• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हाम्रो प्राथमिकता स्वदेशी लगानीकर्ता नै हुन् : वासुदेव घिमिरे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, असोज ७, २०७६  १६:२५
1140x725

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदो असोज ९ गते लगानी सम्मेलन गर्दैछ। यस क्षेत्रका पुराना नगरपालिकाले भन्दा विकास निर्माणसहित अन्य काममा समेत तिलोत्तमाले छोटो समयमा गति लिएको देखिन्छ। तिलोत्तमा लगानी सम्मेलनमा केन्द्रित रही नेपाल लाइभका दीपक घिमिरेले नगर प्रमुख वासुदेव घिमिरेसँग गरेको कुराकानी :

स्थानीय तहमध्येबाट पहिलोपटक तिलोत्तमाले लगानी सम्मेलन गर्दैछ। तयारी के भइरहेको छ?
तयारीको ९० प्रतिशत काम सकियो। स्वेदशी तथा विदेशी लगानीकर्ता, विकास साझेदारहरूलाई पत्राचार गर्ने काम भइसक्यो। सम्मेलन उद्घाटनका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आउने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीलाई पनि बोलाएका छौं। संघिय सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्च पदस्थ कर्मचारी, गैरआवासीय नेपाली, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि आउँछन्। करिब २ सय ५० जना स्वदेशी तथा विदेशी उद्योगी/व्यवसायीसहित ५ सय जनाको सहभागिता रहने अपेक्षा गरेका छौं। 

लगानी सम्मेलनपछि नगरपालिकामा यसले पार्ने प्रभाव कस्तो हुने अपेक्षा गर्नुभएको छ?
यहाँ उद्योग, व्यवसाय, ठूलाठूला होटल, रिसोर्ट खुल्ने क्रम तीव्र छ। नगर क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, फोहरमैला व्यवस्थापन, लगायत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु नै यस सम्मेलनको मुख्य लक्ष्य हो। तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नयाँ नगरपालिकामध्ये एक हो । रुपन्देहीकै मध्यभागमा अवस्थित भैरहवा-बुटवल ६ लेन सडक, पर्याप्त सरकारी तथा सार्वजनिक जग्गा, सडक पूर्वाधार, सिँचाइका लागि पानी लगायतका कारण पनि यहाँ लगानीमा चासो बढेको छ। सरकारी तथा निजी क्षेत्रसँगको सम्बन्ध र सहकार्यलाई थप निकट र बलियो बनाउने अपेक्षा लिएका छौं। 

कति वटा परियोजनामा समझदारी हुन्छ?
तिलोत्तमा आफैमा ठूलो सम्भावना बोकेको क्षेत्र हो। यहाँ लगानी गर्नका लागि निजी क्षेत्र निकै उत्साहित छन्। लगानी सम्मेलनले तिलोत्तमामा आर्थिक, पूर्वाधार विकास तथा सामाजिक विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा लिएका छौं। हामीले २२ वटाजति परियोजना पेस गर्दैछौं। परियोजना प्रस्ताव गर्दा वातावरण र नागरिकको दैनिक जीवनमा पार्ने प्रभावलाई समेत ध्यान दिएका छौं। पर्यटन, कृषि, यातायात, उद्योग, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, प्राविधिक शिक्षा, वातावरण लगायतका क्षेत्रमा केन्द्रित रहेर परियोजनालाई प्राथमिकता दिएका छौं। 

आधा दर्जनभन्दा बढी परियोजनामा असोज ९ गते नै हस्ताक्षर गर्नेछौं। प्रस्तावित परियोजनामा एकीकृत कृषिउपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, ढाक्रेबास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, क्यान्सर अस्पताल, महिला अस्पताल, प्रादेशिक स्मार्ट बसपार्क, मिनी नेपाल, तिलोत्तमा अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङ रोडमा रेलवे, स्मार्ट हाटबजार, एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ, स्मार्ट बाल उद्यान लगायत छन्।

