buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महरा मनोवाद 

64x64
नेपाल लाइभ बुधबार, असोज २२, २०७६  १२:१३
1140x725

म कृष्णबहादुर महरा । मेरो स्थायी घर रोल्पा। हाल दाङबाट प्रतिनिधिसभामा विजयी भएर काठमाडौं आएको छु । केही दिनपहिले मलाई एकजना महिलाले यौन दुव्र्यवहारको अरोप लगाएर प्रहरीमा उजुरी गरेपछि सभामुखबाट राजीनामा दिएर आज सिंहदरबारको हिरासतमा छु। म बिरामी पनि छु। त्यति ठूलो भव्य सभामुख निवासबाट यहाँ आउनुपर्ला र हिरासतको बसाइ होला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। मेरो जीवनमा एक प्रकारको बज्रपात परेको छ। 

सोच्दै जादा अर्काे पाटो पनि त छ । मलाई अचम्म लागेको छ । मान्छेहरु सोचिरहेका छन् कि यसको त सारा जिन्दगी डुब्यो, पद गयो, इज्जत गयो, भए जतिको सबै गयो। केही बाकी रहेन । गल्ती त सानो गरेको थियो  त्यति ठूलो मान्छेले त्यति सानो गल्ती गर्नु हुन्थेन। मैले पनि सुरुको ४ दिन जति त यही नै सोचें, जुन मान्छेहरुले मेराबारेमा सोचे। अहिले भने यहींनिर झनै अचम्मित छु, गल्तीचाहिं सानो, अनि सानो गल्तीको कारण मेरो सारा डुब्नुपर्ने? सानो गल्ती हो भने त सजाय पनि सानै हुन्छ होला नि। कहिलेकाहिँ सानोतिनो गल्तीमा माफी पनि हुन्छ। क्या समाज छ है । सानो गल्तीको लागि पनि भयंकर ठूलो सजाय दिनको लागि सिंगो समाज तत्पर भएर बसेको छ। त्यसकारण यो समाज सानो गल्तीमा पनि ठूलो सजाय दिन चाहन्छ। सायद जनयुद्धमा पनि हामीले सानो गल्ती गरेकाहरुलाई ठूलो सजाय दियौं कि? समाजले त्यो नभुलेको पनि त हुन सक्छ। हामीले जनयुद्धमा के–के गरेका थियौं भनेर मेरो दिमाग फनफनी घुमिरहेको छ । ओहो ! हामीले साना गल्तीहरुमा सामान्य जनतालाई धेरै ठूला सजाय दिएका थियौं। 

साँच्चै भन्ने हो भने मेरो जिन्दगीको अर्काेपाटो पनि त थियो । तिनीहरुलाई थाहै छैन कि मेरो के थियो र डुब्यो? म जनयुद्धमा मारिएको भए त सहिद हुन्थें । सहिद नभएको कारणले सांसद जितें, पटक–पटक मन्त्री भएँ । अहिले सभामुख थिएँ र त मान्छेहरु डुब्यो भनिरहेका छन् । कतिपयले मान्छेले त म नभइकन संसद् नै रोकिन्छ जस्तो, सृष्टि नै रोकिन्छ जस्तो गरेर बुझिरहेका छन् । यो समाजमा कति छोटो बुद्धि भएका मान्छेहरु छन् हगि। म निर्दाेष ठहरिएँ भने त मेरो प्रधानमन्त्री हुने योग्यता बाँकी नै छ। अभियोग लाग्यो भन्दैमा मेरा शत्रुहरु यति विधि किन सल्बलाएका होलान्? के कानून तिनीहरुको मात्रै हो? कानून मेरो हुँदै होइन? यदि कानून मेरो पनि हो भने निर्दाेष सावित हुने कुरामा म ढुक्क छु। तर मान्छेहरु यही अभियोगका कारण मलाई जेलमा सडाउने षड्यन्त्रमा लागिरहेका छन्।

मोहनविक्रमले जलजलालाई प्रेम गरेका रहेछन्। जुन खुला रुपमा आज उनले लेखिरहेका छन्। वास्तवमा विवाह भए पनि प्रेम कति महान् हुँदोरहेछ भनेर मोहनविक्रमले खुला र सार्वजनिक रुपमै व्यक्त गरेका छन्। उनले त उपन्यास नै लेख्दैछन् भन्ने सुन्छु । सायद त्यो उपन्यास नेपाली साहित्यको इतिहासमै महत्वपूर्ण सावित हुनेछ। मैले मोहनविक्रमले जस्तै उपन्यास लेखुँ भने लेख्ने त्यति ढंग पनि छैन। 

