• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अब 'काले दाइ' भन्दा मन दुखाउन छोडिसकेँ : निश्चल बस्नेत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १६, २०७६  १५:४७
1140x725

‘लुट’ निर्देशन गरेपछि एकाएक चर्चामा आए, निश्चल बस्नेत। नेपाली फिल्म परम्परागत कथ्यशैलीमा रमाइरहेका बेला उनको कथा भन्ने आफ्नै शैलीलाई दर्शकले मात्रै होइन, समीक्षकले पनि रुचाए। त्यसपछि ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट–२’ निर्देशन गरे। फिल्म क्षेत्रमा निर्देशकका रुपमा डेब्यू भएका उनी अचेल अभिनयमा पनि सक्रिय देखिँदै छन्। ‘कबड्डी’, ‘दुई रुपैयाँ’, ‘प्रसाद’लगायत फिल्ममा अभिनय गरिसके। हालै आफ्नै अभिनेत्री पत्नी स्वस्तिमा खड्कासँग पहिलोपल्ट जोडी बाँधेर अभिनय गरेको फिल्म ‘घामड शेरे’ कार्तिक २२ गतेबाट हलमा रिलिज हुँदैछ। यही सन्दर्भमा उनीसँग नेपाल लाइभका लागि अनिल यादवले गरेको कुराकानी:

तपाईं परिचय फेरिरहनुहुन्छ। कहिले कलाकार, कहिले निर्देशक, कहिले गायक। खास रुचि केमा हो- आफैं नाच्ने/गाउने या अरुलाई नचाउने? 
पहिले तपाईंलाई एउटा प्रश्न गरुँ- कहिलेकाहीँ यो हावादारी मान्छेले गरिरहेको कामलाई किन यति धेरै भ्यालु दिइरहेको छु भन्ने लाग्छ कि लाग्दैन? यसले यो चिज गरेर इन्डष्ट्री बिगारिरहेको छ भन्ने तपाईलाई लागिरा’छ कि छैन?

कहिलेकाहिँ लाग्छ ...। 
मलाई पनि कहिलेकाहिँ त्यस्तै लाग्छ। 

कुनै–कुनै काम राम्रै गरेजस्तो लागेको छ, कुनकुनै यो के गर्‍याजस्तो पनि लागेको छ। तर, तपाईंले गरिरहेका अनेक काममध्ये मनदेखि गर्न चाहिरहेको काम के हो? त्यो भन्दिनुस् न। 
निर्देशनका मामिलामा म एकदम भन्दा पनि एकदमै गम्भीर हुन्छु। मलाई मन नलाग्दासम्म  फिल्म गर्दै गर्दिनँ। त्यसैले मलाई चिनाएको हो र त्यसैले मलाई चिनाइरहोस् भन्ने लाग्छ। जब–जब फिल्म लिएर आउँछु, त्यो फिल्मको एउटा छुट्टै पहिचान होस् र त्यो पहिचान मसँग जोडिएको होस्। जहाँसम्म एक्टिङको कुरा छ, म यहाँचाहिँ आफैँ हामफालेर आएको होइन, मलाई ल्याइएको हो।

रुचि हुँदै नभाको होइन। तैपनि अभिनयका मामिलामा भने मलाई पहिल्यै तयार भइसकेको प्लेटफर्ममा लगेर राखिएको मात्र हो। सुरुमा मैले अभिनय गरेको अनुप सर(बराल)को ‘फिटिकिरी’ फिल्मबाट हो। तर, रिलिजको हिसाबले दर्शकमाझ आएको फिल्म ‘कबड्डी’ हो। अनुप बराल चाहिँ केही पनि नजानेको मान्छेलाई एक्टर बनाउन सक्ने मान्छे हो।

मान्छेहरू मलाई पर्दामा देखेरै पनि प्रभावित हुन्छन् या उनीहरूलाई रमाइलो लाग्छ भन्ने मलाई विश्वास नै थिएन।

त्यसपछि ‘कबड्डी’मा अभिनय गर्नुपर्छ भनेर रामबाबु गुरुङ र दयाहाङ राईले मसँग कुरा गर्दा मैले सुरुमा ‘ह्या म कसरी गर्न सक्छु’ भनेर अस्वीकार गर्न खोजेको हो। तर, उहाँहरूले ‘तैँले सक्छस्’ भनेपछि मैले अनुप बराल सरसँग सिक्न जान्छु भनेर सर्त राखेको थिएँ। त्यसपछि अनुप सरको फिल्ममा त मैले सुटिङ सेटमै सिक्दै अभिनय गरेको हो। 

