• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

क्यानभासमा इतिहास खोतल्दै ८२ वर्षीय हरिप्रसाद शर्मा

64x64
नेपाल लाइभ शनिबार, भदौ २१, २०७६  २१:४४
1140x725

सात सय वर्षअघि। जब नेपालको वास्तुकलाबाट प्रभावित भएर चीनका एक बादशाहले एक सय कालिगड मगाएका थिए। पछि अरनिको नामले प्रसिद्धि पाएका त्यतिबेलाका १७ वर्षे युवक बलबाहु ८० जना कालिगडको नेतृत्व गर्दै चीन गएका थिए। 

उनै बलबाहुलाई विदाइ गर्दाको त्यो क्षण कस्तो थियो?  

इतिहासमा रुचि राख्नेहरूलाई यो जिज्ञासा हुनसक्छ। मानिसहरूको खँदिलो भीड, वरिपरीका कला कौशल अर्थात् त्यसबेलाका ऐतिहासिक दृश्य। वरिष्ठ चित्रकार हरि प्रसाद शर्माको पेन्टिङ कलाले इतिहासको उही दुर्लभ दृश्य झल्काएको छ। 

आर्ट काउन्सिलस्थित एकल चित्रकला प्रदर्शनीमा राखिए मध्येको एक चित्र हो यो। ७ सय वर्षअघिको पूर्वधार, सामाजिक तथा सांस्कृतिक परिवेश र जीवनशैलीलाई ८२ वर्षीय शर्माको चित्रले जीवन्त बनाएको छ। 

प्रदर्शनीमा ४५ वटा चित्र राखिएका छन्। 

प्रदर्शनीमा राखिएका पेन्टिङले तीन कुरा दर्शाउँछन्- संस्कृति, जीवनशैली र इतिहास। इतिहासका पेन्टिङहरू कालखण्डका हिसाबले क्रमबद्ध राखिएका छन्। राजा अशोकाको लुम्बिनी भ्रमण, मल्लकालीन समयका राजाहरूको जीवनशैली, पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरणको घटना लगायत जंगबहादुर राणाको ऐतिहासिक क्षणलाई शर्माले चित्रमा उतारेका छन्। 

विलीन हुन लागिसकेका पुराना इतिहासलाई शर्माका पेन्टिङले व्यूँताउन प्रयत्नरत देखिन्छन्। इतिहास सँगसँगै काठमाडौं र यसबाहिरका संस्कृति, जीवनशैली उनका चित्रहरूमा दुरुस्तै देख्न सकिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

एउटा क्यानभासमा काठमाडौं बाहिरको संस्कृति झल्किरहेको छ। ग्यालरी घुम्दै गर्दा भित्ताको एकापट्टि देख्न सकिन्छ- गुरुङ बस्ती। बस्तीको चित्रले समुदायको पहिचान झल्काउँछ। 'भेडापालन गुरुङको पहिचान हो,' क्यानभासको दृश्यले व्यक्त गर्छ यो कुरा।

उक्त चित्र बनाउँदा चित्रकार शर्मा र छोरा विष्णु शर्मा ती समुदायमा गए। संस्कृति अध्ययन गरे र त्यहाँको विशेषज्ञलाई भेटे। 

अर्को मनमोहक चित्र छ। जसले काठमाडौं उपत्यकाबाहिर हुने बाहुन क्षेत्रीको विवाह पर्वबारे छर्लंगै पार्छ। विशेषत: जीवनशैली र संस्कृति झल्काउने अधिकांश चित्र काठमाडौं उपत्यकाका छन्।

चित्रकार शर्माको जन्म काठमाडौंको लगन गोफलटोलमा भयो। दशकौं अघिको काठमाडौं उनको स्मृतिमा ताजा छ। चित्रहरू केलाउँदै जाँदा प्रस्ट हुन्छन्- पेन्टिङहरू उनका बलिया स्मृति हुन्।  केही यस्ता चित्रहरू छन्। जसमा एउटै चित्र केलाउन जो कोहीलाई घण्टौं लाग्न सक्छ। 

उनको चित्रको बलियो विशेषता हो- प्रस्टसँग सबै कुरा बुझाउन सक्नु।

नेवारी संस्कृतिमा चित्रकार शर्माको विशेष रुचि रहेको चित्रहरूले जनाउँछन्। नेवारी समुदायलाई चित्रण गरिएको एक चित्र छ। जहाँ मानिसहरू राँगो काटेर र पोलेर पकाउँदै छन् अनि अर्कोतिर जात्राको माहोल छ।

