काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना संक्रमितको उपचारका लागि पाटन अस्पतालमा २० आइसियु सहित छुट्टै १५ शय्याको व्यवस्था, शुक्रराज अस्पतालमा २० आइसोलेसन वार्ड र १७ आइसियु विस्तार गर्ने तयारी ।
२) ग्यास उद्योगलाई आधा सिलिन्डर मात्रै ग्यास भर्न नेपाल आयाल निगमको निर्देशन, भारतमा ३ र नेपालमा एक सातको लक डाउनका कारण आयातमा केही समस्या ।
३) दूरसञ्चार सेवा प्रदायकले मानेनन् नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्ज बोनस र सापटी रकमका विषयमा दिएको निर्देशन, एनसेलद्वारा प्राधिकरणको निर्देशन पूर्ण रुपमा उल्लंघन ।
४) जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डका खेलाडी र पदाधिकारी पाइरहेको तलब कम गर्न राजी, अन्य क्लबमा पनि खेलाडीको तलब कम गर्ने सहमति ।
५) र, अमेरिकाले कोरोना भाइरसको नाम ’वुहान भाइरस’ राख्न माग गरेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी ७ बैठकमा विवाद, जारी भएन संयुक्त वक्तव्य ।