• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बहस : हाम्रो फिल्म शिक्षा कुन बाटोमा?

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०७६  १७:१४
1140x725

एउटा समय थियो, जतिबेला फिल्ममा काम गर्नु कुनै पेसा थिएन। कोही अभिभावक आफ्नो सन्तानलाई कलाकार बनाउन चाँहदैन थिए। अभिनय गर्नु, नाँच्नु या गाउनुलाई फगत् मनोरन्जनका रुपमा मात्रै लिइन्थ्यो। झन्, कोही सन्तानले आफ्नो अभिभावकलाई झुक्किएर 'म फिल्म पढ्छु' भन्थ्यो भने त्यो त ठूलो ठट्टाबाहेक केही हुन्थेन। 

समयले कोल्टे फेर्‍यो। नेपालमै पनि फिल्म पढाइ सुरु भयो। कोही डाइरेक्टर, कोही एक्टर, कोही सिनेमाटोग्राफर त कोही फिल्म एडिटर बन्ने लक्ष्य बोकेर फिल्म कलेज धाउन थालेको धेरै भइसक्यो। नेपालको एकमात्रै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अस्कर फिल्म कलेजमा बर्सेनि फिल्म अध्ययन गर्न चाहनेको चाप बढिरहेको बताउँछन्, त्यहाँका सिइओ तथा क्याम्पस प्रमुख विनोद पौडेल। 

उनको दाबीले नै प्रस्ट्याउँछ, फिल्मप्रति विद्यार्थीको मोह बढ्दो छ। यहाँ पढाइने पाठ्यक्रमले फिल्म क्षेत्रमा राम्रो जनशक्ति उत्पादन गरिरहेको छ त? ती पाठ्यक्रम पर्याप्त छन् त? 

समीक्षा र बहस दुवै आवश्यक छ। 

केही दिनअघि अस्करका क्याम्पस प्रमुख पौडेल एक अनौपचारिक कुराकानीमा भन्दै थिए, 'हाम्रो कोर्समा त्यति समस्या छैन तर हामीसँग दक्ष प्राध्यापकहरुको अभाव भने छ।' 

पढाउनेकै अभाव छ भने उत्पादनमा त समस्या हुने नै भयो! यद्यपि उनी यो वर्षदेखि कोर्स अपग्रेड गर्ने तयारीमा रहेको बताइरहेका थिए। उनको त्यो सूचनाले एउटा कुरा त प्रस्ट पार्थ्यो, आजसम्म जे पढाइयो त्यो पर्याप्त थिएन। 

कहाँकहाँ हुन्छ पढाइ? 
अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजलाई वरिष्ठ कलाकार नीर शाहको टिमले २०६१ सालमा स्थापना गरेको हो। पछि शाह पछि हटे, टीकाराम पोखरेलको टिमले सञ्चालनको जिम्मेवारी लियो। तर, विविध कारण कलेजमा आन्तरिक द्वन्द्व सिर्जना हुन थाल्यो। दिनहुँजसो आन्दोलनको अवस्था सिर्जना भएपछि त्रिभुवन विश्वविद्यालय कलेज बन्द गर्ने निर्क्यौलमा पुग्यो। त्यही समयमा फिल्म निर्देशक विनोद पौडेलले आँट गरे। र, कलेज खरिद गरेर चलाउने निर्णय लिए। अहिले उनकै टिमले अस्कर हाँकिरहेको छ।

यो कलेजका अलावा नेपालमा केही फिल्म इन्स्टिच्युट पनि छन्, जसले फिल्म पढाउन सुरु गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

फिल्म निर्माता छविराज ओझाको अध्यक्षतामा केही फिल्मकर्मीको समूहले सुरु गरेको छ, कान्तिपुर फिल्म एकेडेमी। त्यस्तै वरिष्ठ अभिनेता सुनिल थापाको समूहले एभरेस्ट फिल्म एकेडेमी चलाइरहेको छ। कलेजले फिल्म विषयमा स्नातक पढाइरहेका छन् भने इन्स्टिच्युटहरुले 'डिप्लोमा कोर्स' सञ्चालन गरेका छन्। 

नेपालमा फिल्म विषयमा स्नात्तकोत्तर तहको अध्ययन भने अझै सुरु हुन सकेको छैन। जसकारण दक्ष जनशक्ति उत्पादनमा भने अझै असर परिरहेकै छ। फिल्ममा स्नात्तकोत्तर गर्न चाहनेहरु विदेश नै जानुपर्ने अवस्था छ। 

केके पढाइन्छ? 
धेरैलाई जिज्ञासा हुँदो हो, नेपालको फिल्म शिक्षाको कोर्स कसरी डिजाइन गरिएको होला? केके पढाइँदो हो? 