तपाईंले निर्देशकहरूले के कारण निर्देशकबाट कलाकार बनाइरहेजस्तो लाग्छ? तपाईंले निर्देशनबाट आर्जन गरेको चर्चा ‘क्यास’ गर्न या साँच्चिकै राम्रो अभिनय गर्न सक्ने भएर? 
सुरु त मलाई आइडिया नै थिएन कि म त्यसरी पनि प्रयोग हुन सक्छु है भन्ने। मान्छेहरू मलाई पर्दामा देखेरै पनि प्रभावित हुन्छन् या उनीहरूलाई रमाइलो लाग्छ भन्ने मलाई विश्वास नै थिएन। अनुप सरको फिल्म खेलेको पनि उहाँसँग एक्टिङ सिक्न पाइन्छ भनेर हो। यता ‘कबड्डी’ त झन् आफ्नै होम प्रोडक्सनको फिल्म। विवेकको रोल मैले गर्नुअघि म नै त्यो क्यारेक्टरका लागि कलाकार खोज्दै हिडिरहेको थिएँ।

Ncell 2
Ncell 2
nimb
nimb

दिमागमा सौगात मल्ल फिट हुन्छ भन्ने लागिरहेको थियो। अनेक क्यारेक्टर दिमागमा आइरहेको थियो। यसरी क्यारेक्टरको खोजी भइरहेका बेला एकदिन त रामबाबु दाइले खोइ के सोच्नुभएछ कुन्नि, घुमाइफिराइ त्यो क्यारेक्टरको जिम्मा त मतिरै तेर्साइदिनुभयो। मैले खोजिरहेको विवेक क्यारेक्टर तिमीजस्तै त हो नि भन्न थाल्नुभयो। उहाँले त्यसपछि भन्नुभयो, ‘यो स्क्रिप्ट पनि मैले तँलाई हेर्दै नै लेखेको हो।’

दर्शकका रुपमा मैले आफैंलाई पर्दामा भने हेर्न सकिनँ। हलमा गएर आफैंलाई पर्दामा देख्दा उकुसमुकुस भयो।

मैले त्यसपछि पनि सोधें– ‘तपाईंले मलाई हेर्दै लेखेको भन्दैमा यहाँनेर मलाई नै घुसाउनुपर्छ भन्ने के बाध्यता छ?’ पछि गएर मैले गर्दा फिल्म बिग्रियो भने के हुन्छ नि भनेर सोध्दा उहाँले त्यति त गरिहाल्दैनस्, मलाई पनि थाहा छ भन्न थाल्नुभयो। दया दाइले म पनि तँलाइ एक्टिङ सिकाउँछु भनेर आडभरोसा दिनुभयो। यसरी मण्डला थिएटरमा मेरा दिमाग भुट्नुसम्म भुटेपछि म यो फिल्म खेल्न बाँध्य भएँ। 

यसको मतलब तपाईंलाई जबरजस्ती एक्टर बनाइयो? 
(हाँस्दै) त्यसै भन्नुपर्ला। तर, दर्शकका रुपमा मैले आफैंलाई पर्दामा भने हेर्न सकिनँ। हलमा गएर आफैंलाई पर्दामा देख्दा उकुसमुकुस भयो। अरु दर्शकहरू राम्रैसँग हाँसिरहेका छन्, रमाइलो लिइरहेका छन् मलाई भने त्यहाँ अडिन गाह्रो भइरहेको थियो। त्यसपछि मैले सौगात दाइ (मल्ल)लाई पनि सोधें एकिदन– तपाईं आफ्नो फिल्म हेर्नुहुन्छ? जवाफमा उहाँले ‘हेर्न त हेर्छु’ भन्नुभयो। मैले कस्तो लाग्छ भनेर सोध्दा उहाँले भन्नुभयो, ‘बडा गाह्रो हुन्छ यार, सकिँदैन हेर्न। के गर्‍या, के गर्‍या जस्तो  लाग्छ।’ यद्यपि मैले सुरुका फिल्ममा अभिनय गरिसकेपछि यदि तिमी साँच्चै एक्टर बन्न चाहन्छौ भने गम्भीर हुनुपर्छ भन्ने चाहिँ बुझेँ।

