• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
चीन र नेपालको ‘रणनीतिक साझेदारी’ विकास र समृद्धिका लागि हो : राजन भट्टराई [अन्तवार्ता]
64x64
नेपाल लाइभ बुधबार, असोज २९, २०७६  २०:०८
1140x725

काठमाडौं- लामो समयदेखि नेपालमा हुन नसकेको चिनियाँ राष्टपतिको भ्रमण रेडर्क तोड्दै सी चिनफिङ नेपाल आएर गए। सीको दुई दिने नेपाल बसाइले निकै चर्चा समेत पायो। भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता नेपालका हकमा ‘गेम चेन्जर’ समेत भएको टिप्पणी भइरहेका छन्। के राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा ऐतिहासिक आयाम थपेको हो? दुई देशबीच भएका सम्झौता साँच्चै नेपालका लागि ‘गेम चेन्जर’ नै बन्लान्? यिनै प्रश्नको जवाफ खोज्न नेपाल लाइभका रामकुमार डिसीले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईसँग गरेको संवाद:

दुई दशकपछि  नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रपतिको भ्रमण कस्तो रह्यो? सरकारको मूल्यांकन के छ?  
यो भ्रमण ऐतिहासिक रह्यो। हरेक कोणबाट हेर्दा पनि तपाईं यो भ्रमणमा सफलता मात्रै प्राप्त गर्नुहुन्छ। यसलाई खासगरी नेपालको राष्ट्रिय हितका पक्षबाट हेर्दा पनि, नेपाल अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने कोणबाट हेर्नुभयो भने पनि, द्विपक्षीय सम्बन्धलाई अगाडि बढाएर लैजाने कोणबाट हेर्नुभयो भने पनि, चिनियाँ नेतृत्व र चिनियाँ जनताले नेपाललाई हेर्ने कोणबाट पनि यो भ्रमण सफल भएको छ। नेपाली जनताले जुन खालको सद्भाव र आतिथ्यता उदारतापूर्वक प्रकट गरे, ती सबै कोणबाट हेर्दा यो भ्रमण अत्यन्त सफल भएको छ। 

चिनियाँ राष्ट्रपतिबाट २३ वर्षसम्म पनि नेपाल भ्रमण भएन भन्ने एक खालको गुनासो नेपालमा गरिन्थ्यो। अब त्यो चाँहि तोडियो हैन त? 
हो, लामो ग्याप रहेको थियो। हामी यताबाट जाने तर उताबाट नआउने भइरहेको अवस्थामा यो भ्रमण भयो। र, आजको चिनियाँ राष्ट्रपति २३ वर्षअघिको राष्ट्रपति भन्दा नितान्त पृथक हो। अहिले चीन विश्व शक्तिमान राष्ट्रको रुपमा प्रतिष्पर्धा गरिरहेको छ र निकट भविष्यमा संसारकै पहिलो शक्तिशाली राष्ट्र बन्न गइरहेको छ। त्यस्तो मुलुकको राष्ट्रपतिको भ्रमण हुने कुरा आफैंमा महत्वपूर्ण र ऐतिहासिक कुरा थियो। 

त्यो भ्रमणका क्रममा जुन किसिमका समझदारीहरू भए, चीन र नेपालको विदेश नीतिका लागि यो नयाँ फड्को हो। उचाई हो। जसका माध्यमबाट हामी दुरगामी किसिमका निर्णय गर्न सफल भएका छौं। 

खासगरी हाम्रो दक्षिणतिर मात्रै सम्पर्क, सम्बन्ध, सडक सञ्जाल जोडिएको स्थितिमा  यी कुरा उत्तरतर्फ पनि गर्नका लागि ठोस निर्णय गरेर अघि बढेका छौं। सडकको तुरुन्तै स्तरोन्नति गरेर १२ महिना चल्ने सडकका रुपमा विकास गर्न गइरहेका छौं। त्यसपछि हामी एउटा, दुईटा मात्रै होइन करिब चार÷पाँच वटा सडकहरू पाइपलाइनमा रहेका छन्, तिनीहरू निर्माण सम्पन्न भइसक्दा नेपालको सम्पर्क र सम्बन्धले अर्को मोड लिनेछ। 