यो नेपाली समाज किन यस्तो छ खै। यति लामो समयसम्म पनि हामीले परिवर्तन गर्न सकेनछौं। कि त मान्छेलाई भगवान चाहिएको छ, कि त राक्षस चाहिएको छ। यहाँ मान्छे कोही कसैलाई चाहिएकै छैन। मान्छेका त कमजोरी हुन्छन्। कसैका के कमजोरी हुन्छन्, कसैका के कमजोरी हुन्छन्। आज ६० वर्षको समय गुज्रिंदै जाँदा परिस्थितिले मेरो कमजोरी यौन भएजस्तो देखायो। वास्तमा यो मेरो कमजोरी हो कि होइन भन्ने कुरामा बडो सोचमग्न बनेको छु । विप्लबले मलाई खुला चिठी लेखेर यो तपाईंको दोष नभई यो प्रतिक्रियावादी सत्ताको दोष हो भनेका छन्। सायद उनी सैद्धान्तिक रुपमा सही छन्। हिजो हामीले पनि त्यही नै भनेका हौं। 

यौनलाई मान्छेले अत्यन्तै संकुचित अर्थमा सदियौंदेखि लिंदै आएका छन्। यौन प्राकृतिक उपहार हो। मान्छेहरु यसरी प्रस्तुत भइरहेका छन् कि तिनीहरु यौन सम्बन्ध नै कायम गर्दैनन्। मैले मात्रै यौन सम्बन्ध राख्छु। अरु सारा मान्छेलाई त यौन चाहिएकै छैन। तिनीहरु मेरा कुरा काटेरै यौन सन्तुष्टि प्राप्त गर्दछन् । तिनीहरु यौनसम्बन्धबाट जन्मिएकै होइनन्। यस्तै यौनका कुरा काटेका कारण जन्मिएका हुन् । आज मलाई यस्तो लागिरहेको छ कि अब समाजमा यौनसम्बन्धी धारणा फेर्नुपर्दछ। यौनसम्बन्धी धारणा फेर्न नसकेकाले, अथवा यौनलाई माक्र्सवादी दर्शनअनुसार बुझाउन नसकेकाले नै समाजमा यौनसम्बन्धी गलत धारणाहरु व्याप्त छन् र त्यसैकारणले समाजमा यौन हिंसा बढाएको छ । बलात्कार भइरहेका छन् । विप्लबले भनेजस्तै यो राज्यसत्ताकै दोष हो। 

मलाई हाँस उठ्छ । यौनको मामिलामा अहिलेका मान्छेहरु भन्दा त ढुंगेयुगका मान्छेहरु बरु चेतनशील थिए । उनीहरुलाई यौनको मतलबै थिएन । यौन उनीहरुको प्राकृतिक आवश्यकता थियो । २१औं शताब्दीका मान्छेहरुको यौन चेतना ढुंगे युगका मान्छेको भन्दा पनि गएगुज्रेको छ भने यो मेरो समस्या होइन, समाजको समस्या हो । तिनीहरुको चेतनाको समस्या हो। म यौनकै कारण जन्मिएको हुँ। मेरा छोराहरु यौनकै कारण जन्मिएका हुन्। मेरो यो उमेरसम्म मैले यौनलाई नितान्त निजी र सामान्य कुरा मान्दै आएँ। जुन मेरो दर्शनको सिद्धान्त पनि हो। मैले कुनै अपराध गरेको थिइनँ। तर, परिस्थितिले यस्तो देखायो कि मैले यौन अपराध गरें।

