काठमाडौं– न्यायपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ।
दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय बिहीबार बसेको परिषद् बैठकले गरेको हो।
न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरुवा गरेका हुन्। नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन्।
प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।