काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सीमामा हेल्थ डेस्क स्थापना गरेपछि भारतबाट ३ लाख १० हजार नागरिक नेपाल प्रवेश, नेपाललाई कोरोनाको उच्च जोखिम भारतबाट, नाकामा थप कडाइ गर्ने सरकारको निर्णय ।
२) संसद र संसदीय समितिबाटै २५ जनाभन्दा बढी भेला हुन नपाईने सरकारी निर्णयको अवज्ञा, राष्ट्रिय विपद प्राधिकरण समितिको बैठक भने अत्यावश्यक भएकाले बसेको गृहमन्त्री थापाको भनाइ ।
३) अप्रिल १५ सम्म सबै यूरोपेली देशसँगको हवाई उडान बन्द गर्ने सरकारको निर्णय, मलेसिया, खाडी र यूरोपबाट फर्कन नेपालीलाई पनि प्रतिबन्ध ।
४) स्पेनिस क्लब डेपोर्टिभो अलाभेसका खेलाडी र पदाधिकारीसहित १५ जनामा कोरोना भाइरसको संक्रमण, सबै खेल गतिविधि बन्द गरेर खेलाडीहरुलाई क्वारेन्टाइनमा राखियो ।
५) र, अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भनेपछि चीनको आपत्ति, गाली दिनुभन्दा पहिले आफ्नो काममा ध्यान दिन अमेरिकालाई आग्रह ।