Xtrem

Xtrem

अघि तपाईंले सुरुमै भन्नुभयो- म निर्देशकका रुपमा एकदमै सिरियस हुन्छु। यसको मतलब  एक्टरका रुपमा त्यति गम्भीर बन्नुहुन्न भन्ने हो? 
हो, सुरुसुरुमा म सिरियस थिइनँ। एक्टिङ गरेर समाजमा केही फरक प्रभाव पार्न सक्छु भन्ने लाग्दै लाग्दैनथ्यो।

अहिले नि? 
अहिले त यदि तपाईंले कुनै पनि काम राम्रोसँग गर्नुभयो भने समाजमा केही फरक प्रभाव पार्न सक्नुहुन्छ भन्ने लाग्छ। आजभोलि के लाग्छ भने हलमा दर्शकहरू निश्चल बस्नेतलाई मात्रै हेर्न जाँदैनन्, निश्चल बस्नेत भन्ने मान्छेले के चाहिँ काम गरेछ भनेर हेर्न जान्छन्। त्यसैले मैले आफूले निर्वाह गर्दै गरेको भूमिका इमान्दारसाथ निर्वाह गर्नुपर्छ भन्ने लाग्छ। 

अभिनयप्रतिको तपाईंको निरन्तरतालाई अब दर्शकले कसरी लिने? 
यो पनि मेरो एक किसिमको पहिचान भइसक्यो। अब त म गरिरहन्छु जस्तो लाग्छ। तर, फिल्मचाहिँ छनोट गरेरमात्रै गर्छु। मसँग दुईटा काम छन्। एउटा म मेरै सोचलाई दृश्यभाषामा उतार्न सक्छु। अर्को अरुको सोचलाई झन् सुन्दर बनाइदिन मद्दत पुर्‍याउन सक्छु। यसको मतलब म  एक्टिङ गर्दा पनि मेहेनत गर्छु। सकेसम्म हन्ड्रेड पर्सेन्ट दिने प्रयत्न गर्छु। निर्देशकबाट कमाएको छविकै कारण सधैं एक्टर भइरहन मलाई सुहाउँदैन। त्यो भनेको त मैले अरु राम्रो कलाकारको भाग खाइरहेको हो। म आफूलाई त्यस्तो पात्रका रुपमा चिनाउन चाहँदिन। 

तपाईं त आफैं डिरेक्टर। आफू कति राम्रो अभिनय गर्छु भनेर ठम्याउन त्यति गाह्रो नहोला, होइन र? 
यहाँ आफ्नै बुढीको काम त ठम्याउन गाह्रो पर्छ, झन् आफैंले आफ्नो काम कसरी ठम्याउनु? आफैंलाई त आफूले उत्कृष्ट गरेजस्तो लाग्छ नि तर त्यसलाई खास कस्तो गर्‍यो भने ठम्याउने त दर्शकले नै हो नि। यति हो, एउटा एक्टरले आफूले गरिरहेको काम बुझेर गर्नुपर्छ, हचुवाको तालमा गर्नुहुन्न। अझै दुई तीन वटा फिल्म छन्, जसमा म अभिनय गर्छु होला। तर, ती फिल्ममा अभिनय गरिसक्दा पनि मैले आफूले गरिरहेको कामलाई पुष्टि गर्न सकिनँ भने सायद त्यसपछि म अभिनय नगर्न सक्छु। किनभने त्यसपछि मैले यो खेती बन्द गर्नैपर्छ। पर्दामा देखिए भने पनि एक्टरका रुपमा भन्दा पनि बरु बिजनेसका हिसाबले देखिन सक्छु। 

निर्देशकबाट कमाएको छविकै कारण सधैं एक्टर भइरहन मलाई सुहाउँदैन। त्यो भनेको त मैले अरु राम्रो कलाकारको भाग खाइरहेको हो।

