गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख २४, २०८२
Wed, May 7, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुगे सीआईबी
बालुवाटास्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका बारेमा जानकारी गराउन भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन्। उनले आफैं सीआईबी पुगेर घटनाबारे सत्यतथ्य जानकारी दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आफू सीआईबी पुगेर घटनाबारे जानकारी दिएको बताएका छन्।
सोमबार, भदौ ४, २०८०
बार्सिलोनाको जितमा पेड्री र टोरेसको गोल
स्पेनिस ला-लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले जित निकालेको छ। नेपाल समयअनुसार आइतबार राति भएको खेलमा बार्सिलोनाले काडिजमाथि २-० को जित निकालेको हो। बार्सिलोनाको जितमा युवा मिडफिल्डर पेड्री र फेरान टोरेसले गोल गरे।
सोमबार, भदौ ४, २०८०
स्पेनलाई जिताउने ओल्गा: जसले विश्वकप जिताएपछि थाहा पाइन् बुवाको मृत्युको खबर
महिला विश्वकपको फाइनलमा आफ्नो देशको जितमा गोल गर्ने स्पेनकी कप्तान ओल्गा कार्मोनाले बुवाको मृत्यु खबर जितपछि मात्रै थाहा पाएकी छन्। उनका बुवाको मृत्यु शुक्रबार नै भए पनि उनलाई त्यसबारे कसैले बताएको थिएन। २३ वर्षीया कार्मोनाले फाइनलमा गरेको गोलकै सहारामा स्पेनले इंगल्याण्डलाई हराएर उपाधि जित्यो। गोल गर्दा र उपाधि जित्दा कार्मोनाको अनुहारम...
सोमबार, भदौ ४, २०८०
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक अनिश्चित, उपसभामुख उडिन् काठमाडौं
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बस्ने भनिएको प्रदेश सभाको बैठक अनिश्चित बनेको छ। प्रदेश सभाकी उपसभामुख सृजना दनुवार बिरामी बिदामा विराटनगरबाट काठमाडौं उडेकी छन्। दनुवार सोमबार बिहान विराटनगरबाट यति एयरलाइन्सको विमानमा काठमाडौं उडेकी हुन्।
सोमबार, भदौ ४, २०८०
समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सभा गर्ने
४ दल सम्मिलित समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सभा गर्ने भएको छ। सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले ७ वटै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो। बैठकले मधेस प्रदेशबाट सभाहरुको सुरुवा गर्ने निर्णय गरेको छ। भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा सभा गरिनेछ।
सोमबार, भदौ ४, २०८०
समाजवादी मोर्चाको बैठक जारी, सातै प्रदेशमा गरिने सभाको मिति तोकिने
४ दल सम्मिलित समाजवादी मोर्चाको बैठक जारी छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा जारी बैठकले विभिन्न निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन्। यसअघि आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७:३० बजे बस्ने गरी तोकिएको थियो।
सोमबार, भदौ ४, २०८०
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ। संसदीय सुनुवाइ विशेष समितिले सोमबार पहिले उजुरीकर्तासँग छलफल गर्ने छ। उजुरीकर्तासँगको छलफलपछि श्रेष्ठसँग छलफल हुनेछ।
सोमबार, भदौ ४, २०८०
संसद्को अवरोध खुलाउन ‘राष्ट्रिय दल’हरुको बैठक आज पनि बस्दै
संघीय संसद्मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका नेताहरुको बैठक आज (सोमबार) पनि बस्ने भएको छ। बैठकमा संसद्मा जारी गतिरोध अन्त्यका लागि सहमतिको ‘खाका’ तयार गरिने नेताहरुले जनाएका छन्। संसद्मा जारी अवरोध हटाउनका लागि छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका नेताह...
सोमबार, भदौ ४, २०८०
कर्णाली प्रदेश स्थापना दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले आज (आइतबार) प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।आइतबार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेश सरकारको २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गत...
सोमबार, भदौ ४, २०८०
विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री थापा, फेल गराउने रणनीतिमा एमाले
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विश्वासको मत फेल गराउने रणनीतिमा छ। विश्वासको मत लिनु अघिल्लो दिन (आइतबार) नै एमालेले आफ्ना ७ जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर...
सोमबार, भदौ ४, २०८०
राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ। बैठक सोमबार बिहान ८ बजे, राष्ट्रपति भवन शीतलनिवासमा बस्न लागेको हो। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन्।
सोमबार, भदौ ४, २०८०
सोमबार देशभर नै वर्षा हुने, ६ प्रदेशमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना
सोमबार दिउँसो कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारीदेखि धेरै भारी (अत्यधिक) वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार, भदौ ४, २०८०
समाजवादी मोर्चाको बैठक बस्दै
४ दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज (सोमबार) बिहान बस्ने भएको छ। यसअघि आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७:३० बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए।
सोमबार, भदौ ४, २०८०
आज नाग पञ्चमी: किन गरिन्छ नागको पूजा?
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ।
सोमबार, भदौ ४, २०८०
पाँच सय किलो पटकासहित एक जना पक्राउ
पक्राउ परेका जैसवालले भाडामा लिई गोदाम बनाई राखेको कोठाबाट प्रहरीले ३१ वटा बोरामा रहेका रकेट बम, किङ कोब्रा, फायर यर्कस, सिभाकासीसमेत लेखिएको पाँच सय केजीभन्दा बढी विभिन्न किसिमका आतसबाजी/पटका बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
आइतबार, भदौ ३, २०८०
मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु
आइतबार अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आइतबार, भदौ ३, २०८०
राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान
बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन्।
आइतबार, भदौ ३, २०८०
बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जिल्ला प्रहरी कार्यालय रामेछापबाट विसं २०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्दाका कारण सुधार गृहमा राखिएका बस्नेतको आइतबार बिहान अचानक बेहोस भएपछि उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।
आइतबार, भदौ ३, २०८०
Previous
1300
1301
1302
1303
1304
Next
सर्च गर्नुहोस्
×
Search