनेता उत्पादन गर्ने अद्भूत, अपूर्व, आश्चर्यजनक अनि अनौठो कारखाना।

व्यंग्यात्मक भाषालाई यही थाती राखौं। खासमा रियालीटी शोबाट नेता जन्माउने सोंच आफैंमा परिहास हो। यसैले यो मनोरञ्जनमै सीमित विषय हो। रियालीटी शोबाट नेता जन्मिने हो भने कवि भूपी शेरचनको कविताका पंक्ति खारेज गर्नुपर्ने हुन्छ। 

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन देश दुईचार सपूत मरेर नगए’

कस्तो हुन्छ राजनेता? 
भारतमा ‘इन्डियन आइडल’ र ‘सारेगमप’लगायतका रियालीटी शोको ख्याति चुलिएको बेला गायक एवं अभिनेता अन्नु कपुरले भनेका थिए, ‘रियालीटी शो खासमा रियल हुँदैन। पहिले नै स्क्रिप्ट लेखेर जजदेखि कलाकारसम्मलाई निर्देशकले अभिनय गर्न लगाउँछन्, नाटक घरमा झैं उनीहरुमार्फत् आँसु र हाँसोको नाटक मञ्चन गरिन्छ।’ 

लामा पट्यारलाग्दा टेलिशृंखला, एउटै फर्मुला दोहोरिरहने चलचित्र र एउटै पात्र बारम्बार दोहोरिरहने टक सोहरुबाट दिक्क भएका दर्शकलाई ‘इडीयट बक्स’मा बाँधेर राख्न पश्चिमाहरुले सुरु गरेको रियालीटी सो भारत हुँदै नेपालमा पनि प्रवेश गरिसकेको छ। नेपाल आइडल, भ्वाइस अफ नेपाल, को बन्छ करोडपति आदिइत्यादि।

यसै मेसोमा टेलिभिजन प्रस्तोता रवि लामिछानेले बिहीबार ‘द लिडर’ नामक रियालीटी शो संचालनको घोषणा गरेका छन्, जसको उद्देश्य ‘राजनेताको खोजी’ बताइएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

राजनेता भन्नाले कस्तो नेता? यसको परिभाषा आफैंमा विवादास्पद छ। नेकपाका कार्यकर्ताहरु प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई राजनेता भन्ने गर्छन्। नेपाली कांग्रेसका कार्यकर्ता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासम्मलाई राजनेता मान्छन्। राजावादीहरु पृथ्वीनारायण शाहदेखिका सबै राजाहरुलाई राजनेता मान्छन्।

हो, मुलुकमा एउटा तप्का पनि छ, जो चिया गफदेखि भट्टी गफसम्म भन्ने गर्छ, ‘यो देशमा नेता त धेरै जन्मिए, तर राजनेता कोही जन्मिएनन्।’

राजनेता कस्तो हुन्छ र त्यो कसले जन्माउँछ ? यो प्रश्नको सर्वमान्य उत्तर कसैसँग छैन। सामान्य हिसाबले उत्तर दिने हो भने भ्रष्टाचार नगर्ने, जनताप्रति पूर्णउत्तरदायी, सादा जीवन बिताउँने, राज्यको ढुकुटीको दोहन नगर्ने, नातावाद, कृपावादमा नफस्ने, सत्ताका लागि कसैसँग अनुचित सम्झौता नगर्ने, देशभक्त र आजको परिपेक्षमा सच्चा लोकतन्त्रवादी नेता नै राजनेता हो भनेर भन्न सकिएला। तर, यस्तो सबै गुणले सम्पन्न राजनेता आजको उपभोक्तावादी, पूँजीवादी अनि अन्तर्राष्ट्रिय अन्तरसम्बन्धले गाँजिएको विश्वमा नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा एउटा रियालीटी शोले जन्माउला भनेर ठान्नु भ्रम मात्र हो। 

नयाँ ‘भाइरल’को खोजी

कुनै पनि दल या नेताको उत्पत्ति विकास र स्थापित हुने आधारको पछाडि ऐतिहासिक पृष्ठभूमि, योगदान र लामो सिलसिला जोडिएको हुन्छ। कुनै पनि नेता सत्तामा पुगेपछि बेइमान या भ्रष्ट हुनसक्छ। तर, ऊ सत्तामा पुग्नुअघिसम्मको पृष्ठभूमि रातारात तयार भएको हुँदैन।

