काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपालद्वारा कोरोना भाइरसविरुद्ध चीनसँग माग गर्ने आवश्यक वस्तुको सूची तयार, १५ प्रकारका मेडिकल सामग्री र एन–नाइन्टी फाइभ मास्कदेखि एम्बुलेन्ससम्म ।
२) चैत ९ देखि चैत मसान्तसम्म सदस्यता वितरण र नवीकरणका काम रोक्ने कांग्रेसको निर्णय, कोभिड —१९ विरुद्धको लडाईमा सरकारसँगै रहेको भनाइ ।
३) कोरोना भाइरस संक्रमणका विषयमा भ्रामक सूचना फैलाइएकोप्रति नर्भिक अस्पतालको खण्डन, कोरोनाबाट मृत्यु भएको भन्दै अफवाह फैलाएको आरोपमा एक जना पक्राउ ।
४) कोरोना भाईरसले महामारीको रुप लिईरहेका बेला इटालियन क्लब नापोलीले बुधबारबाट प्रशिक्षण चलाउने, युरोपियन लिग मेको मध्यतिर सुरु गर्ने तयारी ।
५) र, कोरोना भाइरस प्रकोपविरुद्ध लड्न बेलायत सरकारले पठायो ६५ हजार अवकाशप्राप्त डाक्टर र नर्सलाई पत्र, स्कटल्यान्डमा तीन वर्षअघिदेखि चिकित्सा पेसा छोडेकालाई काममा फर्कन आह्वान ।