• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

प्रथम श्रेणी क्रिकेट : दोस्रो दिनको खेल सकिँदा बलियो अवस्थामा एमसिसी

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  १७:०५
1140x725

काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेलमा दोस्रो दिनको खेल सकिँदा नेपाल ३ सय २ रनले पछि परेको छ। 

दोस्रो दिन बिहान एमसिसीलाई ३ सय ६४ रनमा अलआउट गरेको नेपालले आफ्नो पहिलो इनिङमा १ सय ५३ रन मात्रै बनाउन सकेको थियो। नेपाललाई अलआउट गरेपछि एमसिसीले दोस्रो इनिङमा २१ ओभर खेलेर २ विकेट जाँदा ९१ रन जोडेको हो। 

दोस्रो इनिङमा एमसिसीका विल रोड्सले २२, विली गोल्डम्यानले ३९ रन बनाए। टम विस्ट्ली १७ र माइल्स हामोन्ड ३ रन बनाएर खेलिरहेका छन्। नेपालका ललित राजबंशी र पवन सर्राफले एक–एक विकेट लिए। 

दोस्रो दिन नै आफ्नो पहिलो इनिङमा ४४.४ ओभर खेलेर नेपालले १ सय ५३ रन मात्रै बनाएको हो। 

नेपालका लागि ओपनिङ ब्याटिङमा कप्तान ज्ञानेन्द्र मल्ल र राजु रिजाल आएका थिए। ज्ञानेन्द्र डकआउट भए भने राजु ८ रन बनाएर आउट भए। सुरुवातमा नै धरमराएको ब्याटिङ पछिसम्म सम्हालिन सकेन। 

तेस्रो क्रममा ब्याटिङमा आएका शरद भेषावकर ४ रनमै आउट भए। दिपेन्द्र सिंह ऐरी १ रनमा, आरिफ शेख १०, बिनोद भण्डारी ३६, पवन सर्राफ २ र सोमपाल कामी २६ रनमा आउट भए। यस्तै करण केसी डकआउट भए। 

नेपालका लागि सर्वाधिक रन बनाएका सन्दीप लामिछानेले अविजित ३८ रन बनाए। उनले एलेक्स थोम्पसनको ओभरमा लगातार तीन छक्कासमेत लगाएका थिए।  

नेपालले प्रथम श्रेणी क्रिकेटको इतिहासमा एमसिसीविरुद्धको १ सय ५३ रन नै पहिलो इनिङमा अलआउट हुँदाको सबैभन्दा कम रन हो। 

Ncell 2
Ncell 2
nimb
nimb

एमसिसीले आफ्नो पहिलो इनिङमा ३ सय ६४ रन बनाएको थियो। बुधबार पहिलो दिनको खेल सकिँदा ६ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको एमसिसीले बिहीबार बिहान ४ विकेट गुमाएर ५३ रन जोडेको थियो। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन साथै सोमपाल कामी र शरद भेषावकरले दुई–दुई विकेट लिए। पहिलो दिन बलियो अवस्थामा रहेको एमसिसीलाई दोस्रो दिनको बिहानी शत्रमा नेपाली बलरहरुले दबाबमा राख्न सकेका थिए। 
......
१४ वर्षपछि प्रथम श्रेणी क्रिकेटमा फर्किएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको थियो।

नेपालले पहिलो दिनको खेल सकिँदा एमसिसीको ६ विकेट लिएको थियो। ८६ ओभरको खेल सकिँदा खराब प्रकाशका कारण अम्पायरले पहिलो दिनको खेल सकिएको घोषणा गरेका हुन्। 

एमसिसीका विल भ्यान्डर्सपरले ५३ रन बनाए। यस्तै एड योङले १५, माइल्स ह्यामन्डले ५२, टम वेस्ट्लीले ३९, विल रोड्सले ७३ र बिली गोल्डम्यानले १० रन बनाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि नेपालले सन् २००५ मा युएईविरुद्ध प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो। त्यसबेला टोलीमा रहेका शरद भेषावकर मात्रै अहिले कीर्तिपुर मैदानमा एमसिसीसँग खेलिरहेको टोलीमा समावेश छन्। 

शरदबाहेक १० जना खेलाडीको एमसिसीविरुद्ध चलिरहेको खेल नै राष्ट्रिय टिमबाट प्रथम श्रेणीमा डेब्यू खेल हो। यसअघि नेपालले २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा शरद टोलीमा थिए। 

नेपाली टोलीमा रहेका सोमपाल कामीसँग भने प्रथम श्रेणी क्रिकेटको अनुभव छ। उनले सन् २०१५–०१६ मा श्रीलंकामा क्लब क्रिकेट खेल्दा सारकेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणी खेल खेलेका थिए। त्यसमा २६ ओभर बलिङ गरेका उनले ३ विकेट पनि लिएका थिए। एमसिसीसँग सोमबार भएको एकदिवसीय खेलमा टिमबाहिर रहेका उनलाई प्रथम श्रेणीमा समावेश गरिएको हो।

शरद र सोमपालसँगै टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सर्राफ, बिनोद भण्डारी, करण केसी, ललित राजबंशी, राजु रिजाल र सन्दीप लामिछाने रहेका छन्। 

पूर्वकप्तान पारस खड्कासँग प्रथम श्रेणी क्रिकेटमा दुई खेलको अनुभव भए पनि उनी अहिले टोलीमा समावेश छैनन्। सोमबार एमसिसीविरुद्धको एकदिवसीय खेलमा पनि पारस टोलीमा थिएनन्।  

यसअघि २००९ मा एमसिसीसँगै नेपालले तीन दिवसीय खेल खेलेको भए पनि त्यसलाई प्रथम श्रेणीको मान्यता दिइएको थिएन। 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्