रेलबाट हामी दक्षिणसँग सम्पर्क, सम्बन्धमा थियौं। अब काठमाडौंमा दक्षिणतिरको रेल पनि र उत्तरतर्फको रेल पनि ल्याएर हामी जोडिन खोजिरहेका छौं। यो एक किसिमले ऐतिहासिक फड्को हुनेछ। 

उत्तर र दक्षिणतिरबाट सडक र रेलबाट जोड्ने आयोजना हाम्रा लागि एक किसिमले ‘गेम चेन्जर प्रोजेक्ट’ हुन्। त्यसबेलाको नेपालको कल्पना गर्नुभयो भने आजको जस्तो नेपाल हुनेछैन। हरेक हिसाबले हामी आजभन्दा गतिशील, आज भन्दा माथिल्लो तहमा आर्थिक विकासका हिसाबले, सम्पन्नताका हिसाबले, हाम्रो अन्तर्राष्ट्रिय इमेजका हिसाबले, अन्तर्राष्ट्रिय सम्पर्क विस्तार, पर्यटनको आगमन, कृषिको रुपान्तरण आदिको हिसाबले पुग्छौं भन्ने हामीलाई विश्वास छ। 

Ncell 2
Ncell 2

नेपाल-चीन सिमापार रेल र केरुङ-काठमाडौं सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्यन गर्ने समझदारी पनि भएको छ। लगानीको मोडेल के हुन्छ? 
लगानीको तहमा हामी पुगेकै छैनौं अहिले। लगानीको तहमा हामी किन पुगेका छैनौं भने सम्भाव्यता अध्ययनको प्रतिवेदन आइसकेपछि त्यसको वास्तविक खर्च आउँछ। यति खर्च हुने भयो भन्ने थाहा भएपछि त्यसलाई कुन-कुन मोडालीटिका लागि कुराकानी गर्ने भन्ने कुरा त्यतिखेर छलफल गरेर निर्धारण गर्ने कुरा हो।

त्यसमा आफूले पनि केही राख्न सक्ने अवस्था बन्छ भने नेपालले लगानी गर्ने हो। उदारणका लागि ५०० अर्ब नेपाली रुपैयाँ लाग्ने भयो भने र आयोजनाको अवधि ६/७ वर्ष हुने भयो भने ७ वर्षमा ५ सय अर्बमा १ सय अर्ब लगानी गर्न सक्छ कि त? किन नसक्ने? १५ सय अर्ब हाम्रो वार्षिक बजेट हुन्छ भने १५ वर्ष कुनै एउटा आयोजनाका लागि नेपालले किन छुट्याउन सक्दैन? वास्ताविक खर्च आइसकेपछि मात्रै कुन किसिमको आर्थिक मोडल भन्ने छलफल सुरु हुन्छ। रिर्पोट नै नआइकन आज यसो गर्नुहुन्छ, उसो गर्नुहुँदैन भनेर बोल्नु अलि अपरिपक्व बोलाइ हुन्छ।  

यी सम्झौताहरु कसरी अगाडि बढ्छन्? कति समय लाग्छ? 
चाँडो भन्दा चाँडो अब आयोजना सम्पन्न गर्ने त्यो क्षमता अब हामीले वृद्धि गर्नुपर्छ। हाम्रो क्षमतामा रास आएको छ। हिजो हामी जुन खालको राजनीतिक अवस्थामा गयौं, अत्यन्त द्वन्द्वग्रस्त, संक्रणकालीन, अस्थीर राजनीतिका कारणले हाम्रो राज्यको डेलीभरी गर्ने ‘मेकानिजम’ पनि कमजोर भए। तिनीहरुको प्रभावकारिता कमजोर भयो। कार्यक्षमता कमजोर भयो। त्यो कार्यक्षमताको सुधार पनि हामीले गर्दै जानुपर्छ र त्यो सुधार अब हामी विकासमा जाँदा अनिवार्य पक्ष हो। 

