• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार १४, २०८२ Sat, Jun 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
बिगार्ने नेता, दोष कर्मचारीको थाप्लोमा?
64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ०३:००
1140x725

ठुल्ठुला शासकीय परिवर्तन भएपछि चुनौती र अवसर सँगसँगै आएका हुन्छन्। मूल रूपमा तिनको व्यवस्थापन गर्ने दायित्व राजनीतिक नेतृत्वको हो। तर, राजनीतिक नेतृत्वका केही बाध्यता र सीमाहरू हुन्छन्। जसले गर्दा उनीहरू त्यसमा चुक्छन्। अनि त्यसको दोष कर्मचारीतन्त्रमा थोपरेर आफू चोखिन खोज्छन्। यो प्रवृत्ति नयाँ होइन।

_x000D_ _x000D_

अहिले पनि यही भइराखेको छ।

_x000D_ _x000D_

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले केही दिनदेखिका भाषणमा कर्मचारीतन्त्रका कारण सरकार अघि बढ्न नसकेको भन्दै आउनुभएको छ। यो बडो उदेकलाग्दो कुरा हो।

_x000D_ _x000D_

मैले पञ्चायतकालमा जागिर सुरु गरेको हुँ। त्यो बेला काम हुन नसकेको दोष कर्मचारीलाइ लगाउने चलन थिएन। राजाको सक्रिय र प्रत्यक्ष नेतृत्व थियो। अपजसका भागी पनि उनै हुन्थे वा उनको नेतृत्वको दरबारको सचिवालय हुन्थ्यो। 

_x000D_ _x000D_

त्यसैले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए, कमाचोर भए भन्ने लाग्यो भने दरबारले चासो राख्थ्यो। त्यस्ता कर्मचारीको जागिर खोसिन्थ्यो। तर,सधैं त्यस्तै हुदैन्थ्यो। बेइमान र अक्षम कर्मचारी पनि दरबारको चाकडी गरेका भरमा हाकिमलाई खुशी बनाएर पदमा टिकिरहन्थे मात्रै हैन, उनीहरूको हालीमुहाली समेत चल्थ्यो। कर्मचारीतन्त्रलाई दोषारोपण गरेर पञ्चहरू वा दरबारियाहरू ‘काम गर्न सकिएन’ भनेको चाँहि सुनिँदैनथ्यो। बरु, व्यवस्था विरोधीले अमन-चयन कायम गर्न दिएनन्, जनतालाई भड्काए भनेर आफ्नो अप्रजातान्त्रिक शासकीय चरित्र र शैलीको बचाउ गर्न पञ्चहरू निपुण थिए।

_x000D_ _x000D_

पञ्चायतको अन्त्य भएपछि कर्मचारीतन्त्रले एक्कासी नयाँ राजनीतिक प्रणाली र संरचनामा आफूलाई दीक्षित गर्नुपर्ने चुनौती खेप्यो। २०४६ को जन-आन्दोलनपछि २०४७ सालमा अन्तरिम सरकार हुँदा र २०४८ सालमा गिरिजाबाबुको निर्वाचित सरकार आएपछि कर्मचारीतन्त्रलाई दोष दिने प्रचलन र प्रवृत्ति सुरु भयो। एक अर्थमा त्यो महत्वपूर्ण राजनीतिक संक्रमणको कालखण्ड भएकाले शायद त्यति अस्वभाविक पनि थिएन।

_x000D_ _x000D_
_x000D_

कर्मचारीतन्त्रलाई डोर्याउने, हाँक्ने, नेतृत्व गर्ने र साथसाथै लिएर कमान्ड गर्ने जिम्मेवारी बोकेको राजनीतिक नेतृत्वले के यति निरीह, कमजोर र  हिनताबोधले ग्रस्त हुन सुहाउँछ? 

_x000D_
_x000D_ _x000D_

एकदलीय अधिनायकवादी पञ्चायती शासनमा काम गरेका कर्मचारीलाई एक्कासी बहुदलीय संसदीय प्रजातन्त्र र संवैधानिकका मूल्य-मान्यतालाई आत्मसात गरेर काम गर्नु सहज थिएन। कतिका आफ्ना 'रिजर्भेसन' पनि थिए होलान्। प्रवृत्तिका,संस्कारका, सिद्धान्तका र मान्यताका सवाल पनि थिए होलान्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

उता, राजनीतिक नेतृत्व पनि नयाँ थियो, शासनप्रणाली संचालन गर्ने अनुभव थिएन। त्यसैले केही असमझदारी देखिनु अस्वभाविक थिएन। त्यही भएर नै २०४८ सालमा प्रधानमन्त्री भएर आएपछि गिरिजाबाबुले केही अति-उत्साही तर अपरिपक्व सल्लाहकारहरूको भर परेर ठूलो संख्याका कर्मचारीलाई अवकाश दिइयो।

