काठमाडौं–चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भूमि व्यवस्था,सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।
गृह मन्त्रालयले सीको सम्मानका लागि आइतबार बिदा दिनुपर्ने प्रस्ताव मन्त्री परिषदमा लगेको थियो।
चिनका राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । हाल भारत भ्रमणमा रहेका उनी त्यहाँबाट नेपाल आउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।