अस्कर कलेजको कोर्स सरसर्ती हेर्दा थाहा भयो ब्याचलरको तीनवर्षे स्टडिजको कोर्समा विद्यार्थीलाई बेसिक फिल्म थ्योरी, फिल्म इतिहास, मनोविज्ञान, अंग्रेजी, नेपाली, इतिहास, संस्कृति, समाजशास्त्र र मानवशास्त्र प्रमुख विषयका रुपमा पढाइने रहेछ।  

त्यसमा विद्यार्थीले पाँच विषयमध्ये पटकथा लेखन एवं निर्देशन, छायांकन, अभिनय, सम्पादन र अडियोग्राफीमध्ये एक विधामा केन्द्रित भएर पढ्नुपर्छ। अभिनय पढ्नेलाई पर्फर्मिङ एक्टबारेमा बुझाइन्छ। बडी एन्ड मुभमेन्ट, स्पिच एन्ड भ्वाइस, बिल्डिङ एन्ड क्यारेक्टर, स्टेज एक्टिङ एन्ड क्यामेरा, टेक्निक्स र मेथर्ड अफ पर्फमेन्सबारे पढाइन्छ। 

निर्देशन पढ्नेलाई फिल्म कलाका रुपमा कसरी स्थापित भयो, त्यसको अवधारणाबारे बुझाइन्छ। कथाको विश्लेषण, स्क्रिन राइटिङका टेक्निक्सहरु, अनुकूलनको कला, सर्ट बाई सटको निर्देशन र कलाकारको निर्देशन विषयबारे सिकाइन्छ। 

छायांकन पढ्नेलाई सिनेमाटोग्राफीको परिचय गराउँदै मोसन पिक्चर्स क्यामेरा र लेन्सहरु, दृश्य रचना र यसका दृष्टिकोण, लाइटिङको सिद्धान्त, प्रोडक्सनको प्रयोगशाला प्रक्रिया, पोस्ट प्रोडक्सन र सिनेमाटोग्राफीको आधुनिक विकासबारे सिकाइन्छ। सिनेमाटोग्राफीको कक्षा बढी प्रयोगात्मक हुने गर्छ। 

अडियोग्राफी अन्तर्गत इलेक्ट्रिोनिक्सको आधारभूत तह र मान्यताहरु, ध्वनि विज्ञान, अडियो रेकर्डिङ, मिक्सिङ एन्ड टेक्नोलोजी अफ अडियोग्राफीबारे सिकाइन्छ। 

फिल्म सम्पादक हुन चाहनेले यहाँ आएर पढ्ने भनेको फिल्मको सम्पादन कसरी गर्ने भन्ने नै हो। सम्पादन अन्तर्गत उसले यहाँलाई सम्पादनको परिचयसँगै, ध्वनि/दृश्य सम्पादनको सिद्धान्त, प्रयोगशाला प्रक्रिया, टेलिभिजन टेक्नोलोजी र डिजिटल सम्पादन प्रणाली सिक्छ। अनि उसलाई सम्पादनको अभ्याससमेत गराइन्छ। 

वैकल्पिक कथा भन्ने शैलीलाई पछिल्लो समय हाम्रोमा मानक मानेर भित्र्याउने क्रम बढेको छ। क्लासिकल न्यारेटिभलाई घृणा गर्ने तर अल्टरनेटिभ न्यारेटिभलाई आधार मानेर भित्र्याउन खोज्दा समस्या देखिएको छ।