नेपाल सरकारले नै केन्द्रीय स्तरमा गरेको लगानी सम्मेलनमा प्रतिबद्धता अनुसार लगानी आउन सकेन।  तिलोत्तमा लगानी सम्मेलन सफल हुने आधारहरू के छन्?
काठमाडौंमा भएको सम्मेलनमा स्वदेशीभन्दा पनि विदेशी लगानी नेपालमा कसरी भित्र्याउन सकिन्छ भनेर सम्मेलन आयोजना गरिएको थियो। तर, हामीले विदेशीलाई भन्दा पनि स्वदेशी लगानीकर्तालाई लगानीका लागि भित्र्याउन खोजेका छौं। हामीले सकेसम्म स्वदेशी लगानीकर्तालाई नै प्राथमिकता दिएका छौं। नगरपालिका आफैले गर्नुपर्ने कामको क्षेत्रमा बढी केन्द्रित भएर योजना छनोट गरेका छौं। त्यसकारण हामी यो सम्मेलनमा सफल हुनेछौं भन्नेमा विश्वस्त छौं। 

लगानी सम्मेलनलाई एउटा प्लेट फर्मको रुपमा राखेका छौं। हामी लगानीको वातावरण बनाउँछौ। लगानी सुरक्षित गर्छौं। यसमा लगानीकर्ता ढुक्क भए हुन्छ। त्यति मात्र होइन हामीले उद्योगसम्म जानका लागि सडक पूर्वाधार निर्माण तथा विद्युतीकरणको पनि व्यवस्था गर्नेछौं। 

Ncell 2
Ncell 2
nimb
nimb

लगानीकर्ता ढुक्क भए हुन्छ भन्नुभयो। उनीहरुलाई विश्वस्त पार्ने खालका योजना तथा नीति कसरी अवलम्बन गर्नुभएको छ?
आम लगानीकर्ताको हितलाई ध्यानमा राखेर विभिन्न शीर्षकमा कर छुटदेखि सरकारी तथा सार्वजनिक जग्गालाई लिज प्रक्रियामा प्रदान गर्नेसम्मका सुविधा प्रदान गर्नेछौं। नगरपालिकाभित्र थुप्रै सरकारी तथा सार्वजनिक जग्गा छन्। ती जग्गामा उद्योग स्थापना गर्न सकिए जग्गाको पनि संरक्षण हुने, स्थानिय नगरवासीले रोजगार पनि पाउने भएकाले त्यस्ता जग्गालाई लिज प्रक्रिया मिलाएर उद्योगधन्दा सञ्चालन गर्न दिने सोचमा छौं। लगानी सम्मेलनमा सम्झौता गर्नेलाई जग्गाको अभाव हुन दिनेछैनौं। 

लगानी नै गर्ने भए उनीहरुले कस्त सुविधा र सहुलियत पाउन सक्छन्?
मासिक न्यूनतम ५ हजारमा प्रतिकठ्ठा जग्गा उपलब्ध गराउने सोच बनाएका छौं। साथै न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको ५ वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिइनेछ। न्यूनतम ३ सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइनेछ। ३ सयभन्दा माथि ५ सयसम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट सुविधा दिइनेछ। ५ सयभन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिइनेछ। 

यसैगरी परियोजनाको भवन, टहरा तथा संरचना निर्माणका लागि नगरपालिकाबाट नक्सा पास गर्दा ५० देखि ३ सयसम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति लिएका छौं। कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज आदिलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइनेछ।

तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिइने योजना अघि सारेका छौं। पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटेल–मोटेल तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई स्थापनाको ५ वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइनेछ। न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शतप्रतिशत छुट र परियोजनाका लागि जग्गा खरिदमा सहजीकरण गरिनुका साथै विद्युत सेवाका लागि पनि सहजीकरण हुनेछ।

Xtrem

Xtrem

विदेशी लगानीकर्ता पनि आउने चर्चा थियो, कुनकुन देशबाट कति लगानीकर्ता आउँदैछन्? 
हो, हामीले विदेशी लगानीकर्तालाई पनि आह्वान गरेका छौं। अहिलेसम्म चीनबाट १५ जना, भारतबाट १५ जना, कोरिया र बंगलादेशबाट केही लगानीकर्ता आउने भएका छन्। विदेशीलाई भन्दा पनि नेपाली लगानीकर्तालाई नै समावेश गराउने जोड योजना हो। 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्