• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीलाई असल अभिभावक बन्ने अवसर

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २०, २०७६  ०६:३०
1140x725

यतिबेला हाम्रा प्रधानमन्त्री जटिल स्वास्थ्य समस्यासँग जुध्दै हुनुहुन्छ। तर पनि उहाँलाई जिम्मेवारीको गहन र महत्वपूर्ण भारी बोकाइएको छ। प्रधानमन्त्री भनेको सबैभन्दा ठूलो भारी बोक्ने जनताका भरिया हुन्, महत्वपूर्ण काम गर्ने जनताका सेवक हुन्। तर यस्ता व्यक्ति यसरी सधै गम्भीर बिरामी हुनु भनेको बिरामी स्वयं र देशका लागि दुर्भाग्य हो। यतिबेला मानवीय संवेदना च्युत हुन सकिँदैन र मिल्दैन पनि। तर प्रधानमन्त्रीलाई आराम र उपचारको अत्यन्त जरुरत छ। 

प्रधानमन्त्रीको स्वास्थ्य समस्यालाई लिएर आराम गर्न सल्लाह दिनेलाई संवेदनहीन, अनि प्रधानमन्त्रीलाई पदको गहु्रंगो भारी बोकाईरहन चाहनेलाई असली शुभेच्छुक सम्झने गरिन्छ। प्रधानमन्त्री देशको र सबैको भएकाले सार्वजनिक माध्यमबाट सुझाव दिने हक प्रत्येक नेपालीमा छ। भलै सुनुवाइ होला–नहोला। सतही हल्काफुल्का विश्लेषण, राजनीतिक आग्रह–पूर्वाग्रह राखेर, दलीय समर्थन र विरोधका आधारमा  भन्नु र गहन स्वास्थ्य समस्याको अस्वाभाविक अप्ठ्यारो देखेर भन्नुमा फरक छ। 

एउटा ताज्जुब लाग्ने विषय र प्रसंग के हो भने यति गम्भीर र जटिल स्वास्थ्य अवस्थामा पनि डाक्टरहरु प्रधानमन्त्रीलाई पद त्याग गरेर स्वास्थ्य लाभ गर्न सुझाउन जान्दैनन्। डराउँछन या चाहदैनन् । डाक्टरका लागि प्रधानमन्त्री होइन एक बिरामी हो। यसर्थ बिरामीको शिघ्रस्वास्थ्य लाभ र तन्दुरुस्तीका लागि डाक्टर वाणी रामवाण हुनुपर्ने हो। 

अरु बिरामीका लागि डाक्टर भन्छन्– धपेडी नगर्नु, शरीर र दिमागलाई आराम दिनु। त्यही कुरा प्रधानमन्त्रीलाई किन भन्दैनन्?  किन सम्झाएर बुझाउन सक्दैनन्? सरकारी सेवा–सुविधा लिएका निजी डाक्टरहरु चुप बस्छन् किन? भन्न त प्रधानमन्त्री आफ्नो स्वास्थ्यको भन्दा देशको माया छ भन्नुहुन्छ । उहाँको आत्मबल र आत्मविश्वासमा खोट लगाउने ठाउँ रहन्न । तर उहाँको स्वास्थ्यसँगै प्रधानमन्त्री पद पनि बिरामी हुनु शुभ संकेत र देशको मायाको खातिर हुन सक्दैन । पदलाई नै बन्धक बनाएर, पदको गरिमा र मर्यादालाई संकुचित गर्नु हुँदैन । प्रधानमन्त्री पदलाई संकुचनमा पारेर देशको माया गरेको छु भन्न असजिलो हुन्छ, अनैतिक हुन्छ। 

यदि राष्ट्रपति झैं सेरोमोनियल पद प्रधानमन्त्री हुन्थ्यो भने यति धेरै टिकाटिप्पणी आलोचना र विरोधको स्वर आउने सम्भावना कम हुन्थ्यो। तर प्रधानमन्त्री मुलुकको कार्यकारी प्रमुख हुनुहुन्छ, प्रधानमन्त्रीको निस्कृयता, अस्वस्थता, व्यस्तता आदिले देशको सम्पूर्ण प्रशासनिक, कुटनीतिक र दैनन्दिनका कार्यमा असर पर्छ, असर देखिएको छ। दल विशेषको नेता मात्रै भएर बस्नु र प्रधानमन्त्री हुनु अलगत कुरा हो। प्रधानमन्त्री देशको हुनाले  देशको अभिभावकबारे जनताको चासो, सरोकार र टिप्पणीलाई स्वाभाविक रुपमा लिनुपर्छ। यदाकदा नेकपाका नेताहरु तर्क गर्छन् प्रधानमन्त्री बिरामी भएका कारण सरकारको काम कारबाही प्रभावित भएको छैन। जनता प्रश्न तेर्स्याउछ्न् उसो भए बालुवाटारमा भन्दा बढी अस्पतालमा बस्ने प्रधानमन्त्री पद नै किन आवश्यक भयो र ? खारेज गरौं प्रधान पद, यसको तार्किक र मननयोग्य खण्डन छैन र आउदैन पनि। 

यसबीच प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई लिएर अनर्गल प्रचार पनि भए, जुन निकृष्ट छन्, निन्दनीय, असभ्य , असंवेदनशील छन्। जटिल स्वास्थ्य भएको व्यक्तिका बारेका अफवाह सुसंस्कृत मगज र स्वस्थ मानसिकताको उपज होइन । प्रधानमन्त्री आफैँ भिडियोमा देखिएर कस्टपूर्वक बोल्न बाध्य बनाउने कामको दोषी यथार्थ कुरा नभन्ने सचिवालयका मान्छेहरु हुन्। सरकारी तलब भत्ता खाएर सरकार र प्रधानमन्त्रीको कामकारबाही स्वास्थ्य आदिका बारेमा जसरी सूचना लुकाउछन्, बंग्याएर भन्छन्, छल्छन्,  तिनीहरु अपराधकर्मका साझेदार  हुन्, अमानवीय हर्कतका परिचायक हुन्। 

जटिल र गम्भीर, मल्टीअर्गान अस्वस्थतालाई सामान्य भनेर प्रचार गर्दा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकार समूह बदनाम छ, अविश्वसनीय छ। डाक्टरहरुको हेल्थ बुलेटिन र प्रधानमन्त्रीको सचिवालयको वक्तव्यमा बारम्बार विविधता देखिन्छ त्यसैले पनि पत्रकार र आम जनसाधारण विश्वस्त सूत्रको खोजीमा पुग्छन्। सरकारी सूचना र रवैया तथ्यपरक भएनन्। 

हप्तामा चार पटक डायलसीस, त्यसमाथि एपेन्डिसाइटिसको अपरेशन र संक्रमण, मृगौला प्रत्यारोपणको अपरिहार्यता अनि प्रधानमन्त्रीको स्वास्थ्य संवेदनशीलताका कारण प्रचन्डको चीन भ्रमण स्थगित भयो। यससमेतलाई कारण र आधार मानेर हेर्दा प्रधानमन्त्री मुसुक्क हाँसेर बोल्दैमा उहाँ स्वस्थ र अब ठिकठाक हुनुभयो भनेर पत्याउन सकिन्छ र? हाम्रोजस्तो धर्मभिरु संस्कार भगवान, ज्योतिष चिना र टिपनमा विश्वास गर्ने मनोविज्ञान भएको समाजमा  ज्योतिषको पनि यस्तो भनाइ आउछ, ‘प्रधानमन्त्रीको स्थान, औषधि र समयको तालमेल नमिलेको कारण अनिस्ट देखिन्छ, उहाँको स्थान परिवर्तन आवस्यक छ।’ तब  समाजमा तरंग नउठ्ने कुरै भएन। समाज तरंगित छ, अलि–अलि अफवाह–भ्रम फैलाउन सक्छ। फैलाइयो पनि। यो सबको कारण सरकारसम्बद्ध अधिकारीहरुले सूचना लुकाउने यथार्थ नदेखाउने र डाक्टर समेतलाई सत्य रिपोर्टिङ गर्न नदिने प्रवृत्तिले गर्दा भएको हो। यसको नैतिक, मानसिक जिम्मेवारी तिनैले लिनुपर्छ, जसले सत्यमा पर्दा हालेका छन्।  