त्यस्तै अस्करमै 'सर्ट–टम कोर्स' पनि उपलब्ध छ। फिल्म मेकिङको एक वर्षीया कोर्सले चाहिँ फिल्म मेकिङको आधारभूत शिल्प र प्रविधिबारे बुझ्न सघाउने कलेजको दाबी छ। 

यता फिल्म इन्स्टिच्युटहरुले भने यिनै विषयमा आधारित रहेर फिल्मको प्राविधिक र सैद्धान्तिक ज्ञान दिइरहेका छन्। 

के अपर्याप्त छ?
चलचित्र विकास बोर्डले वर्षैपिच्छे नेपाली विद्यार्थीलाई फिल्म पढाउन छात्रवृत्तिमा बाहिर पठाउने गर्छ। यस वर्ष छात्रवृत्तिको छनोट परीक्षामा सहभागी एक विद्यार्थी सुनाउँदै थिए, 'नेपालमा फिल्म शिक्षा लिएका विद्यार्थीसँग समाज र संस्कृतिका विविध पक्षबारे कुनै ज्ञान नै नभएको पाइयो। यहाँको कोर्स अफ स्टडी नै कमजोर रहेछ।' 

फिल्म पढेका र पढाइरहेका धेरैसँगको अन्तरक्रियापछि बल्ल प्रस्ट भइयो, हामी यहाँ बढी प्राविधिक हिसाबले मात्रै पढाइरहेका छौं। हामीकहाँ पढाइने फिल्म शिक्षाको मूल उद्देश्य त विद्यार्थीलाई फिल्म बनाउन प्राविधिक हिसाबले दक्ष बनाउने मात्रै रहेछ। त्यो सँगसँगै हाम्रो पढाइ त विशेषगरी सिनेमालाई बढी 'फेन्टसाइज' गर्नतर्फ उन्मुख भइरहेको पाइयो।  

विश्वमा दुई किसिमले फिल्मको अवधारणाको विकास भयो। एउटा क्लासिकल न्यारेटिभ, अर्को वकैल्पिक। 

क्लासिकल न्यारेटिभचाहिँ त्यस्तो कथा भन्ने शैली हो, जसले मानिसलाई सामान्यत जीवनका विविध आयामसँग आबद्ध गराएर आफ्नो कथामार्फत प्रभाव छोड्न खोज्छ। यो न्यारेटिभ विस्तारै फर्मुला बन्दै गयो र त्यही अनुरुप विकास हुँदै आयो।

अर्को अल्टरनेटिभ अर्थात् वैकल्पिक न्यारेटिभचाहिँ परम्परागत कथ्य शैलीलाई तोड्नुपर्छ भन्ने विचार अनुरुप निर्माण भयो। त्यो परम्परागत सूत्रहरुलाई तोड्नुपर्छ भनेर ज्ञानको विनिर्माण हुने काम भयो। 

हो, यही वैकल्पिक कथा भन्ने शैलीलाई पछिल्लो समय हाम्रोमा मानक मानेर भित्र्याउने क्रम बढेको छ। क्लासिकल न्यारेटिभलाई घृणा गर्ने तर अल्टरनेटिभ न्यारेटिभलाई आधार मानेर भित्र्याउन खोज्दा समस्या देखिएको छ। हाम्रो समाजको अवधारणा, हाम्रो समाजको व्यवहारिकता, यी सबै कुरालाई छुन हामी कहीँकतै चुकिरहेका छौं।  

हामीकहाँ फिल्म पढ्न विशेषतः युवायुवती जाने हुनाले उनीहरुमा समाजको, समाजको सांस्कृतिक, समाजको राजनीतिक, समाजको ऐतिहासिक, समाजको भौगोलिक यी कुनै पनि कुराको ज्ञान हुँदैन। र, हाम्रो फिल्म शिक्षा उनीहरुलाई यही कुरा पढाउन भुलिरहेको छ। समाजका विविध पक्ष र आयाम नबुझेको मान्छे कसरी एउटा असल फिल्म सर्जक हुन सक्छ? फिल्म कलेज र इन्स्टिच्युटहरुले अहिले आफैलाई गर्नुपर्ने गम्भीर प्रश्न हो यो। 