राणाविरोधी क्रान्तिदेखि आजसम्मको लामो पृष्ठभूमिबाट नेपाली कांग्रेस भन्ने दल र यसको नेतृत्व तयार भएको हो। झापा विद्रोहदेखिको पृष्ठभूमिमा पूर्वएमाले र मोहनविक्रम सिंहको स्कुलिङमा हुर्किएका चेलाहरुको उग्रबामपन्थी धारको विकास हुँदै पूर्वमाओवादी केन्द्र बनेको हो र यी दुबैको एकताबाट हालको नेकपा र यसकाे नेतृत्व तयार भएको हो।

यसैगरी बेदानन्द झाको तराइ कांग्रेसदेखि गजेन्द्र नारायण सिंहको सदभावना पार्टीले खडा गरेको आधार र  विचारकै जगमा आजका मधेशवादी दल र तिनको नेतृत्व तयार भएको हो। तीस वर्षे पञ्चायती शासनमा मौलाएका पात्रहरुकै लिगेसी बोकेर राजावादीहरुको दल र नेतृत्व तयार भएको हो।

राणा, पञ्च, कांग्रेस र कम्युनिष्टको शासन भोगेका जनता पक्कै पनि यथास्थितिप्रति सन्तुष्ट छैनन्। कांग्रेस र यसको नेतृत्वको लाचारी अनि सांगठनिक र वैचारिक भद्रगोल उदेक लाग्दो छ। नेकपाको दुई तिहाइको सरकार झन् पङ्गु र भ्रष्ट भएर देखा परिरहेको छ। राजावादीहरुका नारा मन्त्री खाने लिस्नोबाहेक केही हैन भन्ने स्पष्ट भइसकेको छ। 

यस्तो अवस्थामा नागरिकस्तरबाट वैकल्पीक शक्ति निर्माणको पहल हुनु स्वाभाविकै हो। देशव्यापी रुपमा संगठनविस्तार गरेका दलहरु नालायक साबित भइरहेको बेला विकल्पको बहस छेडिनु पनि कुनै अन्यथा हैन।

सत्य फेरि पनि के हो भने, आजको मुलुकको बेथिति, आर्थिक अधोगती, अविकास, महंगी, बेरोजगारी, भ्रष्टाचार, राजनीतिको अपराधीकरण, शिक्षा–स्वास्थ्य र निर्माण सेवामा व्याप्त माफियाकरण अनि मनी, मसल र मिडियामाथिको दलीय प्रभावलाई चुनौती दिनसक्ने त्यस्तो वैकल्पिक शक्ति यी पंक्ति लेख्दासम्म कतै देखिएको छैन। यस्तो अवस्थामा रियालीटी शोले जन्माउने एउटा कुनै ‘राजनेता’ले यूट्यूब र सामाजिक संजालमा भाइरल हुनुबाहेक अर्थोक के नै गर्न सक्ला?

टीभी प्रस्तोता लामिछानेले पत्रकार सम्मेलनमार्फत् ‘द लिडर’ शोको घोषणा गर्नासाथ सर्वत्र तरंग छाएको छ। यसको आफ्नै मानोविज्ञान छ। भाइरल संस्कृतिको चंगुलमा परेको आजको पुस्ता जायज/नाजायज जुनसुकै भाइरल पात्रको फ्यान बन्छ। चाहे अघोरी बाबा हुन्, चाहे फुटपाथमा रक्सीले मातेर ‘लोग्नेले अर्की ल्याएर मेरो यस्तो हालत बनायो’ भन्ने कुनै माताजीहरु नै किन नहुन्, उनीहरुसँग सेल्फी खिचाउन आजको पुस्ता लालायित हुन्छ।

यूट्युब च्यानल र नदेखिने व्याक्टेरीयाजस्ता अनलाइन पोर्टलहरुले त्यस्ता पात्रलाई भाइरल बनाइदिन्छन्। भाइरल पात्रको साँझदेखि बिहानसम्मका गतिविधि यसरी पस्किने गरिन्छ कि मानौं यो देशको मुल मुद्दा नै त्यही हो। कुनै ७५ वर्षको वृद्धले सत्र–अठार वर्षकी कन्यासँग विवाह गरेको खबर पाउनासाथ भोका क्यामराहरुले तिनको दैनिकीलाई समेत बाधा पर्नेगरी लखेट्न थाल्छन्।

यस्तै भाइरल संस्कृतिको अलि उन्नत र अग्ला पात्र हुन्, रवि लामीछाने, जो आफ्नो अलि भिन्न भूमिकाका कारण चर्चाको शिखरमा छन्।

