काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) भारतले नेपाली भू–भाग हुँदै लिपुलेकसम्म बनाएको सडक मार्ग उद्घाटन गरेसँगै नेपालमा तीव्र विरोध, नेपालभित्र कुनै पनि गतिविधि नगर्न भारतलाई सरकारको आग्रह । (नेपाली भू–भाग मिचिएकोमा चौतर्फि विरोध)
२) उदयपुर, कपिलवस्तु र पर्सामा गरी थप ७ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १ सय ९ पुग्यो, ३१ जना उपचारपछि निको । (थप सात जनामा कोरोना)
३) सांसद अपहरण प्रकरणः मुद्दा तामेलीमा राख्न दबाब, काठमाडौंबाट महोत्तरी गएको प्रहरी टोलीद्वारा डा यादवको घर पुगी मुचुल्का उठाउन सुरु । (मुद्दा तामेलीमा राख्न दबाब)
४) रोकिएको इंग्लिस प्रिमियर लिग सुरु गर्ने विषयमा खेल समय र प्रसारणबारे छलफल हुँदै, ‘न्युट्रल’ मैदानमा खेल गर्नुपर्ने निश्कर्षसहित विभिन्न १० मैदान प्रयोगको विकल्प । ( खेल समय र प्रसारणबारे छलफल)
५) र, अमेरिकामा बेरोजगारी दर ९० वर्षयताकै उच्च, मार्चयता मात्रै ३ करोड ३३ लाख मानिसले गुमाए रोजगारी, कोरोना संक्रमण नरोकिए स्थिति अझै भयावह हुने आकलन । (अमेरिकामा ९० वर्षयताकै उच्च बेरोजगारी)