हाम्रो फिल्म शिक्षा एब्सर्डिज्मतिर बढी उन्मुख हुन थालेको देखिन्छ। एब्सर्डिज्ममा फरक प्रयोग त हुन्छ तर त्यो हाम्रो आवश्यकता फरक हुनका लागि हो या जीवनको संगतिभित्रको गहिराइ? त्यसमा हामी प्रस्ट छैनौं।

जब फिल्मलाई गणितजसरी 'यो यस्तै नै हो' भनेर पढ्न थालिन्छ त्यसपछि समस्या हुन्छ। हामीकहाँ त्यो समस्या पनि छ। असूत्रबद्धताको सूत्रबद्धताचाहिँ हाम्रो अहिलेको फिल्म पढाइको सबैभन्दा ठूलो समस्या हो। हामीकहाँ सूत्रविहीनताको पनि असूत्र बन्न थाल्यो। भन्नाले, पुरानो तरिकालाई आत्मसात गर्नुहुन्न, नयाँ जे गरे पनि हुन्छ भन्ने खालको सूत्र बन्न थाल्यो। यो गम्भीर समस्या हो।

छिमेकी मुलक भारतकै फिल्म शिक्षाको कुरा गर्ने हो भने त्यहाँको पढाइमा सूत्रबद्धतालाई व्यवस्थित तरिकाले अघि बढाइएको छ। बरु त्यसभित्र रहेका क्लिसे मान्यता र अवधारणालाई विस्तारै भत्काइँदैछ। भारतीय सिनेमाहरु मध्यधारतिर अघि बढ्नुको कारण पनि यही हो। 

हाम्रो फिल्म शिक्षा एब्सर्डिज्मतिर बढी उन्मुख हुन थालेको देखिन्छ। एब्सर्डिज्ममा फरक प्रयोग त हुन्छ तर त्यो हाम्रो आवश्यकता फरक हुनका लागि हो या जीवनको संगतिभित्रको गहिराइ? त्यसमा हामी प्रस्ट छैनौं।

कथाहरुले जीवनको संगति र संरचनाभित्रको गहिराइ नाप्ने कि एकदमै फरक हुनका लागि फरक अभिव्यक्तिको खोजी गर्ने? यसमा प्रस्ट नभई सिनेमा बनाउँदा पनि पछिल्लो समय फिल्मप्रति नैराश्य र अविश्वसनीयताको मात्रा बढेको छ।

यहाँ फिल्मका सूत्र र अवधारणाबारे किन चर्चा भइरहेको हो भने फिल्म कलेज र इन्स्टिच्युटको नेतृत्व जस्तो हुन्छ, त्यहाँबाट उत्पादन हुने जनशक्ति पनि उस्तै हुने हो।

अवधारणा नै अस्पष्ट
नेपाली फिल्म शिक्षाको चर्चा गर्दैगर्दा आभास फिल्म इन्स्टच्युटलाई बिर्सनै सकिन्न। अस्कर कलेजभन्दा अघि खुलेको फिल्म पढाउने यो विद्यालय 'उजेली' फिल्म बनाउने दीपेन्द्र गौतम लगायतको टोलीले खोलेको थियो। उनीहरुको टोली इटालीको न्यु रियालिस्टिक सिनेमाबाट बढी प्रभावित देखिन्थ्यो। उनीहरुको सिनेमामा पनि यथार्थवादको प्रस्तुतीकरण बढी पाइन्थ्यो। त्यसैले त्यहाँबाट उत्पादन भएका जनशक्ति पनि त्यही स्कुलिङबाट गाइडेड देखिए। 

उदाहरणका लागि फिल्म निर्देशक मनोज पण्डितलाई नै लिन सकिन्छ। उनले बनाएका 'बधशाला' र 'खाग' दुवैमा यथार्थवाद बढी पाइन्छ। 

परम्परागत सूत्रलाई तोड्ने विकल्पमा त्यहाँबाट पढेर आएका धेरै फिल्मकर्मीले अहिले नेपाली फिल्ममा 'अति असूत्रबद्धता' प्रवेश गराइरहेका छन्। धेरैजसो फिल्म 'न्यु रियालिज्म' प्वाइन्ट अफ भ्युबाट बनिरहेका छन्।

