काठमाडौं- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणकामा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोली शनिबार चितवन पुगेको छ।
सिआइबी स्रोतका अनुसार टेक्निल पार्ट सम्बन्धी थप अनुसन्धान गर्नु परेकाले सिआइबीको टोली चितवन पुगेको हो।
एसपी दिपक रेग्मीको नेतृत्वमा टोली चितवन पुगेको छ।
त्यस्तै आइतबारपत्रकार पुडासैनीकी श्रीमती सम्झना घिमिरे (पुडासैनी)ले जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दरखास्त दिएकी छन्।
उनले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत् किटानी जाहेरी दिएकी हुन्।
काठमाडौं प्रहरीले यो जाहेरी दर्ता नगरी चितवन प्रहरीलाई पठाउँछ। चितवन प्रहरीले नै जाहेरी दर्ता गरेर अनुसन्धान बढाउने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटी बताएका छन्।
पुडासैनीकी पत्नी सम्झनाले आत्महत्या गर्न दुरुत्साहन गरेकाले उनीहरु तीनै जनालाई हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन्।
यस्तो छ किटानी जाहेरी
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।