• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरियामा डब्लुपिएस लागू भए प्रवासीलाई के हुन्छ फाइदा?

64x64
नेपाल लाइभ आइतबार, असार २२, २०७६  १८:०७
1140x725

कोरियामा प्रवासी श्रमिकको संख्या करीब ११ लाख रहेको कोरियाली सरकारको तथ्यांक  छ। सी-वान, ई-वान, ई-टु, ई-त्रि, ई-फोर, ई-फाईभ, ई-सिक्स, ई-सेभेन, ई-नाईन र ई-टेन भिसा भएका प्रवासीले कोरियामा श्रमिक भइ काम गर्न पाउँछन्। 

यी भिसामा कोरिया आउने प्रवासी श्रमिकलाई आफूले चाहेको अवस्थामा कम्पनी परिवर्तन र छनोट गर्न पाउने अधिकार दिइएको छैन। रोजगार अनुमति प्रणाली (इपिएस) मा कम्पनी परिवर्तन गर्नका लागि रोजगारदाताले अनुमति दिनुपर्दछ। रोजगारदाताले श्रमिकलाई कम्पनी परिवर्तन गर्न अनुमति नदिएमा कम्पनी परिवर्तन गरी काम गर्न असम्भव छ। 

कोरियाली सरकारले  प्रवासी श्रमिकलाई विभेद गरेको छ। त्यहाँका प्रवासी श्रमिकले विभेद भएको महसुस गरेका छन्। विद्यमान कोरियाली कानुनले प्रवासी श्रमिकलाई काम गर्ने मिसिन मात्र सोचेको छ। प्रवासी कामदार पनि समान मानव अधिकार र मजदुर अधिकार भएका मानिस हुन् भनी कोरियाले सोचेको पाईँदैन। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनबाट प्रवासी श्रमिकको अधिकार सुनिश्चित गरिएको छ, तर कोरियाली सरकारले प्रवासी श्रमिकको यो अधिकारलाई स्वीकार गरेको छैन। 

कोरियाको संविधान अनुसार धारा १५ मा ‘सम्पूर्ण नागरिकलाई पेशा रोज्ने स्वतन्त्रता छ,' भनी उल्लेख छ। प्रवासी श्रमिकलाई पनि उक्त संविधान लागू हुनुपर्ने हो। यसैगरी, श्रम नियमको धारा ६ मा ‘रोजगारदाताले मजदुरलाई पुरुष र महिला (लिङ्ग)का कारण भेदभाव गर्न नपाउने, राष्ट्र-धर्म तथा सामाजिक पहिचानका कारण श्रम गर्ने  अवस्था (वर्किङ कन्डिसन) का बारेमा भेदभावपूर्ण व्यवहार गर्न नपाउने’ भनी जनाइएको छ।

सन् २०१२ अगस्टमा युएनअन्तर्गत जातीय भेदभाव उन्मूलन समितिले कम्पनी परिवर्तन सम्बन्धि व्यवस्थाका सीमा सुधार गर्न कोरिया सरकारलाइ सिफारिस गरेको थियो। 

सन् २०१५ मा युएन अन्तर्गत जातीय भेदभाव उन्मूलन समितिले इपिएस प्रणालीबाट आएका प्रवासी मजदुरले जति पटक पनि कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था गर्न सिफारिस गरेको थियो। सन् २०१८ मा पनि सोही समितिले पुन सो व्यवस्था लागू गर्न भनेको थियो। 

उदय राई

अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ)ले पनि सम्पूर्ण श्रमिकको आधारभूत अधिकार सुरक्षित गर्न र भेदभावनगर्न, प्रवासी श्रमिकले सजिलो तरिकाले कम्पनी फेर्न गर्न सक्ने गरी नियममा सुधार गर्न सिफारिस गरेको छ। तैपनि कोरिया सरकारले यस्ता सुझाव कार्यान्वयनमा ल्याएको छैन। प्रवासी श्रमिक प्रति गरिने  भेदभाव, शोषण, दमन, जबर्जस्ती काम गराउने प्रवृत्ति निरुत्साहित गर्न कुनै पहल गरिरहेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वेच्छाले कम्पनी परिवर्तन गर्न नसकेर प्रवासी मजदुरलाई असहज महसुस भइरहेको छ।   

न्यूनतम तलब, हिंसा, असभ्य बोली, यौनहिंसा, जोखिमपूर्ण काम, जबर्जस्ती, असुरक्षित आवास, बिरामी हुँदा अस्पताल जान नदिएपनि, विश्राम बिदा नदिने, लामो समय काम काम गर्न प्रवासी कामदार बाध्य छन्। चाहेर पनि कम्पनी परिवर्तन गर्न दिइँदैन।

