• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परिवर्तनले नछोएको परिवार, जसको दैनिकी कुपोषित छोराको पोषणभत्ताबाट चल्छ

64x64
नेपाल लाइभ सोमबार, साउन १३, २०७६  १२:५१
1140x725

रोल्पा- सरकारले ५ वर्षमुनिका दलित बालबालिकाको पोषण सुधारका लागि भन्दै मासिकरुपमा भत्ता दिने गर्दछ। रोल्पाको एक दलित परिवारमा भने सो भत्ता नै घरव्यवहारको आधार बनेको छ। जिल्ला सदरमुकाम लिवाङका ४५ वर्षीय श्यामलाल सुनारले आफ्ना २ छोराले पाउने पोषणभत्ताले घरव्यवहार चलाउँदै आएका छन्।

५ वर्षीय जेठो छोरा विवेकले ७ सय र ४ वर्षीय कान्छा छोरा विकासले एक हजारका दरले वार्षिक रुपम उक्त भत्ता पाउँछन्। सोही भत्ताबाट श्यामलालले घरमा जडान गरेको विद्युतको बिल तिर्ने गरेका छन्। 'अनि बचेको पैसाले चामल, तेल खरिद गर्छु,' श्यामलालले भने।

विद्युतको शुल्क समयमा भुक्तानी नगरे लाइन काटिने भएकाले छोराहरुले पाउने भत्ताबाटै तिर्दै आएको उनले बताए। छोराहरुले पाउँदै आएको भत्ता उनीहरुको पोषण सुधारको लागि हो भन्ने जानकारीसमेत छैन श्यामलाललाई। तर, ५ वर्ष पूरा गरेसँगै उक्त भत्ता रोकिने बारेमा जानकारी पाएपछि भने उनलाई त्यसपछिको दैनिकी कसरी चल्छ भन्ने चिन्ताले सताउन थालेको छ।

'जीवनको आधार बनेको उक्त भत्ता काटिएपछि कसरी घरव्यवहार चलाउने?,' श्यामलालसँग यो प्रश्नको जवाफ छैन।

सुरु-सुरुमा त घरमा जडान गरिएको पानीको महशुल पनि त्यही भत्ताबाटै तिर्थे उनी। पैसाको बचतकै लागि अचेल उनी पिउने पानीको धाराको लाइन कटाएर छिमेकीको धारामा आश्रित हुन बाध्य छन्। उनले भने, 'धाराको महसुल तिर्दा दैनिक खानपिनमा पैसा नपुग्ने भयो। अहिले छिमेकीको धाराबाट एक गाग्रो पानी भरेर खान्छौं। त्यही पानीले दिनभर पुर्‍याउनु पर्छ। शौचालय जाने पानी हुँदैन, कपडा धुनको लागि १ घन्टाको हिँडाइमा पुग्न सकिने खोलामा जान्छु।'

जेठो छोरालाई यसै वर्षदेखि विद्यालयसमेत पठाएका छन् उनले। '५ वर्ष पूरा भएर पनि स्कुल नपठाएको भन्दै घरमै भन्न आउनुभयो। अनि बालमन्दिरमा लगेर भर्ना गरेको छु,' श्यामललाले भने। तर, विद्यालयमा न त उनले खाजा खान पाउँछन्, न त घरमा नास्ता बनाएर पठाउने आवश्यक अन्न नै छ। पोषण भत्तावापत रकम पाए पनि विवेकले पढ्न जाँदासमेत त्यसको सदुपयोग गर्न पाएका छैनन्।

000

यसअघि दुवै छोरालाई कुपोषण भएपछि विभिन्न संस्थाको सहयोगमा दाङमा रहेको पोषण सुधार गृहमा पनि उनले छोराहरुलाई राखे। पोषण सुधार गृहमा बसेको केही समयपछि छोराहरु साथमै लिएर घर फर्किए श्यामलाल। जेठो छोरालाई त ठिक भयो। कान्छो छोराको भने कुपोषणमा सुधार हुन सकेन। अहिले कान्छो छोरा उठ्न, बस्न सक्दैन। उमेर ४ वर्ष पुरा भयो। हातखुट्टा पनि चल्दैनन्। कान्छो छोरालाई दिनभर घर भित्रै थुनेर कामको खोजीमा निस्कन्छन् उनी।