अब हाम्रो छिमेकीहरुसँग सँगसँगै साझेदारी गरेर अगाडि जान्छौं हामी भन्छौं भने हामीले उनीहरुको तहको क्षमताको प्रदर्शन गर्नुपर्छ। त्यो क्षमता विकास गरेर हामी जानुपर्छ भन्ने नै कुरा हो। यी कुराहरुका विषयमा हिजो हामी के थियौं भन्ने आधारबाट मात्रै खोजियो भने हामी भोलिको गणतब्यमा पुग्न सक्दैनौं। हामी आजको आवश्यकता र आजको अवस्थामाथि उभिएर हाम्रा जहाँ जहाँ कमजोरी रहेका छन् तीनलाई क्रमिक रुपमा सुधार गरेर जाने  सबैभन्दा प्रगतिशील सोच हो। र, त्यो दृष्टिकोणका साथ अगाडि जानुपर्छ।  

shivam cement

shivam cement

आजको युगमा हामी प्रतिष्पर्धी हुन सकेनौं भने, आजको युगमा समयमै काम सम्पन्न नगर्ने कुरा हाम्रो विगत थियो। हामी यस्तै हो भनेर पर्खेर बस्दाखेरी हामीले अरुसित साझेदारी गरेर अरु सरह विकासको बाटोमा जान्छौं भन्ने जुन आकांक्षा राखेका छौं, सपना देखेका छौं त्यो सपना पुरा हुन सक्दैन। 

नेपाल र चीन अब ‘रणनीतिक साझेदार’ बन्ने भनिएको छ। यसको अर्थ के हो? रणनीतिक साझेदारी के मा हो? 
चीन र नेपालबीच रणनीतिक साझेदारी विकास र समृद्धिका लागि हो। विकास र समृद्धिका लागि हामी चीनसँग रणनीतिक साझेदारी गरेर जान चाहान्छौं किनभने हाम्रो सम्बन्धको दायरा फराकिलो छ। सम्बन्धका आयामहरु फराकिला भएका छन्। सम्बन्धले अझ उचाई ग्रहण गरेसँगै हाम्रा सम्बन्धका बारेमा प्रयोग गर्ने ‘टर्मिनोलजी’हरुमा पनि फरकपन आउँछ। त्यही फरकपन अनुसार हाम्रो फोकस के विकास, हाम्रो फोकस के समृद्धि? हामी कुनै पनि मुलुकसित विकास र समृद्धि अगाडि बढाएर लैजान्छौं। र, त्यो विकास र समृद्धि अगाडि बढाउनका लागि चीनसँग साझेदारी गर्न चाहान्छौं भनेका हौं। 

हाम्रो विदेशनीतिका आधारभुत कुराहरु असंलग्नता, पारस्पारिक हित र समानताको सिद्धान्त, हाम्रो भूभाग कुनै पनि मुलुकका विरुद्धमा प्रयोग हुन नदिने कुरा छ। अरु मित्र राष्ट्रहरुको संवेदनशील कुरालाई ध्यान दिएर जाने भन्ने कुरा छन्। यसमा हामी दायाँ बायाँ भएका छैनौं र हुँदा पनि हुँदैनौं। 

चीन जस्तो मुलुक जसले विकासमा अभुतपूर्व चमत्कार गरेको छ। करिब ८० करोड चिनियाँ  जनतालाई विगत ४० वर्षको बीचमा गरिबीको रेखामाथि ल्याएर आएको छ। संसारभार आज उसको व्यापार र लगानीबाट संसारका थुप्रै मुलुकले फाइदा लिइरहेका छन्। त्यो फाइदा लिने अवस्थामा हामी छिमेकमा रहेर पनि पछाडि परेका छौं। अब हामीले त्यो अवसर प्राप्त गरेका छौं। त्यो अवसरलाई उपयोग गरेर अगाडि जानका लागि हामीले भनेका छौं, हामी रणनीतिक साझेदार बन्न चाहन्छौं विकास र समृद्धिका लागि। 

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले ५६ अर्ब सहयोगको घोषणा गर्नुभयो भन्ने कुरा आयो। तर, संयुक्त विज्ञप्तिमा भने त्यो उल्लेख गरिएन। त्यो रकम कसरी प्राप्त हुन् अनि कसरी खर्च हुन्छ? 
संयुक्त विज्ञप्तिम द्विपक्षीय रुपमा भएका कतिपय कुराहरु समावेश नभएको हुन सक्छ। तर त्यसको अर्थ उहाँहरुले बोलेको कुरा गर्नुहुन्न भन्न्ने होइन। उहाँले भेटघाटको क्रममा पनि भन्नु भएको छ र पछि प्रधानमन्त्री ज्यूसँगको भेटघाटमा पनि बताउनु भएको छ। यसमा आशंका गर्नुपर्ने अवस्था छैन। 

उसो भए त्यो रकम नेपाललाई प्राप्त हुन्छ?
यो उहाँहरुले दिनुभएको अनुदान सहयोग हो। यसलाई तीन वर्षकाबीचमा दिन अनुदान सहयोगका रुपमा बुझौं। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउनु भएको थियो। त्यहाँ नेपालमा शंकाको नजरमा हेरिने टु प्लस वान (चीन—भार र नेपाल) मोडलमा छलफल भएछ। यसलाई तपाईंले कसरी हेर्नु भएको छ? 
उहाँले भारतमा गएर अनौपचारिक छलफल गरेर म नेपालमा राजकीय भ्रमणमा  जाँदै छु भनेर आउनु भयो त्यो सकारात्मक कुरा हो। एउटा छिमेकीको भ्रमण सकेर हाम्रोमा आउने कुरालाई अन्यथा लिनु पनि हुँदैन। 

नेपालका बारेमा हाम्रा नजिकका छिमेकीहरूका बीचमा एउटा समान धारणा बनाउनु यो क्षेत्रीय शान्तिका लागि, द्विपक्षीय सम्बन्धलाई अझ गहिराइमा पु¥याउनका लागि, क्षेत्रीय स्थायित्वका लागि  र यो क्षेत्रमा समग्र विकासका लागि सकरात्मक कुरा हो। 

लिपुलेकबारे नेपाललाई सोध्दै नसोधी निर्णय लिने चीन र भारतले जोड दिएको ‘टु प्लस वान’ मोडल नेपालका लागि खतरा रहेको टिप्पणी पनि सुनिन्छ नि? 
मलाई त्यस्तो लाग्दैन्। पहिलो, कुरा हामीले के आत्मविश्वास राख्नुपर्छ भने हामी स्वतन्त्र, सार्वभौसत्तासम्पन्न मुलुक हौं। हाम्रो जनसंख्या, भुगोलको हिसावले हामी सानो हैनौं। हामी एउटा मध्यमस्तरका ४२/४३औं  जनसंख्या र भूगोलका हिसाबाले ९२/९३ औं स्थानमा रहेको मुलुक हौं। 

आफूलाई हिनताबोध राखेर, अर्काले राम्रो गर्दाखेरी, उनीहरुका बीचमा समझदारी बन्दाखेरी त्यसप्रति नकरात्मक टिप्पणी गरेर नकरात्मकतामा रमाउनुपर्ने कुनै कुरा म त्यसमा देख्दिनँ। कतिपय विवादित विषयहरु आए भने हामीले टेबुलमा छलफल गरेर त्यसलाई टुंग्याउनुपर्छ दुवै मुलुकसँग। हामीले के बुझ्नुपर्छ भने एउटा स्वतन्त्र, सर्वाभौम सत्तासम्पन्न मुलुकका हिसाव हाम्रो भारतसँगको सम्बन्ध पनि स्वतन्त्र हुन्छ।

त्यस्तै चीनसँगको सम्बन्धको विषय पनि हाम्रो स्वतन्त्रताको विषय हो।  यि दुई वटा विषयलाई अनावश्यक ढंगले जोडेर, यसो गर्छन् कि उसो गर्छन कि भनेर आशंकामा मात्रै रमाउने कुरामा हामी जानु हुँदैन्। यद्यपी हामी त्यस्तो हुन खोजेका कुराहरु छन् भने हामी तिनलाई उनीहरुसँग प्रत्यक्ष रुपमा टेबुलमा कुराकानी गरेर तीनको निदानमा जानुपर्छ। 

हामीले भर्खरै ठूलो देशको शक्तिशाली नेतालाई सफलतापूर्वक स्वागत गरेको कुराले अन्य देशका राष्ट्र र सरकार प्रमुखलाई पनि निम्त्याउन कत्तिको सजिलो हुन्छ? 
संसारकै अत्यन्त शक्तिशाली मुलुकको शक्तिशाली नेताको अत्यन्तै संवेदनशील पक्ष सुरक्षाको थियो। हामीले त्यसलाई अत्यन्त सफलतापूर्वक र  राम्रो वातावरणमा भ्रमण सफल बनाउन व्यवस्थापन गर्‍यौं। यसले अत्यन्त राम्रो सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा गएको छ, नेपालको। यसलाई हामीले जोगाएर राख्नुपर्छ। यो बीचमा अन्य देशका राष्ट्र र सरकार प्रमुखले भ्रमण गर्ने कुरा यो सरकार बनेपछि धेरै हिसाबले अगाडि बढेको छ। थुप्रै देशका राष्ट्रध्यक्ष र सरकारप्रमुखले नेपालको भ्रमण गर्नु भएको छ। 

संसारका विभिन्न मुलुकसँगको सम्बन्धको दायरालाई फराकिलो बनाउन सफल भएका छौं। द्विपक्षीय सम्बन्धलाई माथि उठाएका छौं। अन्तर्राष्ट्रिय फोरमहरू चाहे त्यो डाओस फोरम होस्, त्यहाँ हामी  पहिलो पटक निमन्त्रित भएका छौं। हामीले विम्स्टेक सम्मेलन पनि सफलतापूर्वक सम्पन्न गरेका छौं। यी सबै कुरालाई नेपालको छविलाई माथि उठाउनका लागि भूमिका खेलेको छ। यसले वर्तमान सरकार सही बाटोमा छ। परिणामहरु पनि ठीक ठीक आइरहेका छन्। राष्ट्रिय रुपमा पनि हामी सहि परिणमा लिएर हामी अगाडि बढी रहेका छौं। अन्तर्राष्ट्रिय रुपमा पनि त्यही किसिमको हामीले ‘रेस्पोन्स’ पाइरहेका छौं। 

भनेपछि दशक लामो युद्ध र  दशक लामो संक्रमणले गुमेको नेपालको कूटनीतिक साखलाई पुनः प्राप्त गर्न प्रयास गर्दै छौं? 
हामी त्यो साखलाई ‘रि जेन’ गर्न खोजि रहेका छौं। ‘रि गेन’ मात्रै होइन त्यो भन्दा माथिल्लो हाइटबाट अगाडि जान खोजि रहेका छौं। र, त्यस तर्फ हामीले सफलता पनि हासिल गरेका छौं। 

