• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मलाई कुमार नगरकोटी ठानेर झुक्किनेहरू छन् : नरेन्द्रकुमार नगरकोटी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २, २०७६  ०९:००
1140x725

आँखैमा राखे पनि कहिल्यै नबिझाउने
आफैंमा आँखाको नानी
मेरा बा

दस रुपैँया ऋण तिर्न नसकेर
साहुको अल्टिमेटम सुनिरहँदा पनि
कहिल्यै सोच्नुभएन बाले
‘छोरीलाई कमलरी राख्न पाए …’

'मार्च ८ मा बाको सम्झना' कवि नरेन्द्रकुमार नगरकोटीको चर्चित कविता मध्येमा पर्छ। नगरकोटी करिब डेढ दशकदेखि  कविता लेखनमा सक्रिय छन्। उनको पहिलो कवितासंग्रह 'सन्नाटाको लय' केही समयअघि सार्वजनिक भयो। कवितामा पृथक छवि बनाइसकेका नगरकोटीका कविताले समाजका आम मानिससँग संवाद गर्छन्। उनका कविताहरू विलिन हुन लागेको पहिचान र अस्तित्वमाथि  निरन्तर प्रश्न गर्छन्। बालसाहित्य र शैक्षिक क्षेत्रमा पनि उतिकै क्रियाशील नगरकोटीसँग नेपाल लाइभका समर्पण श्रीले गरेको कुराकानीको सम्पादित अंश:   

कवितामा सक्रिय भएको डेढ दशकपछि मात्र पहिलो कविता सङ्ग्रह प्रकाशन गर्नुभयो। ढिला गरेंजस्तो लाग्दैन? 
सन्नाटाको लय मेरो पहिलो सोलो कविता सङ्ग्रह हो। यस हिसाबले यो काम ढिला भएजस्तो लाग्न पनि सक्छ। म आफूलाई भन्दा पनि मेरा कवितासँग नजिक हुनुहुने कविताप्रेमी शुभचिन्तकहरूले चाहिँ अहिले पनि भनिरहनुभएको छ, नरेन्द्रको कविता सङ्ग्रह धेरै पहिल्यै आउनुपर्थ्यो।

यस संग्रहका कविता पढ्नुभएपछि अझै यत्तिको कविता लेख्नेले किन ढिला गरेको? भनेर प्रश्न गरिरहनुभएको छ। तपाईंले पनि त्यस्तै अनुभूति गरेर प्रश्न गर्नुभएको हुनसक्छ।

त्यसो त सक्रिय हुनुको एउटा उपलब्धि मात्र पनि होइन किताब। किताब निकाल्नु एउटा जिम्मेवारीपूर्ण काम हो। यसमा हिम्मत गर्न मलाई समय लाग्यो। अझ ढिला गर्ने मुडमा थिएँ, प्रिय लेखक विजय सापकोटा नेपाल आउनुभएको समयमा मेरो किताब निकाल्ने भन्ने सल्लाह अनुसार मैले फटाफट काम गरेँ। ढिलै भए पनि राम्रो सङ्ग्रह आएको छ भन्ने प्रतिक्रियाले खुसी छु। 

पहिलो सङ्ग्रह प्रकाशन गर्दा लेखकले खेप्नुपर्ने पहिलो चुनौती के रहेछ?
लेखकको चुनौती भनेकै लेखन हो। पहिलो सङ्ग्रह प्रकाशन गर्दा एउटा लेखकको चुनौती पहिलो सङ्ग्रह नै हुने रहेछ। जीवनको हरेक पहिलो काम विशेष हुन्छ। विशेष काम गर्दा चुनौती हुनु स्वभाविक पनि हो। कविता लेखन आफैंमा एउटा खतरनाक तर सुन्दर चुनौती हो। पहिलो सङ्ग्रह प्रकाशन हुँदा धेरै चुनौतीका माझमा प्राप्त भएका शुभेच्छा र कविताप्रेमीका प्रेमले बढी भिजेको छु।