अहिले मान्छेलाई आकाश खसेजस्तो लागेको छ। पाताल भासिएजस्तो लागेको छ। तर न आकाश खसेको छ, न पाताल भासिएको छ। म पनि यही समाजको उत्पादन हुँ। म आकाशबाट आएको त होइन। म भगवान पनि होइन। झनै भगवानका थुप्रै गल्ती भएको पढ्न पाइन्छ। एउटा परिस्थितिमा चुनाव लडेर जितें। सभामुख भएँ। कुरा त्यत्ति हो। नत्र म रोल्पामा पढाउने एउटा साधारण शिक्षक न हुँ। म साधारण मान्छे भएका कारणले कैयौं गल्ती हुन सक्छन्। तर, सभामुख भनेको ठूलो मान्छे हो, प्रधानमन्त्री, मन्त्री भनेको ठूलठूला मान्छे हुन् भन्ने कुरा जनतामा स्थापित गर्नको लागि हामीले नै ठूलो भूमिका खेलेछौं क्यारे। जब म सभामुख भएँ। म जनताबाट टाढिंदै गएँ। म जनताबाट टाढिंदै गएको कारणले नै त यसरी फस्न पुगेको होइन? गाउँबस्तीमा जनताको झुपडीमा बस्ने बेलासम्म त यस्तो भएको थिएन। कुनै कुरामा गम्भीर भुल भएको छ भने जनताको झुपडी विर्सनुमा गम्भीर भुल भएको छ। प्रचण्डले नै जनताको झुपडी भुलेपछि मैले मात्रै सम्झेर कामै थिएन। म काठमाडौं आएको करिब १५ वर्ष भयो। अब त जनताका झुपडीहरु कस्ता थिए होलान् भनेर धेरै सम्झना पनि छैनन्। झुपडीलाई झुल्दाको परिणाम हो कि झैं लाग्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

म बडो बाध्यतामा परिरहेको आभास भएको छ । मैले सत्य बताउँ भने समाजले झुटो हो भनिदिन्छ। मैले झुटो बताउँ भने समाजले सत्य हो भनिदिन्छ । अब मैले झुटो बताउँ कि सत्य बताउँ। के मैले यो परिस्थिति आउन नदिनको लागि रोक्न सक्थें? हो, रोक्न त सक्थें। म एउटा सभामुखजस्तो मान्छे सामान्य कर्मचारीको कोठामा नगएको भए त सकिइहाल्थ्यो नि। म यत्ति पनि गर्नै नसक्ने भएर गलिसकेको रहेछु। जनताबाट टाढा हुँदै गएको परिणाम यही थियो। जनताबाट टाढा नभएको भए म त्यो कोठामा किन जान्थें र? यति सोच्दा–सोच्दै मेरा आँखाबाट आँसु आए। आज म यसरी आँसु खसाल्ने अवस्थामा किन पुगें? आज मैले जुन कारणले आँसु खसाल्न पुगेको छु, जनताले अन्य धेरै कारणले सदियौं देखि आँसु खसालिरहेका छन्। जनताका आँसुको मोल बुझ्न नकसेपछि नै आज मेरा आँखाबाट आँसु खसे  म सोचमग्न छु। म भक्कानिएको छु। 

मैले अहिले गरेको भनिएको गल्ती सधैं यही रुपमा रहने छ त? अहँ रहने छैन । अहिले ६० वर्षका मान्छेहरु २० वर्षपछि मर्नेछन्। त्यसपछि तिनीहरुले मेरो कुरा काट्दैनन्। अहिले ५० वर्षका मान्छेहरुले १० वर्षपछि त यो घटनालाई पूरै विर्सनेछन्। अहिले १४ वर्ष मुनिकालाई यो घटना थाहै छैन। १४ देखि २० वर्षकालाई मेरो त्यति मतलब छैन। किनभने उनीहरु आफ्नै प्रेमको खोजीमा छन्। आफ्नै प्रेमको खोजीमा भएकाहरुलाई मेरो बारेमा मतलब हुने कुरा भएन। समाजमा एउटा ठूलो तप्का छ, जो घरबाट पर्याप्त माया नपाएको कारणले बाहिरी प्रेममा परेको छ। तर, कानूनी बाध्यता, समाजको कमजोर चेतनास्तरको कारण भन्न पनि भएको छैन। तिनीहरुले मलाई निश्चय पनि त्यति नराम्रो सोचेका छैनन्। आफ्नै बाउआमा र आफन्त मरेको त मान्छेले भुल्छ भने यो घटनालाई केही महिनापछि मान्छेले पूरै भुल्नेछ। के मान्छेलाई जिन्दगीभर मेरो कुरा काट्ने समय हुनेछ? अहँ त्यस्तो हुनेछैन। किनभने समाजमा सबैका आफ्ना आफ्नै काम छन् । अहिले दसैंको फुर्सद भएका कारणले सारा मान्छेहरुले मेरो कुरा काटेर बसिरहेका छन्। तिनीहरु मेरो कुरा काटेर बसेका छन् त त्यसमा मेरो के दोष रह्यो  ? पत्रकार बबिता बस्नेतले सम्बन्धहीन सम्बन्धहरु भन्ने कथामा भनेकै छिन्, सम्बन्धहरु ममतामयी र रमाइला मात्रै छैनन्, त्यत्तिकै जोखिमपूर्ण पनि छन् भनेर। सायद यो सम्बन्धलाई समयले जोखिमपूर्ण बनाइदियो। यो सम्बन्ध त्यति जोखिमपूर्ण सम्बन्ध थिएन। षड्यन्त्रहरुको जालमा परेपछि सोच्दै नसोचेको परिणाम आयो। 