उतिबेला मनोरञ्जनका धेरै चिजहरू थिएनन्। टोल टोलमा साँढेहरू हुन्थे। साँढे जुधाइ गरिन्थ्यो। केटाहरू साँढे जम्मा गरेर ल्याइ मनोरञ्जन लिन्थे। केही दशकअघिको उपत्यका कल्चरलाई चित्रले समेटेको छ। 
नेवार समुदायकै एउटा परम्परा थियो- घर घर गएर नङ काट्ने चलन। उक्त समुदायको उच्च जातिको मान्छे आफैंले नङ काट्दैन थिए। नैनी भन्ने जाति नै हुन्थ्यो। 

ती समयका संस्कृति तथा सामाजिक विकृति पनि क्यानभासमा पोतिएका छन्।

एउटा चित्र छ- त्यतिबेला जुवाको खाल। जुवा खेलिरहेको पतिलाई पत्नीले कराइरहेको मौलिक दृश्य।

त्यतिबेलाको शवयात्रामा प्रयोग हुने बाजा र नेवारहरूको मृत्यु संस्कारलाई एउटा चित्रले झल्काउँछ। मान्छेको शवयात्रा हुँदा बाजा बजाएर सबै टोललाई जानकारी गराइने, सम्मानसाथ शवको अन्त्यष्टि गरिने अनौठोलाग्दो दृश्य।

समग्रमा भन्नूपर्दा चित्रकार शर्माको स्मृति नवपिँढीको निम्ति खँदिलो र कालजयी इतिहास समेत हो। 'इतिहासमा रुचि राख्ने र इतिहासका विद्यार्थी ग्यालरी घुम्न आए भने उनीहरूको निम्ति धेरै नयाँ कन्टेन्ट यी चित्रहरूमा छन्,' प्रदर्शनीका संयोजक एवम् शर्माका छोरा विष्णु भन्छन्। 

प्रदर्शनीका चित्रहरू कुनै पनि विक्रीका लागि छैनन्। विक्री गरेर पैसा कमाउने उद्देश्य नभएको विष्णु बताउँछन्। 

शर्माका चित्रहरूप्रति शताब्दी पुरुष सत्यमोहन जोशी परिचित छन्। शर्माका चित्रहरूलाई प्रशंसा गर्दै उनले लेखेका छन्, 'कलाकार हरिप्रसाद शर्माको कला भावना र कल्पनाशीलता दर्शनीय, प्रशंसनीय छ।' 

डा तारानाथ शर्माले माइकल एन्जेलोले रोमको सिस्टम च्यापेलमा बनाएका चित्रहरू भन्दा अनेकौं गुणा स्पष्ट्टता र कलात्मक ढंगले काठमाडौंको वासिन्दाको जीवनचर्या चित्रमा उतारिएको वर्णन गरेका छन्।

बाबु छोराको सहकार्य 

शर्माको चित्र प्रदर्शनी धेरै तवरबाट भिन्न मान्न सकिन्छ। यसलाई भिन्न बनाउने प्रयास गरेका हुन् छोरा विष्णुले। 

पत्नीको मृत्युपछि हरिप्रसाद लामो समय शोकमा रहे। बाबुलाई शोकबाट मुक्त गराउन प्रयत्नरत थिए छोरा विष्णु। 'त्यसपछि बुबासँग मिलेर नयाँ थिममा काम गर्ने हामीले योजना बुन्यौं,' विष्णुले भने।

विष्णु विश्वविद्यालयमा प्राध्यापन गर्छन्। यससँगै उनको प्रयत्न बाबुको क्यानभासका निम्ति कन्सेप्ट उतार्न हुन्छ।

विष्णु र परिवारकै सहयोगमा २५ वर्षदेखि नयाँ थिममा चित्रहरू कोर्ने काममा व्यस्त छन् हरिप्रसाद।सकेसम्म सबै आयाम समेट्न नयाँ ठाउँमा जाने, त्यहाँका मान्छेहरूसँग भेट्ने, फोटोग्राफी गर्ने, विज्ञसँग भेट्ने, इतिहासहरू पढ्ने काम गर्छन् बाबुछोरा। 

त्यसकै आधारमा नयाँ पेन्टिङहरू बनाउँछन्  चित्रकार शर्मा। 'एउटा पेन्टिङ बनाउन करिब ३/३ वर्ष लगाएका छौं। थुप्रै मेहनत गरेका छौं,' ती क्षण सम्झँदै छोरा विष्णु भन्छन्। 
000

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी सोमबार, भदौ ८, २०८३
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै सोमबार, भदौ ८, २०८३
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ सोमबार, भदौ ८, २०८३
विराटनगर मालपोत कार्यालय अगाडि नवजात शिशु फेला सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्