वर्षाका कारण पुल्चोकमा रुख ढल्यो, प्रहरी कार्यालयमा क्षति

नेपाल लाइभ | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 ०७:५५:०० मा प्रकाशित

काठमाडौं– रातभरको वर्षाका कारण ललितपुरस्थित पुल्चोक सडक छेउको रुख ढलेको छ।

महानगरीय प्रहरी प्रभाग पुल्चोक अगाडि ढलेको रुखले प्रहरी कार्यालयमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको एसएसपी रवीन्द्र धानुकले बताए।

रुख ढलेका कारण केही समय सडक समेत अवरुद्ध भएको थियो। ढलेको रुख हटाइसकेकाले अहिले सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ। 

देशका अन्य धेरै ठाउँमा पनि रातिदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले नदी किनार पहिरो जान सक्ने छेउछाउका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ।