यी हुन् ११ 'पोजिसन'का विश्वका महँगा फुटबलर

नेपाल लाइभ | २०७६ बैशाख ३१ मंगलबार | Tuesday, May 14, 2019 ११:५८:०० मा प्रकाशित

काठमाडौं–   पछिल्लो वर्ष ट्रान्सफर मार्केटमा अर्बौ डलरमा फुटबल खेलाडीको सम्झौता भएको छ। ११ पोजिनसका उत्कृष्ट खेलाडी मध्ये ६ महँगा खेलाडी इंग्लिस प्रिमियर लिगमा छन्। जसमा ३ खेलाडी इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा आबद्ध छन्। 

यस्तै विश्वकै महँगा २ खेलाडी नेइमार र केलियन एमबाप्पे फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध छन्।

११ 'पोजिसन'का विश्वका महँगा फुटबलर

गोलकिपर –  केपा एरिजाबालगा – चेल्सी – ७१ मिलियन पाउन्ड

डिफेन्डर– बेन्जामिन मेन्डे –  म्यानचेस्टर सिटी – ५१.७५ मिलियन पाउन्ड 
डिफेन्डर– भर्जिल भान डेक–  लिभरपुल – ७०.१ मिलियन पाउन्ड 
डिफेन्डर– एमेरिक लोपोर्टो –  म्यानचेस्टर सिटी– ५८.५ मिलियन पाउन्ड 
डिफेन्डर– केल वाकर–  म्यानचेस्टर सिटी– ४७.५ मिलियन पाउन्ड 

मिडफिल्डर– पाउल पोग्बा– म्यानचेस्टर युनाइटेड– ९४ मिलियन पाउन्ड
मिडफिल्डर– फिलिप काउटिन्हो– बार्सिलोना– ११२.५ मिलियन पाउन्ड
मिडफिल्डर– जेम्स रोद्रिगेज – वायर्न म्युनिख– ६७.५ मिलियन पाउन्ड 

फरवार्ड– नेइमार–  पिएसजी– १९९.८ मिलियन पाउन्ड 
फरवार्ड– क्रिस्टियानो रोनाल्डो– युभेन्ट्स– १०५ मिलियन पाउन्ड 
फरवार्ड– केलियन एमबाप्पे– पिएसजी– १२१ मिलियन पाउन्ड