अभिनयमा लगातार छाइरहनुभएको छ तर निर्देशनमा ब्रेक लागेजस्तो छ। यस्तो किन? 
हुन त अहिले बजारमा निश्चलको निर्देशन र मेलम्चीको पानी उस्तै भइराछ भनेर टिप्पणी पनि हुँदोरैछ। कथैमात्र भयो, काम भएन भन्ने कुरा रैछ। तर त्यस्तो होइन भन्न चाहन्छु। म आफ्नो फिल्मको स्क्रिप्ट आफैं लेखिराको हुन्छु। बाहिरबाट चित्तबुझ्दो स्क्रिप्ट पाएकै छैन। कि त मैले आफ्नै जनराको स्क्रिप्ट लेख्नलाई  ‘लुट–३’ नै लेख्नुपर्‍यो। त्यसको आइडिया पनि फुरेको छ तैपनि मलाई त्यो गर्न मन छैन किनभने ‘लुट–२’ बनाएकोमा नै मलाई अझै रिस उठिराको छ।

‘लुट–३’ गर्‍यो भने पैसामात्रै कमाउनलाई गर्‍याजस्तो हुन्छ। त्यसैले म गर्दिनँ। मलाई पैसामात्रै कमाउनलाई फिल्म गर्नु छैन। ‘लुट–२’ गर्दिनँ भन्दाभन्दै पनि मैले गरेँ। पैसा त कमाइयो तर त्यसले त्योबाहेक अरु के दियो त? सन्तुष्टि नै पाइनँ त अरु जेसुकै पाए पनि मलाई के मतलब? त्यसैले अब मैले ‘लुट–३’ गरेँ भने ‘लुट–२’ले बिगारेको नामलाई सच्याउने गरी मात्रै बनाउँछु। ‘लुट–२’मा स्क्रिप्टलाई धेरै समय नदिएर मैले जुन मिस्टेक गरेँ, त्यो मिस्टेक म ‘लुट–३’ बनाउँदा गर्नेवाला छैन। 

जति गम्भीर तपाईं फिल्म निर्देशन गर्ने मामिलामा भइरहनुभएको छ, त्यति गम्भीर अभिनयका मामिलामा भइरहेजस्तो  लाग्छ? 
म एक्टरका रुपमा सहभागी भएको फिल्ममा पनि बढी फिल्ममेकरका रुपमा सक्रिय भइरहेको हुन्छु। त्यसको गीत/संगीत कस्तो छ भन्नेमा पनि ध्यान दिन्छु। सम्पूर्ण स्क्रिप्ट, डायलग, पात्रहरूको उठान सबैसबै कुरामा ध्यान दिइरहेको हुन्छु। अभिनयका मामिलामा म दया दाइ र सौगात दाइसँग धेरै सिक्न खोजिरहेको हुन्छु। मलाई सौगात मल्लजस्तो खुंखार एक्टर अरु कोही लाग्दैन। दयाहाङ राईंजस्तो चलाख एक्टर अरु कोही लाग्दैन।

म आफ्नो अभिनय सुधार्न पनि भरपुर प्रयास गरिरहेको छु। ताकी मान्छेहरूले ‘अरुलाई सिकाउने मान्छेको अभिनय पनि यति ग्वाँच हुन्छ? भनेर प्रश्न नगरोस्। 

उहाँहरुको आ-आफ्नो विशषेता छ। उहाँहरूको रोजाइको फिल्म हेर्दा उहाँहरूले काम बिगारिरहनुभएको छ भन्ने पनि थाह छ। तपाईंहरूले आफ्नो क्यारेक्टरलाई मात्रै ध्यान दिँदा फिल्म झुर बन्यो भनेर म बेलाबखत उहाँहरूसँग पनि छलफल गर्छु। र, आफ्नो चिजमा त्यस्तो नहोस् भन्नेमा म सचेत हुन खोज्छु। मेरो अभिनय कमजोर देखिए पनि मैले अभिनय गरेको फिल्मको कन्टेन्ट कमजोर नदेखियोस् भन्ने कुरामा म सधैं गम्भीर भइरहेको हुन्छु। म आफ्नो अभिनय सुधार्न पनि भरपुर प्रयास गरिरहेको छु। ताकी मान्छेहरूले ‘अरुलाई सिकाउने मान्छेको अभिनय पनि यति ग्वाँच हुन्छ? भनेर प्रश्न नगरोस्। 