नेपालमा फिल्म शिक्षालाई प्रवर्द्धन गर्नेहरुको चर्चा गर्दैगर्दा नछुट्ने अर्को नाम नीर शाह। उनको नेतृत्वले चाहिँ बढी रोमान्टिसिज्मलाई प्राथमिकता दियो। उनी स्वयं बलिउडसँग नजिक थिए, त्यसैले विशेषगरी बलिउडका वैकल्पिक सिनेमालाई शिक्षामा स्पेस दिए।
 
अस्करबाहेक नेपालमा खोलिएका अन्य जति पनि फिल्म एकेडेमी छन्, उनीहरु प्रायः आफ्नो फिल्मप्रतिको विचार र अवधारणामा प्रस्ट देखिँदैनन्। फिल्म भनेको दर्शन हो, विचार हो, यसले विचारलाई प्रवाह गर्छ भन्ने कुरामा ती इन्स्टिच्युट त्यति गम्भीर देखिएका छैनन्। उनीहरु ठान्छन्, फिल्म विचारभन्दा पनि बढी प्रविधि हो। यहाँ एउटै सूत्रमा आधारित भएर कथा भने हुन्छ, कथा भन्नलाई प्रविधि जानेपछि हुन्छ।

तर, विनोद पौडेलको टिमले नेतृत्व गरिरहेको अस्कर फिल्म कलेज विचारका मामिलामा स्पष्ट देखिन्छ। विनोद स्वयं अस्करको फस्ट ब्याचका विद्यार्थी हुन्, जतिबेला त्यो कलेज नीर शाहको नेतृत्वमा थियो। पौडेल भन्छन्, उनीहरुको पालामा आजको जस्तो अवस्था थिएन।' 

अस्करबाटै उत्पादन भएका केही फिल्मकर्मीका फिल्म हेर्दा प्रस्ट भइन्छ, त्यहाँका उत्पादनमा अवधारणा र विचारको समस्या छैन। नेपालमा जसरी बलिउडको प्रभाव थियो, जसरी बलिउडकै सूत्रबद्ध ढंगबाट सिनेमा बनिरहेको थियो, अस्करका उत्पादन त्यसको विकल्प र विरुद्धमा उभिएका छन्। परम्परागत सूत्रलाई तोडेर निर्माण भएको 'लुट' फिल्मका निर्देशक निश्चल बस्नेत पनि अस्करकै उत्पादन हुन्। 

परम्परागत सूत्रलाई तोड्ने विकल्पमा त्यहाँबाट पढेर आएका धेरै फिल्मकर्मीले अहिले नेपाली फिल्ममा 'अति असूत्रबद्धता' प्रवेश गराइरहेका छन्। धेरैजसो फिल्म 'न्यु रियालिज्म' प्वाइन्ट अफ भ्युबाट बनिरहेका छन्।

समीक्षक र दर्शक दुवैबाट वाहवाही बटुलेको 'बुलबुल' अस्करकै क्याम्पस प्रमुख पौडेलको लेखन तथा निर्देशन थियो। अर्को सुकुम्बासी जोडीको यौन मनोविज्ञानमा आधारित सशक्त सिनेमा 'साँघुरो'का निर्देशक जोइस पान्डे अस्करकै उत्पादन हुन्। यी सबै उदाहरण हेर्दा प्रस्ट हुन सकिन्छ, अस्करको फिल्म शिक्षामा उत्तरआधुनिक यथार्थवादको अवधारणा हाबी छ। 

त्यति मात्रै होइन, त्यहाँ फिल्म पढेर आएका सबै मुलधारका सिनेमामा संलग्न छैनन्। धेरैजसो सर्ट फिल्ममा संलग्न देखिन्छन्। उनीहरुले बनाएका धेरैजसो सर्ट फिल्म हेर्ने हो भने ती 'पोस्टमोर्डनिस्ट' र 'एब्सर्डिस्ट'तर्फ उन्मुख देखिन्छन्। विडम्बनाचाहिँ, धेरैजसोले स्वच्छन्दतावादको नाममा अति स्वच्छन्दतावादलाई बढवा दिइरहेको अवस्था छ। जे अभिव्यक्ति दिए पनि हुन्छ भन्ने मानसिकता हाबी देखिन्छ। 

अमेरिकामा मात्रै दुई सयभन्दा बढी स्कुल र युनिभर्सिटी छन्, जहाँ अभिनय पढ्न हरेक वर्ष हजारौं विद्यार्थी भर्ना भइरहेका हुन्छन्। के ती सबै विद्यार्थी मुर्ख हुन्? जो समय र पैसा खर्च गरिरहेका छन्?