यो समय यत्तिकै रहँदैन । करिब ५० वर्षपछि भनिनेछ, एउटी महिलालाई प्रयोग गरेर सभामुखलाई किन ढालियो होला? कति कमजोर चेतना भएका मान्छेहरुले शासन चलाएका रहेछन्। जाबो पुरुष र महिलाबीचको सम्बन्ध भएकै कारणले सभामुखबाट हात धुनुपर्ने? त्यतिबेलाका सभामुखले किन हात धुनुपरेको होला। आज पनि त मान्छेहरुले सम्बन्ध विच्छेद गरेकै छन्। दुईतीन पटक विहे गरेकै छन् । मान्छेको व्यक्तिगत सम्बन्धमा कोही कसैलाई चासो नै छैन त।

यो समय यत्तिकै रहँदैन । करिब ५० वर्षपछि भनिनेछ, एउटी महिलालाई प्रयोग गरेर सभामुखलाई किन ढालियो होला? कति कमजोर चेतना भएका मान्छेहरुले शासन चलाएका रहेछन्। जाबो पुरुष र महिलाबीचको सम्बन्ध भएकै कारणले सभामुखबाट हात धुनुपर्ने? त्यतिबेलाका सभामुखले किन हात धुनुपरेको होला। आज पनि त मान्छेहरुले सम्बन्ध विच्छेद गरेकै छन्। दुईतीन पटक विहे गरेकै छन् । मान्छेको व्यक्तिगत सम्बन्धमा कोही कसैलाई चासो नै छैन त। त्यतिबेलाको समय कति गएजुग्रेको रहेछ है। अझै तिनीहरु त कम्युनिष्ट थिए रे। तिनीहरुकै घोषणापत्रमा पुरुष र महिलाको सम्बन्ध आपसी सहमतिमा हुन्छ भनेर लेखिएकै छ । कठै आफ्नै घोषणापत्रमा भएको सम्बन्ध राख्दा पनि हिरासतमा जानु परेको रैछ? कति कमजोर सोचाइ भएको समय रहेछ त्यो । मेरो पनाति पुस्ताले सायद त्यही भन्नेछ। 

आज भन्दा ठीक १ सय ९९ वर्ष पहिले जन्मिएका एंगेल्स विहे  नगरीकनै एउटी महिलासँग आफ्नो प्रेमपूर्ण समय बिताए। त्यतिबेलाको त्यो समाजले कुनै प्रश्न गरेन। जब कि त्यस्तो सम्बन्धलाई अहिले हाम्रो समाजले अपराधको रुपमा लिन्छ। स्वनाम साथीले पनि विहे नगरीकनै आफ्नो प्रेमपूर्ण जीवन विताइरहेका थिए। तर, समाजको बाध्यताको कारणले उनीहरुले विहे नर्गुपर्‍यो। 

हामीले एंगेल्सलाई आदर्शको रुपमा मान्छौं । के हामीले एंगेल्सलाई उनले विहे नगरीकनै प्रेमिकासँग बसेका कारणले आदर्श मानेका हौं? निश्चय पनि होइन । उनको विचार र सिद्धान्तका कारण आदर्श मानेका हौं । मैले पनि त नेपाली जनताको मुक्तिको लागि यति ठूलो योगदान गरेको छु । के मेरो योगदानको यो समाजले अब कुनै कदर नै गर्दैन? यदि त्यस्तो हो भने यो समाजलाई परिवर्तन गर्नको लागि अझै धेरै समय लाग्नेछ । यस्तो समाजमा मान्छेले सुख प्राप्त गर्दैनन्। केवल दुःख प्राप्त गर्दछन्। 