आफ्ना फिल्ममा लगातार आइटम डान्स राख्ने निर्देशकमा तपाईं पर्नुहुन्छ। बलिउडमा आमिर खानले ‘खम्बे जैसी खडी है, लड्की है या छडी है’ या करण जोहरले आफ्नो ब्यानरको फिल्ममा ‘चिक्नी चमेली’जस्ता गीत राखेकोमा आत्मालोचना गरिरहेका बेला तपाईं भने आफ्ना हरेक फिल्ममा आइटम गीत घुसाउनुहुन्छ। महिलालाई आइटमका रुपमा प्रस्तुत गरिरहुनुभएको छ। गम्भीर विषयमाथि फिल्म बनाउँदा पनि आइटम डान्स घुसाउनुभएकै छ। हरेक फिल्ममा आइटम डान्स किन चाहिन्छ तपाईंलाई? 
नढाँटी भन्नुपर्दा फिल्म पब्लिसिटी गर्न नै हो। मैले प्रायः फिल्म यर्थाथवादी दृष्टिकोणमा रहेर नै बनाएको छु। आइटम गीत राख्दा सन्दर्भ मिलाएरै राखेजस्तो लाग्छ। समाजमा भइरहेकै चिजलाई नै मैले देखाइरहेजस्तो छु। थोरै छिमेकीको प्रभाव पनि देखिएको होला। यद्यपि, विस्तारै मेरो सोच परिवर्तन पनि भइरहेको छ। 

समाजको यथार्थ देखाउँछु भन्दै गर्दा निर्देशकको काँधमा समाजप्रति जिम्मेवारी पनि त हुन्छ होला। ‘उध्रेको चोली’मा सुष्मा कार्कीलाई नचाउँदै गर्दा त्यो गीतले समाजमा कस्तो प्रभाव पार्‍यो, निर्देशकले त्यसको ख्याल पनि गर्नुपर्छ होला भन्ने लाग्दैन? 
आइटम गीतको भिडियोमा भन्दा पनि शब्दमा बढी समस्या हुने हो। म त्यो स्वीकार्छु। फेरि हाम्रो समस्या के छ भने हामी दोहोरो चरित्रका छौं। त्यो गीतमा छमछमी नाँच्छौ पनि, अनि त्यही गीत राम्रो भएन भनेर टिप्पणी पनि गर्छौं। 

तपाईं भन्नुहुन्छ- म पैसा कमाउनका लागि फिल्म बनाउँदिनँ। अनि फेरि भन्नुहुन्छ- मैले पब्लिसिटीका लागि त्यस्तो गीत राखेँ। यो त विरोधाभाष कुरा भएन र? 
हो, मेरै विचारसँग यो कुरा बाझेजस्तो मलाई पनि लाग्छ। छाडापन बेच्छु भनेर म लागेकै होइन। ‘कुटुमा कुटु’ आइटम नम्बर हो कि होइन? हामी होइन भन्न सक्छौं। किनभने हामीलाई आइटम नम्बर के हो भन्ने कुरा हिन्दी फिल्मको परिभाषाले सिकाइरहेको छ। महिलालाई आइटमका रुपमा प्रयोग गरेर नचाइयो भन्ने सोचाइका कारण आइटम गीत बदनाम भइरहेको हो।

मलाई पनि त आइटम ब्वायको ट्याग लाइएको छ। त्यसमा त कोही केही बोलिरहेको छैन। म पनि त ‘अब्जेक्टिफाई’ भइरहेको छु।

अब यो सोच पनि परिवर्तन गर्नुपर्‍यो क्या। सुष्मा कार्कीलाई डान्सबारको डान्सरको रुपमा नचाएको हो। गीतको शब्द पनि म आफैंले लेखेको हो। त्यो गीत ‘गोफ्ले’ भन्ने क्यारेक्टरको ‘पोइन्ट अफ भ्यू’बाट लेखिएको थियो। ‘गोफ्ले’ले जसरी सोच्थ्यो त्यसरी नै गीत लेखिएको थियो।

फिल्मबाट गीतमात्रै छुट्टाएर बाहिर ल्याउँदाखेरी समाजमा अर्कै ढंगले विश्लेषण हुनसक्छ। त्यस्तै मैले गरेको‘काले दाइ’ गीत पनि आइटम नम्बर हो। मलाई पनि त आइटम ब्वायको ट्याग लाइएको छ। त्यसमा त कोही केही बोलिरहेको छैन। म पनि त ‘अब्जेक्टिफाइ’ भइरहेको छु। तपाईंलाई थाहा छैन, मैले ‘काले दाइ’ गीत गर्नुको पनि कारण छ। 