मन्त्री हेरफेरको हल्ला पनि चलिरहेको छ। प्रधानमन्त्रीले क्याविनेट परिवर्तनको तयारीमा लाग्नु भएको हो? 
विभिन्न कोणबाट प्रधानमन्त्री ज्यूलाई सुझाव आइरहेको छ। उहाँले त्यसलाई अत्यन्त गम्भिर रुपमा लिनु भएको छ। प्रधानमन्त्रीको अधिकारको कुरा कुनै पनि बेला क्याविनेटमा हेरफेर हुन सक्छ। त्यसमा प्रधानमन्त्रीले केही पनि भन्नु भएको छैन। उहाँले यसबारेमा हामीले व्यक्तिगत रुपमा केही पनि भन्न मिल्दैन। 

सिंगापुरमा स्वास्थ परीक्षणपछि सरकारका कामम गम्भीर ढंगले समीक्षा गर्नुपर्छ भन्ने निचोडमा प्रधानमन्त्री पुग्नु भएको हो? 
पछिल्लो कालमा प्रधानमन्त्रीले बढी नै सक्रियता देखाउनु भएको छ। उहाँ धेरै हिसाबले अगाडि बढी रहनु भएको छ। त्यसको सकारात्मक परिणाम एक पछि अर्को हिसाबले आइरहेका छन्। 

सरकारलाई नै अप्ठ्यारो पार्ने गरी अब पार्टीभित्र कुनै समस्या छ कि छैन? 
समस्याको रुपमा तपाईंले चित्रण गर्नु खोज्नु भएको समस्या नेकपामा छैन। तर, म के भन्छु भने ठूलो पार्टीमा मान्छेलाई लागेका कुराहरु फरक फरक रुपमा आउन सक्छन्  । एउटा लोकतान्त्रिक पार्टीमा यो स्वभाविक हो। तर, सरकारलाई नै अप्ठ्यारोमा पार्ने खालको गम्भीर समस्या नेकपामा छैन, त्यो हुन पनि सक्दैन। कार्यकर्तादेखि लिएर सिंगो नेतृत्व एकताबद्ध पार्टीलाई अगाडि बढाएर नेपाल बनाउने इतिहासले दिएको जिम्मेवारी पुरा गर्नमै सिंगो पार्टी पत्तिंm लागेको छ। 

धेरैले यो सरकारको प्रदर्शन विदेश मामिलामा सन्तोषजनक भए पनि घरेलु मामिलामा राम्रो देखिएन भनेर टिप्पणी गरिरहेका  छन्। बाँकी अवधिमा सरकारले त्यसस्ता टिप्पणीलई मत्थर पार्ने गरी काम गर्न सक्छ? 
पहिलो त यो टिप्पणी नै जायज होइन्। तथ्यमा आधारित भएर हेर्नु भयो भने हामीले नयाँ नयाँ आयोजना अगाडि बढाएका छौं। फास्ट ट्रयाक्कको कुरो, त्यसले गति पकडेको छ। कार्तिक ४ गते प्रधानमन्त्रीले नाकढुंगा सुरुङ मार्गको उद्घाटन गर्दै हुनुहुन्छ। पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउनका लागि पुरै क्षेत्रमा टेन्डर आह्वानको काम धमाधम भइरहेको छ। बुटल—नारायणगढ, काँकरभिट्टा-नरुवा, सप्तरी-पर्सा, पर्सा-चीतवन, बुटवल-कोहलपुर, कोलपुर-कञ्चनपुरका सडकहरु ४ लेनमा जानका लागि टेन्टर आह्वान भइरहेको छ। अब केही समयपछि त्यो काम सुरु हुन्छ। 

हुलाकी राजमार्गको कामले हिजो भन्दा आज गति लिइरहेको छ। काठमाडौँदेखि मुग्लिनसम्मको सडक विस्तारका लागि छलफल अन्तिम चरणमा पुगेको छ। त्यस्तै रक्सोलदेखि काठमाडौंसम्मको रेलको काम भारतले अघि बढाइरहेको छ। हामी अब काठमाडौंबाट १२ महिना चल्ने सडक अरुणिको राजर्मागलाई स्तरोन्नति गरेर बनाउने काम सुरु गर्दैछौं। 