_x000D_ _x000D_

संभवतः उहाँको नियत कर्मचारीतन्त्रमा नवीन सोच, क्षमता र चरित्र भएका नयाँ पुस्तालाई भित्र्याउनु थियो होला। तर, प्रक्रिया नपुर्याउँदा (खासगरी पञ्चायतकालीन अप्रजातान्त्रिक प्रावधान मात्रै टेकेर पर्याप्त आधार र प्रमाण नखुलाइएकाले) सर्वोच्चले निर्णय उल्टाइदियो। निजामति कर्मचारीबाट जागिर खोसिएकाहरू ठूलो संख्यामा पुनर्बहाली भएर आए। यसबाट के पाठ सिक्नु जरुरी छ भने राजनीतिक व्यवस्था बदलिएकै आधारमा कर्मचारीतन्त्रमा व्यापक हेरफेर गर्नु सहज छैन, आवश्यक पनि छैन।

_x000D_ _x000D_

तिनलाई निकालेर नयाँ आएकाले राम्रो नै गर्छन् भन्ने के ठेगान हुन्छ?

_x000D_ _x000D_

बरु, जस्तो कि त्यसबेला गणेशमान जीले भनेको म सम्झन्छु ‘कर्मचारीको रि-ओरिन्टेसन’ आवश्यक छ। उनीहरूलाई नयाँ प्रणाली, ढाँचा, मूल्य-मान्यता र शासनशैलीमा समायोजित, अभ्यस्त र दीक्षित गर्नुपर्ने हुनसक्छ। त्यसो भनेर फेरि कर्मचारीतन्त्रलाई ‘पोलिटिकल्ली इन्डक्ट्रिनेट’ गरी कर्मारीचन्त्रको राजनीतिकरण गर्ने भनेको चाँहि होइन। यसमा झुक्किनु हुँदैन। 

_x000D_ _x000D_

अहिले पनि शासन व्यवस्था बदलिएको छ। संवैधानिक राजतन्त्रको सट्टा लोकतान्त्रिक गणतन्त्र आएको छ। एकात्मकको सट्टा संघीय शासनप्रणाली छ। संघीयताको व्यवस्थापन, सफल अवतरण अहिले सर्वाधिक ठूलो चुनौती बनेको छ। समस्याहरू जताततै छन्, सर्वपक्षीय छन्। राजनीतिमा समस्या छ, कर्मचारीतन्त्रमा समस्या छ। सामाजिक संरचना, सोच र संस्कारमा समस्या छ।

_x000D_ _x000D_

समस्या र चुनौतीको बहुपक्षीय आयामलाई उपेक्षा गर्दै कर्मचारीतन्त्रलाई मात्रै दोष दिने प्रवृत्ति फेरि सुरु भएको छ। यो सरासर राजनीतिक नेतृत्वले आफ्नो कमजोरी र गल्ती ढाकछोप गर्ने प्रवृत्ति हो। कर्मचारीका पनि केही कमजोरी होलान्। तर,नेतृत्वले स्पष्टसँग भनिदिनुपर्यो ,कहाँ कहाँ उनीहरूको गल्ति छ भनेर।

_x000D_ _x000D_

कर्मचारीतन्त्रलाई डोर्याउने, हाँक्ने, नेतृत्व गर्ने र साथसाथै लिएर कमान्ड गर्ने जिम्मेवारी बोकेको राजनीतिक नेतृत्वले के यति निरीह, कमजोर र  हिनताबोधले ग्रस्त हुन सुहाउँछ? 

_x000D_ _x000D_

संघीयता कार्यान्वयनका क्रममा सरकारको 'मेसिनरी'ले सक्रियतापूर्वक काम गर्न नसकेको साँचो हो। अथवा, एक अर्थमा नचाहेको पनि हुन सक्छ। किनभने कर्मचारीतन्त्रको पनि आफ्नो वर्गीय स्वार्थ हुन्छ, वृत्ति विकास र सुरक्षाको स्वार्थ। त्यसको सुरक्षा देखेन भने कर्मचारीतन्त्र जतिसुकै प्रगतिशील राजनीतिक एजेन्डा भएपनि त्यसलाई साथ नदिने जोखिम रहिरहन्छ।

_x000D_ _x000D_

यो जोखिम व्यवस्थापनमा राजनीतिक नेतृत्व कुशलसिद्ध भएन भने सरकार सफल हुँदैन। वृत्तिको सुरक्षा र विकासको चिन्ता मात्रै नहुन पनि सक्छ। त्यसमा आश्वस्त पार्न खोज्दाखाज्दै पनि यदि उनिहरूले साथ दिएनन् भने के गर्ने?

