• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कुन कानुन टेकेर विश्वविद्यालयको जग्गा धुर्मुस-सुन्तलीलाई दिइयो?[ब्लग]

संकटमा कृषि तथा वनविज्ञान विश्वविद्यालय
64x64
नेपाल लाइभ आइतबार, साउन २६, २०७६  १६:३४
1140x725

कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) स्थापना त भयो तर आकार लिन नपाउँदै गहिरो संकटमा फसेको छ। २०७६ साउन २८ गते कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको विश्वविधालय सभाको बैठक प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री निवास बलुवाटार मा बिहान १.०० बजे बस्दैछ। सिनेट बैठक अघि मिडियामा यो विषय उठान होस् भन्ने मनसायले यो लेख  लेखेको हुँ। सरोकारका केही मुख्य बुँदाहरू यस प्रकार छन्।

एएफयू र टियू जग्गा/सम्पति हस्तान्तरण विवाद 
२०६७ को असारमा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना भएको हो। त्रिभूवन विश्वविद्यालय(टियू) अन्तर्गतका दुई क्याम्पस रामपुरको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस र हेटौंडाको वनविज्ञान क्याम्पसलाई गाभेर कृषि तथा वनविज्ञान विश्वविद्यालय बनाउने ऐनमा उल्लेख छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा रहने ऐनमा भनिएको छ। दुई क्याम्पस गाभेर विश्वविद्यालय बनाउने भएपछि ती क्याम्पसको सम्पत्ति आफ्नो त्रिवि र एएफयू दुवैले दाबी गरिरहेका छन्।  त्रिविले आफ्नो जग्गा भनेर छोड्न मानेको छैन। एएफयूले अदालतमा मुद्दा दायर गरे पनि यो विषय किनारा लाग्न सकेको अवस्था छैन। 

हेटौंडामा एकै परिसरमा त्रिवि र एएफयूको वन विज्ञान विषय पढाइ हुने गरेको छ। विश्वविद्यालय सञ्चालनमा आएको १० वर्ष पुगे पनि एएफयूको नाममा जग्गाको लालपुर्जा छैन। जग्गाका लागि त्रिविसँग लड्दै आएको एएफयू पछिल्लो समय निरीह जस्तै भएको छ। एएफयू परिसरको जग्गा त्रिविले सहजै उपभोग गर्न पाउँदा एएफयूलाई भने त्यस्तो सुविस्ता छैन। त्रिविका उपकुलपति तीर्थ खनियाँ रामपुर पुगेर एक हप्ताअघि मात्र त्रिविका आंगिक कलेजको रुपमा इन्जिनियरिङ कलेज शुभारम्भको औपचारिक घोषणा गरे।

दुई विश्वविद्यालयको जागा किचलो उत्कर्षमा पुगेपछि ०७२ सालको चैतमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य गीताभक्त जोशीको संयोजकत्वमा कार्यदल बनेको थियो। वर्ष दिनपछि उक्त कार्यदलले सुझाव प्रतिवेदन बुझाएको थियो। त्यसमा रामपुरमा रहेको ३ सय ३८ बिघा जग्गामध्ये ४० बिघा १९ कठ्ठामा त्रिविको भोगाधिकार रहने र हेटौंडाको १ सय ५८ बिघामध्ये एएफयूको भोगाधिकार ६० बिघामा रहने प्रस्ताव छ। जसलाई मन्त्रिपरिषद्ले पारित गरेको छ। दुवै विश्वविद्यालयले पनि यसलाई स्वीकार गरेका छन्। पूर्व उपकुलपति प्रा. डा कैलाश प्याकुरेल सिनेटबाहेक अरुले जागा सम्बन्धी निर्णय गर्ने नसक्ने बताउँनु हुन्छ। यो सब क्षणिक विवाद समाधानको लागि टालेटुले काम मात्र हो। 

केही दिनअघि मात्र कृषि विश्वविद्यालय रामपुर परिसरमा स्थापना भएको त्रिविको ईन्जिनिएरिङ संकायको आंगिक कलेज। स्रोत :  रमेश पौडेल/कान्तिपुर 
 

विश्वविद्यालयको जागा राजनीतिक दबाबमा अन्तराष्ट्रिय  क्रिकेट रंगशालालाई 
२०७५ भाद्र २९ मा काठमाडौंमा कुलपति एवम् प्रधानमन्त्रीको अध्यक्षतामा बसेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको सर्वोच्च निकाय सिनेटबाट विश्वविद्यालयको जग्गा क्रिकेट रंगशालालाई दिने एजेन्डा अस्वीकृत भएको थियो। सोपछि नेकपाका अध्यक्ष प्रचण्डको उपस्थितिमा भरतपुर महानगरपालिकाका मेयर, राजनैतिक पार्टीका प्रमुखलगायत त्रिवि र एएफयूको उपकुलपतिसहितको बैठकबाट जसरी भए पनि एएफयूकै जग्गामा रंगशाला बनाउने निर्णय भएको छ। 

हामी विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी निरीह भयौं। धुर्मुस–सुन्तलीको देवत्वकरण गरियो र रंगशाला अन्य ठाउँमा बनाउनुपर्छ। भोलिका दिनमा दसौं हजार विद्यार्थी पढाउनु पर्दा जग्गा विश्वविद्यालयलाई नै आवश्यक पर्छ भन्दा हामीलाई विकासविरोधी भनियो र विश्वविद्यालय बन्दा विकास नहुने रंगशाला बन्दा मात्रै विकास हुने? त्रि.वि र एएफयूबीच जग्गाको स्वामित्व हस्तान्तरण मुद्दा सर्वोच्चमा अझै विचाराधीन छ। सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै स्वायत्त संस्था भनिने विश्वविद्यालयको जग्गा नेताहरू बसेर भागबन्डा गर्नु कति जायज हो?

