• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बाकसमा फर्के चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १०:४७
1140x725

बझाङ– नदी किनारमा राखिएको शवमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको थियो। खोरीगाड दोभानको बगरमा उभिएका मान्छेहरु सबैको अनुहार मलिन र उदास थियो। एकजना मलामीले लम्पसार पारिएको शवतिर हेर्दै भने, ‘जिन्दगीभर राजनीति-राजनीति भने तर त्यही राजनीतिले यस्तो हालत बनायो।’

बझाङ छबिसपाथिभेरका रमेशबहादुर बोहरा यहाँका नेता थिए। स्थानीय तहका सबै समस्या समाधानका लागि सधैं अग्रसर रहन्थे। कसको घरमा के समस्या छ भन्ने उनलाई कण्ठै थियो। लोकतन्त्रले मात्र हामी दुर्गमका दुःख बुझ्छ भन्ने ठान्थे उनले। तर, नियति यस्तो निर्मम भइदियो कि अरुको समस्या टाउकोमा राखेर हिँड्ने उनै रमेशले मलेसियामा ज्यान गुमाए। त्यो पनि अकालमा।

‘चुनावमा ऋण लागेपछि मलेसिया भासिएका थिए उनी। १३ मंसिरमा उनको अचानक मृत्यु भएछ’, मृतकका भाइ बसन्त बोहराले नेपाल लाइभ सहकर्मीसँग एकै सासमा भने, ‘दाइको मृत्युको कारण पनि थाहा पाइएको छैन। हामीले त पत्याएकै थिएनौं। यस्तो होला भन्ने कसैले सोचेको थिएन।’

शुक्रबारमात्रै छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर ७ का बोहराको अन्तिम संस्कार गरियो।

दाहसंस्कारमा जम्मा भएका उनका आफन्त, सुभेच्छुक र पार्टी कार्यकर्ताहरु उनको मृत्युपछि मात्र एउटा राजनीतिकर्मीको विवशता र बाध्यताका आयामहरुबारे छलफल गरिरहेका थिए। भएको के रहेछ भने, गाउँपालिकाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट बोहरा वडाध्यक्ष पदको उम्मेदवार बनेका थिए। चुनावमा साम–दाम त हाम्रो संस्कृति जस्तै बनेको छ। पैसा खर्च गर्ने र भोट बटुल्ने स्पर्धा नै चल्छ। उम्मेदवार बनेका बोहरालाई पनि निर्वाचन जित्नुपर्ने दबाब थियो।

Ncell 2
Ncell 2
nimb
nimb

स्वभाविक रुपमा यस्तो दबाब छिचोलेर वडाको नेतृत्व लिन उनले आफ्ना साथीभाइ र आफन्तहरुसँग ऋण लिए। खर्च गरे। तर, उनले झिनो मतान्तरले चुनाव हारे।

‘चुनावमा बोहरा १ सय २ मतले पराजित भएका थिए। चुनावमा उनको झण्डै ७–८ लाख रुपैयाँ खर्च भएको थियो। पैसा खर्च भए पनि बोहरा पराजित भए’, उनका एक आफन्तले सुनाए, ‘चुनावमा पराजित हुनुको पीडा त छँदै थियो त्यसैमाथि पनि उनी ऋणका कारण बेचैन थिए। हामीसँगको भेटमा यत्रो पैसा कसरी चुक्ता गर्ने भन्ने चिन्ता मात्र गरिरहन्थे।’

अन्ततः झण्डै दुई वर्षअघि उनी घरका लालाबाला छोडेर ऋण तिर्नकै लागि मलेसिया उडे। बोहराका दुई छोरी र एक छोरा छन्। जेठी छोरी १० वर्षीया, कान्छी छोरी ३ वर्षीया र छोरा ८ वर्षका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘पैसाको पीर नलिनु, म तिर्छु। बालबच्चा पढाउँछु भनिरहनुहुथ्यो’, रमेशकी श्रीमती अञ्जनाले भक्कानिदै भनिन्, ‘आधा ऋण त तिरिसक्नु भएको थियो तर बीचैमा के भयो के भयो थाहै भएन।’

श्रीमानको मृत्युका पछाडि अधिक चिन्ता र दबाब पनि कारण रहेको उनले बताइन्। ‘मान्छेहरुले 'हर्ट हट्याक'ले बितेको भन्छन्। चिन्ताका कारणले पनि यस्तो भएको हुनसक्छ। बरु यतै बसेको भए जीवन रहन्थ्यो होला’, श्रीमती अन्जनाका आँखाबाट आँसु बगे, ‘अब यी बालबच्चाको भविष्य मैले कसरी बनाउने? कति दुःख गर्ने?'

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्