कस्तो कारण? 
मलाई सानैदेखि जे चिजलाई लिएर हेपिएको थियो, त्यसको रिसले मैले यो गीत गरेको हो। मलाई काले भनेर जिस्काइन्थ्यो। मलाई रिस उठ्थ्यो त्यतिबेला। ठूलो हुँदै गएपछि पनि मेरो रुप त परिवर्तन भएन नि। म त कालै छु। त्यसोभए म जस्तो देखिन्छु, त्यसलाई लिएर मैले किन लाज मान्ने, किन पछुतो मान्ने? यही रुपमा तपाईंलाई मान्छेहरूले मनपराइरहेका छन् भने मैले त्यो मानसिकता किन परिवर्तन नगर्ने?

मलाई काले भनेर जिस्काइन्थ्यो। मलाई रिस उठ्थ्यो त्यतिबेला। ठूलो हुँदै गएपछि पनि मेरो रुप त परिवर्तन भएन नि। म त कालै छु। त्यसलाई लिएर मैले किन लाज मान्ने, किन पछुतो मान्ने?

त्यसैले यो गीतको अफर आउनेबित्तिकै म नाच्न तयार भएँ। गाउन पनि तयार भएँ। म जे चिजलाई लिएर कुनैबेला अपमानबोध गर्थें, त्यही चिजलाई लिएर जब म बाहिर आउँछु त्यसपछि पो अरुले पनि आफूलाई अपमानबोध महसुस गर्दैनन्। मजस्तो देखिने अरु कालेहरूले पनि आफूलाई नराम्रो महसुस नगरुन् भनेर मैले यो गीतमा नाचेँ। जस्तो देख्छु, त्यस्तै छु। र, मैले यसलाई स्वीकार गर्नुपर्छ। कालो छु त के भयो? त्यसैले मैले अब काले दाइ भन्दा मन दुखाउन छोडिसकेँ। रङलाई लिएर हामीकहाँ विदेशमा जस्तो विभेद त छैन तर हेपाइको प्रवृत्तिचाहिँ छ। ‘काले दाइ, काले दाइ’ भनेर आफैंले आफैंलाई स्वीकार गरेपछि अब अरुले के भनेर जिस्काउने? त्यसैले अरुले जिस्काउनुभन्दा अघि आफैंले स्वीकार गरिदिने ताकी बोल्नेहरूको बोल्ती बन्द होस्।

फिल्ममा त्यसरी आइटम गीत राख्दा कन्टेन्टको मर्म मरिरहेजस्तो लाग्दैन?
फिल्मको मर्म बचाउनलाई निर्माताको बली दिनु पनि त भएन नि। यो कन्टेन्टको मात्रै विषय होइन नि। कम्तीमा निर्माताको लगानी पनि त उठ्नुपर्‍यो। यति भन्दाभन्दै पनि म के भन्छु भने आइटम गीतको शब्दमा हामीले ख्याल गर्नुपर्छ। म पनि गर्छु।

कालो छु त के भयो? त्यसैले मैले अब काले दाइ भन्दा मन दुखाउन छोडिसकेँ।

अर्को कुरा ‘लुट’मा आइटम डान्सको मात्रै कुरा छैन, मुख छाड्ने संवादहरू पनि धेरै छन्। कतिपय संवाद परिवारसँगै बसेर हेर्न गाह्रै हुन्छ। मैले कतिपय संवाद त सेन्सर बोर्डमा लानुअघि नै आफैं म्युट गराएर लगेको थिएँ। यो-यो चिजचाहिँ परिपक्व दर्शक भएपनि थिएटरमा गएर कम्तिमा सुन्नुहुन्न है भन्ने लागेर। त्यसपछि सेन्सर बोर्डमा लगेपछि पनि लफडा भयो। धेरै कुरा हटाइयो। हटाएर पनि एडल्ट सर्टिफिकेट दिइयो। किन दिइयो मलाई थाहा भएन। 

हो, यस विषयमा त सेन्सर गरेपछि पनि किन एडल्ट सर्टिफिकेट भनेर त्यतिबेला तपाईंले प्रश्न उठाएकै हो। 
कति प्रश्न उठाउनु? भित्तासँग कुरा गर्दा के आवाज आउँछ? इको आउँछ त्यो पनि आफैंले बोलेको कुराको।

राज्य त भित्तै भइसक्यो है? 
भित्तै त हो नि। लजिक दिन्छ- यो चिज मैले कसरी मेरो फेमिलीसँग बसेर हेर्ने? अनि एडल्ट सर्टिफिकेटको ठप्पा आफैं लाइदिने। एडल्ट सर्टिफिकेट दिइएको फिल्म परिवारसँग बसेर हेरिन्छ र? त्यति पनि ज्ञान नभएको मान्छेले फिल्म सेन्सर गरेर हुन्छ? 

