जनकपुर- सर्लाहीमा गाेली प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अज्ञात समूहकाे गाेली प्रहारबाट ईश्वरपुर नगरपालिका-११ निवासी व्यापारी ३५ वर्षीय राजेश साह तेली घाइते भएका हुन्।
ईश्वरपुर नगरपालिका-१० खैरा बजारबाट घर फर्कंदै गरेकाे अवस्थामा उखुबारीमा लुकेर बसेकाे समूहले गएराति ८ बजे साहमाथि गाेली प्रहार भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठाैरले जानकारी दिए।
पेटमा गाेली लागेका साहलाई बयलबासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि राति नै वीरगन्जतर्फ लगिएकाे छ।
साहले माेटरसाइकलमा किराना सामान बाेकेर पसल-पसलमा हाेलसेल बिक्री गर्ने गरेकाे बताइएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रवक्ता राठाैरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।