_x000D_ _x000D_
_x000D_

राजनीतिक नेतृत्व स्वयंले पनि आचारण सुधार्नुपर्छ। सीप तिखार्नुपर्छ। योग्यता बढाउनुपर्छ। राजकाजमा सिपालु हुनुपर्छ। अनि मात्रै कर्मचारीले भित्रैबाट आदर गर्छन्। 

_x000D_
_x000D_ _x000D_

यस्तो समयमा सरकारले कर्मचारीको मनोविज्ञान बुझ्नुपर्छ, उनीहरूको मनोवृत्ति, दृष्टिकोण र आचारणमा कँहि कतै समस्या छ। सरकार कठोर बन्नुपर्छ। त्यस्तो अवस्थामा पहिलो चरणमा कर्मचारीलाई सम्झाई-बुझाई गर्नुपर्छ। सरकारको उक्त कार्यलाई कमजोर ठाने भने दण्ड पनि दिनुपर्छ। मरमोलाहिजा गर्नुहुँदैन। कुनै राजनीति आग्रह नलिइकन, आस्थाका आधारमा विभेद नगरी कारबाही गरिनुपर्छ। जसका कारण चरित्रवान कर्मचारीको मनोबल बढ्छ। सबै कर्मचारीलाई एउटै डालोमा राखी मूल्यांकन गर्दा क्षमतावान र सत्चरित्र भएका कर्मचारीको भावनामा ठेस पुग्छ। नैतिकहीन हौसिने मौका आँउछ। चरित्रवान कर्मचारीलाई पेल्दै राजनीतिक संरक्षणको रवाफ दिन सक्छन्।

_x000D_ _x000D_

कर्मचारीलाई जिम्मेवार बनाउने प्रक्रियामा राजनीतिक नेतृत्व स्वयंले पनि आचारण सुधार्नुपर्छ। सीप तिखार्नुपर्छ। योग्यता बढाउनुपर्छ। राजकाजमा सिपालु हुनुपर्छ। अनि मात्रै कर्मचारीले भित्रैबाट आदर गर्छन्। कर्मचारीन्त्र र राजनीतिक नेतृत्वबीचको सम्बन्ध पारस्पारिक विश्वास र सहयोगमा अडेको हुन्छ। नेतृत्वले विश्वास गर्यो भने कर्मचारीले पनि सहयोग गर्छन्। 

_x000D_ _x000D_

एक हातले ताली बज्दैन। मैले उद्योग सचिव हुँदा एमालेका तर्फबाट मन्त्री बनेका कर्णबहादुर थापालाई यिनै कुरा भनेको थिएँ। मन्त्रीले मेरा कुरा मानेर नै होला शायद युनियनको दबाब हुँदाहुँदै पनि मलाई सरुवा गर्नुभएन। विश्वास गरेकै कारण अवकासको समयमा उहाँबाटै फूलमाला सहित बिदा भएँ।

_x000D_ _x000D_

सरकारमा बस्ने प्रधानमन्त्री, मन्त्री, र राजनीतिक दलका नेताले के सोचिरहेका हुन्छन् भने कर्मचारीलाई निर्देशन दिने हो। र, त्यसको कार्यान्वयन गर्ने दायित्व कर्मचारीको हो। तर, निर्देशनले मात्रै पुग्दैन। यदि निर्देशनले मात्रै हुने भए सरकार गठन भएको पछिल्लो ८/९ महिनामा प्रधानमन्त्रीकै तहबाट कति निर्देशन आए, खै कार्यान्वयन भएको? सोच विचार नगरी, कानुनी प्रावधानको हेक्का नराखी, स्रोत साधनको उपलब्धताको आँकलन नगरी निर्देशन दिइएको छ। कार्यान्वयन तहका अरु समस्याका बारेमा 'ब्रिफिङ' नै नलिई हठात् निर्देशन दिनु सामन्ति सोच र संस्कार हो। हैकमवादी ठालु प्रवृत्ति हो। पदीय अहम् र अभिमानको अभिव्यक्ति हो।

_x000D_ _x000D_

स्वभाविक हो, आदेश, निर्देशन हुनुपर्छ। तर, त्यसका लागि तीन वटा पूर्वशर्तहरूको हेक्का हुनुपर्छ। अनि मात्रै निर्देशन सार्थक र परिणाममुखी हुन्छ। कार्यादेश, स्रोत-साधन र जवाफदेहिता।

_x000D_ _x000D_

कार्यादेश सर्वप्रथम कानुन अनुसार भएको हुनुपर्छ। त्यसपछि त्यसलाई भरथेग गर्ने नीतिगत निर्णयहरू हुन्छन्। मन्त्रिपरिषद् वा अरु सक्षम निकायबाट त्यस्ता निर्णय गरिन्छ। त्यो नभई कर्मचारीले निर्देशन पालना गर्न मान्दैनन्। हिच्किचाउँछन्। भोलि तलमाथि पर्यो भने कारबाही होला कि भन्ने डर हुन्छ। त्यो बेला निर्देशन दिएको व्यत्ति उसको बचाउमा आउँदैन,आउन चाहे पनि सक्दैनन्। त्यस प्रकारको बचाउको कुनै कानुनी हैसियत पनि हुँदैन। तसर्थ कार्यादेश चाहिन्छ, त्यो सकभर सुस्पष्ट, सरल र दोहोरो अर्थ नलाग्ने हुनुपर्छ। जसले गर्दा लागू गर्न सहज हुन्छ।

_x000D_ _x000D_

दाेस्राे आवश्यक विषय स्रोत साधन पनि हो। यसलाई पैसा मात्रै सम्झनु हुँदैन। जनशक्ति, सूचना, ज्ञान र प्रविधि, भौतिक उपकरण हुन्। निर्देशनले मात्रै लछारपाटो लगाउँदैन। माग जति स्रोत साधान उपलब्ध गराउन सकिँदैन। यो यथार्थ हो। तर, न्यूनतम आवश्यकीय साधन सुविधा दिनैपर्छ। कर्मचारीलाई यस भन्दा बढी स्रोतसाधन उपलब्ध गराउन सकिँदैन भनी सुरुमै आश्वस्त पार्नुपर्छ। स्रोतसाधनको उपलब्धतालाई पूवानुमेय बनाउनुपर्छ।

_x000D_ _x000D_

तेस्राे कुरा, जवाफदेहिता हो। आफूले गरेका कामको प्रक्रिया र परिणाम दुबैप्रति जवाफ दिन पर्ने र दिन सक्ने अवस्थाको उपस्थिति नै जवाफदेहिता हो। राम्रा नराम्रा परिणामको जस-अपजस बोक्नुपर्छ। निर्देशनसँगै जस-अपजसको भागीदार पनि पदाधिकारी बन्नुपर्छ। 

_x000D_ _x000D_

यी तीन विषयलाई  निर्देशित गर्ने ‘इन्सेन्टिभ’ले हो। यो उत्प्रेरक तत्व हो। मैले यो काम राम्ररी गरें भने मलाई के हुन्छ? भन्ने अपेक्षा कर्माचारीको मनमा हरदम रहिरहन्छ। अहिलेको कर्मचारीको मनोविज्ञानलाई त्यसै कुराले मलजल गरिरहेको छ। त्यसको उचित सम्बोधन हुनुपर्छ। कार्यसम्पादन मूल्यांकन भनी यसलाई बुझ्नुपर्छ। त्यसकै आधारमा दण्ड र पुरस्कारको प्रत्याभूति गरिनुपर्छ। सहज र वस्तुनिष्ठ बनाउन कार्यसम्पादन करार गर्ने प्रणाली अहिले प्रचलनमा छ। यो प्रचलन राम्रो पनि हो। पर्फमेन्स कक्ट्रयाक्ट भयो भने कार्य सम्पादन मूल्यांकन सही र सार्थक हुन्छ। अन्यथा कागजी औपचारिकतामा सीमित रहन्छ। प्रायशः कर्मचारीतन्त्रमा त्यस्तै देखिन्छ। यसलाई सुधार्नुपर्छ।

_x000D_ _x000D_

निर्देशनको सट्टा अब जिम्मेवार राजनीतिक नेतृत्वले निर्णय गर्ने बानी बसाल्नुपर्छ। निर्णय कार्यान्वयन गरिसकेपछि त्यसको पालना र कार्यान्वयन स्वतः कर्मचारीको कर्तव्य र दायित्व बन्छ। अलग्गै निर्देशन दिइरहनु पर्दैन। तर, त्यो निर्णय प्रक्रियामा निर्देशन दिने पनि संलग्न हुनुपर्छ। जिम्मेवारी र जवाफदेहिता तोकिनुपर्छ। निर्णय प्रक्रियामा उसको पनि हस्ताक्षर हुनुपर्छ। यस कार्यलाई सहकार्यात्मक निर्णय भनिन्छ। यसको सौन्दर्य के भने निर्देशन दिने र कार्यान्वयन गर्ने दुबै पक्षको जवाफदेहिता एउटै धागोमा उनिएको हुन्छ। कोही उम्कन पाउँदैनन्। जवाफदेहिताको स्वरुप, प्रकृति, मात्रा, र स्तर फरक-फरक हुन्छन्। जिम्मेवारी सबैको प्रष्टसँग तोकिएको हुन्छ। अबको परिपाटी यही रुपमा हुनुपर्छ- निर्देशनलाई निर्णयबाट प्रतिस्थापन गर्ने। निर्णयलाई नै निर्देशनको कलेबर प्रदान गर्ने। अनि मात्रै निर्देशनको गरिमा रहन्छ, अवमूल्यन हुनुहुँदैन। अहिले अवमूल्यन भइरहेको अवस्था छ। 

_x000D_ _x000D_

संघीयताको सफल व्यवस्थापन हुन नसक्नुमा प्रमुख कारण ‘म्यान्डेट’ हो। थिति बनाउने र बसाल्ने ऐन नियमले हो। त्यसले 'लिगल म्यान्डेट' दिन्छ। त्यसका लागि संसद र मन्त्रिपरिषद् जति सक्रिय हुनुपर्थ्यो त्यति भएको देखिँदैन। कानुन बनिसकेपछि त्यसको कार्यान्वयन गर्न, गराउन संस्था बलियो हुनुपर्छ। यिनको व्यवस्थापकीय नेतृत्व संयुक्त हुनुपर्छ। कर्मचारीतन्त्र स्थायी सरकार होला तर त्यसलाई चलायमान बनाउने राजनीतिक नेतृत्वले हो। राजनीतिक नेतृत्व र कर्मचारी दुबैले नीति निर्माणको उच्च तहमा बसेर सहकार्य नगरी नीति कार्यान्वयनमा संयुक्त स्वामित्व उपस्थित हुँदैन। अहिले त्यो स्थिति छैन। परस्पर ‘व्लेम गेम’ चलिरहेको छ। 

_x000D_ _x000D_

संस्था बलियो बनाउने जनशक्तिले हो। जनशक्ति सक्षम हुनुपर्छ। उत्प्रेरित पनि हुनुपर्छ। अहिलेको कर्मचारीतन्त्रमा असक्षम कर्मचारी भएजस्तो मलाई लाग्दैन। सुशिक्षित युवापुस्ताले निजामति कर्मचारीमा प्रवेश गरेका छन्। तर, उत्प्रेरणाको चाँहि समस्या हुन सक्छ। समस्याको पहिचान र निदान हुनुपर्छ। कतिपय सन्दर्भमा सक्षम हुँदाहुँदै पनि काबु बाहिरको परिस्थितिका कारणले कर्मचारी उत्प्रेरित नभएका हुन पनि सक्छन्। सक्षमताको भरपुर उपयोग नभएको अवस्थाको 'ख्याल' गर्ने राजनीतिक नेतृत्वले नै हो। 

_x000D_ _x000D_
_x000D_

‘अन्तर सरकार समन्वय’ गर्ने कानुन निर्माणको पहल भएको छैन। संविधान बनेको तीन वर्ष त पुगिसक्यो। दुई तिहाईको सरकार छ। तर गति धिमा भयो।  

_x000D_
_x000D_ _x000D_

अर्को प्रश्न संघीयताको स्वामित्वसँग जोडिएको छ। संघीयताको विरासत बोक्ने निकाय कर्मचारीतन्त्रभन्दा संसद र सरकार हो। तर, संघीयता त साधन मात्रै हो। साध्य त लोकतन्त्र हो। सुशासन हो। समन्यायिक समुन्नति हो, जसलाई हामी ‘समृद्धि’भन्ने गरेका छौं। 

_x000D_ _x000D_

तर, संघीयता व्यवस्थापनमा गम्भीर र संवेदनशील देखिएको खै त? संघ र प्रदेशबीचको सहज सम्बन्ध कायम गर्न संविधानले विभिन्न संयन्त्रहरूको व्यवस्था गरेको छ। ‘अन्तर प्रदेश परिषद्’ एउटा त्यस्तै संयन्त्र हो। तर खै त्यसको बैठक बसेको? वित्त आयोग अहिलेसम्म बनेको छैन। संविधानको धारा २३५ बमोजिम बन्नुपर्ने ‘अन्तर सरकार समन्वय’ गर्ने कानुन निर्माणको पहलसम्म पनि भएको छैन। संविधान बनेको तीन वर्ष त पुगिसक्यो त। ढिलो भइसक्यो, दुई तिहाईको सरकार छ। तर गति धिमा भयो।  

