• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्यायाधीशलाई गल्ती गर्ने छुट छैन, निर्मम उत्खनन गर्नुस्

64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  १९:५९
1140x725

समाजलाई अग्रदिशामा अघि बढाउने जिम्मेवारी चौथो अङ्गको भएकाले संचारमाध्यमको भुमिका पनि त्यही अनुरुप हुनुपर्ने अपेक्षा गरिन्छ। संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता दिएकोले यो काम मिडियाको धर्म पनि हो। प्रत्येक राज्यका बीचमा समन्वयन हुनुपर्दछ। 

न्यायपालिका र न्यायाधीश नियुक्तिमा संचारमाध्यमले प्रश्न उठाउनु भएको छ। यो आम नागरिकको प्रश्न हो। तर न्यायाधीशको रुपमा आएपछि त्यसले आफ्नो सबैकुरा छोडेको हुन्छ। जात छोडेको हुन्छ, धर्म छोडेको हुन्छ र विचार छोडेको हुन्छ। त्यसैकारण न्यायपालिकामा कार्यरत न्यायाधीशलाई स्वतन्त्र र सक्षम तथा निष्पक्ष हुनुपर्ने अपेक्षा गरिन्छ। एउटा यो दृष्टिकोणलाई सहज रुपमा सञ्चार माध्यमले लिनु पर्दछ। मिडियाले यो विषय नागरिकसम्म पुर्‍याई दिनुपर्दछ। 

सूचना र पारदर्शी न्यायालय निर्माण हुनै पर्दछ। हामी सँधै पारदर्शी छौं। हाम्रो आदेश, फैसला र आचारण सबै सार्वजनिक छन्। मिडियाले सहज रूपमा त्यसमा पहुँच पाएका छन्। सूचनाको हकको अदालत पनि सम्मान गर्दछ। यही कुरालाई ख्याल गरेर सर्वोच्चले सञ्चार नीति निर्माण गरिरहेको छ। यही नीतिलाई मूर्त रूप दिन हामीले चरणबद्ध छलफल चलाएको छौं। 

संसारमा संविधानवाद र बहुलबादमा आधारित प्रजातन्त्रमा विश्वास राख्ने मानिस र स्वतन्त्र न्यायालय हुनुपर्ने कुरामा विश्वास गर्ने गर्दछन्। हामी पनि त्यहीवादमा विश्वास गर्दछौं। हामीले बोलेका र निर्माण गरेका कुरा व्यवहारमा लागू गर्नेछौं। यसमा कसैप्रति शंका गर्न आवश्यक छैन। 

आम जनताको पक्षमा उठाएका प्रश्नलाई हामीले सहज रुपमा स्वीकार गर्दछौं। किनकि यो हाम्रो मात्र होइन, नागरिकको पनि सपना हो। हिजो भएका गल्ती र प्रश्नलाई समाधान गर्दै न्यायालय अघि बढिरहेको छ। यो अवस्थामा सञ्चार जगतले सहयोग गर्नै पर्दछ। संविधानको एउटै लक्ष्य हो। नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने हो। यसलाई तपाई-हामी दुवैले दिनु पर्ने अवस्था रहेको छ। 

हामी न्याय दिन्छौं तर त्यसको प्रसार सञ्चारमाध्यमले गर्नुपर्छ। नत्र जनताले त्यसको जानकारी पाउने छैनन्। न्यायाधीशका रुपमा आइसकेपछि उसले सबै कुरालाई छोडेर आएको हुन्छ। त्यही अनुसारको न्यायाधीशको व्यवहार देखिनु पर्दछ। यदि कुनै दिन नदेखिएमा त्यसमा सञ्चार माध्यमले प्रश्न उठाउन जरुरी छ। 

न्यायपालिको प्रमुखको रुपमा आज म रहेको छु। तर कुनै दिन अन्य व्यक्ति हुनेछन्। अहिले न्यायालय मर्माहित भएको अवस्था छ। अदालत निष्पक्ष र स्वतन्त्र रुपमा अघि बढ्न दिनुपर्दछ। त्यसमा सञ्चारमाध्यमले सही सूचना प्रकाशन तथा प्रशारण गर्नु पर्दछ। यदि गलत सूचना गएमा जनताले असुरक्षित महसुस गर्छन्। पक्ष/पक्षका बीचको विवादमा सूचना प्रकाशन गर्ने कुरामा ख्याल दिनु पर्ने हुन्छ। व्यक्तिको इच्छा नबुझी प्रकाशन गर्दा त्यसले पक्षलाई पर्ने असरमा पनि ख्याल दिनु पर्दछ। सार्वजनिक सरोकारका विषय र व्यक्तिगत विषय अब छुट्टिन जरुरी छ। 

विचाराधीन मुद्दामा पत्रकारले कलम चलाउँदा कँही न कँही प्रभाव पर्ने गर्दछ। उक्त मुद्दामा आदेश गर्ने न्यायाधीश र सेवाग्राहीमा असर पर्छ। त्यसमा विचार गर्नुपर्ने अवस्था देखिएको  छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चाँडो न्याय दिने हामी सबैको लक्ष्य हो। तर विचाराधीन मुद्दामा पहिले नै लेखिदिँदा ढिलो त्यही कारणले पनि भएको हुन सक्छ भन्ने कुरामा ख्याल राख्न जरुरी छ। विचाराधीन मुद्दामै नलेख्नुस् भन्न मिल्दैन तर लेख्दा त्यसले पर्ने असरलाई ख्याल गरिनु भने पर्दछ। विद्धानको लेख र विचारबाट प्रभावित नहुने हुँदैन। न्यायाधीश प्रभावित हुनु हुँदैन भन्ने सिद्धान्त हो तर त्यसबाट न्यायाधीश अछुत रहन सक्दैन। 

न्यायाधीश सच्चिनु पर्ने अवस्था छ भने सच्चिनु पर्दछ। न्यायाधीश पनि मानिस नै भएकाले गल्ती हुन सक्छ। उसले पनि गल्ती गर्न सक्छ तर त्यो गल्ती नियत राखेर वा नराखी के हो त्यसलाइ भने छुट्टाउनै पर्दछ।

न्यायाधीशले नियतै राखेर कुनै गलत काम गर्छ भने त्यसलाई जोगाउने आवश्यकता छैन। न्यायाधीशलाई गल्ती गर्ने छुट छैन। सञ्चारमाध्यमले त्यसलाई निर्ममता पूर्वक उत्खनन गर्नुस्। यस्ता गल्ती गर्नेहरुमाथि कारबाही हुनै पर्दछ। यससँगै न्यायालयलाई पनि बचाउनु पर्दछ। 

गल्ती गर्नेलाई छुट दिने अवस्थामा न्यायलय छैन। गल्ती गर्नेहरुको पक्षपोषण गर्ने पक्षमा पनि न्यायालय छैन। तर परिपक्व नभएको अवस्थामा कसैमाथि आरोप लगाउनु पर्ने अवस्थामा सञ्चार माध्यम पुग्नु हुँदैन। अबको न्यायपालिका स्वतन्त्र र सक्षम हुनुपर्दछ। त्यसका लागि सबैको सहयोग आवश्यक छ। विकृति विरुद्ध निर्मम हुने मिडियाको दायित्व हो। त्यसमा लाग्न मेरो सँधै साथ र शुभकामना छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चौथो रणनीतिक योजनाका विषयमा भएको छलफलमा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्