complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एनआरएनए निर्वाचन : प्रतिस्पर्धीको उम्मेदवारी फिर्ता गराउन ‘खुल्लमखुला मोलमोलाई’

64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  १६:१४
1140x725

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन चलिरहेको काठमाडौंको होटल हयात परिसर रमिता स्थल बनेको छ।

विश्वभरबाट आएका एनआरएनए प्रतिनिधिहरुले भरिएको बौद्धस्थित हयात होटलमा पछिल्लो ३ दिनयता अनेक उपद्रो देख्न पाइएको छ। दलको राजीनितिबाट टाढा रहेको संस्था भनि अर्थ्याइए पनि संघ राजनीतिमा चुर्लुम्म डुबेको छ। मतदान स्थलमा भेटिएका प्रतिनिधिहरु अब निर्वाचनको मतपत्रमा संघका उम्मेदवारको स्थानमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चुनाव चिन्ह राख्न मात्रै बाँकी रहेको बताउँछन्। ८० देशका २ हजार ५ सय ५६ प्रतिनिधिमध्ये अधिकांश दल निकटबाट छानिएर आएका छन्।

बुधबार सकिने निर्वाचन कार्यतालिका उम्मेदवारमा राजनीतिक दल र तिनका विचार हाबी हुँदा एक दिन घर्किएको छ। प्रविधिले साथ नदिएको बताइए पनि एक दिन पर सार्नुमा भित्री अन्तर्य अर्कै रहेको एक समूहको आरोप छ। बुधबार ५ बजेदेखि सुरु गर्ने मतदान कार्यतालिका फर्जी प्रतिनिधिको विवादले तीन घन्टा पछि धकेलिएको थियो। तर, घन्टौं लाममा बसे पनि मतदाताहरु मतदान गर्न भने वन्चित हुनुपरेको थियो।

बुधबार बेलुका मतदानका लागि सुरक्षा जाँच गरी पेटिकासम्म पुगेका एक सय बढी प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गराएर पनि फिर्ता गरियो। 'सीप, प्रविधि, शिक्षा र अनुशासन सिकेर आएका'हरुबाट प्राप्त ज्ञानको सदुपयोग भएकाे देखिएन। विद्युतीय मतदान गराउन पूर्व तयारी नगरेको वर्तमान कार्यसमिति ‘निकम्मा’ कार्यसमितिका रुपमा दर्ज भएको प्रतिनिधिहरुकै आवाजमै सुनियो। प्रविधि सिकेका एनआरएनएलाई प्रविधिले नै धोका दिएपछि नेतृत्व चुन्न अन्ततः कागजी मतदानकै सहारा लिनुपरेको छ।

पाँचतारे होटलमा संघका प्रतिनिधिहरुले गरेको नाराबाजी र धकेला-धकेल सुरक्षाकर्मीको संख्या बढाउनु परेको थियो। कतिपय प्रतिनिधिले ‘एनआरएनए भंग गर्न’ माग गर्दै नाराबाजी गरे। 'ढिलासुस्ती मुर्दावाद', 'विधान मिच्न पाइँदैन' जस्ता नाराले होटल परिसर तरगिंत भएको थियो।

नेपालीमा प्रचलित एक उखान छ- 'रात रहे अग्राख पलाउँछ' र यसपटकको एनआरएनको सम्मेलनमा भयो पनि त्यस्तै। बुधबार निर्वाचन हुन नसकेपछि उम्मेदवारी फिर्ताका लागि रकमको मोलमोलाई खुल्लमखुला भइरहेको स्पष्टरुपमा देख्न पाइयो। केही प्रत्यासीले उम्मेदवारी फिर्ता लिएर आर्थिकको जोहो राम्रै गरेको चर्चा मतदान केन्द्रमा छ्यापछ्यापती सुन्न पाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

पदाधिकारीमा उम्मेदवारी दिएका एक व्यक्तिका बारेमा प्रतिनिधिले भने, ‘प्रतिस्पर्धीसँग २२ लाख रुपैयाँ मागे। उनले १५ लाख रुपैयाँ दिन राजी भएका थिए।’

अर्को रोचक पक्ष पनि एनआरएनए विश्व सम्मेलनमा देख्न पाइयो। त्यो हो विधानविपरीत मतदान। विधानतः २ वर्ष बढी समय कार्यरत रहेपछि सम्बन्धित देशको संघले सदस्यता दिएको हुन्छ। प्रतिनिधि छानिएको र मतदाता सूचीमा नाम हुने गैरआवासीय सदस्यताको कार्ड हुनैपर्छ। तर, गैरआवासीय कार्ड नभएकाले पनि मतदान गर्नलाई यसपटक छुट दिइयो।

गैरआवासीय नेपाली संघको सदस्यता प्राप्त गरी नेपाल फर्केको तीन महिना नकटेको व्यक्तिलाई पनि मतदानको अधिकार रहन्छ। तर, नेपाल फर्केको वर्ष दिन कटेका प्रतिनिधिले समेत मतदान गरेको देखियो। स्वच्छ छवि भएका तथा विधानअनुसार चलेका प्रतिनिधिले गुनासो गरे, ‘पैसाको खेल छ, जित्नका लागि विधानलाई कुल्चेका छन्, मत पाउने भए जुनसुकै हर्कत गर्न पनि पछि हट्दैनन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विश्व सम्मेलन एक दिन लम्बिएसँगै प्यानलका नाममा हेरफरसमेत भएको छ। कोषाध्यक्षमा कुमार पन्तको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका महेश श्रेष्ठ अन्तिम समयमा कुल आचार्यको प्यानलमा सोही पदका लागि उम्मेदवार बने। बुधबार कुल आचार्यको प्यानलमा सचिवको सूचीमा देखिएका आरके शर्माको नाम बिहीबार भने उक्त प्यानलबाट हटाइएको छ। उक्त समूहबाट सचिवमै प्रत्याशी रहेका विनयी अधिकारीलाई पनि हटाइएको छ।

सचिवमा आचार्य समूहमा अभिमानसिंह बस्नेत र गौरीराज जोशीलाई ल्याइएको छ। युवा संयोजकमा सुदीप यज्ञ बहादुर कार्कीको स्थानमा हिमाल गुरुङलाई स्थान दिइएको छ। महिला संयोजक पनि हेरफेर गरिएको छ। प्रमिला बस्नेतको स्थानमा आचार्यको प्यानलले झुमा लिम्बुलाई अघि सारेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्