_x000D_ _x000D_

प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षहरू बढी तान्नु पर्यो । सत्ताको बचाउमा मात्र ध्यान केन्द्रित गर्नु भएन। मुख्य कुरा संघ, प्रदेश र स्थानीय तहबीच विश्वासको संकट आउन नदिन संवैधानिक संयन्त्रलाई क्रियाशील बनाउनुपर्ने भयो। कर्मचारीले राजनीतिक नेतृत्वको आकांक्षा बुझेर कानुनबाट निर्देशित हुँदै कार्य गर्ने हो। तर क्षेत्राधिकार  र कार्याधिकार प्रष्ट नभई कर्मचारीतन्त्रले काम गर्दैन।

_x000D_ _x000D_

प्रदेशमा कार्यरत कर्मचारी अहिले दुविधामा छन्- संघीय वा प्रादेशिक कुन नेतृत्वले भने बमोजिम काम गर्ने हो? प्रदेशका कर्मचारी सम्बन्धी कानुन बनेको छैन। प्रादेशिक जनशक्ति व्यवस्थापनमा लोक सेवा आयोग अझै क्रियाशील बनेको छैन। प्रदेश सरकारको कोपभाजन परिने हो कि भन्ने डर र आशंका प्रदेशका कर्मचारीमा व्याप्त छ। यदाकदा संघले पठाएका कर्मचारीलाई प्रदेश र स्थानीय सरकारले फिर्ता पठाएका घटना पनि सुन्नमा आउने गरेका छन्। एकको ठाउँमा अर्को कर्मचारी पठाएका कारण हाजिर नै हुन नपाई फिर्ता भएका घटना पनि छन्। 

_x000D_ _x000D_

मन्त्रिपरिषद् र कर्मचारी वर्गको उच्च तहबीच नियमित अन्तर्क्रिया हुनुपर्छ। संघमा पनि प्रदेशमा पनि। प्रधानमन्त्रीले विशेष पहल गर्नुपर्यो।

_x000D_ _x000D_

मुख्यसचिवलाई निर्देशन दिनसक्नु पर्यो। मन्त्रीहरुलाई सचिवहरुसँग एकै ठाउँमा राखेर छलफल गर्नुपर्यो। 

_x000D_ _x000D_

कर्मचारीको समस्याका बारेमा, निर्णय कार्यान्वयनका जटिलताका बारेमा, समाधानका विकल्पका बारेमा पर्याप्त खुल्ला छलफल गर्न कसले रोकेको छ? 

_x000D_ _x000D_

कम्तीमा सामान्य प्रशासनमन्त्री, अर्थमन्त्री, प्रमुख सचिव र सामान्य प्रशासन सचिव त संगै बस्नुपर्यो नि! एकचोटी बसेर पुग्दैन, बसिरहनुपर्छ। अनि मात्र मन माझिन्छ। हृदय खुल्छ। परस्पर विश्वास, श्रद्धा र आस्था मजबुत हुन्छ।

_x000D_ _x000D_

लोकतान्त्रिक प्रणालीमा निर्देशन र नियन्त्रणबाट मात्र कर्मचारीसँग काम लिन खोजिन्छ भने त्यो गलत हुन्छ। जागिर खाएपछि  जे गर भन्यो त्यही गर्नुपर्छ भन्ने जबर्जस्तीबाट कर्मचारीतन्त्र सञ्चालित हुन सक्दैन। कर्मचारीतन्त्र मर्यादित र अनुशासित हुनपर्छ तर त्यो पारस्पारिक रुपमा विश्वसनीय र सहकार्यमा आधारित हुनुपर्छ। 

_x000D_ _x000D_

सचिवले विनम्रतापूर्वक मन्त्रीसँग प्रतितर्क गर्न पाउनुपर्छ। राजनीतिक नेतृत्व स्वभावैले बढी लोकप्रियतावादी हुन्छ। कर्मचारीतन्त्रले कानुन न्याय र  विवेक प्रयोग गरेर सल्लाह दिन पाउनुपर्छ। मन्त्रीले हठात् ल्याएको एजेन्डामा  सहयोग गरेन भनेर कर्मचारीको मानमर्दन गर्न पाइँदैन।

