• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एनआरएनए विश्व सम्मेलन : चुनाव मुद्दाको बलमा लड्ने कि, प्रायोजित मतदाताको?

64x64
नेपाल लाइभ बिहीबार, असोज १६, २०७६  १४:०९
1140x725

महान चाड बडादसैं नेपालीको घर–आँगनमा आउँदैगर्दा गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन पनि हाम्रो तगारो (गेट) को नजिकै आइपुगेको छ। हरेक २-२ वर्षमा हुने यो कार्यक्रमले विदेशमा बस्ने नेपालीको लागि दसैंभन्दा कम महत्व राख्दैन।

हुने–खानेहरुको लागि दसैं र नहुनेहरुको लागि दशा साबित हुने यो समय, नेपालमा बाटोघाटो सफा गर्ने, घर पोत्ने, रंगरोगन गर्ने, केटाकेटीको लागि नयाँ लुगा किन्ने, बलीको जोहो गर्ने, नयाँ नोट साट्ने, घरभन्दा बाहिर बसेकाहरु घर जान टिकट काट्ने आदि कुरामा ब्यस्त भइरहँदा विदेशमा रहेका गैर-आवासीय नेपाली (एनआरएन) हरुलाई भने दुईदुई वटा दसैंको व्यवस्थापन गर्न कम्ती गाह्रो भइरहेको छैन।

विदेशमा मनग्गे पैसा कमाएपछि अब समाजमा पहिचान चाहियो। यो चाहना आफू बसेको समाजसम्मले भएन, नेपालतिर बसेका आफन्त, नातागोता र विश्वभरि रहेको सिङ्गो नेपाली समुदायसम्म पुग्न पर्यो । यस्तो चाहनालाई मूर्तरुप दिन हामीले सिकेकै छौं, यताउता गर्न र गराउन। अरुका अगाडि जतिसुकै आदर्शका कुरा गरे पनि आखिर पैसाको भरमा शक्ति आर्जन गर्न सबै कुरालाई जायज मान्दै गर्न थाल्यो छक्का-पञ्जा!

बिडम्बना, विदेशतिर व्यवसाय/मजदुरी गरेर जहान परिवार पाल्न जोहो गर्ने हामीहरु उताबाट यताका नेता, शासक, प्रशासकहरुलाई कम्ती सत्तोसराप गर्दैनौं। यसो गर्न नहुने, उसो गर्न नहुने, यो भएन, त्यो भएन, फलाना यस्तो, ढिस्काना उस्तो, मानौं हामी सबै गाईको दूधले धोइएका छौं, उनीहरु सबै खत्तम छन्! तर समाजको लागि केही ‘दिन’ आएका एनआरएनए 'अभियान्ता' हरु र उनीहरुलाई साथ दिने हामीहरुले नेपालतिर सिकाउने मूल्य र नैतिकताको कुरा बिर्सेर कुन काम कति ठीक हो र कुन काम कति बेठिक हो भन्ने बालै नदिई लग्छौ आफ्नै खुद्रे स्वार्थ पूरा गर्न, अनी बनाउँछौ आफ्नै परिभाषा नैतिकता, मूल्य र समाजसेवाको!

२०१५ को विश्व सम्मेलनमा इन्जिनियरिङ पढ्दा चिनजान भएको एक जना भाइ भेट भयो। सोधें, तिमी कहाँ छौ? जवाफ दियो, "के गर्ने दाइ खाडीतिर काम गर्दै छु, १ हप्ताको लागि नेपाल आएको, चुनाव बहाना भयो, परिवार पनि भेट्न हुने!" अनि मैले सोधें, "अनि किन त १ हप्ता मात्रै? दु:ख गरेर कमाएको पैसा खर्च गरेर उति परबाट आइसकेपछि परिवारसँग अलि लामो बस्नेगरी आउनु पर्ने, बिदा मिल्दैन हो?" उसले जवाफ दियो, "हैन दाइ, टिकट काटिदिए, यसो रमाइलो हुन्छ भनेर आको, आफ्नै पैसा खर्च गरेर आ'को भए त कहाँ १ हप्तामा फर्किन्थें र?"