अहिले मलाई नेकपा (मसाल)को पाँचौं महाधिवेशनको झलझली याद आइरहेको छ। सायद यसरी महिलालाई प्रयोग गरेर, यौन चरित्रमाथि प्रश्न उठाएर शक्तिशाली पुरुषलाई ढाल्ने काम हामीबाटै सुरु भयो । जतिबेला म पाँचौं महाधिवेशनको प्रतिनिधि थिएँ, त्यतिबेलाका महामन्त्री मोहनविक्रम सिंहलाई यौन विचलनको आरोपमा महाधिवेशनको हलबाटै गलहत्याइएको थियो। मैले नै उनलाई गलहत्याउनुपर्छ भनेर जोडजोडले महाधिवेशनमा चिच्याएको थिएँ। हामीले बहुमत नै पु¥याएर यौन विचलनको आरोपमा मोहनविक्रमलाई महाधिवेशनबाट गलहत्यायौं। त्यतिबेला पनि कुनै प्रमाण त थिएन नि। आज कस्तो विडम्बना भयो खै, त्यही यौन विचलनको आरोपमा म सभामुखबाटै गलहत्याइएँ। मैले जुन कुरामा मोहनविक्रम सिंहलाई गलहत्याउने काम गरें, आज म त्यही कारण गलहत्याइएँ। भनेपछि समस्या मोहनविक्रममा होइन रहेछ, समस्या त मसँग पो रहेछ । समस्या त यो समाजसँग र हाम्रो पार्टीमा रहेछ। 

मोहनविक्रमले जलजलालाई प्रेम गरेका रहेछन्। जुन खुला रुपमा आज उनले लेखिरहेका छन्। वास्तवमा विवाह भए पनि प्रेम कति महान् हुँदोरहेछ भनेर मोहनविक्रमले खुला र सार्वजनिक रुपमै व्यक्त गरेका छन्। उनले त उपन्यास नै लेख्दैछन् भन्ने सुन्छु । सायद त्यो उपन्यास नेपाली साहित्यको इतिहासमै महत्वपूर्ण सावित हुनेछ। मैले मोहनविक्रमले जस्तै उपन्यास लेखुँ भने लेख्ने त्यति ढंग पनि छैन। 

अहिले मलाई नेकपा (मसाल)को पाँचौं महाधिवेशनको झलझली याद आइरहेको छ। सायद यसरी महिलालाई प्रयोग गरेर, यौन चरित्रमाथि प्रश्न उठाएर शक्तिशाली पुरुषलाई ढाल्ने काम हामीबाटै सुरु भयो । जतिबेला म पाँचौं महाधिवेशनको प्रतिनिधि थिएँ, त्यतिबेलाका महामन्त्री मोहनविक्रम सिंहलाई यौन विचलनको आरोपमा महाधिवेशनको हलबाटै गलहत्याइएको थियो। मैले नै उनलाई गलहत्याउनुपर्छ भनेर जोडजोडले महाधिवेशनमा चिच्याएको थिएँ।

 

यदि दुर्गा पौडेलले मोहनविक्रम सिंहलाई यस्तै यौन हिंसाको आरोप लगाएको भए आज मोहनविक्रम र दुर्गा पौडेलको हालत के हुन्थ्यो होला? तर, दुर्गाले त्यसो कहिल्यै गरिनन्। किनभने दुर्गाले मोहनविक्रमलाई अगाध प्रेम गरिन्। आफ्नो यौवन समाजले बूढो भनेका व्यक्तिलाई अर्पण गरिन्। उनीहरु दुवैको प्रेमका कारण आज उनीहरु समाजका स्थापित व्यक्तित्व बनेका छन्। प्रेमका कारण कोही पनि ढल्नुपर्दैन रहेछ। मोहनविक्रमलाई त्यो कुरा थाहा रहेछ। मोहनविक्रमले विहे गर्दा यो समाजले छि–छि र दुर–दुर गरेको थियो । तर, उनी कत्ति पनि विचलित थिएनन्। हाम्रै अध्यक्ष प्रचण्डले हाम्रा कार्यकर्ताको बीचमा मोहनविक्रमलाई तरुनी डुलाउँदै हिंड्ने भनेर प्रशिक्षण दिएका थिए। छि, त्यो कति घीनलाग्दो प्रशिक्षण रहेछ । आज इतिहासले प्रमाणित गरिदिएको छ कि मोहनविक्रम नेता मात्रै रहेनछन्, साँच्चिकै महान् प्रेमी रहेछन्। 

आज मेरो मनमा धेरै कुरा उठेको छ । एउटी विवाहित, पढेलेखेकी, सरकारी जागिरे, ठूलठूला छोराछोरीकी आमाले मसँग किन नजिक भइन् होला, सम्बन्ध राख्न खोजिन् होला? के दोष मेरो मात्रै थियो। तर, यो चेतनाहीन समाजले आज मलाई मात्रै दोषी देखिरहेको छ। द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने मेरै पार्टीका नेताहरुले मलाई नै पूरापूर दोष दिइरहेका छन्। तिनीहरुले कस्तो द्वन्द्वात्मक भौतिकवाद पढेका रहेछन्, जसले आज मलाई मात्रै दोष दिइरहेका छन्। 

