काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकारद्वारा लक डाउनको समय थप, हवाई सेवा वैशाख ३ गतेसम्म स्थगित, भारत–नेपाल सीमामा अलपत्र नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय । (लक डाउनको समय थपियो)
२) चीनबाट आएको पिपिई, मास्क लगायत सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण, नेपाललाई आवश्यक परे चिकित्सक समेत सहयोगका लागि बोलाउन सक्ने राजदूत यान्छीको भनाइ । (स्वास्थ्य सामग्री हस्तान्तरण)
३) वाणिज्य विभागमा आएका गुनासा मध्ये ९८ प्रतिशत ग्यास अभावका, अब जुनसुकै कम्पनीको ग्यास पनि सजिलै साट्न पाइने, ग्यास बिक्रेतासँग भरी सिलिण्डर भेटिए कारबाही हुने । (ग्यास अभाका गुनासा धेरै
४) इटालियन क्लब युभेन्टसका खेलाडी र प्रशिक्षक तलब रोक्न राजी, चार महिनाको तलब रोक्दाँ युभेन्टसको झण्डै ९० मिलियन युरो बचत हुने । (तलब रोक्न राजी )
५) र, न्यूयोर्क शहरमा दुई साता लामो ‘लकडाउन’ गर्ने निर्णय गलत रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ, लकडाउन समस्याको समाधान नभएको जिकीर । (राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना)