काठमाडाैं- बागलुङको बडिगार्ड गाउँपालिकामा जीप खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ। जीप मध्य पहाडी लोकमार्गबाट पाँच सय मिटर तल खोलामा खसेको थियो।
जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । ज १ ज ५२१९ नम्बरको जीप बिहान दुर्घटना भएको हो।
दुर्घटनामा परी ३ जना घाइते र १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बागलुङ–गुल्मी बुर्तिवाङ चल्ने जीप दुर्घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।