• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

यी हुन्, भारतीय प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका २८ नेपाली

64x64
नारायण अधिकारी बिहीबार, साउन २३, २०७६  १६:२५
1140x725

काठमाडौं– बारा कलैयाका मोहम्मद नुर अन्सारी भारतीय प्रहरीको सर्वाधिक खोजीका पात्र हुन्। भारतीय प्रहरीले अन्सारीलाई आफ्नो बलबुताले भ्याएसम्म खोज्यो। इन्टेलिजेन्समा निकै अब्बल मानिने 'रअ' सम्मले उनको खोजी गर्‍यो। तर कुनै सुइँको नपाएपछि भारतीय प्रहरी अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहायता लिन पुग्यो। भारतीय प्रहरीकै आग्रहमा अन्सारीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्‍यो।

अन्सारीलाई अहिले इन्टरपोलका १९४ सदस्य राष्ट्रले खोजी गरिरहेका छन्। तर पनि उनी पक्राउ परेका छैनन्। उर्दु, अरबिक, हिन्दी, नेपाली भाषामा पोख्त ३२ वर्षीय अन्सारी अझै १९४ देशका प्रहरीलाई छक्याउन सफल भइरहेका छन्। 

अन्सारीलाई भारतीय प्रहरीले 'मोस्ट वान्टेड'को सूचीमा राख्नुको कारण हो, भारतीय नक्कली नोटको कारोबार र हुन्डी। औपचारिक रुपमा अन्सारीलाई भारतले नक्कली नोट र हुन्डी कारोबारमा संलग्न रहेको बताए पनि उनलाई खोज्नुको मुख्य कारण हो, आतंकवादलाई सहयोग।

भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट रहेर भारतमा आतंकवादी गतिविधि फैलाउन अन्सारीले सहयोग गरेको आरोप भारतीय प्रहरीले लगाएको छ। 

भारतविरोधी गतिविधि गरेको र विभिन्न अपराधमा संलग्न रहेको भन्दै भारतीय प्रहरीले २८ जना नेपालीलाई मोस्ट वान्टेड सूचीमा राखेको छ। 

हत्या, मानव बेचबिखन, बैंकिङ ठगी, किर्ते, चोरी, लुटपाट, आतंकवादी गतिविधि जस्ता घटनामा संलग्न भई फरार रहेका २८ नेपालीविरुद्ध भारतीय प्रहरीको आग्रहमा रेड नोटिस जारी गरिएको हो। योसँगै अब यी २८ नेपालीलाई १९४ देशका प्रहरीले खोजी गरिरहेका छन्।

रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य सबै राष्ट्रमा त्यस्ता अपराधीको फोटोसहितको विवरण पठाइन्छ। त्यस्ता व्यक्तिलाई सदस्य राष्ट्रका जुनसुकै प्रहरीले पक्राउ गर्न सक्छन् र सम्बन्धित देशलाई पठाउने गर्छन्।

भारतको मोस्ट वान्टेड सूचीमा रहेका २८ नेपाली
राजेश बहादुर : बाजुराको चतारा निवासी ३१ वर्षीय राजेश बहादुरले भारतमा चोरीको शृंखला मच्चाएका थिए। भारतका विभिन्न सहरमा भएका ठूला चोरीका घटनामा उनको संलग्नता रहेको भन्दै भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले उनीमाथि रेड नोटिस जारी गरेको हो। उनी अझै फरार छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राजेश भागदुर : भारतमा घर तोडफोड गरेर चोरी गर्ने गरेको आरोप लागेका व्यक्ति हुन् ३० वर्षीय भागदुर। रातको समयमा विभिन्न वित्तीय अफिसहरु र घरहरु तोडफोड गर्दै चोरी गरेपछि उनलाई पक्राउ गर्न रेड नोटिस जारी गरिएको हो। उनी पर्वत लेखपथका–६ का बासिन्दा हुन्। 

रमेश भागदुर : तमिल, नेपाली र हिन्दी भाषा बोल्न जान्ने २६ वर्षीय रमेशको पनि राजेश भागदुरकै जस्तो कसुर छ। उनीमाथि पनि घर तोडफोड गरेर चोरी गरेको आरोपमा रेड नोटिस जारी गरिएको हो। उनी म्याग्दी घतानका स्थानीय हुन्। अहिले उनी फरार छन्। 