_x000D_ _x000D_

कर्मचारीको पेशागत हकहितका लागि एउटा मात्रै आधिकारकि  ट्रेड युनियन भए पुग्छ। ऐनले पनि त्यही भनेको छ। तर व्यवहारमा त्यो भएन। राजनीतिक दल निकटका कर्मचारी युनियन खारेज गरिदिए हुन्छ। तर त्यसो गर्न राजनीतिक दल मान्दैनन्। मनाउनुपर्छ, उनीहरुलाई, मान्नुपर्छ उनीहरूले। दलको राजनीतिक गतिविधिमा कर्मचारीले भाग लिनु भनेको चरम शासकीय अराजकता र विश्रृंखलता हो। यस्तो गर्ने गराउने सबैबाट कर्मचारीतन्त्रको मर्यादा अनुशासनमा स्खलन ल्याउने काम भएको छ।

_x000D_ _x000D_
_x000D_

कर्मचारीतन्त्रको सुधार एउटा निरन्तर प्रक्रिया हो। जसमा कहिल्यै पूर्णविराम लाग्दैन।

_x000D_
_x000D_ _x000D_

लोकतन्त्रमा सबैको विचारधारा  समान हुन्छ भन्ने  हुँदैन। तर वैचारिक आस्था फरक हुँदैमा कर्मचारीतन्त्रले सरकारलाई असहयोग गर्ने कुरा आउदैन। त्यस्तो गर्न दिनु पनि हुँदैन। कर्मचारीका केही पदीय सीमा हुन्छन्, सेवा, शर्त आचारसंहिताका कुरा हुन्छन्। त्यसको पालना र सम्मान उनीहरूले गर्नैपर्छ।  यसमा राजनीतिक नेतृत्वले पनि त्यसमा सहयोग गर्नुपर्छ। आफ्नो विचार मिल्ने कर्मचारीलाई निवास र मन्त्रालयमा व्यक्तिगत भेटघाट गरी निर्देशन दिने र  संगठित हुन आह्वान गर्ने,  अनि बाहिर आएर राजनीतिक तटस्थताको उपदेश दिने दाहोरो प्रवृति राजनीतिक नेतृत्वले देखाउनुहुँदैन। कर्मचारीलाई कार्यालयको कामका सिलसिलामा बाहेक भरसक भेट्न हुँदैन। 

_x000D_ _x000D_

कर्मचारीमा पनि राजनीतिक आस्था, सिद्धान्त, विचार र नीतिको ज्ञान हुन्छ , हुनुपर्छ। वैचारिक तहमा राजनीतिक सचेतना अहिलेको कर्मचारीतन्त्रको युगीन पहिचान हो। तर त्यसलाई कुनै आग्रह वा पूर्वाग्रहको रूप दिएर उसले आफ्नो कार्यसम्पादनमा प्रतिबिम्वित गर्न भने दिनुहुँदैन। कुर्सीमा बसेर निर्णय गर्दा राजनीतिक वा अन्य कुनै पनि आग्रह, पूवाग्रह वा दुराग्रह कर्मचारीले राख्न हुँदैन। किनभने उ सबैको हो। सचेत मतदाताको विवेक उसले मतदानका बखत प्रयोग गर्न सक्छ तर त्यसको पनि मर्यादा हुन्छ। 

_x000D_ _x000D_

मर्यादा र अनुशासन समयानुकूल परिमार्जन हुँदै जाने विषय हुन्। पञ्चायतकालमा मन्त्री कार्यकक्षमा प्रवेश गरेसंगै सचिव, सहसचिवहरु ‘दर्शन गर्न’ जाने परम्परा थियो। ‘धनुष्टंकार’ नामाकरण अभिवादनको स्वीकार्य प्रतीक थियो। तर त्यो प्रवृति अहिले न राजनीतिक कार्यकारी न कर्मचारी, कसैलाई पनि स्वीकार्य छैन। अहम् र आत्मरतिका केही नगण्य अपवाद अहिले पनि भेटिएलान्। तर ती तुच्छ हुन्। यस अर्थमा पञ्चायतकालीन अनुशासनमा जडता र दासताको अंश बढी थियो भने अहिले राजनीतिक निकटताका कारण उत्पन्न मर्यादाहीनताको अंश बढी देखिएको छ। यी दुवै स्वीकार्य होइनन्। 

_x000D_ _x000D_

कर्मचारीतन्त्रको सुधार एउटा निरन्तर प्रक्रिया हो। सुधार भनेको एउटा यस्तो क्रमिकता हो, जसमा कहिल्यै पूर्णविराम लाग्दैन। निरन्तरको परिष्कार र परिमार्जन नै  सुधार हो। 

