काठमाडौं- मिस्टर बिनका नामले चिनिने बेलायती कलाकार रोअन एटकिन्सनका छोरा बेन एटकिन्सनले गोर्खा सैनिकमा भर्ति हुन नेपालमा ३ महिना समय बिताएका छन्।
बेन गोर्खा बिग्रेडमा नै रहने इच्छाले नेपाली भाषा, संस्कृति र चालचलन बुझ्न नेपाल बसेका हुन्।
बेलायती सञ्चार माध्यमहरुमा बेनको नेपाल बसाइका बारेमा चर्चा चलिरहेको छ। नेपाली भाषा, लवजका साथै नेपाली गीत र नाचसमेत सिकेका उनले नेपाल बसाइको अनुभव राम्रो रहेको बताएका छन्।
गोर्खा बिग्रेड एसोसियसनले विज्ञप्ति जारी गर्दै बेनले नेपाली भाषा तुलनात्मक रुपमा छिटो सिकेको उल्लेख गरेको छ। ‘नेपाली नाचको शैली सिक्नु प्रमुख उद्देश्यअन्तर्गत नै थियो, जसमा उनले नेपाली ‘उठ्यो बस्यो’ शैलीको नाच जानिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
![](https://nepallive.com/uploads/files/bin%20b.jpg)
नेपाल बसाइले उनलाई गोर्खा सैनिकमा घुलमिल हुन र सबै चालचलन र अवस्था बुझ्न सहयोग गरेको बताइएको छ।
बेनका बुबाले मिस्टर बिनको नामका गरेको टेलिभिजन सिरिज विश्वभर प्रख्यात छ।
![](https://nepallive.com/uploads/files/bin%20a.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।