रविले गर्न नसकेको ‘राजनीति’
रवि लामीछाने पक्कै गतिशील र उच्च महत्वाकांक्षी व्यक्ति हुन्। केही न केही गरिरहने हुटहुटी उनमा देखिन्छ। अमेरिकाको चमकधमक त्यागेर नेपाल आएपछि उनले लामो टक शो गरेर गिनिज बुकमा नाम लेखाए। त्यतिले चित्त बुझेन, 'सिधा कुरा जनता'सँग चलाए। विवाद र चर्चाको घेरामा उनका समर्थकहरुको ठूलै पंक्ति तयार भयो।

पत्रकार शालिग्राम पुडासैनीको अवसानपछिको कष्टडी यात्रा, चितवनमा विशाल सभामा सम्बोधनपछि रविका सामू आफै राजनीतिमा होमिने सम्भावना थियो। तर, रवि सामू अभाव थियो, देशका ज्वलन्त समस्याको समाधान गर्ने भिजन, आर्थिक, सामाजिक र भूराजनीतिक अवस्थाबारेको सैद्धान्तीक बुझाइ, वैदेशीक सम्बन्धबारे व्यवहारिक सोच अनि संगठन निर्माणको चुनौती सामना गर्ने साहस र जुझारूपन।

केही हदसम्म जनसमर्थन पनि पाएका रवि स्वयंले राजनेता बन्ने हिम्मत या सामर्थ्य देखाउन नसकिरहेको बेला ‘इडियट बक्स’ले नेता जन्माएछ भने पनि उसको सीमा भनेको ‘भाइरल’ हुनु मात्र हो। भाइरल हुनु भनेको मौसम परिवर्तन हुने बेलामा मानिसलाई हुने भाइरल इन्फेक्सनजस्तै हो, जुन एक सातापछि आफैं हराएर जान्छ।

सामाजिक सञ्जालमा झुम्मीने र मौजुदा राजनीति, पार्टी र सरकारको कार्यशैलीबाट वाक्कदिक्क पुस्तामाझ रियालीटी शोबाट जो भाइरल हुन्छ, उसलाई राजनेता बनाएर वैकल्पिक राजनीतिक शक्ति बनाउन सकिन्छ भन्ने ‘द लिडर’का सञ्चालक या उनलाई उक्साउने पात्रहरुको मनसुवा हो भने, उनीहरुले बुझून् नेता भनेको इतिहासको भुङ्ग्रोबाट मात्र जन्मिन्छ। 

पहिला जमानत जोगाऊ
‘द लिडर’ले जन्माउने कथित राजनेताको अनुहार कस्तो होला भन्ने अनुमान हामी यस कार्यक्रमका हालसम्म घोषित निर्णायककै अनुहार हेरेर पनि गर्नसक्छौं। एउटा निर्णायक हुन, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र। हालैको उपनिर्वाचनमा जमानतसमेत जोगाउन नसक्ने पार्टीका नेता मिश्रले छनौट गर्ने राजनेता पक्कै उनीजस्तै हुने होलान्।

दश वर्षे हिंशात्मक विद्रोहका सारा अपगाल प्रचण्डको थाप्लोमा हालेर नयाँ शक्ति गठनको धूनमा लागेका डा. बाबुराम भट्टराईको पार्टीको हालत कस्तो छ, जगजाहेरै छ। आफू निकटकै देवेन्द्र पौडेल सुनील र टोपबहादुर रायमाझीलाई समेत संगठनमा टिकाउन नसकेका, व्यवहारिक कुशलता पटक्कै नभएका, आत्मकेन्द्रित र विचारको स्वप्निल उडान भर्नमै रमाउने डा साबले छनौट गर्ने राजनेता पनि उनीजस्तै त हुने होला?

सांगीतिक रियालीटी शोमा झैं ‘द लिडर’ले पनि निर्णायक छनौट गर्दा विषयमा दक्ष, अनुभवी र विश्वासिलो पात्रको साटो सेलिब्रेटीलाई नै अगाडि सारेको छ। यसबाटै यो रियालीटी शो गम्भीर, गहकिलो र सार्थक हैन, फगत मनोरञ्जन, टिआरपी संकलन र मौजुदा राजनीतिक परिवेशमा अनावश्यक तरंग सिर्जना गर्ने फण्डा हो भन्ने स्पष्ट हुन्छ।

डा. बाबुराम भट्टराई वा रवीन्द्र मिश्र राजनीतिमा यतिबेला असफल पात्र हुन्। राजनीतिमा सफलताको कुञ्जी भनेको जनमत नै हो। कसैलाई कांग्रेस सभापति शेरबहादुर देउवाको अनुहार वा लर्बरीएको बोली मन नपर्न सक्छ। कसैलाई केपी ओली वा प्रचण्डको अनुहार देख्दा नै रक्तचाप बढ्न सक्छ। यी नेताहरुलाई सत्तोसराप गर्दा जो कोही भाइरल हुनसक्छ।