शारीरिक मानसिक कष्ट सहन नसकेर निराशा भएका मजदुर धेरै छन्। आत्महत्या बढ्दै गएको छ। डाक्टरले रोगको निदान गरेपनि साहुले झुट बोलेको वा बाहाना बनाएको भन्दै मानसिक पीडा दिने गरेको छ। मानौँ प्रवासी मजदुरको डाक्टर अस्पतालमा भएको मान्छे नभई साहु हो? यसरी रोजगारदाताले प्रवासी मजदुरलाई मनपरी जबर्जस्ती काम गराईरहेका छन्। यसो हुनु कम्पनी परिवर्तन गर्नेबारे अधिकार रोजगारदातालाई मात्र भएको कारणले हो। 

डब्लुपिएस लागू भए प्रवासी श्रमिकलाई के फाइदा हुन्छ?
कार्य भिसा प्रणाली (डब्लुपिएस)मा प्रवासी श्रमिकको अधिकार सुनिश्चित हुन्छ। प्रवासी मजदुरले सम्मानित मजदुरी जीवन पाउँछन्। आफ्नो परिवार कोरियामा ल्याएर सँगै बस्न पाउँछन्। लामो अवधि ४ वर्ष १० महिनाभन्दा बढी लगातार काम गर्न पाउने छन्।  काम गर्ने उमेरको हद हट्ने छ। ३ वर्षपछिको १ वर्ष १० महिनाको अवधि बोनस भिषा थप्न कम्पनी मालिकको अनुमति लिन पर्ने छैन।

यसैगरी कार्य भिसा प्रणाली लागू भए कृषिबाट पनि अन्य क्षेत्रमा काम परिवर्तन गर्न सकिन्छ। कम्पनी स्वइच्छाले परिवर्तन गर्न पाउने अधिकार कामदारालाई हुन्छ। कार्यस्थलको अवस्था सुधार र सेवा सुविधा वृद्धि गर्न कम्पनी बाध्य हुनेछ। यसो भए प्रवासी श्रमिकले कम्पनी परिवर्तन गर्न आवश्यक पर्दैन। इपिएस डब्लुपीएसमा रुपान्तर भएपनि कोरिया आउने छनोट माध्यम अहिलेको भाषा परीक्षा नै हुनेछ। कोरियामा लागु हुने कानुन मात्र परिवर्तन हुने हो। 

स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाए के फाईदा हुन्छ? 
डब्लुपिएस प्रणाली लागू भए प्रवासी मजदुरलाई रोजगारदाताले मनपरी गर्ने प्रवृत्ति न्यूनीकरण हुन्छ। अहिले जस्तो दबिएर काम गर्नु पर्ने अवस्था हुने छैन। कम्पनीको काम गर्ने अवस्था (वर्किङ कन्डिसन) को सुधार गर्न सकिन्छ। हिँसा र असभ्य बोली बोल्न पाउने छैनन्। मजदुरलाई नराम्रो व्यवहार गरेमा जुनसुकै बेला पनि जान  सक्छ भन्ने कुरा कम्पनीलाई महसुस भएर व्यवहारमा परिवर्तन गर्नेछ। स्वदेश फर्काइ दिन्छु भनी धम्की दिन सक्तैन। सेवासुविधा समयानुकुल समायोजन हुँदै जाने अपेक्षा गरिएको छ। कामदारले चाहेको समयमा बिदा पाउन सक्दछ। 

कोरियामा प्रवासी मजदुर युनियन, कोरियन मजदुर युनियनको दबाबमूलक गतिविधि, संघर्षले प्रवासी मजदुरसँग सम्बन्धित नीति नियममा धेरै परिवर्तन भएको छ। कम्पनीले प्रवासी श्रमिकलाई उपलब्ध गराउने कोठाको स्थिति नाजुक भएकाले सुधार गर्न सरकारलाई उचित नियम बनाउन दबाब दिँदै आएको छ। सरकार बाध्य भएर अवासगृहको मापदण्ड सम्बन्धी नियम केही अगाडी मात्र पारित गरिएको छ। जसले गर्दा रोजगारदाताले अब दिनभित्रै तोकिएको मापदण्ड पूरा भएका कोठा उपलब्ध गराउन बाध्य हुनेछन्। 

राई प्रवासी मजदुर युनियन (एमटियु) कोरियाका अध्यक्ष हुन्।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्