पछिल्ला समय बजारमा आएका जति पनि कवितासङ्ग्रह छन् कुनै पनि सङ्ग्रह आलोचना मुक्त भने छैनना्। फितला र कमजोर कविताहरू आए भन्ने समालोचकहरूको आक्षेप छ। तपाईंको सङ्ग्रहमा त्यो आक्षेप लाग्दैन भन्नेमा ढुक्क हुनुहुन्छ? 
आलोचनात्मक आँखाले गर्ने नै आलोचना हो। तपाईंसँग कस्ता आँखा छन् भन्ने कुराले नै कुनै कृतिमाथि राखिने दृष्टिकोण बन्ने हो। कसैको काम के हुन्छ भने राम्रो कुरा देख्दै नदेख्ने वा देखि नसहने। त्यस प्रकारको आलोचनाको म वास्ता पनि गर्दिनँ। अनि अर्को कुरा, कुनै पनि कृति कमजोरीमुक्त हुन्छ भन्ने म ठान्दिनँ। कमजोरी औंल्याउनु जरुरी पनि हुन्छ तर जूनमा दाग देखियो भनेर त्यो जून नै भएन भन्न चाहिँ कतिको मिल्ला?

Ncell 2
Ncell 2
nimb
nimb

फितला र कमजोर कविताहरू आए भन्ने समालोचकहरूको आक्षेप नै हो भने पनि कविहरूका लागि एउटा सुन्दर अवसर हो, आफ्ना कविता साँच्चै त्यस्तै छन् त? भनेर हेर्ने। कविहरूले सशक्त हस्तक्षेप गरिरहेका कारण पनि आक्षेप लाग्नसक्छ। यहाँ कमजोर साबित गरेर मजा लिनेको जमात पनि छ।

म व्यक्तिगत रुपमा प्रशंसाबाट केही प्राप्ति हुँदैन भन्ने मान्यता राख्छु। मेरो कविता सङ्ग्रहका कमजोरी मलाई बोध भए भने म आगामी दिनमा थप मेहनत गर्ने नै छु। मैले कविताकर्म गर्दा जानेको के हो भने आलोचना र टिप्पणीले निफन्ने काम गर्दछ। कवितारुपी चामलबाट बियाँ टिप्न सघाउने सबै आलोचनाको स्वागत गर्दछु। 

कहिलेकाहीं तपाईंको नामसँग पहिलोपटक भेटिएका पाठकहरू झुक्किन्छन्। नाम उस्तै हुनाले तपाईंलाई लेखक कुमार नगरकोटी ठानेर झुक्किएका पनि छन्। त्यतिबेला तपाईंलाई घाटा भएको महसुस हुन्न? 
हो, तपाईंको किताब पढेको छु भन्ने पाठक पनि भेटेको छु। कुन किताब होला? भनेर सोध्यो भने उत्तर आउँथे, फोसिल, अक्षरगञ्ज ...। मैले अलमल नगरी प्रष्टयाउने गरेको छु, ती किताबहरु दाजु नगरकोटीले लेखेका हुन्।

म इन्जोय नै गरिरहेको छु। कुमार नगरकोटीलाई भेट्न भनेर आउँदा म भेटिएको घटना पनि छ। दाजु सम्झेर मसँग कुरा गर्ने केही शुभचिन्तक पाएको छु। पछि, प्रत्यक्ष चिनजान भएपछि नेपाली साहित्यकै क्षेत्रमा मिलेर काम गरेको अनुभूति पनि छन्। कोही त मसँग घनिष्ठ हुनुभएको पनि छ।

Xtrem

Xtrem

कुमार नगरकोटी मेरा प्रिय लेखक हुन्। लव्ली दाजु हुन्। यस मानेमा दाजुको नामले मलाई चिन्नुभयो भने सुखद् कुरा नै हुन्छ। एउटा लेखकको कारण अर्को लेखकसँग कुनै पाठकको भेट हुनपुग्यो भने त्यहाँ घाटानाफाको कुनै कुरै आउँदैन। किनभने यो कुनै व्यापार होइन। भेटले अझ प्रगाढ बनाउन सघाउँछ लेखक र पाठकको सम्बन्ध। यसले नेपाली साहित्यलाई फाइदा पुग्छ। 

