• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दसैंले कसरी चलायमान बनाउँछ अर्थतन्त्र?

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  ११:४८
1140x725

जनकपुर- दसैंको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ। दसैंका लागि किनमेल गर्नेहरुको बजारमा भीड बढ्दो छ। टाढाबाट दसैं मनाउन घर आउनेहरु जिल्लामा आउने क्रम जारी छ भने नजिकै कार्यक्षेत्रमा रहेका मानिसहरु पनि प्रायः बिदा मिलाएर दसैं मनाउन घर जाने तयारीमा छन्।

दसैं भन्ने बित्तिकै टीका, जमरा र आशिर्वादका अलावा रमाइलो गर्नु, मिठो खानु र नयाँ कपडा लगाउनुसम्म जोडिएर आउँछ। त्यसमाथि पछिल्ला केही वर्षदेखि यो सूचीमा घुम्न जाने पनि थपिएको छ। जसका कारण पनि दसैंले अर्थतन्त्रलाई चलायमान बनाउने गरेको छ।

मुलतः हिन्दू धर्मालम्बीहरुको पर्व भए पनि सांस्कृतिक एकताको पर्वको रुपमा लिइने दसैंले हालको बजार अर्थतन्त्रलाई प्रचुर मात्रामा टेवा दिँदै आएको छ। नेपालीहरुको सवैभन्दा ठूलो चाड दसैंको समाजिक र सांस्कृतिक मात्र होइन आर्थिक महत्व पनि उत्तिकै छ।

आज मात्रै होइन, पहिले पनि दसैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभ बताउँछन्।

'पहिले-पहिले पनि दसैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो। पहिले दसैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहितका समानको किनमेल गर्ने गर्दछन्, कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ,' उनले भने।

मौसम परिर्वतन हुनेबेला अर्थात जाडो सुरु हुन लागेको यो समयमा न्याना कपडाको बिक्री सुरु हुने गर्दछ।

व्यवसायीहरुका अनुसार दसैंमा करिब १० अर्ब रुपैयाँ बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीहरुको भनाइ छ। जनककपुरमा मात्र हरेक वर्ष दसैंमा २५ हजार खसिबोका खपत हुने तथ्यांक छ।

यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकोले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्‌हरु बताउाछन्। अर्थविद्‌हरुकै शब्दमा भन्ने हो भने दसैंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ। करिब ५ लाख कर्मचारीका लागि ४ अर्ब रुपैयाँभन्दा बढी रकम दसैैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्यांक छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसबाहेक निजी क्षेत्रका संघसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दसैं खर्चवापत बोनस तथा भत्ता दिन्छन्। यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ।

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको छ। पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन्।

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने औषतमा दसैंताका करिब १०/१५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ। यसमा भारतमा काम गर्न गएका नेपालीले दसैंमा घर फर्किँदा लिएर आउने रकम भने जोडिएको छैन। भारतमा हजारौंको संख्यामा नेपालीहरु कार्यरत रहेकोले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ।

दसैंको अवसर भनेको यातायात व्यवसायीका लागि समेत कमाइको प्रमुख समय हो। यो समयमा राजधानी तथा अन्य प्रमुख सहरबाट देशका अन्य क्षेत्रमा जाने सवारीसाधन खाली सवार हुनुपर्ने अवस्था आउँदैन। यसकारण पनि व्यवसायीहरु यो समयमा बसको संख्या समेत थप्ने गर्दछन्।

दसैंको बिदाको अवसर पारेर परिवारसहित घुम्न जाने प्रचलन समेत बढेकोले झनै अर्थतन्त्र चलायनमान हुने गरेको छ।‍ आन्तरिकका अलावा विदेश भ्रमणमा समेत जाने प्रचलन बढेकोले ठूलो मात्रामा नेपाली रकम बाहिरिने गर्छ। यसमा अर्थविद्‌हरुले चिन्तासमेत जाहेर गर्ने गरेका छन्।

अर्थविद्‌हरुका अनुसार दसैं अघिका दुई/तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ।

२०४६ सालपछिको आर्थिक उदारीकरणले मध्यवर्गीय तथा संभ्रान्त परिवारको संख्या बढाउँदै लगेको देखिन्छ। यसकारण पनि दसैंमा प्रत्येक वर्ष खर्च गर्ने प्रवृत्ति तथा मानसिकता बढ्दै गइरहेको पाइन्छ। त्यसमाथि रेमिट्यान्सका कारण पनि उपभोगको संस्कृति मौलाएकाले दसैं मनाउने शैलीमा मात्र होइन, प्रायः सवैजसो चाड मनाउने शैली र खर्चको प्रवित्तिमा आमूल परिवर्तन आएको छ। 

यसरी खर्च गर्ने शैलीमा आएको परिवर्तनले बजार अर्थतन्त्रलाई झन् चलायनमान बनाएको छ। दसैंदेखि छठ पर्वसम्म बजारमा करिब ५ अर्ब रुपैयाँको चलखेल हुने बताइने गरिएकोले पनि दसैंको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ।

खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ। दसैंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने प्रदेश २ का उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराको तर्क छ।

छुट तथा विभिन्न, आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढ्ने उनको भनाइ छ।

त्यसमाथि अर्थविद्‍को भनाइमा दसैं सहरबाट गाँउमा आय वितरण हुने अर्थतन्त्रको एक विशेषतासमेत हो। दसैंको बेलामा सहर तथा विदेशमा रोजगारी तथा व्यवसाय गरेर बसेकाहरु नगद तथा विविध सामाग्री बोकेर गाउँघर जाने हुँदा आर्थिक गतिविधि बढ्ने गरेको समाजशास्त्री निल बहादुर लुम्रेको भनाइ छ।

दसैं र जनकपुर बजारको चहलपहल


यतिखेर प्रदेश २ को राजधानी जनकपुरधाममा दसैंको निकै चहलपहल बढेको छ। दसैंको टीका तथा दिपावली नजिँकिदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ। खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरुमा मानिसहरुको भीड लागेको छ।

चाडपर्वका लागि मानिसहरुले खाद्य सामग्रीदेखि लत्ताकपडासम्म अनिवार्य रूपमा किन्ने गरेका छन्। त्यसैले पनि दसैं नजिकिएसँगै बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढ्ने गरेको छ।

जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा मानिसहरुको भीड देखिन्छ। सवारीसाधनहरुमा पनि मानिसहरुको उत्तिकै चाप छ।

व्यापारीहरूको पनि वर्षभरीको कमाइ हुने समय भनेकै दसैं, तिहार, छठ पर्वजस्ता महान चाडमा नै हो। यो समयमा अन्य समयमा भन्दा दोब्बर/तेब्बर व्यापार हुने गरेको पाइन्छ। व्यापार बढी हुने भएकोले पनि सडकदेखि पसलसम्म किनमेलका लागि भीड लागेको छ। दसैंलाई लक्षित गरेर सञ्चालन गरिएका सस्ता बजारमा पनि मानिसहरूको भीडभाड उल्लेख्य देखिएको छ।

दसैंमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने भन्ने परम्परागत मान्यताले गर्दा पनि यो समयमा बजारमा रौनक छाउने गरेको हो।

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्