Ncell 2
Ncell 2
nimb
nimb

'काम नखोजे के खाएर बाँच्ने? त्यसैले दिनभर घरमै थुनेर काममा जान्छु,' श्यामलालले दुःख पोखे, 'कहिलेकाहीँ त बिहान निस्केको एकैचोटी बेलुका फर्कनुपर्छ। त्यस्तो बेला दिसापिसाबले घेरिएरको हुन्छ।'

घरमा खाने वस्तु नभएकाले कहिलेकाहीं त दिनभर भोक-भोकै बस्नुपर्छ उनको परिवारलाई। 'कहिले काम मिली पनि हाल्छ, कहिलै धेरै दिनसम्म काम पाइँदैन। यस्तो बेला भोकै बस्नुको हामीसँग कुनै विकल्प छैन,' श्यामलालले आफ्नो भोगाइ सुनाए।

000

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

श्यामलालको जीवन संघर्ष नयाँ भने होइन। श्यामलाल गर्भमै रहेका बेला बुवाको मृत्यु भयो। आमाको मृत्यु हुँदा श्यामलाल १० वर्षका मात्रै थिए। बुवाआमाको मृत्यु भएपछि उनी एक्लै भए। सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि दाजुको सहारा मिल्ला भन्ने आश पनि मर्‍यो।

त्यसपछि उनको जीवन निर्वाहको प्रमुख विकल्प ज्यालामजदूरी नै बन्यो। मजदूरीबाटै साँझबिहानको जोहो गर्दै आएका उनले यसै क्रममा अप्सरासँग विवाह गरे।

उनीहरुबाट एक वर्षको अन्तरालमा  दुई छोरा जन्मिए। कान्छो छोरा विकास १ वर्ष नपुग्दै अप्सरा घरबाट निस्किइन्। श्रीमती कहाँ गइन् भनेर निकै खोजतलास गरे श्यामलालले। तर, उनको खोजी निरर्थक बन्यो। अप्सराका बारेमा यथेस्ट जानकारी पाउन सकेनन्। गाउँलेबाट अपुष्ट खबर सुने- अप्सराले अर्कैसँग विवाह गरिसकिन्।

आमाले छोडेर गएपछि नाबालक छोराहरु विवेक र विकासको लालनपालन र हेरचाहको सबै जिम्मेवारी श्यामलालको काँधमा आयो। दिउँसो ज्यालामजदूरी गरेर ल्याएको पैसाले साँझबिहानको छाक टार्थे उनले।

छोराहरुको रेखदेख गर्ने व्यक्ति घरमा नभएकोले आफूले काम गर्ने ठाउँमै लगेर जान्थे उनी। गिट्टी कुट्ने काममा श्याम तल्लिन हुँदा विवेक र विकासको दैनिकी भने धुलोमै बित्थ्यो। तीन बाबुछोराको दिनचर्या लामो समय यस्तै गरी बित्यो।

शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिए पनि श्यामलालको परिवार यस्ता राज्यबाट प्राप्त हुने यस्ता संवैधानिक अधिकार प्राप्तिको बाटोमा सधैं किनारमा रहन बाध्य छन्।

गरिबीका कारण कुपोषित छोरा विकासको उपचार गराउन सकेका छैनन् भने विवेकलाई विद्यालय पठाउनसमेत धौ-धौ परिरहेको छ। स्वस्थ खानेपानी र सरसफाईको बहस भइरहँदा श्यामलालको परिवारका लागि यसले कुनै आशाको दियो बाल्न सकेको छैन।

अझ भनौं देशमा ठूलै राजनैतिक परिवर्तन भए, तर श्यामलालजस्ता अति विपन्न परिवारका लागि यस्ता परिवर्तनको अर्थ के त? यो प्रश्न श्यामलालजस्ता धेरैको प्रतिनिधि प्रश्न हो। अब उनीहरु यस्तै प्रश्नहरुको जवाफ खोजिरहेका छन्।

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्