nimb
nimb
Ncell 2
Ncell 2

 १२ वर्ष अघि प्रत्यारोपण गरिएको मृगौलको आयु करिब–करिब सकिएर अर्को प्रत्यारोपण आमन्त्रण गर्दैछ शरीरले भन्छन् डाक्टरहरु। प्रधानमन्त्रीको शरीरबाट अब धेरै कामको अपेक्षा गर्नु पनि हुन्न। उहाँ गल्नु भएको छ। रोगले भित्रभित्रै गालेको छ, जसको उदाहरण हो साउनमा उपचार गरेर आएको १० दिनभित्र पुन सिंगापुर जानु पर्‍यो। भदौ ५ देखि २० सम्म १६ दिन मुलुकबाहिर उपचार गरेर बस्नु पर्‍यो। अहिले पनि निरन्तर उपचार र डायलसिसमा अस्पताल बस्नु परेको छ। 

झन् यतिबेला अर्को रोग पनि थपियो, अपर्झट एपेन्डिक्सको अप्रेशन गर्नु पर्‍यो। शरीरमा ठूलो घाउ लगाउनु पर्‍यो। रोगी शरीरमा अर्को थप खराबी निम्तियो र शल्यक्रिया गर्नुपर्‍यो। उच्च संक्रमणको जोखिम अझै र सधैं उस्तै छ।  पुनः मृगौला प्रत्यारोपण अपरिहार्य भनेर डाक्टरहरु बोल्दैछन्।  यसरी स्वदेश तथा विदेश गरी पटकपटक उपचारमा समय खर्चनु पर्दा देशका लागि खर्चने समय पुग्दैन। पूर्ववर्ती प्रधानमन्त्रीहरुको भन्दा पनि वर्तमान प्रधानमन्त्रीमा कार्यबोझ अरु थपिएको छ, अरुतिरका अधिकार पनि कटौती गरेर प्रधानमन्त्री पदलाई अरु थप अनावश्यक जिम्मेवारीको गह्रौं भारी बोक्न उक्साइएको छ जसले गर्दा प्रधानमन्त्रीको थप व्यस्तता र धपेडी बढेको छ।  यस्तो बेला प्रधानमन्त्रीलाई जोताउनु ‘पाप’ हुन जान्छ। अधिक कार्यभार शरीर र दिमागको क्षमताभन्दा बढी बोझ भयो। बोकाइयो भने दुर्घटना निम्तिने खतरा सामान्यभन्दा धेरै रहन्छ। दुःखद दुर्घटना देख्ने रहर नेपालीका  लागि स्वीकार्य छैन।

 स्वास्थ्य संवेदनशिलताका कारण धेरै खट्न, धपेडी गर्न र हुलमुलबाट जोगिन प्रधानमन्त्रीलाई डाक्टरहरुले सधै सतर्क गराएको कुरा बारम्बार सार्वजनिक भएको विषय हो। शरीरमा संक्रमणको खतरा सधैं रहेकाले भीडमा जान नहुने, बोझ लिन नहुने कारण पनि प्रधानमन्त्रीको खराब स्वास्थ्यको मार देशले खप्नु र व्यहोर्नु पर्छ। प्रधानमन्त्री मेशिन र कलपुर्जा होइन। मेशिन पनि बिग्रियो भने कार्यक्षमतामा ह्रास आउछ। झन् मान्छेको बिग्रेको शरीरलाई कति दुःख र कस्ट दिने ? त्यसैले पनि प्रधानमन्त्रीलाई आरामको खाँचो छ। अब प्रधानमन्त्रीको स्वास्थ्य लुकाउने विषय रहेन, छैन र हैन। उपचार स्वदेश, विदेश जहाँ पनि हुनसक्छ यस्तो  संगिन घडीमा आलोचना, गालीबाट बँच्न तथा आफ्नै आवश्यकताका लागि पनि विश्राम अनुपयुक्त होइन। 