आज म सभामुख थिएँ र रोशनीले मलाई ढालिन्। तर, यदि म रोशनीको भान्से हुन्थें भने उनले मलाई यसरी ढाल्थिन् त? यो पद भन्ने कुरा समाजले न सिर्जना गरेको हो। यदि म रोशनीको भान्से हुन्थें भने कुनै पनि अवस्थामा हिरासतमा हुन्थें भन्ने मलाई लाग्दैन। उनले मेरो पदमाथि बार्गेनिङ गरिन्। उनलाई किनेर मलाई पदमाथि बार्गेनिङ गर्न लगाइयो । क्या गज्जब छ है समाज। क्या गएगुज्रेको राजनीति। यस्तो राजनीतिले समाजलाई कहाँ पुर्‍याउने होला? 

रोशनी, तिम्रो श्रीमानलाई त्यतिका वर्ष मैले मेरै सचिवालयमा राखेर काम गराएँ। तिम्रा आर्थिक आवश्यकताहरु पूरा गरिदिएँ। तिम्रो परिवारको भरथेग गरें। तिमी बिरामी हुँदा उपचार गरें। यदि मैले उपचार नगरेको भए तिमी उहिल्यै मर्न सक्थ्यौ। जब तिमीले आत्महत्या गर्ने प्रयास गरेकी थियौ, सारा समाजले तिम्रो तिरस्कार गरेको थियो। तर मैले उपचार गरेर तिमीलाई बचाएँ। तिमीहरुलाई सबै कुरा म एक्लैले पूरा गरिदिन त कहाँ सक्थें र? जे सक्थें, त्यो पूरा गरिदिएकै थिएँ। तर, तिमी यस्ती भइसक्यौ कि तिम्रो आवश्यकता पूरा गर्ने मेरो सामथ्र्य सकिइसकेको थियो। जब तिम्रो आवश्यकता पूरा गर्ने मेरो सामथ्र्य सकियो, तिमी कांग्रेसको हातमा पुग्यौ। तिमी कांग्रेसका हातमा पुगेपछि पनि मैले तिमीलाई पूरापूर विश्वास गरिरहें। यतिका वर्षसम्म मैले विश्वास गरेकी तिमीले कांग्रेसीहरुसँग नजिक भएकै कारणले मलाई गल्र्याम्मै ढाल्नेछौ भन्ने मैले कल्पना पनि गर्न सकिनँ। त्यसरी मैले त्यो परिबन्दबाट फुत्किने सरल उपाय खोजी गर्न सकिनँ। यो चाहिं मेरो ठूलो भूल सावित भयो। 

 

मैले अझै धेरैलाई प्रेम गर्न सक्छु। मैले प्रेम गरेरै सयौं कार्यकर्ता उत्पादन गरेको हुँ। मैले सयौं कार्यकर्ता र हजारौं जनतालाई माया गर्न सकेकै कारणले रुकुम र रोल्पालाई माओवादीमय बनाउन सकें। मलाई कोही कसैप्रति पनि घृणा जाग्दैन। यो जाबो समाज यस्तै हो। यसको चेतनास्तर जस्तो छ, यसले त्यस्तै व्यवहार गर्छ। समाजमा जुन प्रकारका हिंसा हुन्छन्, ती सारा यही समाजले बाध्य बनाएका कारण न हो। मैले बोकेको दर्शन साम्यवादमा त कुनै पनि प्रकारको हिंसा हुँदैन । मैले त अहिले पनि साम्यवादको कल्पना गरेको छु । म आफूलाई साम्यवादी व्यवहारमा ढाल्न चाहन्छु। 
अहिले नेपालका पत्रकारहरु खुबै आदर्श पात्र ठानिएका छन् । केही समयपहिले पत्रकार विनु सुवेदीले यौन हिंसा भएको एउटा लामो लेख लेखेकी थिइन्। ती यौन हिंसा गर्नेमध्ये धेरै त दाइ (सम्पादक)हरु नै थिए । यदि तिनीहरु आफ्नी श्रीमतीबाट सन्तुष्ट छन् भने किन पत्रिकामा काम गर्ने महिलाहरुमाथि गिद्दे नजर लगाउँछन् त? मैले सुनेको छु, पत्रकारितामा त झनै आफ्नी प्रेमिका नहुजेलसम्म कुनै पनि सम्पादकले महिलाले लेखेका समाचारहरु प्रथम पृष्ठमा छापिदिंदैनन् रे । प्रेमिका बनाएपछि मात्रै बल्ल महिला पत्रकारहरुका समाचार छापिने गर्दछन् । पत्रकारितामा पनि कति धेरै विकृति छन्। ती विकृति पनि विप्लबले भनेजस्तै पुँजीवादका विकृति हुन्। 

