• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परिवर्तनले नछोएको परिवार, जसको दैनिकी कुपोषित छोराको पोषणभत्ताबाट चल्छ

64x64
नेपाल लाइभ सोमबार, साउन १३, २०७६  १२:५१
1140x725

रोल्पा- सरकारले ५ वर्षमुनिका दलित बालबालिकाको पोषण सुधारका लागि भन्दै मासिकरुपमा भत्ता दिने गर्दछ। रोल्पाको एक दलित परिवारमा भने सो भत्ता नै घरव्यवहारको आधार बनेको छ। जिल्ला सदरमुकाम लिवाङका ४५ वर्षीय श्यामलाल सुनारले आफ्ना २ छोराले पाउने पोषणभत्ताले घरव्यवहार चलाउँदै आएका छन्।

५ वर्षीय जेठो छोरा विवेकले ७ सय र ४ वर्षीय कान्छा छोरा विकासले एक हजारका दरले वार्षिक रुपम उक्त भत्ता पाउँछन्। सोही भत्ताबाट श्यामलालले घरमा जडान गरेको विद्युतको बिल तिर्ने गरेका छन्। 'अनि बचेको पैसाले चामल, तेल खरिद गर्छु,' श्यामलालले भने।

विद्युतको शुल्क समयमा भुक्तानी नगरे लाइन काटिने भएकाले छोराहरुले पाउने भत्ताबाटै तिर्दै आएको उनले बताए। छोराहरुले पाउँदै आएको भत्ता उनीहरुको पोषण सुधारको लागि हो भन्ने जानकारीसमेत छैन श्यामलाललाई। तर, ५ वर्ष पूरा गरेसँगै उक्त भत्ता रोकिने बारेमा जानकारी पाएपछि भने उनलाई त्यसपछिको दैनिकी कसरी चल्छ भन्ने चिन्ताले सताउन थालेको छ।

'जीवनको आधार बनेको उक्त भत्ता काटिएपछि कसरी घरव्यवहार चलाउने?,' श्यामलालसँग यो प्रश्नको जवाफ छैन।

सुरु-सुरुमा त घरमा जडान गरिएको पानीको महशुल पनि त्यही भत्ताबाटै तिर्थे उनी। पैसाको बचतकै लागि अचेल उनी पिउने पानीको धाराको लाइन कटाएर छिमेकीको धारामा आश्रित हुन बाध्य छन्। उनले भने, 'धाराको महसुल तिर्दा दैनिक खानपिनमा पैसा नपुग्ने भयो। अहिले छिमेकीको धाराबाट एक गाग्रो पानी भरेर खान्छौं। त्यही पानीले दिनभर पुर्‍याउनु पर्छ। शौचालय जाने पानी हुँदैन, कपडा धुनको लागि १ घन्टाको हिँडाइमा पुग्न सकिने खोलामा जान्छु।'

जेठो छोरालाई यसै वर्षदेखि विद्यालयसमेत पठाएका छन् उनले। '५ वर्ष पूरा भएर पनि स्कुल नपठाएको भन्दै घरमै भन्न आउनुभयो। अनि बालमन्दिरमा लगेर भर्ना गरेको छु,' श्यामललाले भने। तर, विद्यालयमा न त उनले खाजा खान पाउँछन्, न त घरमा नास्ता बनाएर पठाउने आवश्यक अन्न नै छ। पोषण भत्तावापत रकम पाए पनि विवेकले पढ्न जाँदासमेत त्यसको सदुपयोग गर्न पाएका छैनन्।

000

यसअघि दुवै छोरालाई कुपोषण भएपछि विभिन्न संस्थाको सहयोगमा दाङमा रहेको पोषण सुधार गृहमा पनि उनले छोराहरुलाई राखे। पोषण सुधार गृहमा बसेको केही समयपछि छोराहरु साथमै लिएर घर फर्किए श्यामलाल। जेठो छोरालाई त ठिक भयो। कान्छो छोराको भने कुपोषणमा सुधार हुन सकेन। अहिले कान्छो छोरा उठ्न, बस्न सक्दैन। उमेर ४ वर्ष पुरा भयो। हातखुट्टा पनि चल्दैनन्। कान्छो छोरालाई दिनभर घर भित्रै थुनेर कामको खोजीमा निस्कन्छन् उनी।