पार्टीको बृहत हित र भावनात्मक एकता प्रकट गर्न पनि, अर्का अध्यक्ष प्रचण्डसँगको  पाँच बुँदे सम्झौताको बुँदा नम्बर ४ कार्यान्वयन गरेर प्रचण्डको विश्वास जित्न पनि पदत्याग नितान्त जरुरी देखिन्छ। पद ठूलो कुरा पनि होइन, प्रधानमन्त्री नै दुई पटक भएको मान्छेलाई अब त्यहाँभन्दा माथि उक्लने ठाउँ भनेको इज्जत, प्रतिष्ठा र मान सदैव उच्च रहनु हो। नैतिकता र त्यागको उदाहरण पेश गर्नु हो। पद अस्थायी र क्षणभंगूर नै हो। पद इज्जत र मर्यादाको मानक नहुन पनि सक्छ। तर इज्जत सधैं रहन्छ ,सबैले इज्जत गर्छन्। इज्जत सम्मान र नैतिकताको पर्याय सरकारी ओहोदा र पद हुन्छ नै भन्ने हुँदैन। 

इज्जतमा बस्नेको इज्जत सबैले गर्छन्।  इज्जत नहुनेको हकमा जतिसुकै ठूलो र महत्वपूर्ण पद भए पनि त्यसले अर्थ राख्दैन। यो देशमा प्रधानमन्त्री थुप्रै भए, राजा थुप्रै भए तर जनताले सम्झने श्रद्दा गर्ने राजा र प्रधानमन्त्री विरलै हुन्छन् । पद गुम्दा पनि पाइने चिज र गुमाएर फेरि सानदार ढंगले प्राप्त भएका उदाहरण स्वयं ओली हुनुहुन्छ तर इज्जत गयो भने मान, प्रतिष्ठामा दाग लाग्यो भने त्यो फर्काउन सजिलो छैन र सम्भवप्रायः हुन्न पनि। इज्जत, मानसम्मान, प्रतिष्ठा र नैतिकताभन्दा ठूलो पद होइन। इज्जत स्थायी हुन्छ पद अस्थायी हो। पदमा नबसेर पनि, छोटो समय मात्रै पदमा बसेर पनि अद्वितीय मानसम्मान पाएका व्यक्ति र चरित्रका उदाहरण  धेरै छन्। 

भारतमा महात्मा गान्धी कुनै पद र शक्तिको अभ्यासविना नै विश्वभर पुजनीय र बन्दनीय छन्। गौतम बुद्द राजसी सुख सयल र राजपाठ त्यागेर पनि विश्वमा अनुकरणीय र सर्वमान्य छन्। नेपाली राजनीतिमा  पनि गणेशमान र मदन भण्डारीलाई हेर्दा हुन्छ। छोटो समयको प्रधानमन्त्रीमा बिपी कोइराला र मनमोहनको उदाहरण काफी छ। जनताको मन मुटुमा श्रद्दापुर्वक बस्न पद नै सबथोक होइन सुकर्म र जनहितमा काम गर्दा जनताको मनमा बस्न सकिन्छ। भारतीय नाकाबन्दीको डटेर सामना गरेका कारण नै ओलीको यो उचाइ र नेकपाको सानदार जित भएको हो । प्रधानमन्त्री केपी ओलीलाई अब पदभन्दा माथि उठेर स्वास्थ्य लाभ गरी देशका लागि असल अभिभावक बन्ने अवसर प्राप्त भएको छ। यसलाई गुमाउनु हुनेछैन। देशमा व्यवस्था परिवर्तन गर्न धेरै योगदान र असाध्यै कस्टकर १४ वर्ष लामो कारावास बस्नु भयो। त्यो योगदान जनताले बिर्सने छैनन्। यसपटक  अर्को विवेकसम्मत निर्णय गर्नुस्। बिरामी कार्यकारी पाल्नुपर्ने उपादेयताको प्रश्न पेचिलो गरि उठ्दैछ। त्यसैले त्यागको चौडा छाति प्रदर्शित गर्नुस्। सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना सम्माननीय प्रधानमन्त्री ज्यु। 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्