बंगलादेशका राष्ट्रपतिले सकाए उच्चस्तरीय भेटवार्ता

सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै वहाँले प्रशंसा गर्नुभयो : प्रचण्ड सचिवालय
नेपाल लाइभ | २०७६ कार्तिक २७ बुधबार | Wednesday, November 13, 2019 १९:३२:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिने सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद उच्चस्तरीय भेटघाट गरेका छन्। 

राष्ट्रपति हमिदले बुधबार बिहान शीतल निवास गएर समकक्षी भण्डारीसँग शिष्टाचार भेट गरे। 

राष्ट्रपति भण्डारीसँगको भेटपछि उनले आफू बसेकै होटेल म्यारियटमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग पनि उनले शिष्टाचार भेट गरे।

प्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरूबीच दुई देशबीचको विद्यमान घनिष्ठ एवम् परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्ने विषयमा  विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

मन्त्री ज्ञवालीका अनुसार बङ्गलादेशका राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो  देशले हरसम्भव सहयोग गर्ने वचन  प्रधानमन्त्रीलाई दिएका थिए। 

राष्ट्रपति हमिदले राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गरेका छन्। उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे। 

 

प्रचण्डसँगको भेटमा  दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ।

प्रचण्डको निजी सचिवालयका अनुसार हमिदसँगको भेटमा उनले ‘नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको’ बताएका थिए। प्रचण्डले नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको पनि बताएका थिए।

बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने नेता भएको भन्दै प्रशंसा गरेका थिए।

‘नेपाल बंगलादेशका महामहिम राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गर्नुभयो,’ प्रचण्डको वेवसाइटमा उल्लेख गरिएको छ।

त्यस्तै राष्ट्रपति हमिदसँग  भएको भेटवार्तामा नेपाल र बंगलादेशबीचको सम्बन्ध थप मजबुत बनाउने लगायतका विषयमा छलफल भयो देउवाले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन्।

स्वर्ण रजत कास्य जम्मा
भारत
१०६ ६९ ३५ २१०
नेपाल
४३ ३३ ६२ १३८
श्रीलंका
३० ५४ ८३ १६७
पाकिस्तान
२१ २८ ३४ ८३
बंगलादेश
२२ ५४ ८३
माल्दिभ्स
भुटान