• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पूर्वराजदूत झा हत्याको गुत्थी अझै रहस्यमा

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०७५  १४:१२
1140x725

काठमाडौं– वयोवृद्ध भइसकेका पूर्वराजदूत केशवराज झाको बबरमहलस्थित आफ्नै निवासको एकान्त कोठामा हत्या भएको तीन हप्ता बढी भयो। ३ भदौको राति चक्कु प्रहारबाट ८० वर्षीय झाको निर्मम हत्या भएको थियो। तर, प्रहरीले अहिलेसम्म पनि हत्याको कारण र अपराधी पत्ता लगाउन सकेको छैन। 

अघिल्लो हप्ताजस्तै यसपटक पनि हामीले पूर्वराजदूत झाको रहस्यमयी हत्याबारे अनुसन्धान कहाँ पुग्यो भनेर प्रहरीलाई सोधेका छौं। अघिल्लो पटक प्रहरीले हामीसँग ‘हत्या गरिएकाका आफन्त र परिवारका सदस्य समेत अनुसन्धानको लेन्सभित्र रहेको’ जानकारी दिएको थियो। भनेको थियो, ‘अनुसन्धान छिटोभन्दा छिटो टुंगोमा पुग्नेमा आशावादी छौं।’ 

तर बुधबार साँझसम्म पनि प्रहरीले अपराधको गुत्थी पहिल्याउन सकेको छैन। प्रहरीले अनुसन्धानमा अपेक्षाकृत प्रगति हुन नसकेको बताएको छ। 

घटनाको अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ। महाशाखाको नेतृत्व गरिरहेका एसएसपी धीरजप्रताप सिंहले अनुसन्धानको कार्यभार आफ्ना विश्वास पात्र एसपी सोमेन्द्र राठौरलाई सुम्पेका छन्। 

‘त्यो हत्या रहस्यमय थियो भन्ने कुरामा कुनै शंकै रहेन तर अनुसन्धानले कसले हत्या गरेको हो भन्ने प्रतिफल निकालिसकेको छैन’ महाशाखाका एसएसपी सिंहले अनुसन्धानबारे नेपाल लाइभसँग भने, ‘हामीले अनुसन्धानको गति भने रोकेका छैनौं। निरास नै भइसकेका छैनौं।’

प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ३५ जनासँग सोधपुछ भइसकेको बताएको छ। यसमध्ये कतिपय त परिवारका सदस्य र आफन्तहरु भएको उसको भनाइ छ। र, अझै पनि परिवारका सदस्य र आफन्तहरुलाई अनुसन्धानको घेरामा राखिराखेको बताएको छ।

घटनाको दुई दिनअघि मात्र विदेश फर्केका झाका छोरा बुहारी पनि घरमा भएको हत्याको घटना थाहा पाएपछि नेपाल फर्केका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी थिए। यो बीचमा बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झा अहिलेसम्म नेपालमै छन्।

झाको परिवारमा छोरा बुहारीका अलवा श्रीमती र एक छोरी पनि छन्। छोरी डा. राजश्री झा स्त्री रोग विशेषज्ञ हुन्। संयुक्त राष्ट्रसंघअन्तर्गत इस्ट टिमोरमा कार्यरत छोरी राजश्री पनि बुबाको हत्यापछि नेपालमै छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

घटना लगत्तै प्रहरीले पूर्वराजदूत झाको घरमा सहयोग गर्ने र मालीको काम गर्ने तीन जनालाई सोधपुछका लागि प्रक्राउ गरेको थियो। अघिल्लो हप्ता मात्र उनीहरु तीन जनाको ‘पोलिग्राफ’ परीक्षण गरिएको थियो।

तर प्रहरीले निरन्तर सोधपुछ पछि पनि उनीहरुबाट घटनाको ‘क्लू’ पत्ता लगाउन असमर्थ भयो। पक्राऊ परेका तीन जनाको म्याद अब तीन दिन बाँकी छ। ‘प्रमाण नपुगेका कारण उनीहरु अब तारेखमा छुट्न सक्छन्’ अनुसन्धानमा संलग्न एक प्रहरीले हामीसँग भने, ‘हामीमाथि अनुसन्धानको दवाव भने बढ्दै गएको छ। यो चुनौति कहाँ पुगेर सामना हुन्छ भन्न सकिन्न।’

 एकजना बयोवृद्ध कुटनीतिकज्ञको यति निर्मम हत्या हुँदा पनि कतैबाट प्रहरीलाई अनुसन्धानका लागि दबाव सृजना भएको छैन। कारण के हो भने, देशमा कञ्चनपुर प्रकरण जस्तो गम्भिर अपराध स्वयं प्रहरी र सरकारका लागि टाउको दुखाइ बनेको छ। र, नागरिक समाज र मिडियाको चासो पनि कञ्चनपुर घटनाप्रति तिख्खर छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 यति हुँदाहुँदै पनि प्रहरी स्वयंले उपत्यकाभित्रका एकदम कम रहस्यमय घटनामध्ये एक भनेर व्याख्या गरेको पूर्वराजदूत झा हत्याकाण्डको अनुसन्धानमा कुनै प्रगति नहुनु आफैंमा आश्चर्य हो।

 घटनास्थलबाट जे जे सामग्रीहरु प्रमाणका रुपमा संकलन गरिएको थियो, त्यसको आधारमा प्रारम्भिक अनुसन्धानबाट प्रहरी हत्यारासम्म पुग्नेमा आशावादी थियो। तर त्यस्तो भएन। चक्कु जुन पूर्वराजदूत झाको टाउकोमा प्रहार भएको भनिएको छ, त्यसको ‘ल्याव टेष्ट’ गर्दा त्यसमा कसैको ‘फिङ्गर प्रिन्ट’ भेटिएन।

‘सम्भवत पञ्जा लगाएर हत्या गरिएको हो, बरामद भएका पञ्जाहरुमा दह्रो प्रमाण सामग्री बनेनन्’ अनुसन्धानमा सहभागी एक प्रहरीले अघिल्लो हप्ता नै नेपाल लाइभसँग भनेका थिए, ‘अब हामीले अनुसन्धानको दायरालाई अलिक फराकिलो पार्दै छौं।’ 

तर अहिलेसम्म पनि अनुसन्धानको सुई सही दिशामा छ कि छैन भन्नेमा प्रहरी अन्योलमा छ। प्रहरीले अपराधमा देखिएका कतिपय जटिलताहरु छिमल्न सकेको छैन। सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे, झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्, कसैसँग पनि रिसइवी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? र घरमा रहेको कुकुर त्यो रात किन भुकेन भन्ने जस्ता प्रश्नहरुले प्रहरी आफैंमा अचम्भित छ। 

‘यति हुँदाहुँदै पनि अनुसन्धान रोकिएको छैन, परिवारभित्रका सम्बन्ध र अरु पक्षहरुबारे पनि हामीले सोधखोज र विश्लेषण गरिरहेका छौं’ प्रहरीले भनेको छ, ‘घटना रहस्यमय नै हो, केही समय लाग्ला तर कुनै न कुनै निष्कर्षमा भने पुगिन्छ।’
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जनामात्र निर्वाचित
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जनामात्र निर्वाचित मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्