ज्ञानेन्द्र शाही हुन् या सुरेन्द्र भण्डारी। डा. सुरेन्द्र केसी हुन् वा प्रेम कैदी। देवप्रकाश त्रिपाठी हुन् या स्वागत नेपाल। रवीन्द्र मिश्र हुन् वा बाबुराम भट्टराई। अनेक ‘अभियान’का नाममा खुलेका र वसन्तपुरमा हस्ताक्षर अभियान चलाउने झुण्डहरु नै किन नहुन्। तिनका चर्का भाषण र अन्तर्वार्ता हेरेर रमाउने र मनोरञ्जन लिने पंक्ति पक्कै ठूलो छ। त्यही भएर त ति भाइरल छन् र भाइरल पात्रलाई बारम्बार स्थान दिनु यूट्युब च्यानलहरुको धन्दा नै हो, ताकि जति धेरै भ्यूअर्स बढ्यो, उति दाम आउँछ।

कोही भाइरल हुँदैमा या तिनका भ्यूअर्स बढ्दैमा जनता सबै तिनका विचार या अभियानका पक्षधर हुन् भनेर मान्न सकिन्न। अहिले पनि डा. बाबुराम या रवीन्द्र मिश्रका भाषण यूट्युबमा हिट छन्। तर, ती लाखौं भ्यूअर्स हालैको उप चुनावमा कहाँ गए?

जनमत त्यति सस्तो, अज्ञानी र अबुझ छैन। जनता ‘भेँडा’ पनि हैनन्। जनतालाई के थाहा छ भने, देशव्यापी रुपमा संगठन सञ्जाल, लामो ऐतिहासिक पृष्ठभूमि र जनसमर्थन भएका दल र तिनका नेताहरुले समेत सम्हाल्न हम्मेहम्मे परिरहेको देशको राजनीतिक, आर्थिक र वैदेशिक अन्तरसम्बन्धलाई वैकल्पिक शक्तिको दाबी गर्दै उदाएका ‘एनजीओ’हरुले झन कसरी सक्लान्? अनि यस्तै एनजीओकर्मीहरुको विकासे गफबाट उत्साहीत भएर हौसिएका रवि लामीछानेको महत्वाकांक्षी अभियानले कसरी राजनेता जन्माउला?

नयाँ वैकल्पिक शक्ति बनाउने यो नयाँ फण्डाको घोषणा हुन नपाउँदै उपहास हुन थालिसकेको छ। गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, सुशासन, समाजवाद, समृद्धिलगायतका मुद्दाहरु अझै दरिलो गरी स्थापित हुन बाँकी नै छ। नेपालको दूरगामी भविष्यका लागि स्थापित भीमकाय दलहरु स्वयं वैचारीक, सैद्धान्तिक र कार्यक्रमिक तात्कालीक/दिर्घकालीक कार्यदिशा तय गर्न नसकेर अलमलमा परिरहेको, आजको नेपालका लागि उपयुक्त नयाँ धारको विकास हुन नसकिरहेको र वैचारिक अलमलमै कारण राजनीति आफैमा कुहीराेका काग बनिरहेको परिस्थितिमा रियालीटी शोले जन्माउने ‘राजनेता’ले नौलो विचार ल्याउन सक्लान्? 

नेपाल आइडलले ‘नारायण गोपाल’ खोज्न सकेन। भ्वाइस अफ नेपालले ‘भक्तराज आचार्य’ फेला पार्न सकेन। अब के रवि लामीछाने, बाबुराम भट्टराई  वा रवीन्द्र मिश्रले माओत्से तुङ, देङ स्याओ पिङ, लु क्यान हु, मोहम्हद महाथिर या नरेन्द्र मोदी जन्माउलान्?

नारायण गोपाल, भक्तराज आचार्य, माओ, देङ, हु, महाथिर र मोदीहरु रियालीटी शोबाट हैन, रियल ग्राउण्डबाट जन्मिएका हुन्। रियालीटी शो त मनोरञ्जनको माध्यम हो, यसलाई मनोरञ्जनमै सीमित राखौं। नेताहरुको व्यवहारबाट दिक्क भएका जनता सामू सपनाको खोक्रो व्यापार नगरौं। मिश्रजी, बाबुरामजी, पहिला आफ्नै पार्टीको जमानत जोगाउनतिर लागौं।

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  ००:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्