'मार्च ८ मा बा'को सम्झना नरेन्द्रको धेरै रूचाइएको कविता  र 'छोरीलाई बा को सम्बोधन' पनि धेरैपल्ट सुनिए मध्येमा पर्छ। र अन्य कविता पढिरहँदा पनि बाको प्रसंग पाइन्छ। बा माथि लेखिएका कविता सशक्त पनि लाग्छन्। यी कविताहरू कवि नोस्टाल्जिक भएर लेखिएका हुन् कि शैली निर्माण गर्न खोजिएका हुन्? 
मैले भेटेका मानिसहरूमध्ये एक असल व्यक्ति थिए मेरा बा। असल बालाई बिम्ब बनाएर मार्च ८ मा आमाहरूलाई सम्झेको हुँ। बाहरूको असल पक्षको खोजी पनि आमाहरूको पक्षको वकालत हो भन्ने लाग्दछ मलाई।

कवितामा नोस्टाल्जिया पनि छन् बासँगका। यिनै कविताहरू रुचाइएका पनि छन्। बामाथि अझै काम गर्ने मुडमा छु। लेख्दै गर्दा शैली निर्माण भएछ भने राम्रो नै होला। 

तपाई शैक्षिक क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। शैक्षिक प्रणालीमा सुधार गर्ने कुरामा तपाईंको विशेष रूचि र सपना पनि छ। तर, कविताहरू शैक्षिक क्षेत्रमा भने खासै लेखिएको पाइन्न नि? 
मेरो बाँकी जीवन शैक्षिक क्षेत्रमा नै बित्नेछ। मेरो रुचि, सपना, समर्पण अक्षरकर्म नै हो। बालबालिकासँग काम गर्नु हो। र, शैक्षिक प्रणाली बालबालिकाका लागि उपयोगी बनाउनमा लाग्नु नै हो।

कविता लेखन एउटा यस्तो शालीन बागी चेतना हो कि कुनै विषयमा लेख्छु भनेर हुने पनि होइन। शिक्षा क्षेत्रमा भएका तमाम विषयमा कविता लेख्न सकिन्छ। मैले केही प्रयास गरेको पनि छु। नेपाली शैक्षिक कवितामा काम गरिरहेको पनि छु। यद्यपि, कविता शिक्षासँग सिधै नशा जोडिएको कर्म हो। मेरा केही कवितामा उठाइएका शैक्षिक क्षेत्रसँग सम्बद्ध विषय नियाल्नुभयो भने मेरो शैक्षिक काव्यचेत भनुभूत गर्न पनि सक्नुहुनेछ।

शिक्षासँग सम्बन्धित विषयमा म बढी शैक्षिक निबन्धमा खुल्न सक्छुजस्तो लाग्छ र लेखिरहेको छु।

तपाई स्वयम् प्रकाशक पनि हुनुहुन्छ। बजारमा प्रकाशक र लेखकबीच रोयल्टीबारे सधैं मनमुटाब भइरहन्छ।  प्रकाशक लेखक दुवै भएर हेर्दा प्रकाशकहरूबीच तपाईंको धारणा के छ? 
मलाई समयले प्रकाशक पनि बनाइदियो। म आफूलाई प्रकाशक हुँ भन्ने भावनाले जित्न सकेको नै छैन। म प्रकाशक हुँदा पनि लेखककै पक्षमा हुन्छु। प्रकाशकले आफूलाई नाफाखोर, छली व्यापारी नबनाओस् भन्ने जहिल्यै मेरो कामना रहन्छ। लेखक र प्रकाशक एकअर्काका परिपुरक हुन्। एकले अर्काको अस्तित्वका लागि मेहनत गर्नुपर्छ। इमानदार बन्नुपर्छ। 

तपाईंको कवितामाथि टिप्पणी गर्ने वक्ता वा समीक्षकले प्रशंसा मात्रै धेरै गरेजस्तो लाग्छ। कविता क्षेत्रमा अलग पहिचान नरेन्द्रको कविताले बनाउँछ भनेर एक समीक्षकले सार्वजनिक रूपमै भनेका पनि छन्। के वक्ताहरू कविताको कमजोर पक्षबारे बोल्न डराएका हुन् त? 
म को नै हुँ र मसँग डराउनुपर्ने? मेरा कविताका कमजोर पक्षबारे बोल्न नै डराउनुपर्ने अवस्थामा वक्ता र समीक्षक हुनुहुन्न। यसमा तपाईं ढुक्क हुनुभए हुन्छ। 

