काठमाडौं– धुर्मुस–सुन्तलीले निर्माण गरेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको पोस्टरमा हास्य अभिनेता सिताराम कट्टेल (धुर्मुस) एक्लै देखिएका छन्। पोस्टरमा उनी गम्भिर मुद्रामा छन्, शिरमा भादगाउँले टोपी छ।
रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मको पोस्टरसँगै रिलिज मिति पनि पक्का भएको छ। फिल्म फागुन ९ गते रिलिज हुने पोस्टरमा उल्लेख छ।
सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण भएको फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्य लगायतको अभिनय छ। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्। फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको लेखन छ, निमेश श्रेष्ठको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।