अचेल तपाईं राज्यविरुद्ध बोल्नै छाडेको हो? ‘दासढुंगा–२’ फिल्म चलचित्र विकास बोर्डले दर्ता गर्न नै मानेको छैन। निर्देशक रुँदै आफ्नो दुःख पोखिरहेका छन्। तर, तपाईंजस्तो राज्यबाटै दुख पाएको फिल्मकर्मी एक शब्द कतै केही बोलेको सुनिएन? 
अचेल बोलेर केही कामै छैन। मैले त्यतिबेला बोल्दा कोही साथमा थिएनन्। सपोर्टका लागि धेरैलाई गुहारेँ। सबैले ‘हो, भाइ गलत भयो’भन्ने तर कोही सार्वजनिक रुपमा नबोल्ने। पहिलोपल्ट त म नयाँ थिएँ। दोस्रोपल्ट म स्थापित भएपछि पनि त्यो समस्या दोहोरियो। तर, कोही पनि बोलेन।

हामी सँगै फिल्म बनाइरहनु भएका फिल्मकर्मी नै चलचित्र विकास बोर्डको अध्यक्ष हुनुहुन्छ। उहाँ अध्यक्ष हुँदा हामी निकै खुसी भएका थियौं। उहाँ आएपछि परिवर्तन होला भन्ने लागेको थियो तर, उहाँकै कार्यकालमा फिल्म दर्ता पनि हुन पाएन भन्ने सुनिराछु।

मेरो र अरुको फिल्म सेन्सर हुँदाको रिपोर्टिङ गर्न तपाईं आउनुभयो भने थाहा हुन्छ, मलाई कतिसम्म पेल्न खोज्छन् भन्ने। कागज र कलम तयार पारेका हुन्छन्, कहाँ मिस्टेक भेटिन्छ र पेल्न पाइन्छ भनेर कुरेर बसिरहेका हुन्छन्। मैले बनाएको फिल्मको त परको कुरा, खेलेकोमात्रै फिल्मको पनि त्यसरी सेन्सर गर्छन्। यसले चाहिँ गतिलो चिज ल्याउँदैन भन्ने मेन्टालिटी छ सेन्सर बोर्डमा। मलाई त्यस्तै लाग्छ। म लजिकसहित बहस गर्न खोज्छु। उहाँहरू लजिक दिनुहुन्न, सिधै हुँदैन भन्नुहुन्छ, सक्कियो। सरकारी पदमा बसेको मान्छेले ‘हुँदैन भनेपछि हुँदैन’ भनेर मात्रै हुन्छ?

तर, राज्यले सुन्दैन भन्दैमा बोल्नै छाड्नु पनि त ठिक होइन होला नि? 
धेरै बोलियो। एकपल्ट फिल्म निर्देशन गर्न यति अनुभव हुनुपर्ने भन्ने वाहियात नीति पनि ल्याउन खोजियो। त्यतिबेला पनि मैले खुब विरोध गर्दै हिँडें। यस्तो नियम ल्याउनुभयो भने म तपाईंको सेन्सर बोर्डलाई नै मान्दिनँ। तपाईंको सेन्सर नगरीकन फिल्म हलमा लगाउँछु। अनि, हेर्छु तपाईंले के गर्नुहुन्छ भनेर चेतावनीसमेत दिइयो। मलाई अझै याद छ त्यतिबेला चलचित्र विकास बोर्डको वार्षिकोत्सव कायक्रममा ८ वर्षीय सौगात विष्टलाई सबैभन्दा कान्छो उमेरमा फिल्म निर्देशन गरेर गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्यो भनेर सम्मान गरिएको थियो र त्यही कार्यक्रममा फिल्म निर्देशन गर्न १० वर्षसम्म फिल्म क्षेत्रमा काम गरेको या पढेको हुनुपर्ने भनेर घोषणा गरियो।