मेरा कवितामा जे पाउनुभयो त्यही कुरा नै वक्ता र समीक्षकले अभिव्यक्त गर्नुभएको पाउँछु। त्यसो त सन्नाटाको लयभित्रका कविता सबैलाई उछिन्ने गरी नयाँ ढंगमा लेखिएका यो समयका उत्कृष्ट कविताहरू हुन् भन्ने जसरी बढाइचढाइ पनि त गरिएको छैन नि। 

बाल साहित्यमा पनि तपाईंको विशेष रूचि छ। बाल उदय मासिक बाल पत्रिका प्रकाशन गरिरहनुभएको छ। बाल साहित्यको अवस्था नेपालमा कठिन नै छ। यस्तो अवस्थामा चुनौती त धेरै होलान् नि? 
बाल उदय मासिक बालपत्रिकालाई बालबालिकामाझ कसरी नजिक लैजाने भन्ने सन्दर्भमा भएको कुराकानीमा एक जना सरकारी अधिकारीले के भन्नुभयो भने, ‘संसारमा यति धेरै अप्सन छन्। पैसा नै कमाउने हो भने पनि। तपाईंलाई तीतो लाग्नसक्ला तर किन तपाईंले यही क्षेत्र नै रोज्नुभयो?’

मैले जवाफमा भनेँ, ‘तपाईंको प्रश्न मेरा लागि एकदम उत्साह जगाउने खालको छ। प्रश्नका लागि धन्यवाद। तपाईंको प्रश्नको उत्तर नै यही बाल उदय हो।’

माथिको कुराबाट चुनौती आँकलन गर्न सकिन्छ। बालबालिकाका विषयमा जिम्मेवार अधिकारी र अभिभावक पाउन नसक्नु भयङ्कर खतरनाक चुनौती हो। 

कवितामा तपाईं हल्ला गर्नुहुन्न। मौन रहेरै कविताकर्ममा लागिरहनुहुन्छ। कतिपय कविहरू कविता लेख्नुभन्दा बढी कुण्ठा पोखिरहेका हुन्छन्। एउटा कवि मौन रहेरै कविता लेख्नुको फाइदा के रहेछ? 
कविता लेखन हल्ला गर्ने कर्म नै होइन। कविता पाठकसम्म पुग्यो भने बाँकी काम कविताले नै गर्ने हो। कविता पाठकसम्म पुग्नका लागि केही मेहनत कवि स्वयम् र प्रकाशकले गर्ने हो, त्यो हल्ला हुनेछैन। त्यो पनि आफैंमा कविताकर्म नै हो।

कवि एउटा मौन शक्ति हो, ऊ कवितामा विस्फोट हुन्छ। यसर्थ, मौन रहेर कविता लेख्नुको फाइदा पनि कविता नै हो। 

कवितामा आफूले बाँचेको समयलाई टिप्न सजिलो छ? त्यसरी टिप्दा प्राय: कुण्ठा वा समाचार बनिदिने जोखिम बढी हुन्छ भनेर भन्छन् नि? 
आफू बाँचेको समय नजिकबाट अनुभूत गर्न पाइन्छ। त्यत्ति हो। नत्र त समयलाई अक्षरमा कुँद्ने काम कम्ति कठिन छैन।

अनुभूतिलाई कलात्मक रुपमा अक्षरमा अभिव्यक्त गर्दा समाचार बन्नबाट जोगाउने कर्म भने कवि स्वयम्‌ले गर्नुपर्ने हुन्छ। मनलाग्दी लेख्ने हो भने त जुन समयको कुरा लेखे पनि कविता नबन्ने खतरा ज्यूँदै हुन्छ नि। 

दोस्रो सङ्ग्रहबारे कतिको सोच्नुभएको छ? 
यतिखेर सन्नाटाको लयमा कविताबद्ध भएका छन् अक्षरहरू। अक्षरकर्म गरिरहँदा अर्को किताब प्रकाशन हुने नै छ। कविताकै किताब पनि आउनेछ। यसका लागि लामै अवधि लाग्न पनि सक्छ।

अन्त्यमा??
धन्यवाद !

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्