विनु सुवेदीले भनेजस्तै महिला पत्रकारहरुले प्रहरीमा जाहेरी दिने हो भने धेरै सम्पादकहरुको हालत मेरो जस्तै हुने थियो । धन्न सम्पादकहरु जोगिएका छन्। कुनै पनि सम्बन्ध हिंसा हो कि प्रेम हो भन्ने कुरा परिणाममा गएर हेर्नुपर्छ। कुनै एक पक्षले आरोप लगाउँदैमा छुट्याउन सकिदैन। तर विनु सुवेदीले जाहेरी दिने हो भने सम्बन्ध कस्तो रहेछ भनेर आज यो हिरासतबाट हेर्न मन लागेको छ। 

विनु सुवेदीले भनेजस्तै महिला पत्रकारहरुले प्रहरीमा जाहेरी दिने हो भने धेरै सम्पादकहरुको हालत मेरो जस्तै हुने थियो । धन्न सम्पादकहरु जोगिएका छन्। कुनै पनि सम्बन्ध हिंसा हो कि प्रेम हो भन्ने कुरा परिणाममा गएर हेर्नुपर्छ। कुनै एक पक्षले आरोप लगाउँदैमा छुट्याउन सकिदैन। तर विनु सुवेदीले जाहेरी दिने हो भने सम्बन्ध कस्तो रहेछ भनेर आज यो हिरासतबाट हेर्न मन लागेको छ। 

म साम्यवादी विचार बोकेको मान्छे हुँ । म पद, पैसा, शक्तिको लागि लडेको थिइन । जनताको मुक्तिको लागि लडेको थिएँ । लड्दालड्दै पद, पैसा र शक्ति यी सबै कुरा प्राप्त भए। त्यसपछि मैले गाउँलाई, मजदुरलाई, किसानलाई, गरिबहरुलाई विर्सिएँ। 

मान्छेले मलाई के सोचेका होलान्? एक छिन सभामुख, सांसद्, नेकपाको नेता भन्ने मेरो पदलाई विर्सिदिने हो भने त म गाउँको सोझो मान्छे न हुँ । सुरुमा रोशनीसँग मेरो पारिवारिक सम्बन्ध थियो । धेरै पटक खटपट पनि भयो । झगडा पनि भयो । यो स्थितिमा पुगियो । त्यो अवस्थामा प्रहरीलाई खबर पनि ग¥यौ भने पनि प्रहरीले हामी दुवै पक्षलाई बोलाउँथ्यो । यसो हप्काएर सम्झाइ बुझाइ गरेर पठाउँथ्यो । म साधारण नागरिक भएको भए त त्यही हुन्थ्यो । म सभामुख भएको कारणले सिंगो देश तरंगित भयो । म यसरी हिरासतमा आउनुपर्‍यो। 

वास्तवमा जब सत्ताको नजिक पुगें, मलाई पद, पैसा, शक्ति सबैथोक चाहियो। यदि मैले त्यसरी पैसा नकमाएको भए पनि यो समाजले आज मेरो यो सानो गल्तीलाई यति ठूलो रुपमा लिदैन थियो कि। फेरि पद, पैसा, सत्ता, शक्ति यो सबै कुरा यही समाजले सिर्जना गरेका कुरा हुन्। आफैले सिर्जना गरेको जालोमा मान्छे आफै फसिरहेको छ । फरक यत्ति हो कि म अलिक फरक तरिकाले फसें। मैले जनताको मुक्तिको लागि हिडेको थिएँ। तर पद, पैसा र शक्तिमा डुबुल्की मारें। जनतालाई धोका दिएँ। सायद जनतालाई धोका दिएकै कारण आज मेरो यो हालत भयो। मोहन वैद्य र विप्लबले जनतालाई धोका नदिएका हुनाले उनीहरु आज पनि गरिबको लागि राजनीति गरिरहेका छन्। तर, म सुख, सुविधा र मोजमस्तीतिर लागें । सायद म मेरो आदर्शबाट चुकें । म भ्रष्टाचार गर्न तिर लागें । मैले भ्रष्टाचार नगरेको भए यतिका पैसा मसँग कसरी जम्मा हुन्थ्यो र ? वास्तवमा मैले भ्रष्टाचार त गरेकै छु नि । मैले मात्रै होइन, सयौं नेताहरुरुले भ्रष्टाचार गरेका छन् । म पनि त्यहीं मिसिएको छु । मैले पाउनुपर्ने सजाय त भ्रष्टाचारको कारण हो। तर, जाबो यौनको सजाय पाएँ। 