Ncell 2
Ncell 2
nimb
nimb

'काम नखोजे के खाएर बाँच्ने? त्यसैले दिनभर घरमै थुनेर काममा जान्छु,' श्यामलालले दुःख पोखे, 'कहिलेकाहीँ त बिहान निस्केको एकैचोटी बेलुका फर्कनुपर्छ। त्यस्तो बेला दिसापिसाबले घेरिएरको हुन्छ।'

घरमा खाने वस्तु नभएकाले कहिलेकाहीं त दिनभर भोक-भोकै बस्नुपर्छ उनको परिवारलाई। 'कहिले काम मिली पनि हाल्छ, कहिलै धेरै दिनसम्म काम पाइँदैन। यस्तो बेला भोकै बस्नुको हामीसँग कुनै विकल्प छैन,' श्यामलालले आफ्नो भोगाइ सुनाए।

000

Xtrem

Xtrem

श्यामलालको जीवन संघर्ष नयाँ भने होइन। श्यामलाल गर्भमै रहेका बेला बुवाको मृत्यु भयो। आमाको मृत्यु हुँदा श्यामलाल १० वर्षका मात्रै थिए। बुवाआमाको मृत्यु भएपछि उनी एक्लै भए। सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि दाजुको सहारा मिल्ला भन्ने आश पनि मर्‍यो।

त्यसपछि उनको जीवन निर्वाहको प्रमुख विकल्प ज्यालामजदूरी नै बन्यो। मजदूरीबाटै साँझबिहानको जोहो गर्दै आएका उनले यसै क्रममा अप्सरासँग विवाह गरे।

उनीहरुबाट एक वर्षको अन्तरालमा  दुई छोरा जन्मिए। कान्छो छोरा विकास १ वर्ष नपुग्दै अप्सरा घरबाट निस्किइन्। श्रीमती कहाँ गइन् भनेर निकै खोजतलास गरे श्यामलालले। तर, उनको खोजी निरर्थक बन्यो। अप्सराका बारेमा यथेस्ट जानकारी पाउन सकेनन्। गाउँलेबाट अपुष्ट खबर सुने- अप्सराले अर्कैसँग विवाह गरिसकिन्।

आमाले छोडेर गएपछि नाबालक छोराहरु विवेक र विकासको लालनपालन र हेरचाहको सबै जिम्मेवारी श्यामलालको काँधमा आयो। दिउँसो ज्यालामजदूरी गरेर ल्याएको पैसाले साँझबिहानको छाक टार्थे उनले।

छोराहरुको रेखदेख गर्ने व्यक्ति घरमा नभएकोले आफूले काम गर्ने ठाउँमै लगेर जान्थे उनी। गिट्टी कुट्ने काममा श्याम तल्लिन हुँदा विवेक र विकासको दैनिकी भने धुलोमै बित्थ्यो। तीन बाबुछोराको दिनचर्या लामो समय यस्तै गरी बित्यो।

शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिए पनि श्यामलालको परिवार यस्ता राज्यबाट प्राप्त हुने यस्ता संवैधानिक अधिकार प्राप्तिको बाटोमा सधैं किनारमा रहन बाध्य छन्।

गरिबीका कारण कुपोषित छोरा विकासको उपचार गराउन सकेका छैनन् भने विवेकलाई विद्यालय पठाउनसमेत धौ-धौ परिरहेको छ। स्वस्थ खानेपानी र सरसफाईको बहस भइरहँदा श्यामलालको परिवारका लागि यसले कुनै आशाको दियो बाल्न सकेको छैन।

अझ भनौं देशमा ठूलै राजनैतिक परिवर्तन भए, तर श्यामलालजस्ता अति विपन्न परिवारका लागि यस्ता परिवर्तनको अर्थ के त? यो प्रश्न श्यामलालजस्ता धेरैको प्रतिनिधि प्रश्न हो। अब उनीहरु यस्तै प्रश्नहरुको जवाफ खोजिरहेका छन्।

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्