त्यस्तै विद्युतको क्षेत्रमा बुढी गण्डकीको कामलाई अघि बढाएका छौं। अरुण तेस्रोेले गति लिएको छ। माथिल्लो तामा कोसीमा भूकम्पले केही ढिला भए पनि अहिले त्यसमा तीव्रता दिइएको छ। अरु साना जलविद्युत आयोजनाले पनि गति लिइरहेका छन्। 

पर्यटनका क्षेत्रमा हामी नयाँ फड्को मार्न गइहेका छौं २०२० मा। संसारमा अहिले सबैभन्दा धेरै पर्यटक पठाउने चीन हो। त्यही देशका राष्ट्रपति अहिले घुमेर आएर जानु भएको छ।  उहाँले नेपालमा धेरै भन्दा धेरै पर्यटन ल्याउन हामी मद्दत गर्छौं भनेर उहाँले सार्वजनिक रुपमै भन्नुभएको छ। यसले पर्यटन क्षेत्रमा नयाँ किसिमको उभार ल्याउँछ। 

अर्को कृषिलाई आधुनिकीकरण गर्ने कुरामा भारत र चीनसँग केही समझदारी गरेर अगाडि बढ्ने तयारी गरिहरहेका छौं। 

द्विपक्षीय व्यापारमा हामीले दुईटा छिमेकीको बजार धेरै भन्दा धेरै अगाडि बढाएर जानका निम्ति हाम्रो उत्पादन क्षमता वृद्धि गर्दै र सँगसँगै बजारको सम्भाव्यता अध्यन गरेर तीनलाई प्राप्त गर्नलाई हामीले सघन वार्ता र छलफल हामीले अगाडि बढाइ रहेका छौं। 

लगानीका लागि हामीले दुईटै मुलुक र अन्य मित्रराष्ट्रहरुबाट पनि हामीले लगानीका लागि वातावरण बनाइ रहेका छौं। यसरी चौतर्फी रुपमा हामीले निर्माण, बिकास र विस्तारको काम जसरी अगाडि बढाइरहेका छौं यो कुरालाई पट्क्कै नदेख्नु राम्रो होइन्। अनि ७.१ प्रतिश आर्थिक वृद्धिदर यसमै उभिएर त प्राप्त गर्दै छौं। नत्र यो वृद्धिदर कसरी प्राप्त हुन्छ? 

त्यसैले अन्तर्राष्ट्रिय क्षेत्रमा मात्रै होइन घरेलु हिसाले हामले गरिरहेको सकरात्मक कामको प्रभाव अन्तर्राष्ट्रिय रुपमा पनि परिरहेको छ। त्यो प्रभावका कारणले हामीप्रतिको चासो पनि बढी रहेको छ। जे नेपाली जनताको चाहना हो। यो आन्दोलनपछि जुन राजनीतिक स्थायित्व प्राप्त हुन्छ र जीवन देखिने किसिमको परिवर्तन होस् भन्ने नेपाली जनताको चाहना हो। त्यो पूरा गर्ने तर्फ सरकार दृढतापूर्वक लागेको छ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
अछाम पुगेका प्रचण्डले गरे सहकार्यका लागि भीम रावललाई आग्रह
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु शनिबार, जेठ ३, २०८२
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट शनिबार, जेठ ३, २०८२
अछाम पुगेका प्रचण्डले गरे सहकार्यका लागि भीम रावललाई आग्रह शनिबार, जेठ ३, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
तीनपटक सत्तामा पुर्‍याउने कुनै कांग्रेस एमाले होइनन्, जनता हुन् : प्रचण्ड शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्