_x000D_ _x000D_

कर्मचारीतन्त्रमा सुधार गर्ने हो भने तीन वटा कुरामा विशेष ध्यान दिन जरुरी छ- प्रणाली, प्रक्रिया र प्रवृत्ति। प्रणालीभित्र शासकीय स्वरुप, सांगठनिक संरचना, ऐन-कानुन र नीति नियम एवं निर्देशनका आचरसंहिता र त्यसको कार्यान्वयन जस्ता संरचनात्मक 'हार्डवेयर' पर्दछन्। 

_x000D_ _x000D_

यिनको सुधार निरन्तर गरिरहनुपर्छ। 

_x000D_ _x000D_

तर यसको निम्ति राजनीतिक नेतृत्वले चुनावका बेला वा अघिपछि  जनताको ‘म्यान्डेट’ चाँहि लिइरहनुपर्छ, यतिकै गरिहाल्नु हुँदैन। जनताबाट प्राप्त जनादेश, चुनावमा पाएको मतादेश र संसदबाट निर्मित कानुनले दिएको कानुनी कार्यादेशका आधारमा कार्यपालिकाले यस्तो संरचनात्मक  सुधार गर्ने हो। 

_x000D_ _x000D_

दोस्रो र तेस्रो सुधार भने सरकारले असल नियत र मनसायले जहिले पनि गर्न सक्छ। प्रक्रिया सरल, स्पष्ट, संक्षिप्त, जनमुखी र कार्यान्वयनयोग्य बनाउन सरकारले जनतालाई  सोधिरहनु पर्दैन। 

_x000D_ _x000D_

अहिले कर्मचारीतन्त्रमा प्रक्रियागत जटिलता र त्यसले  उत्पन्न गर्ने बिलम्व अत्यन्तै आलोचनाको विषय बनिरहेको छ। हाम्रो निर्णय र प्रक्रिया अत्यन्तै बोझिलो र चिरकालसम्म अल्झिरहने खालको छ। त्यसमा सुधार वा परिवर्तन आवश्यक छ। यो काम सरकारले जहिले पनि गर्न सक्छ।

_x000D_ _x000D_

यसैगरी ‘प्रवृत्ति’ अर्को संवेदनशील पक्ष हो। यो झन् डरलाग्दो छ कर्मचारीहरूका सन्दर्भमा अहिले। 

_x000D_ _x000D_

लोभी, मोही, भ्रष्ट, अन्यायी, दूराचारी, इर्ष्यालु,प्रतिशोधी, छुल्याहा, चाप्लुसी र चाकडीको प्रवृत्तिले कर्मचारीतन्त्रलाई एकाध अपवादबाहेक नराम्ररी गाँजेको छ भन्ने आम सेवाग्राहीको धारणा छ। यो धारणामा धेरै हदसम्म सत्यता पनि छ। यो प्रवृत्तिमा परिवर्तन नल्याई कर्मचारीतन्त्रको छवि, प्रतिष्ठा र साख उठ्दैन। 

_x000D_ _x000D_

जनता र राजनीतिकर्मी दुबैको तिरस्कार खेपिरहनुपर्छ। त्यसैले यो प्रवृत्ति निरुत्साहित र दण्डित गर्न कुनै कसुर बाँकी राख्नु हुँदैन। यसका निम्ति विधि, संस्था र प्रक्रिया आफ्नै ठाउँमा छन्। तर राजनीतिक नेतृत्व स्वयं आफू उदाहरण वा अनुकरणीय प्रतीक बन्दै अगाडि नआएसम्म कर्मचारीतन्त्रले पत्याउनेवाला छैन। त्यसैले यो प्रवृत्तिगत सुधारको आरम्भ राजनीतिक नेतृत्वबाट नै हुन अपरिहार्य रहेको छ। मुहान सफा नभई जल सफा हुँदैन भन्ने हेक्का राख्न अत्यन्त जरुरी छ।

_x000D_ _x000D_

(पूर्वसचिव ज्ञवालीसँग नेपाल लाइभका लिलु डुम्रेले गरेको वार्तालापमा आधारित)

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा सूरु, आज पनि अवरोध कायमै (लाइभ)
मदन भण्डारी जनताको बहुदलीय जनवादका प्रणेता हुन् : प्रधानमन्त्री
गाउँपालिकाको लगानीले एसइई नतिजामा सुधार
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा सूरु, आज पनि अवरोध कायमै (लाइभ) शनिबार, असार १४, २०८२
मदन भण्डारी जनताको बहुदलीय जनवादका प्रणेता हुन् : प्रधानमन्त्री शनिबार, असार १४, २०८२
गाउँपालिकाको लगानीले एसइई नतिजामा सुधार शनिबार, असार १४, २०८२
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने ट्रम्पको घोषणा शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्