फिल्म शिक्षाका विषयमा लेख्दै गर्दा मलाई याद आयो, एकपल्ट अन्तरवार्ताका क्रममा एक फिल्म कलाकारले भनेका थिएँ, 'अभिनय त सिक्नुपर्ने विषय नै होइन, यो त इनबोर्न क्वालिटी हो।' 

यही प्रश्न मैले अभिनेता अनुप बराललाई सोधेको थिएँ। के अभिनय साँच्चै सिक्नुपर्ने विषय हो र? 

उनको जवाफ थियो, 'मलाई उदेक लाग्छ, आजको समयमा पनि हामीसँग यो प्रश्न दोहोर्‍याई तेहर्‍यायाई सोधिँदैछ। हामी यही कुरा डाक्टरी पढ्ने, इन्जिनियरिङ गर्ने, नृत्य सिक्ने या म्युजिक सिक्नेहरुसँग कहिल्यै गर्दैनौं। अझै पनि हामीसँग अभिनयलाई लिएर मध्ययुगीन सोचको धङधङी छ। के कुनै दर्शक या व्यक्तिले घाटु, चर्या, कत्थक हेरिरहँदा हेरेकै भरमा भयंकर प्रस्तुति दिन सक्छ र? कुनै बाँसुरीबादक या भ्वाइलिन पादकले के कुनै अभ्यासबिना मञ्चमा गएर सानदार प्रस्तुति गर्ला?'

हुन पनि हो, चीनमा गाइने पेकिङ अपेरा, दक्षिण भारतमा हुने कत्थकली, कुडियाट्टम या पश्चिममा देशतिर हुने ब्याले सिक्न मानिसहरु आफ्नो बाल्यकालबाट नै सुरु गर्छन् र जीवनपर्यन्त त्यो फर्म र शैलीमा अभ्यास गरिरहन्छन्। संसारभरि, चाहे त्यो अमेरिका, युरोप होस् या एसिया सबै महादेशका नाट्य विद्यालय या फिल्म स्कुलमा अभिनय विधा पढाइन्छ। अमेरिकामा मात्रै दुई सयभन्दा बढी स्कुल र युनिभर्सिटी छन्, जहाँ अभिनय पढ्न हरेक वर्ष हजारौं विद्यार्थी भर्ना भइरहेका हुन्छन्। के ती सबै विद्यार्थी मुर्ख हुन्? जो समय र पैसा खर्च गरिरहेका छन्?

यिनीहरुको उपस्थितिले नै त्यहाँको रंगमञ्च र सिनेमा उद्योग झन् धनी बनाइरहेको छ। हो, सबै डाक्टरी पढेका मान्छेहरू उत्तिकै दक्ष नहुन सक्छन्। त्यसैगरी अभिनय पढेका सबैले राम्रो गर्छन् भन्ने हुँदैन। 

अभिनेता बराल भन्छन्, 'अभिनयको विद्यालय सागर हो। अब तपाईं त्यहाँबाट लोटाभरिको मात्रै पानी ल्याउनुहुन्छ कि ड्रमभरि ल्याउनुहुन्छ कि नहर नै बनाएर सिँचाइ गर्नुहुन्छ, त्यो त तपाईंको वैयक्तिक प्रतिभामा निर्भर हुने हो। तर अभिनय 'इनबर्न क्वालिटी' भएकाले मात्र गर्न सक्छ, अरुले गर्न सक्दैन भन्नु चाहिँ यो विधालाई गहिरिएर नबुझ्नेहरुको गनगन मात्रै हो।'

(तस्बिर स्रोत: oscar.edu.np)

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्