एक मनले यसो सोच्छु कि अब मेरो लुकाउनुपर्ने कुरा केही छैन, २०४७ सालदेखि आजसम्मको जेजस्तो सम्बन्ध हो। त्यो खुलस्त भनिदिउँ कि भन्ने लाग्छ । सायद त्यसो गरेको भए पनि हुने रहेछ।

 

मलाई यो आरोप लगाएपछि धेरै मान्छेहरु खुशी भएको पत्रपत्रिकामा पढें । अनि लाग्यो, थुइक्क तिमीहरुको चेतना । आरोप लाग्दैमा तिमीहरु खुशी हुन्छौ भने म जेल नै गएँ भने त तिमीहरुले खसी काटेर भोज गर्छाै होला । अरु कोही ढलेपछि मात्रै तिमीहरुको प्रगति हुन्छ भन्ने ठानेका छौ भने तिमीहरु जत्तिको गएगुज्रेको अरु कोही हुनै सक्दैन । आफ्नो क्षमताले अगाडि बढ । सिनो कुरेझैं पदलाई कुरेर बसेकाहरु पनि कम्युनिष्ट हुन्छन् ? तिमीहरुको नजरमा आज म सिनो भएको छु। तिमीहरुले सिनोमाथि राजनीति गरिरहेका छौं। यसरी सिनामाथि राजनीति गर्न बन्द गर। 

एक मनले यसो सोच्छु कि अब मेरो लुकाउनुपर्ने कुरा केही छैन, २०४७ सालदेखि आजसम्मको जेजस्तो सम्बन्ध हो। त्यो खुलस्त भनिदिउँ कि भन्ने लाग्छ । सायद त्यसो गरेको भए पनि हुने रहेछ। आज समाजका कोहीले मलाई बलात्कारी भनेका छन्, कोहीले त्यो महिलाले फसाइ भनेका छन्। कोहीले त्यति ठूलो सभामुख जस्तो मान्छेले अवैध सम्बन्ध राख्नु हुँदैन भनेका छन्। समाजमा यति धेरै कुरा आइसकेपछि कानूनअनुसार हुने छानविन पनि हुँदै जान्थ्यो। तर, मैले आजसम्मका सबै उतारचढावहरु एउटा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको भए हुनेरहेछ भनेर सोच्दैछु। किन कि अब मेरो जीवनमा लुकाउनुपर्ने कुरा केही पनि छैन। सायद मैले यो कुरा सार्वजनिक गर्दा पनि त हुन्छ। 

अन्त्यमा, मेरा सयौं कार्यकर्ताहरुलाई अनुरोध छ । मैले तपाईंहरुलाई कुनै नराम्रो गरेको छैन। मैले सबैको भलो चिताएको छु। आज म यो हालतमा पुगेको छु। मैले अपराध गरेको होइन। तर, समाजले भन्ने गरेको सानो गल्तीको कारण मेरो यति लामो समयको त्याग, तपस्या र बलिदान के तपाईंहरुले रोल्पाको खुङ्ग्री नदीमा बगाइदिनुहुन्छ त? निश्चित रुपमा तपाईंहरुले मेरो परिबन्धलाई, मेरो बाध्यतालाई बुझिदिनुहुनेछ । अहिले यो समाजले गल्ती देखे पनि ५० वर्षपछिको समयले मलाई गल्ती देख्ने छैन। किन कि यौन मान्छेको निजी मामिला हो। सामान्य मानवीय गुण हो। हामीले कल्पना गरेको समाजमा कुनै पनि महिलाले कुनै पनि पुरुषलाई यसरी फसाउँदैनन्। 
 

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
कक्षा १२ को नतिजा सार्वजनिक
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली शुक्रबार, असार ५, २०८३
आज हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना शुक्रबार, असार ५, २०८३
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्