nimb
nimb
Ncell 2
Ncell 2

मलाई उसको कुराको अर्थ लगाउन खसै गाह्रो भएन। ऊ समेत २ जनालाई सोल्टी होटेलको एउटा कोठा समेत बुक भएको रहेछ, २ भोटको लागि। ऊ त एउटा प्रतिनिधि पात्र मात्रै हो, त्यो बेला त्यस्ता अरु कति धेरै 'प्रतिनिधि' थिए होलान्, उनीहरुलाई प्रायोजन गर्नेले जित्यो या जितेन, त्यो कुरा सान्दर्भिक रहेन। अहिले सुनेको छु, 'मतदाता' लिएर जाने खेदुवाहरु पनि हुन्छन् रे, उनीहरुको त झन्  देश छोडेदेखि नफर्कुन्जेलसम्म जिम्मा तिनै समाजसेवी (अभियान्ता) उमेद्वारहरुको हुन्छ रे। त्यसैले त भन्न थालिएको छ; नेपालको चुनावमा गरिने भोज-भत्तेरको लोकल र सितन एनआरएनएको चुनावमा ५ तारे होटेलको बार र रेष्टुरेन्टमा विदेशी रक्सी र स्न्याकमा देखिन थालेको छ। अनि चुनावमा जिम्वाल बा वा मुखियाले भनेको ठाममा आँखा चिम्लिएर स्वस्तिक छाप लगाउने परम्परा आफ्ना प्रायोजकहरुको निर्देशनमा कम्प्युटरको ठिक चिन्हमा परिवर्तन भएको छ। 

नेपाली राजनीतिमा सुनिने गरेको ऊक्ति 'जित्नेको इतिहासमा नाम लेखिन्छ र हार्नेहरु गुमनाम हुन्छन्' भन्ने लागेर मूल्य, मान्यता र नैतिकतालाई धोती लगाइदिएर जसरी पनि जित्नुपर्छ भन्नेले बुझून्, यो उक्ति सधैं लागू हुँदैन र मेरो विचारमा यो उक्ति वाक्य यसरी बन्नुपर्छ, नैतिकता नछोडी जित्नेहरुको इतिहासमा नाम लेखिन्छ र चुनाव हार्नेहरु सबै गुमनाम हुँदैनन्। हिटलरले पनि त लडाईं र चुनाव दुवै जितेकै हुन्, उनको नाम पनि छ तर, नकारात्मक संकेतको रुपमा।

नेपाली प्रसँगमा हाम्रो पुस्ताले भोगेका गणेशमान सिंहले २०४६ पछि चुनाव नलडेर पनि जितिरहे, कृष्णप्रसाद भट्टराईले सबै चुनाव नजित्दा पनि नेपाली मन जितिरहे, किन? एनआरएनएका उम्मेद्वार साथीहरुलाई मेरो प्रश्न; तपाईं मुद्दाको बलमा चुनाव लड्ने हो कि प्रायोजित मतदाताको भरमा? आउनुहोस् बहस गरौं, को कति पानीमा छ र कसको मुद्दामा कति दम छ। नत्र, प्रायोजित मतदाताको भरमा तपाईंहरुले चुनाव त जित्नुहोला तर तपाईंले आफ्नो सन्तानको आँखामा आँखा मिलाएर मैले "आर्जन गरेको यो सामाजिक प्रतिष्ठामा कुनै आनैतिक कुरा (काम) मिसिएको छैन" भन्न सक्नुहुन्छ? के तपाईं आफ्नै सन्तानसँग झुट त बोल्नु भएको छैन? यदि छ भने, भोलि तपाईंको सन्तानले पनि तपाईंसँग यस्तै कुनै झुट बोलेमा के उसलाई तपाईंले "तिमीले मसँग झुट नबोल" भन्ने नैतिक अधिकार रहन्छ?

हामी प्रतिनिधि वा मतदाताहरुले पनि सोच्नु पर्योई र आफैंलाई सोध्नु पर्योन, के म ठिक काम त गर्दैछु? कतै मैले गरेका कुराहरु आनैतिक त छैनन्? के मैले मेरो विवेक फ्लाइट टिकट, ५ तारे होटेलको कोठा र खानपिनको मूल्यमा धरौटी त राखेको छैन? मैले आफैं र मेरो सन्तानमाथि खेलाबाड गरेको छैन? विचार गरौं, हामी एनआरएनएलाई कस्तो बनाउन चाहन्छौं।  

एनआरएनएको साख दिनानुदिन घट्दै जानुमा हामी सबै जिम्मेवार छौं तर हामी सबै इमान्दारीपूर्वक लाग्ने हो भने संस्थालाई विश्वभर रहेका सबै नेपालीको छाता संगठन बनाउन र यसको गरिमा बचाउन सम्भव छ। यसको लागि संगठनभित्र रहेको पैसाको खेल र सिण्डिकेट तोडिनु पर्दछ। हामी सबैले सोच्न जरुरी छ, के ठिक (नैतिक) के बेठिक (अनैतिक) भनेर। यदि हामीले आफ्नो विवेक प्रयोग नगरी उमेद्वारहरुको प्रायोजनकै भरमा भोट हाल्ने र जिताउने हो भने दसैंको बली र हामीमा फरक यत्ति रहन्छ, हामीहरु जहाज चढेर आयौं, उनीहरु गाडी चढेर भित्रिन्छन्।

(काफ्ले एनआरएनए आइसिसी सदस्य हुन्) 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्