एनआरएनए मकाउको अध्यक्षमा पूर्णबहादुर गुरुङ विजयी

नेपाल लाइभ | २०७६ भदौ २३ सोमबार | Monday, September 09, 2019 १९:५४:०० मा प्रकाशित

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ व्जियी भएका छन्।

एनआरएनए मकाउको छैटौँ महाधिवेशनमा ९ बुँदे घोषणा पत्रसहित उम्मेद्वारी दिएका तत्कालीन महासचिव गुरुङ अध्यक्षमा विजयी भएका हुन्।

महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन्।

एनआरएनए मकाउको उपाध्यक्षमा भने रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी विजयी भएका छन्। 

महासचिवमा शिव थापा तथा सचिवमा राजेश गुरुङ निर्वाचित भएका छन्।

त्यस्तैगरी कोषध्यक्ष प्रेम बहादुर विक, युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई विजयी भएका छन्। 

यसैगरी, सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्मवीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार विजयी भए।