ब्रिस्टोन- पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले ६ विकेटको जित हात पारेको छ।
मंगलबार भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा ३ सय ५८ रन जोड्यो। पाकिस्तानका लागि ओपनर इमाम उल हकले १ सय ५१ रन जोडे। उनले १ सय ३१ बलमा १६ चौका र १ छक्का हिर्काए। हरिस सोहिले ४१ रन जोड्दा असिफ अलीले ५२ रन बटुले। बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्सले ४ विकेट लिए भने टम कुरानले २ विकेट हात पारे।
३ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले ४४.५ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। इंग्ल्यान्डका लागि जोनी बिस्ट्रले १ सय २८ रन जोडे भने उनका ओपनिङ पार्टनर जास रोएले ७६ रनको बटुले। जोए रुटले ४३ रन र मोइन अलीले नटआउट ४६ रन बटुले।
पाँच खेलको सिरिजमा घरेलु टिम इंग्ल्यान्डले २-० को अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।