देवी ओली : भारतमा अपहरणको आरोप लागेकी नेपाली महिला हुन्, देवी ओली। ३४ वर्षीया ओली अपहरणजस्तो गम्भीर अपराधमा संलग्न हुँदै फिरौतीमा माग गरेको भन्दै भारतीय प्रहरीले खोजी गरेको थियो। भारतमा उनी फेला नपरेपछि उनको नाम रेड नोटिसमा राखिएको हो। उनी अझै फरार छिन्।

चित्रइन्द्रा सभाद : ३६ वर्षीया सभाद भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीकी महिला हुन्। उनले चेक अनादार गरेको, चोरी गरेको र अन्य आपराधिक षड्यन्त्र गरेको रिपोर्ट भारतीय प्रहरीले इन्टरपोललाई पठाएपछि उनविरुद्ध रेड नोटिस जारी गरिएको हो।

शिवराज फुलचन्द शर्मा : ३५ वर्षीय शर्माले पनि भारतमा घर फोडेर चोरी गरेको र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै भारतले इन्टरपोललाई रेड नोटिसका लागि पत्राचार गरेको थियो। उनी अझै फरार छन्।

नानु मगर : ३७ वर्षीय मगर पनि चोरी आरोपमा रेड नोटिस जारी गरिएका अर्का नेपाली हुन्।

राजबहादुर शाही : ५१ वर्षीय शाहीले पनि भारतमा विभिन्न ठाउँमा चोरी गरेको आरोप लागेको छ।

खुमराज थापा : चोरी, डकैती र अन्य आपराधिक गतिविधिमा संलग्न रहेर फरार भएपछि ३९ वर्षीय थापालाई पक्राउ गर्न रेड नोटिस जारी गरिएको हो।

भीमे दमाई : ३७ वर्षीय दमाईमाथि भारतमा हत्या गरेर फरार भएको आरोप लागेको छ। उनको नेपालको ठेगाना खुल्न सकेको छैन। 

 

राजेश क्षेत्री : क्षेत्री चोरीको आरोपमा रेड नोटिस जारी भएका नेपाली हुन्।

विनिता प्रधान : काठमाडौं महाराजगन्जकी प्रधान पनि किर्ते काण्डमा जोडिएपछि रेड कर्नर नोटिसमा राखिएकी नेपाली महिला हुन्।

माधवी श्रेष्ठ : श्रेष्ठ नक्कली कागजातको कारोबारी हुन्। उनले विभिन्न सुरक्षा निकायको नक्कली डकुमेन्ट बनाउने तथा बेच्ने गरेको पाइएपछि भारतीय प्रहरीमार्फत रेड नोटिसमा राखिएको हो। उनी काठमाडौंकी स्थानीय बासिन्दा हुन्।

कृष्णबहादुर औजी : चोरीका कुख्यात भनेर कहलिएका औजीले भारतका विभिन्न ठाउँमा चोरीको आतंक फैलाएका थिए। उनी दिउँसै पाकेट मार्थे भने राति घर फोडेर नगद र गरगहना चोर्थे। 

प्रेम सिंह : ३२ वर्षीय सिंह पनि चोरी आरोपमा रेड नोटिस जारी भएका नेपाली हुन्। पर्वतको माझफाँटे–५ का उनी अझै फरार छन्।

मनोज करण जैगडी : जैगडीले पनि भारतमा चोरीको आतंक मच्चाएका थिए। पटकपटक भारतीय प्रहरीको आँखा छलेर उम्कन सफल भएका उनी अझै पक्राउ पर्न सकेका छैनन्। उनले दर्जनभन्दा बढी पटक चोरी गरेको आरोप छ।

सूर्यबिन बहादुर तामाङ : ४२ वर्षीय तामाङ भारतमा हत्या, लुटपाट, ज्यान मार्ने धम्की र चोरी जस्ता जघन्य अपराधमा संलग्न रहेका व्यक्ति हुन्। भारतलाई आपराधिक थलो बनाएका उनी भारतीय प्रहरीको मोस्ट वान्टेडमा परेपछि फरार भएका थिए।