विश्वविद्यालयको सिनेट बैठकले पास नगरेको निर्णय गलत तरिकाले राजनैतिक दबाबमा धुर्मुस सुन्तली फाउन्डेसन लाई दिइयो।  विश्वविद्यालयको कुनै पनि विषयमा निर्णय गर्ने अधिकार सिनेटलाई मात्र हुन्छ। तर विश्वविद्यालयको जग्गामा क्रिकेट मैदानको सवालमा भरतपुर महानगरपालिकाका मेयर रेणु दहाल, त्रिविका उपकुलपति तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले सिनेटलाई बाइपास गरी निर्णय गर्न कानुन विपरीत हो। त्रिवि र कृषि विश्वविद्यालयबीच सम्पत्ति हस्तानान्तरण विवाद सर्वोच्चमा विचाराधीन भएका अवस्थामा कुन कानुन टेकेर पदाधिकारीले विश्वविद्यालयको जग्गा धुर्मुस–सुन्तलीलाई दिएका हुन्? 

एएफयुको गुणस्तर खस्कँदो
दुइ विश्वविद्यालयकको किचलोले प्राध्यापकको मनोबल खस्केको छ। कार्यक्रम कलेज थपिने तर जनशक्ति कम भएकाले कार्यक्रम संचालनका लागि पूर्वाधार अभाव छ। अध्ययन/अनुसन्धानमा स्रोतसाधनको कमी, पदाधिकारीको मोह आदि समस्या छन्। भवन, पर्खाल लगायतका संरचना पर्याप्त छैनन्र।  महिनौं हुने बन्द/हड्ताल र राजनैतिक हस्तक्षेपले विश्विविद्यालय आक्रान्त छ। 

nimb
nimb
Ncell 2
Ncell 2

आंगिक डुबाउने र निजी पोस्ने खेल 
ल्यान्डग्रान्ट मोडेलको मर्म अनुसार एएफयू २०६७ मा स्थापना भयो। आफ्नो केन्द्रीय र आङ्गिक क्याम्पस कमजोर स्रोत/साधन र व्यवस्थापनामा चलिरहेका छन। सरकारी कलेजलाई बलियो र स्तरीय बनाउनुको साटो निजी कलेजलाई सम्बन्धन दिएर नयाँ बामे नसर्दै विश्वविद्यालय डुबाउने खेल जारी छ।

एएफयूले गत असार महिनामा अपारदर्शी, कमजोर मापदण्ड र फितलो अनुगमन मार्फत् गत वर्ष २०७५ असार २० गते  ८ वटा निजी कलेजलाई सम्बन्धन दियो। सम्पूर्ण प्राध्यापक र विद्यार्थीको २७ दिनको आन्दोलनले गर्दा नेपाल सरकार मन्त्रिपरिषदले नै सो सम्बन्धन खारेज गर्यो। शैक्षिक माफियाको निदहराम भएपछि पुन: सरकारी विश्वविद्यालयलाई निकम्मा बनाउन चाहने केही पदाधिकारीको मिलेमतोमा पुरानो मिति राखेर कागजपत्र मिलाई सर्वोच्च अदालतमा मुद्दा हाल्न सफल भए। सो मुद्धा अहिले सर्वोच्चमा विचाराधीन छ। माफिया र तिन्का मतियारहरु अदालतबाट भर्नाका लागि स्टे-अर्डरको बहानामा अन्तिम फैसला नुहुँदै बिना पूर्वाधार विधार्थी भर्ना गरी पठनपाठन संचालन गरिरहेका छ।

समाधान के त?
-एएफयूको ऐन संसद्‍बाट संसोधन गरी दुई विश्वविद्यालयको जग्गा विवाद समाधान गर्ने। जसको लागि सिनेटले प्रकिया अगाडी बढाई संसदबाट संसोधन गर्नु पर्ने।
-सिनेटले अस्वीकार गर्दागर्दै राजनैतिक निर्णय  गरी गैह्रकानुनी रूपमा धुर्मुस-सुन्तली फाउन्डेसनलाई दिएको जग्गा फिर्ता ल्याउने र गलत निर्णय गर्ने विश्वविद्यालयका पधधिकारीलाई कारबाही गर्ने वा बर्खास्त गर्ने
 
-चलखेल गरी अपारदर्शी, कमजोर मापदण्ड र फितलो अनुगमनमार्फत् दिएको निजी कलेजको सम्बन्धन खारेज गर्ने 

-सम्बन्धन प्रक्रिया सम्बन्धी छानबिन गर्ने र दोषी लाई कारबाही गर्ने

-विश्वविद्यालयलाई समयानुकुल र प्रतिस्पर्धी बनाउन पुनर्संरचना आवश्यक जनशक्ति, पूर्वाधार, आधुनिक ल्याब, अनुसन्धानको लागि आवस्यक बजेट र काम गर्नेलाई प्रोत्साहन र नगर्ने कामचोर पार्टीका झोला बोक्नेलाई कारबाही गरी विश्विविद्यालयको सुधार प्रक्रिया अघि बढाउने। 

-अब नियुक्त हुने पधाधिकारी (उपकुलपति लगायत)मा प्राज्ञिक दक्षता भएकालाई प्राथमिकता दिने 

(डा. कँडरिया कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहप्राध्यापक हुन्।)
 

प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्