काठमाडौं- कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव'लाई डेंगुको संक्रमण भएको छ।
डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
उनलाई बुधबार ग्रान्डी अस्पताल भर्ना गरिएको हो। मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउँन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए।
निदानले उनलाई डेंगुको परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो।
बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेको खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए।
उनको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।