भारतबाहेक अमेरिकाले २५, दुबईले १६, कतारले १५, साउदी अरबले ३, पोर्चुगलले १, पोल्यान्डले १, बहराइनले १ र मलेसियाले १ नेपालीवरुद्ध रेड नोटिस जारी गरेका छन्।

चक्रसिंह ठकुरी : ६७ वर्षीय ठकुरी भारतीय प्रहरीसहित १९२ देशका प्रहरीले खोजेका अर्का नेपाली हुन्। उनी भारतमा हत्या गरेर फरार रहेको भन्दै भारतीय प्रहरीको आग्रहमा उनीविरुद्ध रेड नोटिस जारी गरिएको हो।

टासी छिरिङ छ्वाङ्का : टासी चिनियाँ मुलका नेपाली नागरिक हुन्। उनीमाथि भारतमा ५९ वटा वन्यजन्तु मारेको अभियोग लागेको छ। भारतमा वन्यजन्तुको सिकार गरेर त्यसको आखेटोपहार बेचबिखन गर्ने गरेको आरोप लगाउँदै उनीविरुद्ध रेड नोटिस जारी गरिएको हो।

ताहिर साह : ५६ वर्षीय साह काठमाडौं टंगालका बासिन्दा हुन्। उनी भारतमा मान्छे मारेर फरार भएका व्यक्ति भन्दै रेड नोटिस जारी भएको छ। योसँगै भारतीय प्रहरीले साहले दाउद इब्राहिमको समूहसँग निकट रहेर भारतविरोधी गतिविधि गरेकाले मोस्ट वान्टेड सूचीमा रोखको छ। भारतीय गुप्तचर संस्था 'रअ' को मोस्ट वान्टेडका पहिलो सूचीमा उनी रहेको नेपाली सुरक्षा विज्ञले बताउँदै आएका छन्। 

वीरेन्द्रबहादुर थापा : बझाङका थापामाथि पनि भारतमा चोरी गरेको आरोप लागेको छ। भारतीय प्रहरीले उनलाई पटके चोर भएको भन्दै खोजिदिन आग्रह गरेको छ। 

विपीन विष्ट : विष्टमाथि भारतमा मान्छे मारेर फरार भएको आरोप लागेको छ।

तुलाराम बहादुर : हत्याजस्तो जघन्य अपराधमा संलग्न भएका व्यक्ति हुन् ४० वर्षीय तुलाराम। उनको तस्बिर र नेपालको ठेगाना समेत अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन।

हरिहर भुसाल : नेपाली, अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान भएका भुसाल भारतीय प्रहरीको सर्वाधिक खोजीका पात्र हुन्। ठूला ठगी केसमा प्रत्यक्ष संलग्न रहेको भन्दै रेड नोटिस जारी भए पनि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

अनुप प्रधान : पाल्पाका प्रधान पनि किर्ते गरेको अभियोग रेड नोटिस जारी भएका नेपाली हुन्। 

त्यस्तै, नक्कली नोटको कारोबारमा रेड नोटिस जारी भएका माथि उल्लिखित नुर अन्सारीसँगै चन्द बहादुर र शिवशंकर प्रसादविरुद्ध पनि रेड नोटिस जारी भएको छ। उनीहरुलाई लागेको अभियोग र ठेगाना समेत गोप्य छ। यसरी भारतीय प्रहरीको आग्रहमा २८ नेपालमाथि रेड नोटिस जारी भएको छ। 

यसरी खोजी गरिएका कतिपय व्यक्तिको फोटो फोटो, हुलिया र ठेगाना समेत प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन। 

भारतबाहेक अमेरिकाले २५, दुबईले १६, कतारले १५, साउदी अरबले ३, पोर्चुगलले १, पोल्यान्डले १, बहराइनले १ र मलेसियाले १ नेपालीवरुद्ध रेड नोटिस जारी गरेका छन्। उनीहरु सबैलाई इन्टरपोलका १९४ सदस्य राष्ट्रहरुले खोजिरहेका छन्।

