• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अर्को वर्ष हिउँदमा बागमतीमा स्वच्छ पानी

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ३, २०७६  ०७:३२
1140x725

–पूर्णप्रसाद मिश्र/रासस
काठमाडौं-
उपत्यकाको सभ्यताको स्रोत बागमतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण सुरु गरिएको बाँधको ७५ प्रतिशत काम सम्पन्न भएको छ।

एसियाली विकास बैंकको करीब ५१ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको बाँध आगामी बैसाख पहिलो सातामा सकिनेगरी काम भइरहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। २४ मिटर उचाइको बाँधमा वर्षातमा परेको पानी जम्मा गरिनेछ। निर्माण सम्पन्न भएपछि आगामी वर्षामै बाँधमा पानी सङ्कलन सुरु गरिनेछ। लगत्तै परीक्षण पनि गरिनेछ।

वर्षातमा जम्मा गरिएको पानी अर्को वर्ष हिउँदमै बागमतीमा बगाउने गरी तयारी सुरु भएको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताए। 'तीन महीनाभित्रमा गोकर्णबाट पशुपतिनाथसम्मको बागमतीको पानीलाई हातले चलाउन सकिने बनाउन समिति लागिपरेको छ, साप्ताहिक रुपमा भइरहेको बागमती सफाइ महाअभियानलाई पनि थप प्रभावकारी रुपमा अघि बढाइनेछ,' उनले भने।

आयोजना प्रमुख ढकालसहितको समितिका प्राविधिकको समूहले शनिबार बाँध निर्माणस्थलको स्थलगत अनुगमनसमेत गरेको छ। बाँध निर्माणसँगै बागमती सौन्दर्यीकरणमा रोकिएको काम पनि सुरु गर्ने पहल भइरहेको अधिकार सम्पन्न बागमती समितिका सञ्चालक सदस्य माला खरेलले बताइन्।

गोकर्णेश्वर नगरपालिका-१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी आगामी वर्षको हिउँददेखि प्रतिसेकेण्ड ४० लिटर पानी बागमतीमा बगाइने भएको छ। बाँधमा ८ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ। बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ-लामा-रमण जेभीले गरिरहेको छ। निर्माण कम्पनीका इञ्जिनियर रुपेशकुमार साहले निकुञ्जभित्र गर्नुपर्ने काम भएकाले सुरुमा केही ढिलाइ भए पनि अब थप गरिएको ६ महिनामै सक्नेगरी काम भइरहेको बताए। काम सम्पन्न गरी आगामी वर्षातमै यहाँ परीक्षण सुरु गरिनेछ।

पर्यटन प्रवर्द्धनमा बाँध
बाँध निर्माणपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने सुन्दरीजलका स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले बताए। निकुञ्जभित्र वरिपरि हरियाली डाँडाकाँडा एवं पारिपट्टि हिमालको रमणीय दृश्य देखिने भएकाले पर्यटकलाई यस स्थलले आकर्षित गर्ने गरेको छ।

पर्यटकीय क्षेत्रका रुपमा स्थापित सुन्दरीजल-चिसापानी क्षेत्रलाई चिनाउन बाँधले पनि योगदान गर्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ। बाँधबाट चिसापानी तीन किमीको दूरीमा छ। सुन्दरीजलबाट निकुञ्जभित्रको १८ किमी यात्रा गरेपछि बाँध स्थल पुग्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

हाल बाँध नजिकैबाट काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल जाने सडक छ। यो सडकबाट दैनिक सयौँ पर्यटक हेलम्बु, गोसाइँकुण्ड, मेलम्चीलगायत स्थानमा जान्छन्। यो मार्गबाट पर्यटक पैदल एवं सवारी दुवै माध्यमबाट जाने गरेका छन्। 

लाङटाङ राष्ट्रिय निकुञ्जमा पदमार्गका रुपमा जाने बाह्य पर्यटकसमेत यही सडक प्रयोग गर्छन्। यसैगरी चिसापानी-झुले-नगरकोट पदमार्गसमेत यही बाटोबाट पुग्न सकिन्छ। यो मार्ग हिँड्ने विदेशी एवं स्वदेशी पर्यटकले हाल निर्माण भइरहेको बाँधस्थलममा सेल्फी खिचाउने गरेका छन्।

हाल मानव निर्मित बाँध हेर्न कुलखानीमा पर्यटकको भीड लाग्ने गरेको छ। धापको बाँध निर्माण सम्पन्न भएपछि रत्नपार्कबाट करिब ३३ किमी दूरी पार गरी यहाँ आउन सकिन्छ।

हिउँदमा बागमतीमा स्वच्छ पानी
वर्षातमा पानीको बहावले बागमती कम फोहर देखिने गरेको छ। हिउँदमा भने पानीको बहाव घट्ने गरेकाले नदी किनार दुर्गन्धित हुने गरेको छ। बागमतीलाई स्वच्छ बनाउने उद्देश्यले गुह्येश्वरीमा निर्माण भइरहेको ढल पानी प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्माण सकी हाल ढल पानी प्रशोधनको परीक्षण भइरहेको छ। अत्याधुनिक यन्त्रबाट यहाँ ढल प्रशोधन गरी बागमती पठाइनेछ। यो केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर ढल पानी प्रशोधन गरी स्वच्छ बनाइनेछ।

केन्द्रको शनिबार नै खानेपानीमन्त्री विना मगरले अनुगमन गरेकी छिन्। सो अवसरमा उनले पुससम्म केन्द्र पूर्णरुपमा सञ्चालनमा ल्याउनेगरी काम गर्न निर्देशन दिइन्। निकुञ्जभित्रको धाप बाँधको एक किलोमिटर मुनि अर्को ९० मिटर उचाइको बाँध बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन भइरहेको छ। दुवै बाँधको पानी निकुञ्जको नागमती हुँदै सुन्दरीजलस्थित सुन्दरीमाईको मन्दिर नजिकै बागमतीमा मिसाइनेछ। (तस्बिर- बागमती बाँध निर्माणको स्केच)

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्