काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक अनसन बस्दै आएका डा गोविन्द केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ परेका छन्।
मंगलबार साँझ उनलाइ महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले पक्राउ गरेको छ।
थापामाथि भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोप छ।
कालोमोसो दलेपछि फरार रहेका थापा मंगलबार महाराजगंज क्षेत्रबाट पक्राउ परेको वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिएका छन्।
गत पुसमा २५ देखि इलाम पुगेर अनसन बेसका डा केसीविरूद्ध थापा पुस २६ गतेबाट इलाम नै पुगेर अनसन बसेका थिए।
उनले पनि इलाम चोक बजारको लाकुरी चौतारामा अनसन बसेका थिए।
सम्बन्धित समाचार
डा केसीका 'काउन्टर अनसनकारी' थापा पेस्तोलसहित पक्राउ परेका अभियुक्त
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।