• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ठगी आरोप लागेका रूप ज्योतिले इजलासमा भने- गल्ती भयो श्रीमान्, माफ पाऊँ

'ज्योति परिवारको इज्जत र प्रतिष्ठामा बलात्कार भयो'
64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  १७:५८
1140x725

काठमाडौं- काठमाडौं जिल्ला अदालतको इजलास नम्बर १० मा दिउँसो करिब साढे ३ बजे पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका व्यवसायी रूप ज्योति र उनकी छोरी सुरुचिलाई पुर्‍याइयो। 

बिहान ११ बजे प्रहरी हिरासतबाट सरकारी वकिलको कार्यालय पुर्‍याइएका ज्योति बाबुछोरीको कार्यालयमा बयान सकिएपछि म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगिएको थियो। 

प्रहरी भ्यान चढेर अदालत पुगेका ज्योति बाबुछोरी न्यायाधीशअघि खडा भएका थिए। न्यायाधीश ओमप्रसाद आचार्यले ज्योति बाबुछोरीको नाम लिएपछि उनीहरु न्यायाधीशका अगाडि खडा भएका थिए।

न्यायाधीश आचार्यले ज्योति बाबुछोरीलाई पहिलो प्रश्न गरे, ‘कहिले कहाँबाट पक्राउ पर्नु भयो?’

‘अस्ति बिहीबार एयरपोर्टबाट,’ ज्योति जवाफ फर्काउँछन्। 

‘पक्राउ पुर्जी पाउनुभयो?’ न्यायाधीशको आचार्यको दोस्रो प्रश्न थियो। 'पाइयो श्रीमान्, तर किन पक्राउ गरिएको हो थाहा भएन,’  ज्योतिले जवाफ फर्काए। न्यायाधीशले लगत्तै जवाफ दिए, ‘पक्राउ पूर्जी पढ्नुस्। सबै त्यहीँ लेखेको हुनुपर्छ।’

त्यसपछि करिब ७ मिनेट जति व्यापारी ज्योति एक्लै बोलिरहे। 'श्रीमान् ठगी आरोप लगाइएको छ। तर मैले कहाँ ठगी गरेँ श्रीमान्? अचम्मको कुरा आयो। ठगी आरोप लगाइएको ल्यान्डमार्क आफ्नो नाममा नरहेको र सेयरसमेत नरहेको दाबी उनको थियो।

आफूमाथि लागेको आरोपको खण्डन गर्दै ज्योतिले भने, ‘यो ज्योति परिवारको इज्जत र प्रतिष्ठामा बलात्कार भयो। श्रीमान् न्याय पाउँ? आरोप लगाएको कम्पनीमा हाम्रो कुनै सेयर छैन। लगानी पनि छैन।'
 
‘यो सरासर षड्यन्त्र गरेर फसाउने योजनाका साथ उजुरी हालिएको हो,’ ज्योतिको दाबी थियो। हिरासतमा राखेर अन्याय भएकाले साधारण तारेखमा छाडनु पर्ने उनको आग्रह थियो। यसअघि पनि न्यायाधीशसामु आफूमाथिको आरोप झुठो बताउँदा रूप ज्योतिले न्यायाधीशबाट कुनै वास्तै नभएको बताएका थिए। 'यो कस्तो राज्य हो?' ज्योतिले प्रतिप्रश्नसमेत गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

व्यापारी ज्योतिको कुरा सुनेपछि केही आक्रोशमा आएका न्यायाधीश आचार्यले ज्योतिलाई भने, ‘के भन्नुभयो? तपाईको प्रमाण अनुसन्धान अधिकारीसामु पेस गर्नुहोस्। न्यायाधीशले कुरा सुनेन भन्न मिल्छ?

त्यसपछि निरीह देखिएका ज्योतिले नरम भाषामा जवाफ फर्काए, ‘म कानुन जान्दिनँ श्रीमान्! गल्ती भयो, माफ पाउँ!’ 

त्यसपछि न्यायाधीश आचार्यले उनीमाथि अनुसन्धान गर्न बाँकी रहेका पाटाहरु पढेर सुनाएका थिए, ‘तपाईको मोबाइल कल डिटेल, बैंक स्टेटमेन्ट, कम्पनीको कारोबार शेयर लगायतका विषयमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग छ। जसका लागि ७ दिनको म्याद मागिएको छ।’

त्यसपछि ज्योतिले आफू नभाग्ने भन्दै साधारण तारेखमा छुट्नुपर्ने माग राखेका थिए। म सिंगापुर भएको मान्छे। यही कुरा फेस गर्न भनेर म आएको हो। मेरो अमेरिका बस्ने छोरीलाई नेपालमै केही गर्नुपर्छ भनेर मैले बोलाएको हो। म भाग्नुपर्ने कुनै कारण छैन। साधारण तारेखमा रिहा हुन पाउँ’ ज्योतिले अनुनयको भाषामा भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाबुले यी सब कुरा राखिरहँदा छोरी सुरुचि भने एक शब्द पनि बोलिनन्। त्यसपछि न्यायाधीशले तपाईको कुरा बुझेँ भन्दै उनीहरुलाई बस्न आग्रह गरेपछि बायाँ छेउको बेन्चमा बाबुछोरी गएर बसे।

त्यसपछि रूप ज्योतिका वकिलले 'श्रीमान् यही विषयमा केही कुरा राखौं' भन्दै अनुमति माग गरी साधारण तारेखमा छुट्न पर्ने तर्क राखेका थिए।

‘जहाँसम्म मोबाइल कल डिटेलको कुरा छ। उहाँ यहाँबाट छुटेपछि टेलिकममा गएर कल डिटेल नदिनू भनेर प्रमाण नष्ट गर्नु सक्नु हुन्न। जहाँसम्म बैंकको कुरा छ, त्यहाँ गएर आफ्नो कुनै विवरण नदिनू भन्न सक्ने अवस्था पनि रहँदैन। अर्को कुरा कम्पनीको छ। त्यहाँ गएर पनि कागजात नष्ट गर्ने सक्ने अवस्था रहँदैन। जसकारण उहाँलाई सामान्य तारखेमा रिहा गर्नुपर्छ श्रीमान्,’ ज्योतिको तर्फबाट बहस गरेका वकिलले भने। त्यसपछि अर्का वकिलले सोही कुरा दोहार्‍याउँदै सामान्य तारेखमा रिहा गर्नुपर्ने भन्दै बहस गरेका थिए। त्यो बीचमा न्यायाधीशले फाइल अध्ययन गरे। त्यतिन्जेल रूपकी छोरी सुरुचिलाई खरो भइसकेको थियो। उनले एक बोतल पानि मगाइ्न र पिइन्। 

फाइल अध्ययन गरिरहेका न्यायाधीशले साधे, ‘अस्पताल बस्नु भएको छ?’ ‘म होइन श्रीमान छोरी बसेको छ,’ ज्योतिले जवाफ फर्काए। 

त्यसपछि न्यायाधीश आचार्यले ७ दिनको म्याद माग गरिएकोमा ५ दिनको म्याद थप भएको जानकारी गराए। दास्रो पटक पनि ५ दिनको म्याद थप भएपछि बाबुछोरी मलिन अनुहार लगाएर प्रहरीको गाडी चढे।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्