‘ओ माई गड’भन्दा विल्कुल फरक छ, घामड शेरे। ‘ओ माई गड’मा भगवानलाई मुद्दा हालेपछिको संघर्ष छ। तर, यहाँ मुद्दा हाल्न नपाएपछि पात्रले गरेको संघर्ष छ।

घोषणाको अर्थ थियो- अर्को सौगात विष्टले फिल्म निर्देशन गर्न पाउँदैन। त्यस्तो नि हुन्छ? आफैं सौगातलाई सम्मान पनि गर्ने? अनि अरु सौगातहरू नजन्मिउन् भनेर नियम पनि ल्याउने? म तिनछक्क परें त्यो देखेर। अहिले त हामी सँगै फिल्म बनाइरहनु भएका, अभिनय गरिरहनु भएका पुराना फिल्मकर्मी नै चलचित्र विकास बोर्डको अध्यक्ष हुनुहुन्छ। त्यसैले उहाँ अध्यक्ष हुँदा हामी निकै खुसी भएका थियौं। आशा थियो, उहाँ आएपछि कम्तिमा एउटा चिज भएपनि परिवर्तन होला। तर, नहुने भयो। बरु उहाँकै कार्यकालमा फिल्म दर्ता पनि हुन पाएन भन्ने खबर सुन्नु परिरा’छ। अब भन्नेचाहिँ के? आशा कोसँग राख्ने? अब उहाँलाई पर्सनल्ली भेटेर ‘दाइ, ठूलो काम गर्नुभएछ’ भन्नुबाहेक अरु के गर्ने? जति गाली गरे पनि कसैलाई केही फरक नै पर्दैन। त्यो पदमा पुग्नेबित्तिकै मान्छे किन यस्तो हुन्छ, मलाई त त्यो पो जान्ने मन छ। 

एकचोटि आफैं प्रयास गर्ने हो कि? 
प्रयास गरेर के गर्ने? आफू पनि त्यस्तै बन्ने हो कि(हाँस्दै)। 

अब रिलिज हुन लागेको फिल्मको कुरा गरौं। ‘घामड शेरे’ कस्तो फिल्म हो? 
यो सोसियल ड्रामा हो। डार्क ह्युमर फ्लेभर पनि छ।

तपाईंको जीवनसँग कत्ति नजिक छ फिल्मको ‘घामड शेरे’ क्यारेक्टर? 
यो ‘घामड शेरे’ तपाईंले हरेक दिन गाउँसहरतिर देखिरहेकै मान्छे जस्तो लाग्छ। मसँग पनि अलिअलि नजिक छ यो क्यारेक्टर। सहीलाई सही र गलतलाई गलत भन्न म कहिल्यै डराउँदिन। र, यो क्यारेक्टरको स्वभाव पनि पनि सत्य कुराका  लागि घामड पारामा जिद्दी गर्छ। 

फिल्मको ट्रेलर हेर्दा यसको ‘सेन्ट्रल आइडिया’ हिन्दी फिल्म ‘ओ माई गड’बाट प्रभावितजस्तो देखिन्छ। त्यहाँ प्रमुख पात्रले भगवानविरुद्ध मुद्दा हाल्छ, यहाँ खोलाविरुद्ध मुद्दा हाल्न लागेको देखिन्छ। के हो खास कुरा? 
सुन्नेबित्तिकै त्यही लाग्छ। फिल्मको अफर आउनेबित्तिकै मैले उठाएको प्रश्न हो यो। कपीको आरोप लाग्ला है भनेर निर्देशकलाई भनेको पनि हो। ‘ओ माई गड’मा भगवानलाई मुद्दा हालेपछिको संघर्ष छ। तर, यहाँ कानुनतः खोलालाई मुद्दा हाल्न नपाउने व्यवस्था छ। नपाउने भएपछि के हुन्छ? हाम्रो कथाचाहिँ त्यतातिर छ। ‘ओ माई गड’भन्दा विल्कुल फरक छ। त्यही मुद्दा हाल्ने कुरामात्रै मिलेजस्तो लाग्ने हो तर अरु केही नै मिल्दैन। 

तस्बिर : गणेश बस्याल

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्