के हो इन्टरपोल, किन जारी हुन्छ रेड नोटिस? 
सूचना प्रविधिको पहुँच बढ्दै गएसँगै आपराधिक गतिविधि पनि अन्तराष्ट्रियस्तरमा फैलँदै गयो। एक देशमा अपराध गरेर अर्को देशमा सुरक्षित हुँदै अपराधी लुक्न थाले। यसरी लुकेका अपराधी पक्राउ गर्न विभिन्न देशका प्रहरीबीच समन्वय र सहकार्यको आवश्यकता महसुस भएपछि सन् १९२३ मा स्थापना भएको हो विश्वकै सबैभन्दा ठूलो प्रहरी संगठन इन्टरपोल।

२०२४ असोजमा जापानमा भएको ३६ औं महासभाबाट नेपाल १००औं सदस्य राष्ट्रको रुपमा इन्टरपोलको सदस्य भएको हो। हरेक सदस्य राष्ट्रमा विश्वभरिका सदस्य राष्ट्रहरुसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) भनिन्छ। 

एनसिबीले अपराधिक सूचनाहरु विश्लेषण गर्ने, इन्टरपोलद्वारा प्रकाशन गरिने विभिन्न प्रकारका नोटिसहरुको तयारी तथा प्रकाशन गर्नका लागि अनुरोध गर्ने, सदस्य राष्ट्रहरुसँग सूचना आदानप्रदान गर्ने, अपराधी पक्राउ गरेर बुझाउने लगायतका कामहरु गर्दै आएको छ।

इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ। 

कुनै व्यक्ति अपराधी भएको पुष्टि भयो तर अन्य सञ्जालसम्म पुग्नुपर्ने अवस्था आएमा ग्रिन नोटिस जारी गरिन्छ। हातहतियारबारे जानकारी दिनुपरेमा अरेन्ज नोटिस जारी गरिन्छ। पर्पल नोटिस अपराधीको कार्यशैलीको जानकारीका लागि जारी गरिन्छ।

अदालतबाट मुद्दा फैसला भइसकेका अपराधीहरु भागेर अर्को देशमा लुकेको अवस्थामा रेड नोटिस जारी हुन्छ,' नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले भने, 'यसरी जारी भएको नोटिसका आधारमा सम्बन्धित देशका प्रहरीले त्यस्ता अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउँछन्।'

रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य सबै राष्ट्रमा त्यस्ता अपराधीको फोटोसहितको विवरण पठाइन्छ। त्यस्ता व्यक्तिलाई सदस्य राष्ट्रका जुनसुकै प्रहरीले पक्राउ गर्न सक्छन् र सम्बन्धित देशलाई पठाउने गर्छन्। रेड नोटिसबाहेक इन्टरपोलले अन्य नोटिसहरु पनि जारी गर्छ।

यल्लो नोटिस हराएका व्यक्ति खोज्न जारी गरिन्छ भने ब्लु नोटिस कुनै अपराधीका बारेमा केही जानकारी दिनुपरेमा जारी गरिन्छ। ब्ल्याक नोटिस पहिचान हुन नसकेका शवको पहिचान गर्न जारी गरिन्छ। 

कुनै व्यक्ति अपराधी भएको पुष्टि भयो तर अन्य सञ्जालसम्म पुग्नुपर्ने अवस्था आएमा ग्रिन नोटिस जारी गरिन्छ। हातहतियारबारे जानकारी दिनुपरेमा अरेन्ज नोटिस जारी गरिन्छ। पर्पल नोटिस अपराधीको कार्यशैलीको जानकारीका लागि जारी गरिन्छ। डिफ्युजन नोटिस भने अनुसन्धानमै रहेको व्यक्ति भागेमा त्यस्ता व्यक्ति कहाँ छन् भनेर जानकारी दिन जारी गरिन्छ।

पछिल्लो समय इन्टरपोल प्रभावकारी बन्दै गएको प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशी बताउँछन्। 'पछिल्लो समय धेरै नोटिस जारी हुनु र अपराधी पक्राउ पर्नु संयोग मात्रै होइन, प्रहरी सक्रियता पनि हो,' उनले भने।

इन्टरपोलको नोटिस आधारमा ३२ जना अपराधीलाई पक्राउ गरेर नेपाल प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्